म भन्दिन कि तपाँइ यो भिडियो हेर्नुहोस
कहिले रुकुम कहिले रोल्पा त कहिले काठमाण्डौमा आगो लाग्छ । सहर गाँउ दन्दन्ती जल्छ र पुन सेलाउँछ । केहि समय पछी फेरी आगो सल्कन्छ र जल्न थाल्छन गाउँहरु , शहरहरु , भन्ज्याङ अनि चौतारीहरु । हाम्रो देशमा आगो लाग्न र जल्नलाई ठुला कुराहरु हुनै पर्दैन । एउटा डाइभरले एउटा मान्छे किच्यो भने पनि पुरा शहर जल्न थाल्छ , अस्पतालमा एउटा विरामी मर्यो भनेपनि शहरमा आगो लगाउन थालिन्छ अनि भारतको एउटा कलाकारले केहि केहि चित्त दुख्नेकुरा गर्यो भनेपनि हामै्र शहर जल्न थाल्छ र हामीहरुनै गोलीखान बाध्य हुन्छौं यो हाम्रो नियती हो । मैले आज गर्न खोजेको कुरा चाँही अलि पुरानो हो अर्थात दुइवर्षपुरानो । आजको ठिक दुइवर्षपहिले काठमाण्डौ दन्दन्ती जलीरहेको थियो । बैदेशीक रोजगारीका कार्यालयहरु, पत्रीका प्रकाशनगृहहरु, राजदुतावासहरु, अनि एयरलाइन्सका कार्यालयहरु यतिवेला मुख्य आगो लगाउने अखडाहरु भएका थिए । बिदेशमा गएर अलीकती पैसा कमाइएला भनी मनभरी सपना संगाल्दै इराक पुगेका बाह्रजना नेपालीहरुलाई एकैठाउँमा हत्या गरीएपछी काठमाण्डौका जनताले निर्दोस नेपाली घाँटी रेटिएको सजीलै पचाउन सकेनन र आफ्नो आक्रोसलाई सडकमा आएर पोखे अन्तत इराकमा क्षती त भयो नै तर नेपालमा पनि कम क्षतीभने भएन । यसको बारेमा बिस्तृत कुराहरु त मेरो संसारमा गएर पढ्न सकिन्छ तर्सथ मैले चाँही यहाँ त्यही कहाली लाग्दो हत्याको भिडियो लाई राखेको छु । मैले यो भिडियो तेतीबेला पनि हेर्ने कोशिस गरेको थिँए तर एक मिनेट हेरेपछी बाँकी भिडियो हेर्ने साहस मैले गरीन र सात दिन सम्म त्यो भिडियोको असरले मलाई सताइरह्यो तर्सथ आज पनि यो भिडियो लाई मैले एक मिनेटजती मात्र हेरेर यहाँ राखेको छु । आज एक साथीले मोवाइल मार्फ भिडियो म्यासेज पठाएको र रत्नपार्कमा राख्नुहोला भनेको हुदा यहाँ राखेको हु तर म भन्दिन कि तपाँइ यो भिडियो हेर्नुहोस । यदी तपाँइ धेरैपैसाको लोभमा परेर इराक अथवा यस्तै कुनै देशमा जान खोजीरहनुभएको छ जहाँ जानको लागी हाम्रो देशले अनुमती पनि दिएको छैन भने चाँही एक पटक यो भिडियो हेर्नुहोस सायद तपाँइको विचारमा केहि परिवर्तन आउँछकि । मोवाइलको भिडियो भएको हुँदा यो सफा सँग देखिदैन र यस्लाइ 3gp फाइल बाट अन्य फाइलमा परिवर्तन गर्न नसकेको हुँदा सम्पादन गर्न पनि मिलेन तर्सथ जस्तो प्राप्त भयो त्यस्तै यहाँ राखेको छु ।



