जी शाहको अन्तर-कुन्तरवार्तालाई केलाउँदा
उही कुमार लामा, १७ माघ २०६४

हामी चुप लागेर बसेको पनि शान्ति सम्झौता भएर शान्ति प्रक्रिया सफल पार्न नै हो।

प्रथमः त जी शाहजी, तपाईंको नेपाली नै शुद्ध भएन। म भन्नुस्, हामी हैन। दोस्रो, जी शाह चूप नलागी फत्फताउन थाल्ने हो भने जनआन्दोलन-३ नै शुरू हुन बेर छैन।

मुलुक कुन अवस्थातिर गइरहेको छ, कस्तो दिशातिर डोरिएको छ, किन अस्तव्यस्त भइरहेको छ भन्ने कुरातिर नेपाली जनताले नै बोल्नु र भन्नुपर्‍यो।

पहिला आफैँले जनता मार्ने, अनि आफू सिद्धिने बेलामा चाहिँ जनतासँग गुहार माग्ने? यो त भएन नि शाहजी!

कहिल्यै पनि राजसंस्थाले शक्ति खोजेको छैन।

त्यो त छैन। दाल-भात ज्यूनार गर्ने बेलाँ भटट पारेर सत्ता हत्याएकोमात्रै हो। अनि मन्त्रिपरिषदको अध्यक्ष, अर्थ, संचार आदि इत्यादि मन्त्री बनेकोलाई शक्ति खोजेको भन्न मिल्दैन।

राजसंस्थाको इतिहासमा यस्ता क्षणहरु कति आए-कति गए, नेपाली जनताको चाहनाअनुसार नेपाली राजसंस्था चलेको छ र त्यतैतिर लागेको छ।

नगरकोटमा ११ जना, बेलबारीमा ७ जना, भैरव गण र जंगलतिर त झन् कतिको ज्यान गयो कतिको? ती जनताको ज्यान जनताकै चाहनाअनुसार गएको हो कि? दुई वटा हवाइजहाज लिएर अफ्रिका सफारीमा निस्किएको पनि जनताकै चाहनाअनुसार हो कि? दरबारलाई एघार करोडबाट ६५ करोड रुपैयाँ भत्ता पनि जनताकै चाहनाअनुसार बढाएको हो कि?

मैले सुनेको र ज्ञात नभएको होइन, जनता पनि बोल्न सकेका छैनन्, विभिन्न कारणले।

जनतालाई लाटा ठान्नु भो कि कसो? उनीहरूले सिनु बोक्दा आफ्नै जीउ गन्हाउँछ भन्ने बुझेका छन्।

प्रजातान्त्रिक तौरतरिकाका नाममा बेढंगबाट देशको भौतिक संरचना नास गर्ने कुरा प्रजातान्त्रिक भएन जस्तो लाग्दछ।

के यो शालिकहरू ढालेको प्रसंग हो? जनताले मूर्ति ढाले पनि नेपालभित्रै राखेका छन्, समुद्रपारि लगेर बेचेका छैनन्।

शान्ति होस्, प्रजातन्त्र रहोस्, राष्ट्रियता बलियो बनोस्।

ए हो र भन्या? यस्तो कुरा जी शाहको मुखबाट निस्कँदा कति मानिस हाँसेका होलान् है।

कुन किसिमको राजनीतिक व्यवस्था नेपाली जनताले चाहन्छन्, त्यो नेपाली जनताको चाहनामा हुनुपर्दछ त्यो नेपाल र नेपालीलाई सुहाउँदो होस्।

कस्तो? नेपाली जनता हैन, माटो सुहाउँदो पञ्चायती व्यवस्था जस्तो?

नेपालीको शिर ठाडो पारेर हिँड्ने व्यवस्था होस्।

ठाडै त पारेर हिँडेका छन् नि। कहाँ मुण्टो बटारेर हिँड्या छन् र?

साइलेन्स अल्सो एक्सन।

नारायणहिटीमा जेठ १९ को रात एक्सन चलिरहेको बेला जी शाहजी एयरपोर्टमा साइलेण्ट बस्नुभा थियो रे भनेको सुन्या हो हामीले पनि।

चुप लागेका मात्र छैनौँ। त्यसको धेरै अर्थ छ।

त्यसो भनेर हाम्लाई तर्साउन खोज्या हो जी शाहजीले? अब त तपाईंसँग माइली भाउजू पनि  तर्सिन्नन्।

सहरको कुरा गरेर मात्र हुँदैन। डाँडाकाँडामा दुःख पाएर रहेका नेपालीलाई उत्तिकै महत्व दिइनु पर्दछ।

सेनाले चोरी सिकारी गरेको हरिणको सुकुटी टोक्दै ह्विस्कीको नसामा नेपाली जनताको पैसाले इण्टरनेटमा पोकर खेलेर बस्नेले यस्तो कुरा गर्दा जनताले पत्याउलान र भन्या?

राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाहबाट नेपालको एकीकरण गरिबक्स्यो, मौसुफबाट एकीकरण नभएको भए आज हामी कहाँ हुन्थ्यौँ?

हामी चैँ यहीँ हुन्थ्यौं, तपाईं चैँ राजस्थान हो कि कतारतिर हुनुहुन्थ्यौ होला शायद। यो कुरा अलिक हाइपोथेटिकल कुरा भयो।

राष्ट्रनिर्मातालाई बेइज्जत गर्ने कुरा आफूलाई र राष्ट्रलाई बेइज्जत गरेको जस्तो लाग्छ।

हैन शाहजी, पृथ्वीनारायणको मात्रै किन यति रटान् लगाएको तपाईंले? आफ्नो बाउ र बाजेको त कुरै गर्नुहुन्न बा।

राजसंस्थालाई अगाडि बढाउने प्रयासमा नेपाली जनता नै अग्रसर हुनुपर्दछ।

कतातिर अगाडि बढाउने? नक्खुतिर कि भद्रगोलतिर?

हामीले दुई वर्षअगाडि गर्न खोजेको प्रयास पनि २०४७ सालकै नेपाल अधिराज्यको संविधानअनुसार नै जनताको नासो जनतालाई फर्काउने प्रयास प्रजातान्त्रिक तौरतरिकाबाट गरेकै हो।

हो त, २० लाख जनताले नारायणहिटी घेर्ने भएपछि त्यसै त गर्नुपर्‍या थियो।

माओवादीले प्रयोग गरेका उपायहरुबारे खुसी थिएनौँ। त्यसैले हामीले कुनै न कुनै किसिमबाट जनताको माग बमोजिम शान्ति प्रयासमा लागेका हौँ। सफल हुन सकेनौँ। हामीले त्यो मान्नै पर्छ। त्यसको नतिजा अहिले राष्ट्र र जनताले भोगिरहेको जस्तो लाग्छ। हामीले कोसिस गरेको प्रयास ठीकै थियो, कुनै न कुनै रुपले प्रमाणित हुँदै गएको छ कि जस्तो लागेको छ।

यो फेरि हामी-हामी दोहोरियो। नेपाली व्याकरण सिकेर म भन्न सिक्नुस्।

नेपाली जनताले जस्तो चाहना गर्छन्, राजसंस्थालाई त्यतैतिर ढाल्नुपर्दछ र त्यसअनुसार अगाडि बढाउनु पर्दछ।

बल्ल कुरा ठीक गर्नुभो। राजसंस्थाको वास नक्खुको कालकोठरीमा होस् भन्ने जनताको चाहना छ।

wellcome to japan

HAPPY NEW YEAR 2008

घाँटी हेरी हाड ननिलेपछी …..
घाँटी हेरी हाड ननिलेपछी कस्को के लाग्छ र ? ल हेर्नुस  एउटा भेडालाई सिङ्गै निलेपछी सडकमै लमतन्न परेको  अजिङगरको यो हालत  । के यसले त्यो भेडालाई पचाउन सक्यो होला त ?

राजाका लागि जाँचबुझ आयोगको पत्रको खेस्रा
ऋतुराज

“श्री ५ महाराजाधिराजकी जय , प्रभुवर  क्षमा रहोस्  आयोगलाई त प्रभुसँग बयान लिने पटक्कै सोंच हैन, तर, के गर्नु  जति पनि बयान दिनेहरू आए, सबैले माथि माथि’ भन्दै मौसूफको दरवार देखाएपछि एकपटक सस्तो लोकप्रियता कमाउनको लागि राजालाई पनि बयान लिन सकिन्छ’ भनेर प्याच्च मुख खोलिहालियो । अहिले फसाद् पर्‍यो । लोकतन्त्रवादी भनाउँदाहरूले जिब्रो   समातीहाले । त्यसैले यहाँ केही प्रश्न लेखी पठाएको छु । जनीगरी आरामसँग उत्तर लेखी पठाइस्सेमा हाम्रो नाक पनि घिरिम्ला जत्रो हुनेथियो र श्री ५ हरूमाथि लोकतन्त्रेहरूले उठाएको औंला पनि लुतुक्कै तल झर्ने थियो । मौसुफकै श्रीबृद्धि हुनेथियो ।

प्रश्नहरू यसप्रकार छनः

-१) मौसूफको शुभनामः

-२) मौसूफको जन्ममितिः -अंग्रेजी तारिखमा पनि)

-३) मौसूफको परिवारको कूलसंख्याः

-४) जन्मस्थानः

-५) हालको बर्साईः -स्थायी, अस्थायी)

-६) शैक्षिक योग्यताः

-७) नागरिकताः,

-८) धर्मः,

-९) लिंग,

-१०) बुबा-आमाको नामः

-११) रक्त ग्रुपः,

-१२) कुनै उपनाम छ भनेः

-१२) राजगद्दी आरोहण गरिबक्सेपछि कुन कुन मुलुक भ्रमण गरिबक्सियो ? कहिले ?

-१३) मौसूफलाई मनपर्ने राजनेता को होला ?

-१४) मौसूफलाई खेल्न मनपर्ने खेल ?

-१५) सबैभन्दा धेरैपटक घुमेको मुलुक ?

-१६) सबैभन्दा धेरैपटक पढेको पुस्तक ?

-१७) सबैभन्दा हर्ेन मनपर्ने खेल ?

-१८) सबैभन्दा मनपर्ने ठाउँ ?

-१९) सबैभन्दा मीठो लाग्ने फलफूल ?

-२०) सबैभन्दा मनपर्ने जनावर ?

-२१) सबैभन्दा उत्तम लाग्ने पहिरन ?

-२२) सबैभन्दा सुन्दर लाग्ने फूल ?

-२३) पंक्षीमा कुन मन पर्छ ?

-२७) सबैभन्दा उत्तम लाग्ने खेलाडि ?

-२८) बासनामध्ये कुन वासना मौसूफलाई प्रिय लाग्छ ?

-२९) जीवनको सम्झनयोग्य सुखद् क्षण ?

-३०) जीवनको सम्झनयोग्य दुःखको क्षण ?

-३१) मौसूफ सरकार १ कथित लोकतन्त्रेहरू सडकमा आउँदा मौसूफलाई पक्कै बेचैनी छायो- त्यतिबेला र अहिलेको स्वास्थ्यमा तुलनात्मक रूपमा केही अन्तर छ कि ?

-३२) मौसूफको गाथमा आराम भएपनि मनमा निश्चित रूपमा बेचैनी छाएको छ भन्ने यो आयोगका पदाधिकारीले महशुस गरेका छौं । यस्तोबेला कुनै प्रश्नहरू सोध्नु नपर्ने हो, तर पनि प्रश्नहरू सोध्ने गरी हामीलाई नेपाल सरकारले जागीर दिएकोले सोध्ने धृष्ठता गरिरहेका छौं । सरकार १ वर्तमान सातदलको सरकारले श्री ५ को जायजेथा खोजी गरी र्सार्वजनिक गर्दैछ । त्यसो गर्नु उचित थियो र ?

-३३) हे गरीवप्रवर १ प्रधानमन्त्री गिरिजाप्रसादज्यूले महाराजलाई सेरेमोनियल किंगको रूपमा रहने गरी राख्न जोडबल गरेको पाइएको छ । सरकार यसमा सन्तुष्ट होइसिन्च र ?

-३४) २ सये ३८ वर्षदेखि मुलुकमा श्री ५ हरूको राज्य चल्दै आएको छ । यो नेपाली जनताले पाएको अहोभाग्य हो । तर, त्यस्तो राजतन्त्रविरूद्ध औंला उठाउँदै गणतन्त्र माग गर्ने माओवादीको बुइ चढ्नु सातदललाई सुहाउने कुरा थियो र ?

-३५) परम्पराबाट जनज्रि्रोमा बस्दै आएको श्री ५ को सरकारलाई हटाएर नेपाल सरकार भनी देशमा झेली पिटाउने काम भइरहेको छ । यसकाविरूद्ध सरकारको किन मौनता ?

-३६) आयोगका पदाधिकारीलाई राम्रोसँग थाहा छ कि आन्दोलनकोबेला मौसूफबाट कुनै प्रकारको दमनकारी निर्ण्र्ाारू भएका हैनन् । तर पनि त्यही कुरा सोध्नका लागि हामीले यो पत्र तयार पारेका छौं । यो हाम्रो धृष्टताको लागि क्षमा चाहन्छौं । ३१ नम्बर देखि पछिल्ला प्रश्नहरू हामीले जनतालाई छक्काउन तयार पारेका हौं । त्यसैले कुनै उत्तर दिनु नपर्ने व्यहोरा विन्ती चढाउँछौं । त्यसभन्दा माथिका प्रश्नका उत्तरहरूमात्र दिइबक्सेमा हुनेछ ।

मौसूफमा यो पनि विन्ती जाहेर गर्न चाहन्छौं कि हामी पनि सेरेमोनियल वा संवैधानिक राजतन्त्रका पक्षपाती हौं । हामीलाई लोकतन्त्रसँग वास्ता रहेपनि गणतन्त्रसँग सक्त नफरत छ । भित्रभित्रै संवैधानिक लोकतन्त्र प्रणालीलाई मजबुत बनाउन क्रियाशील छौं । त्यसैले आयोगलाई अन्यथा नबुझीबक्सन विन्ती गर्दछौं । ०४६ सालमा मल्लिक आयोगको प्रतिवेदन रद्दीको टोकरीमा मिल्किए झैं यो पनि त्यस्तै गरी दराजको कुनै कुनामा थन्कने छ भन्नेमा हामी सबै ढुक्क छौं । जनताको उर्लंदो तोडफोडलाई रोक्नको लागि यो नाटक खेल्नुपरेको कुरा स्वयं प्रधानमन्त्रीबाट पनि जाहेर भएकै छ । नत्र पेट्रोलियम पदार्थको मूल्य बढाउन सोच्ने थिएन । जनताहरू विस्तारै सुस्ताए भने सबै कुरा ठीक हुन्छ भन्ने हाम्रो ठहर छ । मौसुफलाई अवगत नै होला, यो मुलुकमा गणतन्त्र आउने कुनै बाटो छैन । हामीजस्ता महाभक्त हुँदाहुँदैश्री ५ को राजगद्दी दाउँमा पार्न दिनेछैनौं । यसमा मौसुफ ढुक्क भए हुनेछ । श्री ५ का बाहुलीमा राज्यसत्ता चढाउने देउवा, भरतमोहन जीवितै छन् । अहिले संविधान सभा भन्दै माओवादीलाई पनि उछिनेर अघि जानुको अर्थ पनि मौसूफबाट बुझी बक्सेकै होला । माओवादीलाई विस्थापित पार्ने त्यो सबैभन्दा कारगर अस्त्र बन्नेछ । एमालेले त मोर्चा नै गठन गर्दै हिँडेको त्यसैकारणबाट भएको विन्ती विसाउन चाहन्छौं ।

सरकार १ सेनामा पनि सरकारले माओवादीलाई उछिनेर मौसूफका मानिसलाई बढोत्तरी गरिसकेको छ । संवैधानिक निकायहरूमा पनि त्यसैअनुरूप हुनेछ । निलम्वनलाई पनि

पुरानै पदको बराबरी पद खोजेर सम्मानपर्ूवक राख्ने काम भएको छ । यसतर्फकत्ति चिन्ता लिनुपर्ने देखिन्न । हामी आयोगका पदाधिकारीहरू, मौसूफका परमभक्त पनि यो काम सकिएपछि कतै न कतै नियुक्त हुनेछौं । यता सबै फिटफाट हुँदैछ । हामी पुरानै तरिकाले मजबुत हुँदैछौं । त्यसैकारण पनि माओवादीहरू तर्सेर  हुन् । उनीहरू विस्तारै ठेगान् लाग्छन् । यही कुरालाई ख्याल गरिबक्सँदै आयोगको इज्जतका खातिर उत्तरहरू दिई पठाइस्सिन विन्ती गर्दछौं ।

सरकार १ मौसूफलाई इज्जत आमद गर्दै प्रश्नहरू त्यहीँ पठाउने काम भएको छ । उत्तरहरू गोप्य नै रहनेछन् । यति भएमा राजासँग पनि बयान लिने काम भयो भनेर हामी झेली पिटाउने छौं । सबैले मौसूफलाई लोकतन्त्रवादी भएको मान्दै पुरानै तरिकाले ढोग गर्नेछन् । सरकारको जो हुकुम ।

अध्यक्ष, कृष्णजंग रायमाझी

जनआन्दोलनमाथि भएको दमनबारे जाँचबुझ आयोग

श्रोत : बुटुस

मधेसीको नागरिकता समस्या र ढल्केबरको घाम तपाई (२)
- महेश्वर श्रेष्ठ

“भो, चाहिंदैन मलाई त्यस्तो आनन्द । त्यस्तो आनन्द गर्ने भाग्य र मौका तपाईंलाई नै जुरिरहोस् ।” अब च्याँठिने पालो उनको थियो र भनिन्, “मानिसहरु गर्मीले प्याक-प्याक पर्न थालिसके । कोही विरामी पर्न थालिसके । भर्खर एघार बज्यो । चार बज्न अझै पाँच घण्टा बाकी छ । कसरि समय काट्ने हो । को को मानिस कति जरुरी कामले कहाँ कति बेला पुग्नु पर्ने होला । कस्तो फन्दामा फसियो बा ….. । कोही केही बोल्ने होइनन् । होइन, तपाईंले त गल्ती गर्ने मान्छे राजा नै किन नहोस्, अगाडि आउने साहस गरे उसलाई पनि हकार्छु भन्ने धक्कु लाउने गर्नु हुन्थ्यो नि । जानुस्, कसैसंग कुरा गरी त हेर्नुस् । केही उपाय त निकाल्नोस् । के लाटाले केरा हेर्या जास्तो हेरिराको ?”