अब त राजनिती प्रति जिज्ञासा राख्ने हरकोहिले नेकपा माओबादीका अध्यक्ष प्रचण्ड ले कान्तीपुर टेलीभिजनलाइ दिएको अन्तर्वार्ता हेरीसकेका छन । प्रचण्ड प्रती रहेको जनताको शंका आशंकाको अन्त्य भएको छ । केहि महिना पहिले सम्म प्रचण्ड भन्ने मान्छे छ कि छैन्ा भन्ने कुरा चल्थ्यो । कतै प्रचण्डको नाम मात्र हो तर राजनिती अरुलेनै गरिरहेका छन भन्ने कुराहरु चल्थ्यो । तर बीबीसी लाई जब प्रचण्डले अन्तर्वार्ता दिए तब रातारात प्रचण्डका तस्वीरहरु बजारमा आउन थाले , प्रचण्डका अडियो तथा भिडीयो बार्ता आउन थालेपछी नेपाली जनताहरुले प्रचण्डलाइ अली नजीक बाट चिन्न थालेका छन । अन्तिम पटक कान्तीपुर टेलीभिजनलाइ दिएको अन्तर्वार्ता पछी अब नेपाली जनताहरु प्रधानमन्त्री गिरीजा प्रसाद कोइराला भन्दा प्रचण्ड प्रती केही आशाबादी भएका छन । हुनु पनि स्वभाबीकै हो किनकी गिरीजा प्रसादले नेपाली जनतालाइ विगतमा बारम्बार धोका दिएका छन तर प्रचण्डबाट आजसम्म जे जति भएको छ काम गर्ने मौका पाएभने केहि गर्छन कि भन्ने आशा अन्तस्करणमा जिवितै छ । यदी सान्तीको लागी चाहेपनि गिरीजा प्रसादको हात बाट केहि हुनेवाला छैन तर प्रचण्डले चाहेभने तत्काल सान्ती बहाल हुने कुरामा दुइमत छैन । कान्तीपुरलाई दिएको अन्तर्वार्ता हेदा प्रचण्डको बारेमा धेरैकुरा हरु बुdm्ने मौका मिलेको छ । भारतमा बसेपनि, रोल्पाको जंगलमा बसेपनि , पच्चिसबर्षभुमीगत भएपनि , दुनियाको नजरमा आतंकवादी देखिए पनि प्रचण्डको भुँडी हेदा लाग्दैन कि उनि साह्रै दुखीत र कस्टकर जिन्दगी बिताइ रहेका छन । हृस्टपुस्ट शरीरका धनी प्रचण्डलाइ धोका दिएको दाह्रीले मात्र हो । उनका दाह्री फुल्ने भन्दा अरु कुनै संकेतहरु देखिदैनन कि उनि कमजोर हुदै गइरहेका छन । रत्नपार्कका धेरै सुभचिन्तकाहरुले प्रचण्डको अन्तर्वार्तालाइ किन नराखेको भन्दै इमेलमा गाली गर्न थालेपनि बाध्य भएर कान्तीपुरको अनलाइन संस्करणमा राखेको अन्तर्वार्तालाइ रत्नपार्कमा राखेको छु । हर कोहि को आ आफ्नै बोल्ने तरिका हुन्छ , आ आफ्नो थेगो हुन्छ । छयालीस लासपछि गणेशमान को माने भन्ने थेगोले खुबै चर्चा पाएको थियो । माने भन्ने बित्तिकै गणेशमानलाइ चिनिन्थ्यो त्यो बेलामा । लोकतन्त्रको पुनवहाली पश्चात फेरी माने भन्ने थेगो दोहोरिएको छ र त्यो दोहोर्याउने अरुकोहि हैनन तिनै प्रचण्ड हुन जो सरकारमा जानलाइ अत्ताल्लिरहेका छन । प्रचण्डको अन्तर्वार्ता हेदा अरु कुरा भन्दा मलाइ माने भन्ने थेगोले बारम्बार गणेशमानको याद दिलायो । यदी उक्त अन्तर्वार्ता हेन छुटेको भए कान्तीपुरको साइटमा राखेका यो अन्तर्वार्तालाइ 




हामी नेपालीहरुलाइ सानातिना फ्लु हरुले छुँदैन । हामीहरुले सयौं यस्ता फ्लु हरुलाइ पचाएका छौ जो अरुहरुको लागी साह्रै घातक सिद्द भएका छन । नेपालीहरुसँग प्रतीगमनसँग भिड्ने क्षमता साह्रै कम भएपनि फ्लु सँग लड्ने क्षमता भने अत्यधिक छ । पछिल्लो समयमा नयाँ फ्लु सँग हाम्रो परिचय भएको छ त्यो हो बर्ड फ्लु । बिभिन्न देश हुँदै भारतमा भित्रिएको भनिएको बर्ड फ्लुले केहिसमय सम्म त भारतमा तहल्का नै मच्चायो । बर्ड फ्लु आएको हो हैन त्यत्तिकै हल्लै हल्लामा कुखुराहरुको दशा सुरुभयो । भारतमा