क्या फसाद ! उखरमाउलो गर्मीमा अनाहक बीच बाटामा अलपत्र पर्नु परेकोले मानिसहरुको दिमागी सन्तुलन खल्बलिरहेको थियो । अरुका श्रीमतिहरुले आफ्ना श्रीमानहरुलाई के भनिरहेका थिए होलान् कुन्नि । उनले त मेरो पुरुषत्व र प्रतिष्ठालाई नै चुनौति दिइन् । अब केही नगरी सुखै थिएन । त्यस बेलाको मिथिला अनि आजकाल यही धनुषाका राजा जनककी छोरी सीताको स्त्रीहठले सुनको मिर्ग खोज्न रामचन्द्र जंगल तिर लागे जस्तै म पनि चक्काजाम फुकुवा गराउने उपायको खोजीमा धल्केबरको चौरस्ता तर्फ निस्कन त निस्कें तर गर्ने के ? कसलाई के भन्ने ? कसरि सम्झाउन ? अरु यात्रुहरुले आन्दोलनकारीहरुसंग धेरै अनुनय विनय गरिसकेका थिए । तर उनीहरु टसको मस भएनन् । भन्ने गर्थे, “पुस्ता दरपुस्ता हामी अनागरिक भएर बाँचिरहेका छौं । तपाईंहरु हाम्रो यो दुखमा आठ घण्टा पनि साथ दिन सक्नु हुन्न ?”

प्रश्नले मन छुन्थ्यो तर बेजिल्लाका हामी बटुवाहरुले नागरिकता जस्तो संवेदनशील विषयमा तत्काल के नै पो गर्न सक्थ्यौं र ? अब जिल्लाको प्रमुख प्रशासकलाई नै गुहार्नु पर्यो भन्ने ठानी नजिकको पिसिओमा फोन नम्बर सोधेर दर्जनौं पटक प्रजिअलाई कार्यालय र निवासमा समेत फोन गरें तर फोन व्यस्तको व्यस्तै रहृयो । बिजुली बत्ती झयाप्प निभ्दा विद्युत प्राधिकरण नो लाइट शाखाको फोन स्वतः व्यस्त भए जस्तै प्रजिअको फोन पनि स्वतः व्यस्त भएको होला भनी ठानेर उनलाई सर्म्पर्क गर्ने प्रयासलाई त्यागिदिएं । जिल्ला जिल्लामा सत्ताधारी पार्टीहरुको अघोषित अनुगमन समिति छ भन्ने बुझेको यस पंक्तिकारले पिसिओलाई थाहा भएसम्मको सबै जिल्ला नेताहरुलाई फोनबाट सर्म्पर्क गर्ने हर सम्भव प्रयास गर्यो । उनीहरुको घर र कार्यालयका फोनहरु प्रजिअको जस्तौ व्यस्त पाइयो । जिल्ला प्रहरी कार्यालयमा सर्म्पर्क गर्न खोज्दा त्यहाँको फोन पनि त्यस्तै व्यस्त थियो । मानौ त्यस दिन धनुषा जिल्ला भरी टेलिफोन सेवाको सिष्टम नै फेल भएको थियो ।

दिक्क लागेर पंक्तिकारको मुखबाट पनि अन्टसन्ट शव्द निस्कन थालेको थियो । झोंक उठेर अब केन्द्रमै फोन गर्ने मनसायले गृहमन्त्रीको सचिवलाई फोन गरें । उताबाट यो त दान बहादुर शाहीको घरको फोन भनेर जवाफ आउँछ । थुइक्क, आठ रुपिया बेकार मा गयो । फेरि अर्को नम्बरमा फोन गर्दा रंग नम्बर भन्ने जवाफ आउँछ । अर्को आठ रुपिया बेकारमा गयो । भएन अब मन्त्रपिरिषदको सचिवालयमै फोन गर्नु पर्यो भनी नम्बर लगाएं । उताबाट तपाईं को बोलेको ? कसलाई के भन्नु छ ? भनी सोध्दा आफ्नो नाम, काम र मुख्य सचिवलाई भेट्न खोजेको बताउँदा बल्ल यो त रंग नम्बर भन्ने जवाफ आउँछ । नम्बर सही थियो तर समस्याबाट पन्छिन मात्र रंग नम्बर भनिएको थियो । उसंग कुरा गर्दैमा दुई मिनेट समय गएछ । अर्को सोर्ह रुपियामा चुना लागी हाल्यो । “यहाँ कोही पनि केही जिम्मेवारी लिन तयार छैनन् । सब पुच्छर लुकाएर बसेका छन्, सालाहरु !” रीसले चूर पंक्तिकारको मुखबाट अनायास अपशब्दयुक्त वाक्य फुत्की हाल्यो । जिम्मेवार भनाउँदाहरुलाई फोन गर्ने प्रयासमा अर्को एक घण्टा बितेछ ।

पंक्तिकारले यसरि अनेक मानिसहरुलाई फोन गर्ने प्रयास गरिरहंदा एक झुण्ड मानिस उसका पछाडि जम्मा भएर अब के होला भन्ने कौतुहल सहित नियालिरहेका थिए । सायद उनीहरुले उसलाई पनि ‘ठूलै’ मान्छे ठानेर हो कि ‘माथिसम्म’ पहुँच भएको मान्छे ठानेर हो खुइय सुस्केरा हाल्दै अर्कै तिर बरालिन खोज्दा उनीहरु मध्ये तीन-चार जनाले “ए भाई, अब यतिकै कति बस्ने ? बालबच्चा र बुढाबुढीहरु बिरामी पर्न थालिसके । अब त आन्दोलनकारीहरुसंगै कुरा गर्नु पर्यो । नागरिकता नपाउनु उनीहरुको समस्या हो । हामीले त्यस्को सजाय किन भोग्ने -” भनी कराउन थाले । अरु बाकी बार्ह-पन्ध्र जनाले पनि “हो हो, हामीले किन सजाय भोग्ने । जाऔं, आन्दोलनकारीहरुसंग कुरा गर्न जाऔं ।” भनी हल्ला गर्न थाले । हल्लाले अरु मानिसहरुलाई पनि आकषिर्त गर्यो । एकै छिनमा पच्चीस-तीस जनाको ‘वार्ता टोली’ तयार भयो र बस तथा बाटामा सुस्ताइरहेका यात्रुहरुलाई पनि ‘जाऔं है जाऔं । वार्ता गर्न जाऔं ।’ भन्दै आन्दोलनकारीहरु एकत्रित भएको ठाउँ तर्फअगाडि बढ्यो ।

आन्दोलनकारीहरु एकत्रित भएको ठाउँसम्म पुग्दा ‘वार्ता टोली’ मा पचास-साठी जनाको हुल भइसकेको थियो । अलपत्र यात्रुहरु हुल बाँधेर आएको देखेर आन्दोलनकारीहरु सशंकित भएका देखिन्थे । बेन्चीमाथि उभिएर माइकमा बोलिरहेका ‘नेताहरु’ को पछाडि हातमा इंटका टुक्रा बोकेका र दायाँ बायाँ लाठी बोकेका सयौं मानिसहरु देखिन थाले । यसै बीच ‘वार्ता टोली’ मध्ये कसैले “पहाडे-मधिसे भाई-भाई । मधिसेलाई नागरिकता दे” भन्ने नारा लगायो । ‘वाता टोली’ का सबैले त्यस नारालाई जोडसित तीन-चार पटक दोहर्याइसके पछि एक जना मोटोघाटो यात्रुले “तपाईंहरुको आन्दोलनको र्समर्थनमा हामी चार घण्टा बढी घाममा बसिसक्यौं । अब अरु बस्न सक्तैनौ, गाहारो भयो । हामीलाई छोडिदिनोस्” मात्र के भनेका थिए आन्दोलनकारीहरु मध्ये कतिपयले एकै स्वरमा “यिनीहरु त पहाडे-मधिसे भाई-भाईको नारा दिएर हामीलाई चिप्लो घस्न पो आएका रहेछन् । हट्दैन, हट्दैन । चक्काजाम हट्दैन” भनी क्रोधयुक्त स्वरमा होहल्ला गर्न थाले । होहल्लाले राजमार्ग छेउछाउ छरिएर बसेका आइमाई बुढाखाडा आन्दोलनकारीहरुलाई पनि एकत्रित पार्यो । यात्रुहरुको भीड पनि बढ्न थाल्यो । कसले के बोले भन्ने केही ठेगान भएन । यसले यात्रुहरुको ‘वार्ता टोली’ को धैर्यको बाँध पनि छताछुल्ल भयो । कोही यात्रुहरु “तपाईंहरुले आजै नागरिकता पाउने ग्यारेन्टी भए चार बजे त के त्यसको खुसियालीमा आज रात भर तपाईंहरुसंगै बसेर भोज खाऔंला र भोली मात्र जाऔंला । लौ ल्याउनुस् ग्यारेन्टी” भनी कराउन थाले । आन्दोलनकारीहरु मध्ये कोही “हाम्रो दुखमा साथ नदिने तपाईंहरु के को दाजु भाई ?” भनी कराइरहेका थिए । कोही “धनीहरुको कुकुर मर्दा मान्छेहरु चक्काजाम गर्छन् । हामी गरीबहरु माथि यत्रो ठूलो अन्याय भइरहेको छ । हामीले चक्काजाम किन नगर्ने । नगरे त हाम्रो कुरा कसैले सुन्दै सुन्दैन । तपाईंहरु चार बजेसम्म बस्नुस् । त्यस भन्दा अगाडि चक्काजाम हट्दैन” भनी उर्दी जारी गरिरहेका थिए ।

जति भीड बढ्दै थियो स्थिति पनि तनावपूर्ण बन्दै थियो । मझौला कदको यो पंक्तिकार त्यो भीडमा कता कता हराएको जस्तो अनुभव गरिरहेको थियो । उसको कुरा कसैले सुनिरहेको थिएन । वास्तवमा कसैले कसैको कुरा सुनिरहेका थिएनन्, सब आआफ्नो कुरा मात्र ठूलठूलो स्वरमा सुनाइरहेका थिए । यस्तो स्थिति धेरै बेर रहन दिनु हुन्न भन्ने सोचेर पंक्तिकारले केही गर्नै पर्ने कर्तव्य बोध गर्यो । तर के गर्ने ? कसरि गर्ने ? भन्ने समस्या उसको अगाडि ठिंग उभिन आउँथ्यो । उसले गत बैशाख ११ गतेलाई सम्झयो । उ र उसका साथीहरु मिलेर पाटनबाट निस्केको सवालाख भन्दा बढी जनआन्दोलनकारीहरुको जुलुसलाई शहरका प्रमुख क्षेत्रहरुको भव्य परिक्रमा गराएको सम्झयो । एउटा मट्यांग्रा पनि हान्न नपर्ने गरी जुलुसलाई कडा सुरक्षा व्यवस्था भएको मुल सडकमा उतारेको सम्झयो । बख्तरबन्द गाडी र स्वचालित हातहतियारबाट सुसज्जित ठाउँठाउँमा तैनात सुरक्षाकर्मीहरुलाई “जनताको खूनबाट बनेको करबाट पालिएका तपाईंहरुले कसको नूनको सोझो गरिरहनु भएको छ, सम्झनुस्” भनी नैतिक प्रश्न तेर्स्याएको सम्झयो । “हामी अगाडि बढ्छौं, बढ्छौं । हान्ने भए लौ हान्नुस् गोली” भनेर छाती तन्काएको सम्झयो । “अन्याय अत्याचार विरुद्ध उठ्नु जनताको अधिकार हो । हामीलाई रोक्न पाउनु हुन्न । लौ गुडाउनुस् बख्तरबन्द गाडी हाम्रो शरिर माथिबाट” भनी सयौं आन्दोलनकारीहरु सहित बाटामा लम्पसार परी सुतेको सम्झयो । यसरि सुरक्षाकर्मीहरुको हरेक अवरोधलाई वार्ताद्वारा भत्काउँदै बिना कुनै नोक्सानी जुलुसलाई कोपुण्डोलको मुल सडकबाटै जिल्ला पार गराउन सफल भएको सम्झयो ।

यसरि कुरा गरेर सैनिकहरुलाई त सम्झाउन सकिन्छ र जनसमुहलाई सम्भावित हिंसाबाट बचाउन सकिन्छ भने लामो समयदेखि राज्यबाट हेपिएका, थिचिएका र आफ्नै नेताहरुबाट संधै धोका पाउँदै आएका यी निरीह एवं निहत्था आन्दोलनकारीहरुलाई सम्झाउन कसरि नसकिएला भनी सोच्दै पंक्तिकार हुललाई छिचोल्दै बल्ल बल्ल तिनका नेताहरु भएको ठाउँसम्म पुग्न सफल भयो । तर त्यो कोलाहलमा उसको कुरा सुन्ने कसले ? उसको पालो “एक मिनेट, एक मिनेट” भन्दै बेन्चीमाथि उभिरहेको एकजना नेतालाई हात समाएर तान्यो र घोक्रो फुलाउँदै भन्न थाल्यो, “हेर्नुस् नेताजी, यसरि तपाईंहरुको समस्या समाधान कदापि हुँदैन । तपाईंहरुको भनाईप्रति कसैको विमति हुन सक्तैन । तपाईंहरुको समस्या प्रति हामी सबैको हार्दिक सहानुभूति छ । तब न चार घण्टा भन्दा बढी समयदेखि तपाईहरुको चक्काजामलाई र्समर्थन गरेर बसिरहेका हौं । अब पुग्यो, छोडिदिनोस् । यी बेकसूर मुसाफिरहरुलाई अझै यसरि बीच बाटोमा रोकेर दिनभर घाममा सेकाउने हो भने तपाईंहरुले उनीहरुको सहानुभूति र र्समर्थन होइन त्यसको सट्टा रीस र घृणा पाउनु हुनेछ । तपाईंहरुले यस बारे सोच्नु भएको छ कि छैन ?”

(क्रमस:)

२००६ सेप्टेम्बर ११

तस्वीर आफैं बोल्छ
आज सेप्टेम्वर एघार तारीख तर्सथ प्रस्तुत फोटाको बारेमा केहि भन्नु पर्छ र ?

राजा गिरिजा र प्रचण्डसँग सावधान
ऋतुराज

शेरे डडेल्धुरालाई कत्रो आपद् ? राजा, गिरिजा र प्रचण्ड तीनैजनाले उनलाई प्रताडित गरेछन् । राजाले पटक-पटक धोका दिए, गिरिजाले पार्टीबाट निकाले र प्रचण्डले बाटोमा धराप थापे । एउटा मान्छेलाई यहाँभन्दा बढी प्रताडना अरू के हुनसक्छ ? वास्तवमा राजाले धोका दिँदा उनी उतिबेलै सेन्टीफ्लाट हुनुपर्ने हो, गिरिजाले पार्टीबाट  घोक्राउँदा उतिबेलै सडकछाप हुनुपर्ने हो र प्रचण्डले बाटोमा धराप थाप्दा उतिबेलै चिलिम्च्वाँट हुनुपर्ने हो । धन्य सबैबाट सकुशल बचेर अहिले राजनीतिको यो कगारमा आइपुगेका छन् । सफलताको जँघार तर्दैछन् । राजतन्त्रात्मक लोकतन्त्रमा हिँड्दैछन् । तर भन्नका लागि लोकतान्त्रिक गणतन्त्र भन्दैछन् । मान्छे भएपछि संर्घष गर्नुपर्छ, मृत्युलाई पनि जितिन्छ भन्थे बुढापाकाले । उनले पनि जित्दै आएका छन् । राजाले र अमेरिकाले साथ दिए फेरि एकपल्ट राजतन्त्रात्मक लोकतन्त्रको नाइकेको रूपमा बस्छन् -बस्छन् । सिंहबहादुरको कुर्चीले उनलाई बोलाएको छ । शेरबहादुर देउवा नेपालका मिनी गणेशमान हुन् । सुदूर पश्चिमको विकट गाउँमा जन्मेको छाउरो मुलुक हाँक्ने हैसियतमा पुगे । हाँकेर देखाए । राजाले धोका दिँदा हिम्मत हारेनन् । गिरिजाले पार्टीबाट  निकाल्दा हरेश खाएनन्, प्रचण्डले धराप विछाउँदा मृत्युसँग डराएनन् । यिनी नभाको लौह पुरूष को हुनसक्छ १ पक्का स्पात हुन् यिनी । डडेल्धुराले वास्तवमा यस्तो सपूत आफ्नो माटोमा जन्माएछ, जुन माटोलाई निदारमा लगाउनै पर्छ नेपाली जनताले । हुनत सबै बुझकारी कहाँ छन् र ? चाँदनीमा पनि कालो घेरा हुन्छ रे । त्यत्ति घेरा हेरेर सिंगो चन्द्रमालाई नराम्रो देख्ने आँखा पनि मुलुकमा थुप्रै छन् । कसैले संसद्लाई लगेर शेरेले राजालाई बुझायो भने । आफू प्रधानमन्त्री भएको बेला महाकाली प्याकेज लगेर भारतलाई बुझायो पनि भने । आफ्नै कार्यकालमा माओवादीलाई जनयुद्ध गर्न बाध्य पार्‍यो भने । पार्टर्ीीmोर्‍यो भने । पजेरो भित्र्याउन भन्सार सुविधा दियो भने । दरबारलाई तलब भत्ता बढायो पनि भने । के-के भने के-के । पात छामेर रूख, रूख छामेर बगैचाको अनुमान गर्नेहरूले जस्तो पनि गर्छन् । तिनीहरूको कुरा सुन्न थाल्ने हो भने सद्दे मान्छे पनि पागल हुन्छ । वास्तवमा उनले देश, जनता, सिद्धान्त कसैलाई पनि धोका दिन सक्तैनन् । बस् १ उनले धोका खानमात्र सक्छन् । राजा, गिरिजा र प्रचण्डले उनलाई धोका, घोक्रेठ्याक र धराप दिएको गुनासो उनले वीरगञ्जमा गएर कार्यकर्तालाई पोखे । त्यो पोखेको दिन हो विक्रम सम्वत् २०६३ साल भदौ १५ गते बिहीबार । त्यसो त यस्तो वह पोखेको यो पहिलोपटक भने हैन । राजालेे धोका दिँदासाथै आफूमाथि धोका भएको करा लट्पटाउँदो ज्रि्रोले भनेकै हुन् । गिरिजाले घोक्रेठ्याक लगाउँदा उछिट्टँिदै पर हुत्तिएर ठडिएपछि औंला ठड्याउँदै भनेका हुन् र प्रचण्डले धराप विच्छाउँदा पनि प्रचण्डको टाउको ल्याउनेलाई इमान तोकेकै हुन् । त्यसैले वीरगञ्जमा गरेको गुनासो पहिलो हैन । तीनतिरबाट तीन हण्डर खाँदा को चुप लाग्न सक्छ र १ तर, कुरा के चाहीँ हो भने उनले यस्तो डरलाग्दो धोका दिने, घोक्रेठ्याक लगाउने तथा धराप विच्छाएर सिध्याउन खोज्ने महादुश्मनसँग उनी सचेत् हुनर्ैपर्छ । नत्र फेरि पनि त्यस्तो अवस्था दोहोरिन सक्छ । उनी अब त्यस्तो मर्ुखता गर्ने पक्षमा छैनन् र कार्यकर्तालाई पनि जोगाउनु उनको कर्तव्य भएकोले यतिबेला वीरगञ्जबाट खबरदारी दोहोराउन शुरू गरेका छन् ।

खबरदारीको कुरा गर्दा के याद आयो भने नागरिक समाजले कता-कता खबरदारी सभा, खबरदारी जुलुस, खबरदारी लेखन, विचार गोष्ठी अन्तरक्रिया गर्दै आएका छन् । कतिले त कविता छाप्ने, पम्प्लेट र्छर्ने पनि गरेका छन् । त्यो केका लागि भने सात दलको सरकार राजतन्त्रात्मक लोकतन्त्रको बाटोहुँदै राजतन्त्रमा नजाओस् र लोकतान्त्रिक गणतन्त्रको बाटोहुँदै गणतन्त्रमा जाओस् । त्यस्तो उद्देश्य राखेर नागरिक समाजले खबरदारी गर्दै आएका छन् । तर, खबरदारी गर्नुपर्ने कुरा त अर्कै रहेछ । राजा, गिरिजा र प्रचण्डबाट सावधान भन्नुपर्ने रहेछ । एउटाले धोका दिन्छ, अर्कोले घोक्रेठ्याक लगाउँछ र तेस्रोले बाटोमा धराप थाप्छ । त्यसैले अब देउवाले जस्तै नागरिक समाजले पनि तीन तत्वबाट सावधान हुन खबरदारी गर्नुपर्ने देखियो ।

थुप्रै मान्छेले भन्दैछन्- नेपाली कांग्रेस र प्रजातान्त्रिक एउटै हुनर्ुपर्छ । ती थुप्रैहरू वास्तवमा बेकुफ हुन् । बेकुफमात्रै हैन, महावेकुफ हुन् । पार्टर्ीीकन एक हुने १ अलग भएर भा छ के र १ एउटै भए के हुन्छ - तातो न छारो १ बाँचुञ्जेल गिरिजाले सभापति छाड्ने हैनन् । मर्ने ठेगान छैन । सभापति भएको मान्छे घटुवा हुन नेपाली कांग्रेससँग मिल्ने १ फेर के ठेगान् गिरिजाले घोक्रेठ्याक लगाउन्नन् भन्ने १ कसले लिन्छ ग्यारेन्टी - त्यसैले पार्टर्ीीक हुने हल्ला हावादारी हल्ला हो । त्यही हल्ला सुनेर मान्छे वेकुफ बन्दैछन् । पार्टर्ीीmुटेर दर्ुइटा त के तीनओटा भएको भए पनि यतिबेला सरकारमा जान्थ्यो । इन्द्रेको बाबु चन्द्रेले रोक्न सक्थेन । जति चिरा भएपनि सरकारमा जान पाइन्छ भने मिल्नुभन्दा फुट्नु जाति भएन १ सातको ठाउँमा आठ हुन्थ्यो । मन्त्रीको भाग बेसी पाइन्थ्यो । त्यसैले पार्टर्ीीक हुने कुरा असंभव हो ।

गिर्जाबाबु प्रधानमन्त्रीको हैसियतमा विहीबार अपरान्हपछि लुत्त राजदरबार गए । गएको थाहा भयो । किन गएको कसैलाई थाहा भएन । फर्केको थाहा भयो के गरेर फर्केको थाहा भएन । गिरिजाको ठाउँमा देउवा गएको भए लौ लोकतन्त्र बुझाउन गयो भनेर झेली पिट्थे । उतिबेला बुझाउनु पर्ने आवश्यकता थियो । नत्र प्रचण्डले भ्याइसकेका थिए । उनले विछाएको धरापले राजदरबारभन्दा अन्यत्र हिंड्ने बाटै समाप्त भएको थियो त नबुझाएर के गर्नु १ चलाउन सकिएन, प्रचण्डलाई दिन पनि मनले मानेन । गिरिजासँग पुरानो तुष चुलिएको थियो, सोध्ने कुरै भएन । फेरि बोलचालै कहाँ थियो र १ प्रधानमन्त्री भयो भनेर डहन भएको थियो उनलाई । हान्ने राँगाले झैं यामान्का आँखा बनाएर हर्ेर्थे । त्यसैले बुझाइयो । के गल्ती गरियो र १ उनले पार्टर्ीीट घोक्राउँन हुने, देउवाले माओवादीले किनारा लगाइसकेको, राजधानीको रिङरोड भित्र खुम्चेको संसद्लाई बुझाउन नहुने - नत्र, अहिले मन्त्रीमण्डलमा जान पाइन्थ्यो १ यति छिट्टै सत्तामा जान पाइन्थ्यो । खुइलिएको सांसद नयाँ भएर हिँड्न पाउँथ्यो । बरू त्यतिबेला बुझाएकोमा धन्यवाद दिनर्ुपर्छ छ दलले । हो कि हैन हो । हैन भन्ने को ?????

ब्लगर उमेशलाई सम्मान एवं नगद पुरस्कार
नेपाली भाषाको पहिलो ब्लग ‘माईसंसारडटकम’का

उमेश श्रेष्ठलाई अमेरिका-नेपाल सोसाइटीले शनिबार सम्मानित गरेको छ। जनआन्दोलन-२ को अप्ठ्यारो परिस्थितिमा निर्भिकतापर्ूवक निष्पक्ष सूचना प्रवाह गरी योगदान पुर्‍याए बापत उहाँलाई सोसाइटीले नगद रु. ५१ हजार प्रदान गरेको जनाएको छ।अधिकारवादी नेता पद्मरत्न तुलाधरले ब्लगर श्रेष्ठलाई सम्मानपत्र एवं नगद पुरस्कार हस्तान्तरण गर्नुभयो। अनलाइन पत्रकारिताको विकासक्रम भर्खरै सुरु भइरहेको अवस्थामा व्यक्तिगत रुपमा ब्लगले सूचना प्रवाहमा देखाएको तदारुकता प्रशंसनीय रहेको तुलाधरले बताउनुभयो।नेपाल पत्रकार महासंघका पर्ूव सभापति तारानाथ दाहालले माघ १९ को राजाको कदमपछि निष्पक्ष सूचना प्रवाहमा राज्यले रोक लगाएको अवस्थामा समेत अनलाइन र ब्लगहरुले प्रविधिको प्रयोग गरी अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गरेको उल्लेख गर्नुभयो।इन्टरनेटका माध्यमद्वारा विश्वभरि पहुँच राख्ने अनलाइनपत्रिकाहरुलाई राज्यले अझै पनि मान्यता नदिएकोमा उहाँले रोष प्रकट गर्नुभयो।सम्मानित व्यक्तित्व उमेश श्रेष्ठले ‘माइसंसार’ले पाएको सम्मान सिंगो नेपाली ब्लगरहरुका लागि सम्मान हो भन्नुहुँदै ब्लगको अवधारणाले मान्यता पाइनसक्दै सम्मान गरिनुले उत्साहित पारेको बताउनुभयो।कार्यक्रममा अमेरिका नेपाल सोसाइटीका उपाध्यक्ष विष्णु थापा एवं बोर्ड सदस्य मावध आचार्यले समेत बोल्नुभएको थियो।

उमेश परेवाडटकमसँग आवद्ध हुनुहुन्छ।

ललितपुर चक्रपथ क्षेत्रमा सैंतीस लाख बयासी हजारको क्षति
२०६३ भाद्र ०५ गतेका दिन ललितपुर जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीज्यू श्री आनन्दराज पोखरेलको अध्यक्षतामा र्सवपक्षिय वसी मिति २०६३ भाद्र ०४ गतेका दिन पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धीको नाममा सातदोवाटो देखि मनोहरा पुलसम्मको ललितपुर चक्रपथ क्षेत्रमा केहि उच्छृ◊ल व्यक्तिको भिडले  पेट्रोल पम्प, र्सवसाधारणको घर, पसल, रेष्टुरेण्ट र सवारी साधन समेत तोडफोड गरी क्षती पुर्‍याएको सम्वन्धमा सहायक प्रमुख जिल्ला अधिकारी श्री कविराज खनालको संयोजकत्वमा तल उल्लेखित वमोजिमको “क्षतिको विवरण तयार गर्ने समिति” गठन भएको थियो ।

समितिको विवरण

१. श्री कविराज खनाल, सहायक प्रमुख जिल्ला अधिकारी, ललितपुर ( संयोजक)

२. श्रीमती कामिनी वैद्य, इन्जिनियर, जिल्ला प्राविधिक कार्यालय, ललितपुर ( सदस्य )

३. श्री डम्वरकुमार तामाङ्ग, प्रहरि निरिक्षक, वडा प्रहरि कार्यालय, मंगलवजार ( सदस्य )

४. श्री सुरेश प्रधान, अध्यक्ष, नेपालभाषा मंकाः खलः यल, ललितपुर ( सदस्य )

५. श्री चिरीबाबु महर्जन, अध्यक्ष, ज्यापु समाज, ललितपुर ( सदस्य )

६. श्री मनोज के.सी., अध्यक्ष, नेपाल रेष्टुरा“ व्यवसायी संघ, ललितपुर ( सदस्य )

उपरोक्त समितिले मिति २०६३ भाद्र १५ गतेका दिन घटनास्थलको स्थलगत निरिक्षण का साथै पिडितहरुको माग वमोजिम कूल जम्मा रकम रु. ३७,८२,२३७।०६ (अक्षेरुपी सैंतीस लाख बयासी हजार दुइ सय रुपैया“ र पैसा छ मात्र) वरावरको क्षति भएको विवरण प्रमुख जिल्ला अधिकारी श्री आनन्दराज पोखरेलज्यू समक्ष पेश गरेको छ । सो प्रतिवेदन बुभ\mनु भई प्रमुख जिल्ला अधिकारीज्यूले समितिका सदस्यज्यूहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दै उक्त प्रतिवेदन तत्कालै आवश्य कार्यवाही र प्रकृयाको लागि गृह मन्त्रालय पठाइदिने र मन्त्रालयवाट न्यायोचित क्षतिपूर्ति दिलाउन आप\mनो तर्फवाट सक्दो प्रयास गर्ने समेत वचन दिनु भयो ।

म भन्दिन कि तपाँइ यो भिडियो हेर्नुहोस
कहिले रुकुम कहिले रोल्पा त कहिले काठमाण्डौमा आगो लाग्छ । सहर गाँउ दन्दन्ती जल्छ र पुन सेलाउँछ  । केहि समय पछी फेरी आगो सल्कन्छ र जल्न थाल्छन गाउँहरु , शहरहरु , भन्ज्याङ अनि चौतारीहरु । हाम्रो देशमा आगो लाग्न र जल्नलाई ठुला कुराहरु हुनै पर्दैन । एउटा डाइभरले एउटा मान्छे किच्यो भने पनि पुरा शहर जल्न थाल्छ , अस्पतालमा एउटा विरामी मर्यो भनेपनि शहरमा आगो लगाउन थालिन्छ अनि भारतको एउटा कलाकारले केहि केहि चित्त दुख्नेकुरा गर्यो भनेपनि हामै्र शहर जल्न थाल्छ र हामीहरुनै गोलीखान बाध्य हुन्छौं यो हाम्रो नियती हो । मैले आज गर्न खोजेको कुरा चाँही अलि पुरानो हो अर्थात दुइवर्षपुरानो । आजको ठिक दुइवर्षपहिले काठमाण्डौ दन्दन्ती जलीरहेको थियो । बैदेशीक रोजगारीका कार्यालयहरु, पत्रीका प्रकाशनगृहहरु, राजदुतावासहरु, अनि एयरलाइन्सका कार्यालयहरु यतिवेला मुख्य आगो लगाउने अखडाहरु भएका थिए । बिदेशमा गएर अलीकती पैसा कमाइएला भनी मनभरी सपना संगाल्दै इराक पुगेका बाह्रजना नेपालीहरुलाई एकैठाउँमा हत्या गरीएपछी काठमाण्डौका जनताले निर्दोस नेपाली घाँटी रेटिएको सजीलै पचाउन सकेनन र आफ्नो आक्रोसलाई सडकमा आएर पोखे अन्तत इराकमा क्षती त भयो नै तर नेपालमा पनि कम क्षतीभने भएन । यसको बारेमा बिस्तृत कुराहरु त मेरो संसारमा गएर पढ्न सकिन्छ तर्सथ मैले चाँही यहाँ त्यही कहाली लाग्दो हत्याको भिडियो लाई राखेको छु ।  मैले यो भिडियो तेतीबेला पनि हेर्ने कोशिस गरेको थिँए तर एक मिनेट हेरेपछी बाँकी भिडियो हेर्ने साहस मैले गरीन र सात दिन सम्म त्यो भिडियोको असरले मलाई सताइरह्यो तर्सथ आज पनि यो भिडियो लाई मैले एक मिनेटजती मात्र हेरेर  यहाँ राखेको छु । आज एक साथीले मोवाइल मार्फ भिडियो म्यासेज पठाएको र रत्नपार्कमा राख्नुहोला भनेको हुदा यहाँ राखेको हु तर म भन्दिन कि तपाँइ यो भिडियो हेर्नुहोस । यदी तपाँइ धेरैपैसाको लोभमा परेर इराक अथवा यस्तै कुनै देशमा जान खोजीरहनुभएको छ जहाँ जानको लागी हाम्रो देशले अनुमती पनि दिएको छैन भने चाँही एक पटक यो भिडियो हेर्नुहोस सायद तपाँइको विचारमा केहि परिवर्तन आउँछकि । मोवाइलको भिडियो भएको हुँदा यो सफा सँग  देखिदैन र यस्लाइ 3gp फाइल बाट अन्य फाइलमा परिवर्तन गर्न नसकेको हुँदा सम्पादन गर्न पनि मिलेन तर्सथ जस्तो प्राप्त भयो त्यस्तै यहाँ राखेको छु ।

<object width="425" height="350">

<param name="movie" value="http://www.youtube.com/v/wo3nrQozeyk"></param><embed src="http://www.youtube.com/v/wo3nrQozeyk" type="application/x-shockwave-flash" width="490" height="350"></embed></object>

एकजना नागरिकको सुझाव
मितिः- २०६३/०५/१४

श्री पेट्रोलियम पदार्थ आपूर्ति, मूल्य तथा बजार व्यवस्थापन समिति

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, सिंहदरबार, काठमाडौं

इमेलः- psp@moics.gov.np

विषयः- सुझाव पठाएको बारे ।

उपरोक्त सम्बन्धमा त्यस समितिले नेपालमा पेट्रोलियम पदार्थ आपूर्ति, मूल्य निर्धारण तथा बजार व्यवस्थापनमा अपनाउनु पर्ने नीति तथा रणनीति बारे सुझाव माग गरी र्सार्वजनिक सूचना प्रकाशित गरेको हुंदा एक जना सचेत एवं जिम्मेवार नागरिकको हैसियतले नेपाली जनताको उच्चतम हितलाई ध्यानमा राखी निम्न सुझावहरु पेश गर्दछु ।त्यस समितिको अधिकार क्षेत्रबारे यस सुझावका प्रेषकलाई विस्तृत जानकारी छैन । समितिले मागेको सुझावमा आयात सम्बन्धी विषय नै नपरेको हुँदा त्यसको अधिकार एवं कार्यक्षेत्र नेपाल भित्री सकेको पेट्रोलियम पदार्थको आन्तरिक आपूर्ति, मूल्य तथा बजार व्यवस्थापन भन्ने मात्र बुझिन्छ । त्यसैले समितिले पेट्रोलियम पदार्थको कारोवार सम्बन्धमा समग्र रुपमा अध्ययन गर्न पाउँछ भन्ने कुरामा नै शंका छ ।	हुन त नेपालमा पेट्रोलियम पदार्थ आयात गर्ने विषय र अन्तराष्ट्रिय भाउ सम्बन्धमा सरकार वा आयल निगमले फैलाउँदै आएको भ्रम तथा फरेबी कुरा सम्बन्धमा मैले २०६१ सालदेखि संचार माध्यम मार्फ र्सार्वजनिक आवाज उठाउँदै आएको आएको हुँ र त्यस सम्बन्धी पछिल्लो लेख केहि दिन अघि त्यस समितिलाई पनि उपलब्ध गराइसकेकै छु । तर पनि पहिलेका ‘सुझाव समिति’ हरुले जस्तै त्यस समितिले पनि सरकारको बनिबनाउ जनतामारा कुराहरुलाई नै “विस्तृत अध्ययन पछिको प्रतिवेदन” भनी लाचार घोषणा गर्न नपरोस्/नगरोस् भन्ने कामना सहित आफ्ना सुझावहरु पेश गर्दछु ।

१.	विश्वबजारमा रहेको पेट्रोलियम पदार्थको मूल्य स्थितिका सर्न्दर्भमा नेपालले अपनाउनु पर्ने उपाय र रणनीति बारे ।

१.१	नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बारे जानकारी दिंदा केहि वर्षअघिदेखि “रक्सौलमा खरिद मूल्य” भन्दै आएको छ । के नेपालका लागि रक्सौल नै “विश्व बजार” हो ? होइन भने निगमले अरु मुलुकहरु -पेट्रोलियम पदार्थ उत्पादक मुलुकहरु) बाट सस्तोमा पाइने पेट्रोलियम पदार्थ किन आयात गर्दैन ? के निगमलाई भारतको पनि रक्सौल बाहेक अन्य ठाउँ र मुलुकबाट पेट्रोलियम पदार्थ खरिद वा आयात गर्न नपाउने बन्देज छ ? छ भने त्यस्तो बन्देज कसले र किन लगाउँछ ? समितिले सबभन्दा पहिले यी प्रश्नहरुको जावफ खोज्नु पर्यो र त्यस बारे सत्यतथ्य के हो र्सार्वजनिक गर्न हिम्मत गर्नु पर्यो । अन्यथा विश्वबजारमा पेट्रोलियम पदार्थको मूल्य बारे कुरा गर्नु टाउको दुखेको औषधी नाइटो मुनि लगाउनु सरह हुनेछ र समितिले गर्ने काम पनि जनताको आँखामा छारो हाल्नु मात्र हुनेछ ।

१.२	२०६१ सालमा महेशलाल प्रधान आपूर्ति मन्त्री हुँदा अन्तराष्ट्रिय भाउ बमोजिम नेपालमा पनि पेट्रोलियम पदार्थको भाउ समायोजन गर्ने भनी डंका पिटिएको थियो । तर त्यो कहिल्यै कार्यान्वय भएन । मैले बुझे अनुसार अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको दुई वटा भाउ  हुन्छन्, एउटा कच्चा तेलको थोक मूल्य र अर्को प्रशोधन पछिको उपभोक्ता मूल्य (त्यो पनि देश अनुसार फरक हुन सक्छन्) । समितिले “विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य” भन्दा यसैलाई बुझनु पर्यो । नेपालले उपभोक्ता मूल्य अध्ययन गर्दा युरोपेली मुलुकमा प्रचलित उच्चतम मूल्य मात्र नहेरी दक्षिण तथा दक्षिण-पूर्व एसियाका कम विकसित र विकासोन्मुख मुलुकहरुमा प्रचलित उपभोक्ता मूल्यहरुलाई पनि हर्ेनु पर्यो र त्यसलाई नै नेपालमा पेट्रोलियम पदार्थको मूल्य निर्धारण गर्ने आधार मान्ने रणनीति मान्नु पर्यो ।

२. 	नेपालमा पेट्रोलियम पदार्थको आपूर्ति, मूल्य तथा बजार व्यवस्थापनमा अपनाउनु पर्ने नीति एवं रणनीति बारे ।

२.१	नेपाल भित्र पेट्रोलियम पदार्थको आन्तरिक आपूर्ति सम्बन्धमा सुगम ठाउँमा लगभग ठिकै भइरहेको देखिन्छ । किनभने यस कुरालाई अर्थशास्त्रको माग र आपूर्तिको सिद्धान्तले निर्देशित वा नियन्त्रित गरि राखेकै हुन्छ । यसमा कसैले धेरै टाउको दुखाइराख्नु पर्दैन । यसै कुरालाई मनन गरी “बजार व्यवस्थापनमा अपनाउनु पर्ने नीति एवं रणनीति” अपनाए भइहाल्छ । तर दुर्गम ठाउँका लागि भने आपूर्तिको विशेष व्यवस्था हुनु पर्दछ र त्यसमा पनि विद्युतीकरण नभएका वस्तीहरुलाई विशेष प्राथमिकता दिने नीति अपनाउनु पर्दछ ।

२.२	देशभरको लागि पेट्रोलियम पदार्थको एउटै मूल्य कायम गरिनु पर्छ तर मजदुर, विद्यार्थी, शहरिया गरीब, अति निम्न स्तरका कर्मचारीहरु र अन्य लक्षित समूहका लागि सरकारी अनुदानको सहुलियत दरमा मटितेल उपलब्ध गराइनु पर्दछ । यसका लागि स्थानीय निकाय मार्फ महिनाभरको लागि आवश्यक निश्चित परिमाणको कुपन वितरण गर्ने, खुद्रा विक्रेताहरुले सो कुपन नगद सरह निगमलाई बुझाउने, र निगमले प्राप्त कुपनहरु सरकारलाई बुझाएर सामान्य दर र सहुलियत दर बीचको फरक रकम माग गरी लिने व्यवस्था गरिनु पर्दछ ।

२.३	नेपाल आयल निगमले केही समयदेखि पेट्रोलियम डिलर्स एसोसियशनलाई ठाउँ अनुसार पेट्रोलियम पदार्थको मूल्य तोक्न दिने एक किसिमको खुला बजार मूल्य नीति अपनाउँदै आएको छ जुन एकदमै हास्यास्पद छ । नेपालका पेट्रोलियम डिलरहरुका लागि आयल निगम एउटै मात्र आपर्ूर्तिकर्ता रहेको अवस्थामा यस्तो खुला बजार मूल्य नीति अपनाउनुको औचित्य के ? जुनसुकै ठाउँको लागि भए पनि आयल निगमले नै ढुवानी खर्च व्यहोर्नु पर्छ र यस खर्चलाई निगमको प्रशासनिक खर्चमा गाभेर देशभर एउटै मूल्य कायम गरिनु पर्दछ ।

२.४	पेट्रोलियम पदार्थलाई अब विलासिताको सामान भन्न कदापि मिल्दैन । आज यो सबैको अत्यावश्यक उपभोग्य वस्तु भइसकेको छ । पेट्रोलियम पदार्थको मूल्यबृद्धिले फिरन्ता फकीर र गुफा कन्दरामा बस्ने असभ्य मानिसहरु समेतको आर्थिक जीवनलाई प्रभाव पार्दछ । यस्तो अत्यावश्यक वस्तुमा राज्यले जनताको ढाड भाँच्ने गरी ५५% सम्म उच्चतम दरको भंसार महसुल र त्यसमाथि मूल्य अभिवृद्धि कर असुल्दै आएको छ । यो अन्यायपूर्ण छ र भंसार दरलाई सकेसम्म कम गर्ने नीति अपनाइनु पर्छ ।

२.५	पहिलेका सरकारहरुले “नेपालमा भन्दा भारतमा पेट्रोलियम पदार्थ महंगो भएको र नेपाल-भारत सिमाना खुला भएको कारण नेपालबाट भारत तर्फहुने पेट्रोलियम पदार्थको चोरी निकासी रोक्न भाउ बढाउन वाध्य भएको” भन्ने अत्यन्त नकचरो, लज्जास्पद एवं हास्यास्पद तर्क अघि सार्ने गरिन्थ्यो । चोरी निकासी त अहिले पनि भइरहेको होला । त्यसका लागि सरकारले सिमा व्यवस्थापन कडा गर्नु पर्यो । सरकारले सिमानामा जे पनि गर्न दिने अनि उसको नालायकी र निकम्मापनको सजाय नेपाली जनताले भोग्ने ? यो कहाँको न्याय हो ?

३	नेपाल आयल निगमको व्यवस्थापनमा गरिनु पर्ने सुधार बारे

३.१	नेपालका सरकारी संस्थानहरु सत्ताधारीका मानिसहरुलाई जागिर खुवाउने भर्तिकेन्द्रको रुपमा बदनाम छन् । नेपाल आयल निगम मात्र यसको अपवाद होला भनी कल्पना मात्र गर्नु पनि महामर्ूखता हुनेछ । त्यस माथि आयल नगम त अत्यावश्यक वस्तु सिधै नगदमा कारोवार गर्ने संस्थान हो । त्यहाँ सत्ताधारी तथा पहुँचवालाहरुले आफ्ना मान्छे भर्ती नगर्ने कुरै भएन । तर्सथ निस्पक्ष विज्ञहरुबाट अध्ययन गर्राई आवश्यक र सक्षम जनशक्ति मात्र राखेर बाकी अनावश्यक जागिरेहरुको बथान पाल्नु पर्ने आर्थिक बोझबाट निगमलाई मुक्त गरिनु पर्दछ ।

३.२	निगमका कर्मचारीहरुले धेरै शीर्षकमा आकर्ष आर्थिक लाभहरु पाइरहेको र निगम घाटामा गएको प्रचार गरिए तापनि मनग्य बोनस खान पाइरहेको बताइन्छ । निगमका कर्मचारीहरुले बढी से बढी सुविधा र आर्थिक लाभ पाऊन्, यसका मेरो भन्नु केही छैन । तर आयल निगम एउटा र्सार्वजनिक संस्थान हो, त्यसले स्वायत्तताको नाममा जे पनि गर्न पाउँछ ? टकसारमा काम गर्ने कर्मचारी भन्दैमा उनीहरुले सुनका सिक्का र चाँदीका ढिक्का नै खाजा खाने हो ? आयल निगमको व्यवस्थापन सुधार बारे कुरा गर्दा यस कुरालाई गंभीर रुपमा लिनै पर्छ ।

३.३	बहालवाला आपूर्ति मन्त्री हृदयश त्रिपाठी र आयल निगमका प्रमुखले केही दिन अघि मात्र इण्डियन आयल निगमलाई झण्डै ८ अर्ब रुपिया तिर्न बाकी भएकोले पेट्रोलियम पदार्थको भाउ बढाउन “वाध्य” हुनु परेको भनी संचार माध्यमलाई र्सार्वजनिक रुपमा भनेकै हुन् । तिर्नु पर्ने रकम नतिर्ने आयल निगम, अनि त्यसको सजाय भोग्नु पर्ने निरपराध जनताले ? कहाँ गयो, के का लागि गयो, कसले खायो त्यति ठूलो रकम ? त्यस समितिले यस कुराको समेत छानबिन गरी सत्यतथ्य के हो र्सार्वजनिक गरोस् भनी सुझाव दिन चाहन्छु ।

३.४	नेपाल आयल निगमले वाषिर्क १२ करोड रुपिया सलामी स्वरुप राजदरबारलाई बुझाउन पर्ने कुरालाई र्सार्वजनिक गरे वापत पूर्व कार्यकारी अध्यक्ष लोककृष्ण भट्टर्राईलाई बर्खास्त गरिएको कुरा यस अघि मैले समितिलाई उपलब्ध गराएको र दर्जनौ छापा तथा इन्टरनेट पत्रिकामा प्रकाशित मेरो लेखमा स्वयम भट्टर्राईले पुष्टी गरेको कुरा उल्लेख गरेको छु । त्यस्तो सलामी चढाउने व्यवस्था अझै कायम छ वा छैन समितिले छानबिन गर्नु पर्छ र कायम छ भने त्यसलाई तत्काल खारेज गरी त्यस्तो सम्पूर्ण रकम व्याज सहित असुल उपर गर्नु पर्छ ।

३.५	निगमको व्यवस्थापनमा गरिनु पर्ने सुधारका कुरा गर्दा पेट्रोलियम पदार्थमा हुने मिसावट मथि गम्भीर ध्यान पुर्याउनु पर्छ । पेट्रोलमा मटितेल मिसाएर बेच्दा व्यापारी र तिनका मतियार निगम कर्मचारीहरुलाई प्रसस्त आर्थिक लाभ त होला तर जनता र सरकारकै पनि लाखौं पर्ने सवारी साधनको आयु घटेर तथा मर्मत खर्च बढेर देशकै अर्थतन्त्रमा नकारात्मक असर पारिरहेको छ । २०६१ सालमै पेट्रोल र मटितेल एकै ठाउँमा बेच्न नपाइने सरकारी निर्णय भएको हो । त्यसलाई कडाइका साथ कार्यान्वय गरिनु पर्यो ।

४	र्सवसाधारणलाई सहज र र्सवसुलभ ढंगमा पेट्रोलियम पदार्थ आपूर्ति गर्न चालिनु पर्ने उपाय बारे

४.१	कुनै पनि वस्तुको आपूर्ति अर्थशास्त्रको सिद्धान्त बमोजिम त्यसको मागमा भर पर्ने भए तापनि पेट्रोलियम पदार्थ जस्तो अत्यावश्यक तर दुर्लभ वस्तु सम्बन्धमा दूरदराजका ग्रामीण वस्तीहरुमा उक्त सिद्धान्त हुबहु लाग नहुन सक्छ र बढी ढुवानी खर्चका कारण मूल्यमा भिन्नता आउन सक्छ । यसलाई राज्यको जनहितकारी नीतिबाट अथवा कल्याणकारी राज्यको सिद्धान्त अनुरुप पूर्ति गरिनु पर्छ । यसलाई कम से कम मोटर बाटो पुगेका ग्रामिण इलाकाहरुमा पूर्ण रुपले लागु गरिनु पर्छ र मोटर बाटो नपुगेका दुर्गम ठाउँका जनताको निम्ति टुकी बाल्ने प्रयोजनका लागि माथि बुँदा नं २.२ मा भनिए जस्तै मटितेलमा विशेष सरकारी अनुदानको व्यवस्था गर्नु पर्छ ।

सुझाव प्रेषक

महेश्वर श्रेष्ठ

ज्वागल ललितपुर-१०

राजा अचेल इन्टरनेटमा जुवा खेल्न थालेका छन
प्रस्तुत भनाईहरु हुन सयपत्री साहित्यिक ब्लगका ब्लगर चहल सयपत्रीको । मोति जयन्तीको अवसरमा भएको एक साहित्यिक वाचन कार्यक्रमा वाचन गरिएको एक गजलको भिडियोलाई यहाँ प्रस्तुत गरेको छु । गजल पूर्णरुपमा माइलादाईको सेरोफेरोमा घुमेको छ । हुन त यो गजल गजलकारले आफ्नै ब्लग सयपत्रीमा प्रकाशन गर्नुपर्ने हो तर  भन्नेहरुले देवदास र चहल सयपत्रीमा केहि फरक छैन भनेको हुदा रत्नपार्कमा प्रकाशन गरेको हो , उक्त कार्यक्रमका अन्य भिडियोहरु हेर्न  चाँही साहित्यिक ब्लग सयपत्रीमै जानुपर्ने हुन्छ ।  यदि तपाँइको कम्प्युटरमा यो भिडियो प्ले भएन भने पढेर चित्त बुझाउनु होला  ।

<object width="425" height="350">

<param name="movie" value="http://www.youtube.com/v/pPF5yM5_1Os"></param><embed src="http://www.youtube.com/v/pPF5yM5_1Os" type="application/x-shockwave-flash" width="490" height="350"></embed></object>

गजल पढ्नको लागी भित्र जानुहोला

गजल

तानाशाहका सपनाहरु जल्दैछन बिस्तार बिस्तार

गणतन्त्रका राँकाहरु बल्दैछन बिस्तार बिस्तार

दूइसय सैंतीस वर्षो पुराना ति खम्बाहरु

उन्नाइस दिनको आँधीले ढल्दैछन बिस्तार बिस्तार

जनताका छोरालाई कमजोर नसम्dmनुस हजुर

हजुरका सबै जरा उखल्दैछन बिस्तार बिस्तार

कुन देशमा हो शरण दिने तयार गरेहुन्छ

देशवाट लखेट्ने कुरा चल्दैछन बिस्तार बिस्तार

हजुरलेनै दुध पिलाई पालेका ति साँपहरु

ऐले हजुरतिर विष ओकल्दैछन बिस्तार बिस्तार

कोमल वलीले लोग्ने पाउने सम्भावना घटेर गयो
नेपालमा यसै त पुरुषको भन्दा महिलाको जनसख्या बढी छ । साँच्चे भन्ने हो भने एक पुरुशले एक महिलालाई विवाह गर्ने हो भने धेरै महिलाहरु बुढीकन्या भएरै बस्नु पर्ने अबस्था  छ  दोस्रो विहे गर्यो भने पनि कानुनी सजाय भोग्नु पर्छ ।  यतीखेर कोमल वलीको चर्चा छ बजारमा । उनि बुढीकन्या भैसकेकि छीन तर आफुले चाहेजस्तो लोग्ने उनलाई जुरेको छैन । महिलाहरुको महान चाडको मौका छोपेर उनले पोइला जान पाम् भन्दै शिव भगवानलाई गुहार्दै सडक गल्ली जताततै भजन गाउँदै हिंडेकी छिन । कोमल वली जस्ती शिक्षीत , आत्मनिर्भर युवतीले  लोग्नेको लागी यसरी लोकगीतको सहारा लिएर विज्ञापन गरेको देख्दा उनलाई छिटै लोग्ने मिलोस भन्ने देवदासले प्रार्थना गरेको थियो । कमसेकम यसपाली उनको विहे भयो भने अर्को तिजमा नेपाली महिलाहरुले इज्जतका साथ पशुपतीको दर्शन गर्ने थिएकी भन्ने देवदासको सोचाई थियो तर अफसोच आज देवदासले यौटा फोटो देखेपछी भने कोमल वलीको बिहेको चान्स अलीकती भएपनि घटेको हो कि जस्तो लाग्यो । कुरा के भने यसै त महिला भन्दा पुरुश बढी भएको हाम्रो देशमा आज काठमाण्डोको लाजिम्पाटमा केटाले केटासँगै विवाह गरेको समाचार देखेँ  । यदी ति दुइ युवकले केटीसँग विवाह गरेको भए कमसेकम अरु दुइजना युवतीले लोग्ने त पाउँथे । आज भएको केटै केटाको विवाहले गर्दा दुइजना केटिले लोग्ने नपाउने भए  कतै यि दुइजना लोग्ने नपाउने युवतीहरुमा कोमल ओली पर्ने त हैनन ?

यो पनि हेर्नुहोला  –कोमल वलीले ‘पोइल जानु’ ठीक कि बेठीक