बर्ड फ्लु ले आक्रमण गरेको आशंकामा रातारात समाचारका शिर्षहरुलाइ बर्ड फ्लुले नै कब्जामा लियो । हल्लै हल्लाको भरमा कुखुराको ब्यापार रातारात ओरालो लाग्यो । कतिले त कुखुराको मासुलाइ बहिस्कार गरे भने कतीले बर्ड फ्लुले संक्रमण गरेको छैन भन्ने प्रमाणीत गराउन शाकाहारी हरुले पनि कुखुराको मासु खाएर देखाए । ब्यापार ओरालो लागे पछि कुखुरा किन्नेलाइ अण्डा उपहारको पनि शुरुवात नभएको हैन । रातारात हजारौ कुखुरा हरु काटेर जमीनमा गाडीयो पनि । हुँदा हुँदा नेपालले पनि भारतबाट आयात गरिने कुखुरा र अण्डाहरुमा प्रतिबन्ध लगायो । प्रस्तुत तस्वीर त्यसैको राम्रो उदाहरण हो । एक पटक राम्रो सँग हेर्नुस त यो तस्वीर कती फरक छ पहीला
र अहिलेमा ? बर्ड फ्लु लाग्नुभन्दा पहिले मान्छेहरु कुखुराको पछाडी दौडन्थे र कुखुरा आफ्नो ज्यान बजाउन भाग्थ्यो तर बर्ड फ्लुको आगमन पश्चात कुखुरा मान्छेको पछाडी दौडन्छ र मान्छे आफ्नो ज्यान जोगाउन भाग्छ । तर नेपालीमा एउटा भनाइ छ काँक्रो छुरीमाथी झरेपनि , छुरी काँक्रो माथी झरेपनि काटीने त आखीर काँक्रो नै हो तर्सथ यो भनाइ कुखुराहरुमाथी पनि जस्ताको तस्तै लागुहुन पुग्यो किनकी बर्ड फ्लु लागे पनि ,बबर्ड फ्लु नलागे पनि मर्ने त आखिर कुखुरानै हुन कि कसो ?
नेपाली भाषामा ब्लगिङ गर्ने ब्लगरहरु लगभग एक दर्जन पुगेका छन तर हिन्दी भाषामा ब्लगिङ गर्ने भारतीय ब्लगरहरु एक सयभन्दा बढीनै भएका छन । भारतीय ब्लगरहरु प्राय साहित्यिक लेख रचनाहरुले मात्र आफ्नो ब्लग चलाइरहेका छन र थोरै मात्रामा समाचार र आफ्नो यात्रा , भोगाइ, अनुभबहरु सम्बन्धि ब्लगिङ गर्दछन । नेपालीको तुलनामा भारतीय ब्लगहरु साह्रै कम मात्रामा अपडेट गरेको पाइन्छ । यिनै सयजना ब्लगरहरुभित्र पर्ने एक सुनिल नामका ब्लगर आफ्नो भ्रमणको क्रममा नेपालमा भोगेका र देखेका कुराहरुलाइ लिएर बारम्बार ब्लगिङ गर्दै आइरहेका छन । केहि समय पहिले एक महिला संगठनसँग आबद्द भएर नेपाल आएका सुनिलले एक दुगम जिल्ला ओखलढुंगामा आफुले बिताएका क्षणहरुलाइ संस्मरण गर्दै आफ्नो ब्लग जो ना केहे सके मा ब्लगिङ गरेका छन । नेपालको राजनिति सम्बन्धि जानकारी राख्ने यी ब्लगर कसैले उनको अनुहार माओबादीका अध्यक्ष प्रचण्ड सँग मिल्छ भनेपछी आफु केहि डराएको बताँउछन । सँधै कुनै न कुनै माध्यमबाट भारतीयहरुले नेपाललाइ नराम्रो देखाउँदै आइरहेका छन र सानो भन्दा सानो कुरामा पनि उनिहरु नेपालको धज्जी उडाउन पछी पर्दैनन तर यी ब्लगरले आफ्नो अनुभबमा नेपालको
गाउँ बस्ती, खोलानाला , डाँडाकाँडालाइ आफ्नै शैलीमा बर्णन गर्दै नेपाललाइ राम्रो रुपमा प्रस्तुत गरेको देख्दा देवदासलाइ कता कता रमाइलो लाग्यो । अर्को कुरा देबदासको जन्मथलो पनि त्यहि ओखलढुङा भएको हँदा ओखलढुङा सम्बन्धि ब्लगिङमा उस्को आँखा पुग्यो । नेपालको बारेमा ब्लगिङ गर्ने यि भारतीयको
भइरहेको छ । के कती क्षती भयो या हुदैछ त्यस्को पूर्ण जानकारी भोली बिहान मात्र आइपुग्ने छ । विज्ञप्ती जस्तो आएपनि माओबादीले आफ्ना जनसेनाले सफलता प्राप्त गरेको घोषण गर्छ र सरकारले माओबादीको योजनालाइ असफल पार्न शाहीसेना सफल भएको जनाउने छ । माओबादीले बीस शाहीसेना मारें भनेर विजय जुलुस मनायो भने शाहीसेनाले दसजनाले विरगती प्राप्त गरेको समाचार फुक्दछ । अब हामीहरुले कस्को विज्ञप्तीलाइ सहि मान्ने त ? शाहीसेनाको आँखामा जता हेर्यो त्यतै माआबादी मात्र छन , प्रहरीहरुको आँखामा जता ततै जुलुस र आन्दोलन मात्र छ , नेताहरु लोकतन्त्र भन्दा केहि देख्दैनन , राजाको आँखामा नेपालमा प्रजातन्त्र फस्टाउँदै गरेको देखिन्छ हरपल , जनताको आँखामा जताततै भोक, अशिक्षा, गरीबी, बेरोजगारी, असुरक्षा, मात्र मडारीन्छ । जनताका अधिकारका कुरा गर्न पाँइदैन हिजो आज जनताका अधिकारका कुरा गर्ने कानुन सायद रद्द भइसकेको छ । अधिकारका कुरा गर्ने हो भने एउटै अधिकार मात्र छ त्यो हो जे गरेपनि पाउने अधिकार र यो अधिकार प्रयोग गर्न पाउने एकजना मात्रै छन ति उनै महेन्द्रका माइला छोरा हुन । काठमाण्डौमा हरदिन आन्दोलन , आमसभा, बिरोध, बन्द भएको भऐ भएर होला आजभोली प्रहरीको आँखामा जताततै जुलस मात्र देखिन्छ र जुन क्षेत्रपनि निसेधित क्षेत्र जस्तो मात्र लाग्छ क्यारे । जुलुस कस्ले निकालेको हो, किन निकालेको हो , कुन पक्षको सहभागीतामा निस्केको हो केहि नबुझी सिधै लाठी बषाउन पुग्छन । हुँदा हुँदा आज त दृष्टिविहीन बेरोजगार समूहद्वारा निकालिएको मैनबत्ती जुलुस माथी पनि हस्तक्षेप गरेर तिनीहरुलाइ लाठी बर्षाउन पुगेछन । अन्धाहरु जो आफु केहि देख्न सक्दैनन् , अर्काको भरमा बाँच्न विबस छन , तिनीहरुले आफुहरु पनि यो देशको नागरीक हौ , हामीहरुले पनि रोजगारी , शिक्षा पाउनु पर्छ , भनेर सडकमा आएर बिन्तीगर्दा उनिहरुको मागलाइ सम्बन्धित ठाँउसम्म पुर्यउनुको सट्टा सडकमानै टाउको फुट्नेगरी पिट्नु कहाँसम्मको बहादुरी हो ? कहाँ सम्मको नैतीकता हो ?। जो सँग हात हतीयार छन , जो युद्दको संखघोस गरेर घरबाट निस्केर हिँडेका छन उनिहरुसँग चाँही लड्न नसक्ने अनि अपाङ्ग अन्धा, लुला लगंडाहरुमाथी लाठी बर्षाएर कहाँ सम्मको बहादुरी देखाएको हो यो सरकारले ? गाँउ गाँउ बाट आफ्नो सुरक्षा समेत गर्न नसकेर सदरमुकाममा मात्र सिमीत भएर माहुरीको घारमा जम्माभएजसरी लुकेर बस्नेले अपाङ्गहरु माथी लाठी बर्षाउनु भनेको आफुहरुलाइ हिंजडा भएको घोषणा गर्नु हो जस्तो लाग्छ देवदासलाइ । यदी सरकार सँग अझैपनि त्यस्तो तागत छ भने अहिले यतीबेला इलाममा भइरहेको दोहोरो भिडन्तमा गएर आफ्ना शेनाहरुको उद्दार गरोस नत्र आकासमा नाइटभिजन उडाएर मात्र केहि हुनेवाला छैन ।

गएका महिनाहरु:
