.... ....UCC

1,September , 2006

म भन्दिन कि तपाँइ यो भिडियो हेर्नुहोस

कहिले रुकुम कहिले रोल्पा त कहिले काठमाण्डौमा आगो लाग्छ । सहर गाँउ दन्दन्ती जल्छ र पुन सेलाउँछ । केहि समय पछी फेरी आगो सल्कन्छ र जल्न थाल्छन गाउँहरु , शहरहरु , भन्ज्याङ अनि चौतारीहरु । हाम्रो देशमा आगो लाग्न र जल्नलाई ठुला कुराहरु हुनै पर्दैन । एउटा डाइभरले एउटा मान्छे किच्यो भने पनि पुरा शहर जल्न थाल्छ , अस्पतालमा एउटा विरामी मर्यो भनेपनि शहरमा आगो लगाउन थालिन्छ अनि भारतको एउटा कलाकारले केहि केहि चित्त दुख्नेकुरा गर्यो भनेपनि हामै्र शहर जल्न थाल्छ र हामीहरुनै गोलीखान बाध्य हुन्छौं यो हाम्रो नियती हो । मैले आज गर्न खोजेको कुरा चाँही अलि पुरानो हो अर्थात दुइवर्षपुरानो । आजको ठिक दुइवर्षपहिले काठमाण्डौ दन्दन्ती जलीरहेको थियो । बैदेशीक रोजगारीका कार्यालयहरु, पत्रीका प्रकाशनगृहहरु, राजदुतावासहरु, अनि एयरलाइन्सका कार्यालयहरु यतिवेला मुख्य आगो लगाउने अखडाहरु भएका थिए । बिदेशमा गएर अलीकती पैसा कमाइएला भनी मनभरी सपना संगाल्दै इराक पुगेका बाह्रजना नेपालीहरुलाई एकैठाउँमा हत्या गरीएपछी काठमाण्डौका जनताले निर्दोस नेपाली घाँटी रेटिएको सजीलै पचाउन सकेनन र आफ्नो आक्रोसलाई सडकमा आएर पोखे अन्तत इराकमा क्षती त भयो नै तर नेपालमा पनि कम क्षतीभने भएन । यसको बारेमा बिस्तृत कुराहरु त मेरो संसारमा गएर पढ्न सकिन्छ तर्सथ मैले चाँही यहाँ त्यही कहाली लाग्दो हत्याको भिडियो लाई राखेको छु । मैले यो भिडियो तेतीबेला पनि हेर्ने कोशिस गरेको थिँए तर एक मिनेट हेरेपछी बाँकी भिडियो हेर्ने साहस मैले गरीन र सात दिन सम्म त्यो भिडियोको असरले मलाई सताइरह्यो तर्सथ आज पनि यो भिडियो लाई मैले एक मिनेटजती मात्र हेरेर यहाँ राखेको छु । आज एक साथीले मोवाइल मार्फ भिडियो म्यासेज पठाएको र रत्नपार्कमा राख्नुहोला भनेको हुदा यहाँ राखेको हु तर म भन्दिन कि तपाँइ यो भिडियो हेर्नुहोस । यदी तपाँइ धेरैपैसाको लोभमा परेर इराक अथवा यस्तै कुनै देशमा जान खोजीरहनुभएको छ जहाँ जानको लागी हाम्रो देशले अनुमती पनि दिएको छैन भने चाँही एक पटक यो भिडियो हेर्नुहोस सायद तपाँइको विचारमा केहि परिवर्तन आउँछकि । मोवाइलको भिडियो भएको हुँदा यो सफा सँग देखिदैन र यस्लाइ 3gp फाइल बाट अन्य फाइलमा परिवर्तन गर्न नसकेको हुँदा सम्पादन गर्न पनि मिलेन तर्सथ जस्तो प्राप्त भयो त्यस्तै यहाँ राखेको छु ।

28,July , 2006

एक तरफ हे घरवाली एक तरफ बाहरवाली


‘एक तरफ हे घरवाली एक तरफ बाहरवाली’ भन्दै हिन्दी चलचित्र ‘घरवाली बाहरवाली’मा अनिल कपुरले त नाटक मात्र गरका थिए तर यथार्तमा चाँही गाएक उदीत नारायणले त्यो भुमीका निभाइरहेका रहेछन । बिगत छ महिना अगाडी अकस्मात एक महिलाले म उदित कि प्रथम श्रीमती हुँ भन्दै मिडीयामा छाउँदै भारतको राज्य महिला आयोगमा उजुरी हालेपछी मात्र यो कुरा बजारमा आएको थियो । पहिला त उदितले उस्लाइ चिन्दीन भन्दै आएका थिए तर छ महिनासम्मको बहस, तनाव,प्रमाणहरु र महिला आयोगको अगाडी उदितको केहि लागेन र अन्तत: आज महिला आयोको कक्षमा गएर उक्त महिला रन्जना झा लाइ आफ्नी पहिली श्रीमती हुन भनेर स्विकारेका छन र श्रीमतीले पाउनुपर्ने सम्पूर्ण अधिकार दिने सहमतीमा यो विवादलाइ सुल्झाएका छन । महिला आयोगमा उदितका वकील माजीद मेनन र रंजनाका वकील वाइ वी गिरी दुवैले मिलेर यो सम्झौता तयार पारेका थिए । आफुले न्याय पाएकोमा पहिली श्रीमती रंजना झा खुसीहँदै उदितकी दोस्री श्रीमती भएपनि आफुलाइ कुनै अप्ठेरो नहुने बताएकी छिन र दोस्री श्रीमती दिपा नारायण झालाइ पनि रंजनालाइ उदितले स्वस्नी स्विकारेकोमा कुनै दुखेसो छैन । उनको बिचारमा ‘उ पनि एक नारी हो तर्सथ नारीले न्याय पाउनु पर्छ ‘ तर दिपाको अर्को गुनासो भने अचम्मको छ उनलाइ दोस्री श्रीमती भनेको पटक्कै मन पर्दैन रे । अब के गर्नु त बिबाह भैसकेको केटासँग फेरी बिबाह गरेर सौता हुन गएपछी दोस्री श्रीमती नभने के भन्नुत कि कसो ?

23,July , 2006

आजको भिडन्तमा को होला त सफल ?

anastacia entin and gabrielle bou rached
हरकोहिको संसार फरक फरक हुन्छ ,हरकोहीको सोच र क्षेत्र फरक फरक हुन्छ भनेझैँ दुइहप्ता देखीको आफ्नो देशमा भइरहेको भिषण युद्दले अलीकती पनि छोएको छैन यि दुइ युवतीलाइ । इजराइलले लेवनानलाइ दुइहप्ता देखी बम बर्षा गराइ रहेको छ तर उता लसएन्जलसमा भने इजराइली सुन्दरी र लेवनानी सुन्दरी हातमा हात काँधमा काँध मिलाएर हिडीरहेका छन मानौ उनिहरुलाइ आफ्नो देशको बारेमा केहि थाहा छैन अथवा थाहा नपाएको अभिनय गरीरहेका छन । कुरा हो आज लसएन्जलसमा भैरहेका मिस युनिभर्स २००६ को प्रतियोगीता को। इजरायली र लेवनानी जनताहरु एक अर्काको रगतको प्यासा भइरहेको यो अबस्थामा इजरायली सुन्दरी एनेस्टाशिया एंटीन र लेवनानी सुन्दरी गैबरिएले बाउ रेश्ड भने एक अर्काका अती मिल्ने साथी भएका छन । समचारपत्रका अनुसार लस एन्जलसको एक होटल रिज काटूनमा रहेका यी दुइ सुन्दरीहरु आफ्नो भाषा सस्कृती रहनसहन पहिरन एउटै भएको कारणले नजिकीएका हुन भनिन्छ । छयासी सुन्दरीहरुको भिडन्तमा कुन देशकी सुन्दरीले ब्रमाण्ड सुन्दरीको ताज पाउने हुन त्यो त भरेसाँझ सम्म थाहा भइहाल्छ अहिलेलाइ चाही मिसयुनिभर्स २००६को साइटमा राखीएका केहि सुन्दरीहरुको फोटोहरुलाइ याहाँ राखेको छु मन लाग्यो भने हेर्नुहोला र अन्दाज गर्नुहोला भिडन्तमा कुन सुन्दरीले मिस युनिभर्सको ताज हातपार्ने हुन ? (more…)

7,July , 2006

ह्यापी बर्थ डे अङकल

शुक्रबार २३ असार
केहीबर्ष पहिले सम्म शुक्रबार आयोकि गुड फ्राइडे भनिन्थ्यो । त्यतीबेला स्कुल पढ्दा आधा दिनमै छुट्टी हुनेभएर हो कि भोली शनिबार स्कुल जानु पर्दैन तर्सथ शुक्रबार राती अबेलासम्म टिभी हेर्न पाइने भएर हो शुक्रबार आयो कि खुसी लाग्थ्यो । रेडीयो एफ एम तिर पनि गुड फ्राइडेका खुबै कुरा हुन्थे ।तर जब राजदरबार हत्याकाण्ड भयो तब गुड फ्राइडे ब्याड फ्राइडेमा परिवर्तन भयो । त्यसबेला देखी नेपालीको लागी हरेक शुक्रबार अशुभ हुँदै आइरहेको छ । सारा नेपालीको लागी अशुभ बार भएपनि त्यही दरबारमा बसेका माइला दाइलाइ भने खुबै फापेको छ अर्थान उनको लागी सबै फ्राइडेहरु गुड हँदै आइरहेका छन मात्र पछिल्लो पटक दुइओटा फ्राइडेले धोका दियो (अब कति शुक्रबार ब्याड हुनेहुन गन्दै गर्नुहोला ) । ब्लगर उमेशको भनाइमा आजपनि त्यही ‘कुख्यात शुक्रबार’ हो तर यसपालीको शुक्रबारले पनि खासै फाइदा देला जस्तो छैन । आज शुक्रबार अर्थात माइला दाइको जन्मदिन तर पोहोर परार जस्तो यसपाली कतै चर्चा परिचर्चा छैन उनको । हुदा हुदा उनको जन्मदिनसँग नेपाली जनताको कुनै सरोकार नभएको हुदा दिंदैआएको सरकारी बिदा पनि यसपालीदेखी कटौती गरिएको छ । जनताले त वास्ता गरेनन् गरेनन् नेताहरुपनि यसपाली देखी शुभकामना दिन दरबार नजाने बरु पत्र पठाउने भएका छन । म त त्यो पत्रको आबश्यकता पनि देख्दीन, के पठाउनै पर्छ र ? मलाइ पनि माइलादाइको जन्मदिनको उपलक्षमा केहि पठाउन मन लागेको त थियो तर उनको हात सम्म नपुग्ने देखेर यही रत्नपार्कबाट एक नेपालीले तयार पारेको एउटा कार्टून यहाँ प्रस्तुत गरेको छु । कार्टूनमा माइलादाइको जन्मदिनको दिन उनकी स्व. भतीजी श्रुतिले एउटा बर्थडे केक दिँदा केक पड्कीएर माइलादाइको अनुहार कसैलाइ देखाउनै नमिल्ने हुन्छ । केक दिउनजेल सम्मको संवाद र केक पड्कीएपछी को श्रुतिको भनाइ हेर्ने हो भने यहाँ प्रस्तुत गरेको कार्टूनमा लेखिएको प्ले वटनमा क्लिक गर्नुहोला र हेर्नुहोला माइलादाइको जन्मदिनको केकले कसरी गुड फ्राइडेलाइ ब्याड फ्राइडे बनाउँछ भन्ने

3,July , 2006

म त ७१ वर्ष बाँच्छु अरे तपाँइ नि ?

ज्योतिषीहरुमाथी मेरो खासै रुची पनि छैन र विश्वास पनि छैन तर कसैको करकापले कतै हात देखायो भने भविश्यमा हुने कुरा जे जस्तो भनेपनि भुतमा भएका कुराहरु चाँही लगभग असी प्रतिशत मिलाएको देख्दा दोधार उत्पन्न हुन्छ विश्वास गरौं कि नगरौं भन्ने । फेरी रत्नपार्कका पेटीतीर पाँच रुपैंयामा हात हेर्न बसेका हरुको हालत देख्दा अचम्म लाग्छ । अरुहरुको बिबाह, जागीर, पर्ढाई, बिदेश आदी इत्यादीको बारेमा टिभीमा समाचार बाचकले भने जसरी नरोकीइकन धाराप्रवाह दिनेले आफ्नो हात चाँही हेर्दैनन् कि क्या हो ? या उनिहरुको हस्तरेखामा सँधै रत्नपार्कमा अरुको हात हेरेर बस्ने भन्ने लेखीएको हुन्छ ?। जे होस मैले गर्न खोजेको कुरा हस्तरेखा हेर्नै ज्योतिषीको हैन , मैले इन्टरनेटको कुरा गर्न खोजेको हो । घुम्दै जानेक्रममा मान्छेको मृत्युको भविश्यवाँणी गर्ने यौटा साइट फेला पर्‍यो र आफु कतीवर्ष बाँच्छु भनेर चेक गरेको उस्ले तुरुन्तै भनिहाल्यो “देवदास तँ ७१ वर्ष बाँच्छस “। सरदर आयु ५४ वर्षभएको यो देशमा एकहत्तर वर्ष बाँच्नु भनेको चानचुने कुरा त हैन नि कि कसो ? कुनबेला कताबाट गोलीचल्छ केहि थाहा छैन, कुनबेला कुन कृष्णभिर बग्ने हो थाहा छैन, कुनबेला सडकको गाडीले अलीकती ठक्कर दिएर फेरी ब्याक गरेर किचेर मार्ने हो थाहा छैन , कुनबेला आफु चढेको बसलाइ त्रिसुली प्यारो हुने हो थाहा छैन ,नेपालमै बस्दा गरिवीले मार्नै हो कि , पैसा कमाउन बिदेश जाँदा इराक र कश्मीरको जसरी मर्नुपर्ने हो थाहा छैन तैपनि उक्त साइटले निसँकोच एकहत्तर वर्ष भनिदिएको देख्दा एकपटक त हाँस पनि उठ्यो । तर उक्त साइटले भनेको पनि छ , यो बैज्ञानीक आधारमा तयार पारीएको भएपनि तोकेकै उमेरमै ठ्याक्कै मर्ने भन्ने हुदैन । यो एक सरदर आयु हो र यो आयुभन्दा तपाँइ केहि बर्षबढी बाँच्न पनि सक्नुहुन्छ अथवा भोली नै एउटा गाडीले ठक्कर दिएर तत्काल मर्नपनि सक्नुहुन्छ ।तथापी त्यस्तो कुनै दुघटना भएन भने र तपाँइको स्वस्थ्यमा आएको परिवर्तनलाइ उक्त साइटमा अपडेट गर्दै जानुभयो भने यो भविश्यवाँणी अबश्य मिल्न सक्छ । लौ त यदी देवदासको भविश्यवाँणी हेर्ने हो भने यहाँ क्लिक गर्नुहोला र यदी आफ्नै एकपटक चेक गर्ने हो भने यहाँ क्लिक गरेर खुल्ने पेजमा रहेका सम्पूर्ण प्रश्नको सहि जवाफ दिनुहोला अनि हेर्नुहोला तपाँइ कति बर्ष बाँच्नु हुन्छ ।

27,June , 2006

हनुमान कि मान्छे ?


अगाडी बाट हेर्दा उनि साधारण मान्छे देखिन्छन तर पछाडी बाट हेर्दा सबैले हनुमान भन्छन । कसैले उनलाइ प्रंकृतीको गडबडी भन्छन त कसैले भगवानको देन । पश्चिम बंगालको उत्तरी भाग जलपाइगुडीको बानरहाट क्षेत्रको गेन्दापाडा चिया बगानमा काम गर्ने मजदुर चन्द्र उरावको चर्चा दिनदीनै बढ्दै छ उनको तेह्र इन्च लामो पुच्छरको कारणले गर्दा । आजभन्दा सत्ताइस बर्षअगाडी राम नवमीको दिन जन्मेका चन्द्रलाइ पुच्छरले फाइदाको साथसाथै बेफाइदा पनि दिएको छ । उनि भन्छन ‘उनको पुच्छर छोएर जस्ले भाकल गर्छ उस्को भाकल पनि पुरा हुन्छ र रोगीहरु ठिक पनि हुन्छन’ । यहि भनाइका कारण उनको दर्शन गर्ने मान्छेहरु दिनदिनै बढ्दै गइरहेका छन । उनि आफ्नो काम सकेर घर फर्केपछी भक्तजनहरुको इच्छा पुरागर्न पुच्छर तेर्साएर बस्छन र अरुबेला चाँही पुच्छरलाइ पाइन्ट भित्र राख्छन । यसले उनलाइ आम्दानी त भएको छ तर दुखको कुरा यहि पुच्छरको कारणले बीसजना भन्दा बढी युवतीहरुले उनको बिबाहको प्रस्तावलाइ लत्याइदिएका छन । उनको भनाइ अनुसार ‘यदी कोहि केटीले म सँग पुच्छर सहित बिबाह गर्न राजी हुन्छ भने मात्र म बिहे गर्छु हैन भने आजीवन हनुमानझै अविवाहीत नै बस्छु ।’ स्थानीय चिकित्सकका अनुसार उनको पुच्छरको बारेमा पूर्ण जाँच गरेर यसलाई काट्नुनै उपयुक्त हुने जानकारी गराए पनि चन्द्रले चाँही कुनै पनि हालतमा आफ्नो पुच्छर नकाट्नै अठोट गरेका छन । काटुन पनि कसरी त , सुनको अण्डा पार्ने कुखुरीलाई कस्ले पो काटेर मासु खाला र , कि कसो ? म यसो बिचार गर्छु हाम्रा नेताहरुको पनि यस्तै पुच्छर भए जब जब गलत काम गर्न थाल्दथे त्यतीबेला उनिहरुको पुच्छर तान्नु हुन्थ्यो कि कसो ?

16,June , 2006

सफल रहोस आजको शिखर बार्ता

शुक्रबार आसार २
बाह्र वर्षम्म चलेको असान्ती हिंसा हत्या र अन्यौललाइ समाप्त पार्नको लागी आज शिखर वार्ता हुदैछ नेपाल सरकारका प्रधानमन्त्री र नेकपा माओबादीका अध्यक्ष प्रचण्ड बिच । छलफल हुने कुराहरु भैसके , सहमतीमा आउने बुदाहरु लेखिइसके, आफुहरु कुन बिन्दु सम्म ओर्लन सक्नेहुन माओबादीहरुले तोकिसके , आफुहरु कुन बिन्दु सम्म उक्लन सक्ने हो तोकिसके नेपाल सरकारका प्रतिनीधी हरुले । प्रचण्ड सकेसम्म राजनितीक मुलधारमा आउन आँतुर छन र गिरीजालाइ जनताको भावना भन्दा पाटीको निती , राजाको खुसी , भारतको चहना, आफ्नो हठ सबै पुरा गर्नु परेको छ । आज नेपालका दुबै ठुला हस्तीको औपचारीक भेट हुँदै छ । प्रचण्ड आफ्नो अडान भन्दा एक कित्त पनि तल नझर्ने पनि निश्चित छ यदी गिरीजा पनि आफ्नै हठमा लागे भने आजको वार्ता पुन क्रमश हुन्छ र बिस्तारै सान्तीको बाटोमा काला बादलका धब्बाहरु देखिन थाल्नेछन र उहि प्रक्रिया अगाडी बढ्ने छ जसरी बिगतमा भएका बार्ताहरुमा भएका थिए । आशा गरौं आजको शिखर बार्ताले नेपाली जनताको खुसीलाइ बार लगाउने काम नगरोस र नेपाली जनताले फेरी कुनै शासक र शासनका बिरुद्दमा युद्दको विगुल फुक्नु नपरोस ।

सुध्र बाबु सुध्र ….

धेरै भएको थियो उनको पुत्ला नजलाएको , धेरै दिन भएको थियो उनको बिरुद्दमा जुलुस ननिस्कीएको , धेरै दिन भएको थियो उनलाई जनताहरुले गाली नगरेको , नसरापेको , अनि धेरै दिन भएको थियो उनि बिबादमा नपरेको । तर पुरानो बानी त्यती छिटै कहाँ छुट्थ्यो र ? अरुले सरापे भने सराप लाग्नुको बदला आयु बढ्छ भन्ठानेर हो कि के हो उनलाइ जनताको गाली असाध्यै मन पर्छ । हिसाबै गर्ने हो भने यो देशमा उनका जती पुत्ला कसैका जलेनन् । त्यै पुत्ला जलाएको उल्टो असर भएर हो कि के हो उनि त झन झन दिर्घाजीबी हुदै गइरहेका छन । रेकर्ड माथी रेकर्ड तोड्दै गइरहेका छन । शाही सरकारको पालामा लामो समय सम्म जनताको वाह वाह र ताली पाउँदै आएका उनलाइ अब ताली र वाह वाह प्रति कुनै मोह छैन । उनलाई त त्यही घृँणा , गाली, बहिस्कार नै मन पर्छ । एक्काइस जनाको वलिदान र हजारौंले पाएको असिम पिडा र क्षतीबाट आएको लोकतान्त्रीक गणतन्त्रको हावालाइ छेक्ने जुन प्रयास गरे जसकारण आजको साइतमा पुन उनको पुत्ला जल्यो र जनताको नजरमा म उहि हुँ जो पहिला थिँए भन्ने देखाउन खोजे । शाही सरकारको पालामा लोकतन्त्रको बिरुद्दमा कुनैपनि सम्झौत गर्दिन भन्दै अटल रहेका उनले त्यो बेला राजाले भनेको कुनै कुरा पनि मानेनन्, आफुले भनेको नटेरे पछि भारतिय राजदुत मार्फ पुन दवाब दिइयो त्यो हुदा पनि टेरेनन् , त्यसपछी सिधै नयादिल्लीबाट फोन गर्न लागाए त्यस्ले पनि कुनै असर नगरेपछि अन्तत भारतिय दुत आएर राजालाइनै घुँडा टेक्नुनै उत्तम हुने सल्लाह दिएर गएपछी राजालेनै घुँडा टेके । तर राजाले के र्सतमा घुडा टेके त्यो भने अहिले सम्म थाहा भएको छैन । त्यतिबेला लाग्थ्यो उनि साँच्चै परिवर्तन भएछन , अब भने जनताको नेता भएछन , बिगतमा गरेका सम्पूर्ण पाप पखाल्ने भए भन्ने तर के यस्तो हुन्थ्यो , बाह् बर्ष कुकुरको पुच्छर ढुंग्रामा राखेपनि घुम्रिएको घुम्रिएकै बस्छ भनेझै उनि फेरि उहि पुरानो पारामा फर्किइ हाले ।अस्ति सम्म जरा उखेलेर फाल्ने भाषण दिने उनि हिजो देखी फेरी उसलाइ पुजा गर्नुपर्छ भनेर भन्न थालेका छन । राजा भएन भने झन संकट उत्पन्न हुन्छ भन्दै फेरि संबैधानिक राजतन्त्रको कुरा गर्न थालेका छन । हुन त सबैलाइ थाहा छ , जब जब उनि भारत जान्छन तब तब केहि न केहि उल्टा सुल्टा काम गरिहाल्छन । यसपाली पनि भारत बाट आउना साथै उनि परिवर्तन भएका हुन । हैन यो भारत के चाहन्छ ?यतापनि ठिक्क उता पनि ठिक्क ।यो त दहिचिउरे पारा भएन र ? त्यसैले उनलाइ म भन्छु सुध्र बाबु सुध्र यो बेलामा सुध्रिएनौ भने अब धेरै दिन बाँकि छैन सुध्रिनको लागी ।
नोट — उनि अर्थात …..रिजा बाबु
…रिजा बाबु अर्थात नेपाल सरकारका ….धानमन्त्री

11,June , 2006

‘माने’ आर्थात गणेशमान बराबर प्रचण्ड

अब त राजनिती प्रति जिज्ञासा राख्ने हरकोहिले नेकपा माओबादीका अध्यक्ष प्रचण्ड ले कान्तीपुर टेलीभिजनलाइ दिएको अन्तर्वार्ता हेरीसकेका छन । प्रचण्ड प्रती रहेको जनताको शंका आशंकाको अन्त्य भएको छ । केहि महिना पहिले सम्म प्रचण्ड भन्ने मान्छे छ कि छैन्ा भन्ने कुरा चल्थ्यो । कतै प्रचण्डको नाम मात्र हो तर राजनिती अरुलेनै गरिरहेका छन भन्ने कुराहरु चल्थ्यो । तर बीबीसी लाई जब प्रचण्डले अन्तर्वार्ता दिए तब रातारात प्रचण्डका तस्वीरहरु बजारमा आउन थाले , प्रचण्डका अडियो तथा भिडीयो बार्ता आउन थालेपछी नेपाली जनताहरुले प्रचण्डलाइ अली नजीक बाट चिन्न थालेका छन । अन्तिम पटक कान्तीपुर टेलीभिजनलाइ दिएको अन्तर्वार्ता पछी अब नेपाली जनताहरु प्रधानमन्त्री गिरीजा प्रसाद कोइराला भन्दा प्रचण्ड प्रती केही आशाबादी भएका छन । हुनु पनि स्वभाबीकै हो किनकी गिरीजा प्रसादले नेपाली जनतालाइ विगतमा बारम्बार धोका दिएका छन तर प्रचण्डबाट आजसम्म जे जति भएको छ काम गर्ने मौका पाएभने केहि गर्छन कि भन्ने आशा अन्तस्करणमा जिवितै छ । यदी सान्तीको लागी चाहेपनि गिरीजा प्रसादको हात बाट केहि हुनेवाला छैन तर प्रचण्डले चाहेभने तत्काल सान्ती बहाल हुने कुरामा दुइमत छैन । कान्तीपुरलाई दिएको अन्तर्वार्ता हेदा प्रचण्डको बारेमा धेरैकुरा हरु बुdm्ने मौका मिलेको छ । भारतमा बसेपनि, रोल्पाको जंगलमा बसेपनि , पच्चिसबर्षभुमीगत भएपनि , दुनियाको नजरमा आतंकवादी देखिए पनि प्रचण्डको भुँडी हेदा लाग्दैन कि उनि साह्रै दुखीत र कस्टकर जिन्दगी बिताइ रहेका छन । हृस्टपुस्ट शरीरका धनी प्रचण्डलाइ धोका दिएको दाह्रीले मात्र हो । उनका दाह्री फुल्ने भन्दा अरु कुनै संकेतहरु देखिदैनन कि उनि कमजोर हुदै गइरहेका छन । रत्नपार्कका धेरै सुभचिन्तकाहरुले प्रचण्डको अन्तर्वार्तालाइ किन नराखेको भन्दै इमेलमा गाली गर्न थालेपनि बाध्य भएर कान्तीपुरको अनलाइन संस्करणमा राखेको अन्तर्वार्तालाइ रत्नपार्कमा राखेको छु । हर कोहि को आ आफ्नै बोल्ने तरिका हुन्छ , आ आफ्नो थेगो हुन्छ । छयालीस लासपछि गणेशमान को माने भन्ने थेगोले खुबै चर्चा पाएको थियो । माने भन्ने बित्तिकै गणेशमानलाइ चिनिन्थ्यो त्यो बेलामा । लोकतन्त्रको पुनवहाली पश्चात फेरी माने भन्ने थेगो दोहोरिएको छ र त्यो दोहोर्‍याउने अरुकोहि हैनन तिनै प्रचण्ड हुन जो सरकारमा जानलाइ अत्ताल्लिरहेका छन । प्रचण्डको अन्तर्वार्ता हेदा अरु कुरा भन्दा मलाइ माने भन्ने थेगोले बारम्बार गणेशमानको याद दिलायो । यदी उक्त अन्तर्वार्ता हेन छुटेको भए कान्तीपुरको साइटमा राखेका यो अन्तर्वार्तालाइ यहाँ क्लिक गरेर हेर्न सकिन्छ । यो अन्तर्वार्तालाइ हेरेपछि तपाँइनै गन्नुस प्रंचण्डले कति पटक ‘माने’ भन्ने थेगो निकाल्छन भन्ने । यस अर्थमा मेरो निर्स्कर्श छ , ‘माने’ आर्थात गणेशमान बराबर प्रचण्ड ।

5,June , 2006

साँच्चैने रीस उठ्यो हिजो त

सँधैभरी हाँसोमजाक गरीरहने म हिजो दिनभर रिसै रिसमा बित्यो । रिसाउँदिन भन्दाभन्दै पनि रिसाउनलाइ बाध्य बनायो हिजोको दिनले । बिहानै देखी हरेक कुरा बिपरीत हँदै गइरहेको थियो हिजो । सुरुमा त ब्लगमा केहि लेखौं कि भनेर ब्लग खोल्न लागेको तर असफल भएँ । खै कारण थियो दिनभर कुनै ब्लग खुलेन मेरो कम्प्युटरमा । ब्लगसम बाट सन्चालीत नेपाली ब्लगहरु मध्ये भर्खरै सन्चालनमा आएको खुल्लामन्च ब्लगमात्र खुल्यो । मेरोमा मात्र हो कि सबैतिर हो भनेर बेलायतमा नमस्ते ब्लगका ब्लगरमीत्र शेखर सँग अनलाइनमा कुरा गरे तर उहाँको तिर त खुलीरहेको छ भन्ने जानकारी पाएँ तर आफ्नो कम्प्युटरले चाँही धोका दिइरह्यो । फेरी अर्को समाचार कानमा पर्यो कि साही मन्त्रीहरुलाइ सर्वोच्चले छोडीदियो तब फेरी रिसको सिमा dmन बढ्न थाल्यो र धेरैलाइ मनमनै सरापी रहें । जब सुत्नेबेला तिर फेरी केहि राम्रो कुरा सुन्न पाइन्छ कि भनेर अनलइनमा प्रवेश गरेको त एउटा वेवसाइटले जो यो साइटमा आउँछ त्यो अबश्य रिसाउँछ भन्ने ग्यारेन्टी दिएको देखेर उक्त साइटमा प्रवेश गरें । सुरुमा त उक्त साइट देखेर बहुत हाँसो उठ्यो तर बिस्तार बिस्तार रिस उठ्न थाल्यो र अन्तमा त रिसको सिमा चरम भयो । यति सम्म रिस उठ्यो कि हुदा हुदा पछीत कम्प्युटरनै बन्द गरेर सुतौं जस्तो लाग्यो । मैले ढाँटेको हैन यदि तपाँइ पनि रिसाउन चाहनुहून्छ भने एक पटक उक्त साइटको भ्रमण गरेर हेर्नुहोला र रिस उठ्यो उठेन मलाइ जानकारी दिनुहोला ।रिस उठ्ने साइटहरुमध्ये हिन्दी भाषाको साइटमा जाने हो भने यहाँ क्लिक गरेहुन्छ
र अँग्रेजी साइटमा गएर रिसाउने हो भने यहाँ क्लिक गरेर जान सकिन्छ । लौ त प्रतिकृया दिन नभुल्नु होला ।

3,June , 2006

चाट गर्ने हो त रत्नपार्कमा

यदी तपाइलाइ नयाँ स्थानमा चाट गर्न मनलागेमा रत्नपार्कमा पनि चाट गर्न सक्नुहुन्छ ।निशुल्क प्राप्त गरेको यो चाट रुमले कति काम गर्छ त्यो त मलाई थाहा छैन तथापी प्रयोगको लागी यहाँ राखेको छु एकपटक कोशिस गरिहेर्नुस भयो भने ठिकै छ भएन भनेपनि तपाईको आफ्नै चाटरुम त छँदैछनि कि कसो ?लौ त आफ्नो मनपरेको नाम राखेर चाट गर्न सुरु गर्नुहोस यदी म सँग पनि चाट गर्ने हो भने हरेक दिन साँझ सवा छ बजेदेखी आठ बजेसम्म कोशीस गर्नुहोस म पनि अनलाइनमानै हुन्छु तर कुन युजर नेम बाट हुन्छु त्यो पत्तालगाउने जिम्माचाँही तपाइको है त ?

31,May , 2006

जे देखियो सबै झुठो देखियो


कहिलेकाँही हामीहरु नभएको कुरो पनि साँच्चै भएजस्तो अनुभव गर्र्छौं त कहिले भएको कुरोमा पनि बिश्वास गर्दैनौ । अरु जे जे मा बिश्वास गरेपनि मलाइ किन हो किन नेताहरुले भनेको कुरामा बिश्वास गर्न साह्रै गाह्रो लाग्छ । नेताहरु बाहीर जो भन्छन त्यो गर्दैनन् र जो गर्छन त्यो भन्दैनन् । आज केही तस्वीरहरु हात पर्‍यो जुन नेताको गुँणहरुसँग हुबहू मिल्छ , नपत्याए हेर्नुस त । यि तश्वीरहरु चलीरहेको जस्तो देखिन्छ तर यथार्थमा चलीरहेका छैनन् ।
हामीहरु भ्रममा परेको हो यि तश्वीरलाइ देखेर । ठिक त्यस्तै हाम्रा नेताहरु पनि । आन्दोलनताका बहुत ठुलाठुला भाषण दिएर देसलाइनै पुरै परिवर्तन गर्ने कुरा गरे तर जब कामगर्ने बेला आयो तब साना साना कुरामानै दिन बिताइरहेका छन । खै कैले घोषणा गरिन्छ त संबिधानसभाको मिती ? कहिले कार्वाही हुन्छ त साहीसेनाका कमाण्डरलाइ ? अनि तुसली गीरीलाइ ज्वाँइ मानेर कहिले सम्म राख्ने हो ? कि कसो ………..?

21,May , 2006

लौ हेर्नुहोस चौबीस बर्षपछीको नेपाल

सन २०३० को नेपाल
kathnandu vally in 2030
परिवर्तन दुनियाको रित हो । बिकास बिनास भन्नेकुरो पनि देश र अबस्था हेरेर भइरहन्छ । कुनै देशले दिन दुइगुणा रात चारगुणा को हिसाबले बिकास गरिरहेको छ त कुनै देश त्यस्को ठिक बिपरीत दिशामा हुँइकीरहेका छन । हाम्रो देश नेपालमा बिकाश निर्माणका कामहरु नभए पनि बिनासका काममा चाँही अरु धेरैदेशलाइ पछि पार्न सफल भएको छ । परिवर्तनको हिसाबले पछिल्ला समयहरुमा नेपालमा साह्रै ठुला ठुला परिवर्तनहरु भएका छन । अन्तिम परिवर्तनलाइ लिने हो भने २३७ बर्षपुरानो राजाको सक्तीलाइ अहिले जनताको सक्तीले चिडीयाघरमा थुनेको जंगली जनवार बाघ , हात्ती, र सिंहको जस्तो बनाइदिएका छन । अबको परिवर्तन पश्चात हाम्रो देश विकाश निर्माणका कार्यमा कती अघि बढ्ला त्यो त भबिश्यले देखाउने नै छ । बिगतमा पनि किशुनजीले भन्ने गर्थे अब नेपाल लाइ सिंगापुर बनाउने छु भनेर तर अफसोच झिंगापुर बनाएर छोडे । पि एल सिंहले काठमाण्डौलाइ हरीयाली नै हरीयाली बनाउँछु भन्थे अन्तत हरीयाली देख्नको लागी हरियो चस्मा लगाउनु पर्ने नै बनाए अब संघारमै रहेको गणतान्त्रीक नेपालकालागी देश हाँक्न कम्मर कसेर लाग्ने तिनै पुराना (सायद नया पनि आउछन कि ) अनुहार हरुले देशलाइ कहाँ पुराउने हुन त्यो हेर्दै गरौला । केहि दिन पहिले देवदासलाइ एकजना ब्लगर मित्रले सन २०३० को नेपाल यस्तो हुनेछ भनेर केहि तस्वीरहरु मेल गर्नु भएको थियो आज तिनै तस्वीरहरुलाइ यहाँ अपलोड गराउँदै छु । पहिला त ति तस्वीरहरु हेरेर आँफै हाँसे किनकी धेरै समय पछी फेरी एउटा चुट्कीला देख्न पाइएको थियो अनि फेरी यो आजभन्दा लगभग २४ बर्षपछाडीको काल्पनिक नेपाललाइ रत्नपार्कमा र्सार्वजनीक गर्ने निधो गरें । लौ हेर्नुहोस चौवीस वर्षपछाडीको हाम्रो नेपाल । (more…)

17,May , 2006

मेरो संसारलाइ हृयाक गरीयो

नेपाली भाषाको प्रथम ब्लग मेरो संसारलाइ हिजो देखी हृयाक गरीयको छ । मेरो संसारका ब्लगर उमेश श्रेष्ठलाइ पहिला पनि प्रोनोग्राफीको आरोप लगाउँदै दुइ दिन सम्म ब्लगसम बाट सस्पेन्ड गरीएको थियो र पछी पुन संचालन भएको थियो । निशूल्क पाएको साइटमा सबैकुरा अरुमाथी भरपर्नु पर्ने भएको हुदा र उनको ब्लगीङ केहि ब्यक्तीहरुलाइ मन नपरेको हुदा बारम्बार ब्लाग बन्द गराउने धम्की आइरहन्थे जसकारण उनले आफ्नो ब्लगलाइ निजी र्सबरमा सारेका थिए । निजी र्सबरमा सरेपछी ब्लगमाथी यो पहिलो आक्रमण हो । तथापी पछिल्लो अपडेटहरु यहाँ गएर हेन सकिन्छ । हिजो भएको जुलुसको भिडीयोलाइ यहाँ राखीएको छ । आशा गरौ चाँडैनै मेरो संसार पहिलाकै रुपमा र्फकन्छ भन्ने ।

7,May , 2006

हवल्दार कान्छोलाइ ठुल्दाइको चिठी


प्यारो भाइ हवल्दार कान्छो
शुभआशिर्वाद
यो पत्र कोरुन्जेलसम्म म लगायत अन्यदलका साथीहरुपनि आरामै छौं तर तिम्रो स्वास्थ बिग्रेको सुन्दा अलि दुख लाग्यो । मैले त तिमीलाइ हवल्दार बन्ने आशिर्वाद दिएको थिएं तर तिमी त पाँच पटक प्रधानमन्त्री बनेर दुनियामा रेकर्ड नै राख्यौ । तर जे होस तिमी जतीपटक प्रधानमन्त्री भएपनि मेरो नजरमा आजसम्म तिमी हवल्दार नै छौ र आज सम्म प्रधानमन्त्रीले गर्ने काम गरेका छैनौ अब भविश्यमा गरौला नगरौला त्यो त भविश्यलेनै देखाउने छ । मैले त सोचेको थिएं अब तिम्रा दिनहरु पनि गए अब तिमीलाइ पनि यौटा भिसा पठाएर यतै बोलाउनुपर्ला जस्तो लागेको थियो तर तर तिमीलाइ त्यो कुर्सीले नछोडेको हो कि तिमीले त्यो कुर्सी नछोडेको हो बुझ्नै गाह्रो भो । तिम्रो र त्यो कुर्सीको जस्तो सम्बन्भ त सायदै लोग्ने स्वास्नीको पनि होला ? नेपाली जनतालाइ लाटा भनौंभने मैं हु भन्ने माइलाराजाको त मुखको गाँस खोसीदिए , घुँडा टेकाइदिए , अनि फेरी पर्दा पछाडी धकेलीदीए तर बाठा भनौ भने पनि घुमीफीरी बांगे सल्लो भनेजस्तै अस्तीसम्म तिम्रो मुख हेर्ननि नचाहने , तिम्रो बोली सुन्न पनि नचाहने र तिमीलाइ देख्दा साइत पनि बिग्रन्छ भन्नेहरुलेनै आज देश तिम्रो पोल्टामा राखीदीए । आखीर तिमीसँग के छ त्यस्तो रहस्य जो हारेर पनि सँधै जितीरहन्छौ ? हवल्दार कान्छो यो तिम्रो अन्तिम मौका हो । सुध्रिने भए सुध्रिहाल , सयौं पापहरुलाइ पनि एकै पटक गरेको धर्मले पखाल्छ भन्छन तर्सथ तिमीलाइ पनि समयले त्यही पापहरु पखाल्ने मौका दिएको छ गरीहाल पुण्यका कामहरु जस्ले तिम्रो अतितका पापहरु पखाल्नलाइ मद्दत गर्नेछ । जनताले तिम्रो पोल्टामा राखीदिएको देश तिम्रो बिगतका राम्रा कामलाइ देखेर हैन (के नै पो गरेका छौ र विगतमा त्यस्ता राम्रा काम ? ) केवल माइलाराजा र तिम्रो तुलना गर्दा माइला राजा भन्दा तिमीले अलीकती मात्र कम नराम्रा काम गरेको भएर मात्र हो । हुन त तिमी र माइलाराजा मा खासै त केहि अन्तर छैन तर माइला राजाले ५१ प्रतीशत नराम्रा काम गरे त तिमीले ४९ प्रतीशत । बस् यही दुइ प्रतीशतले गर्दा माइला राजालाइ फ्यालेर तिमीलाइ रोजेका मात्र हुन जनताले । जनताले चाहेभने फेरी देश अर्कैको पोल्टामा जानपनि सक्छ यस्लाइ आफ्नो पेवा नसम्झे हुन्छ तिमीले । देश सँधे जनताको हातमा हुन्छ तर्सथ होस गर माइलाराजाको पक्षमा अलीकतीपनि कुनै काम भयो भने फेरी जनताले तिम्रो पोल्टाको देश लाइ प्रचण्डको पोल्टामा लगेर राखीदिने छन । प्रचण्डको पोल्टोपनि ब्याकुल भएको छ देश राख्नलाइ । प्रचण्डको पोल्टोमा देश गएपछी अनि तिम्रो र माइलादाइको कुनै सिप लाल्नेछैन । यतीबेला त्यहाँबाट आएका एक्काइस जना सहिदले मलाइ यहाँ घेरेर राखेका छन । शहिदका सपनाहरु माथी खेलवाड नगर्नलाइ चेतावनि दिनु भन्दै मलाइ भनिरहेका छन त्यै भएर मैले आज तिमीलाइ यो पत्र लेखेको हो । दुइकरोड पचासलाख नेपाली जनताको प्रतिनिधित्व गर्ने यि एक्काइस जना शहिदको चाहना , इच्छा अथवा माग के के हुन तिमीलाइ थाहा छ कि छैन ? यदी थाहा छैन भने यहाँ मैले केहि माग अथवा जनआन्दोलनका उदेश्यहरुलाइ लेखेर पठाएको छु राम्रो सँग पढ र त्यो काम गर । शहिद चाहन्छन यी माग तथा प्रश्नहरुको जवाफ तिमीले तुरुन्त पठाउने छौ भन्ने ।
जनताका प्रश्न तथा मागहरु यसप्रकार छन

१ संबिधानसभाको मिती घोषणा गर्न किन ढिला गरेको ?
२ बाह्रबुँदे सहमती कार्यान्वयन गर्न किन ढिलाइ गरेको ?
३ सफथ खानलाइ किन दरबार गएको ?
४ श्री ५ को सरकारलाइ किन यतीबेला सम्म नेपाल सरकारमा परिवर्तन नगरेको ?
५ शहरबजारमा रहेका राजामहाराजा भनाउदाहरुको सालीकलाइ किन नढालेको ?
ती सालीको को स्थानमा तुरुन्त एक्काइस जना सहीदको सालीक बनाउनु पर्छ
६ राजा महाराजा भनाउदाहरुको महाबाणीरुपी त्यो होर्डिगंबोर्डहरु किन नउखलेको ?
७ लोकतन्त्रीक आन्दोलनमा निस्कीएका निसस्त्र जनतामाथी गोली हान्ने र हान्न आदेश दिने प्रहरी र सेना माथी यतीकादिन सम्म किन कारवाही नगरेको ?
८ हेडक्वार्टरमा बसेर जनता मार्न उर्दी लगाउने कुख्यात मण्डले कमल थापालाइ अहिले सम्म किन गिरफ्तार नगरेको ?
९ बाह्रबर्से अबधिमा गन्हाउने गरी भ्रस्टचार गर्ने र अख्तीयारले समेत मुद्दा चलाइ रहेका ( मुद्दा नचालाएका त कती हुन कती ) कुख्यात तस्करहरुलाइ किन संसदभवन भित्र छिर्न दिएको ?
१० माइलाराजाको तलुवा चाट्नको लागी माल्दीभ्स् बाट आयात गरीएका तुलसीलाइ किन करबाही नगरेको ? कि त उस्लाइ देशभित्रै कारवाही गरीयोस कि त नेपाली नगरीकता रद्द गराएर पुन माल्दीभ्स् तीरै लखेटियोस ,
११ अमहडताल लाइ चार दिन बाट बढाएर अनिश्चीतकालीन बनाउनेले सदनको बैठक चाँही किन दिन बिराइ बिराइ बसेको ?
१२ जनआन्दोलनको कममा जनतालाइ अठार घण्टा आन्दोलनमा खटन लगाउने ले आफु सदनमा गएपछी चाँहि किन दिनको एक, दुइ घण्टा बैठक बसेको जस्तो गदै यो महत्वपूर्ण समयलाइ हावामा उडाएको ?
१३ माइलाराजालाइ नढालुनजेल सम्म लगातार आन्दोलन गर्न उर्दि गर्नेले सबिधानसभा भएर चुनाव भएर सरकार नबनुनजेल सम्म लगातार काम गर्नु पर्‍यो ।
१४ राजालाइ घुँडा टेकाएर लोकतन्त्रको बहाली गर्ने तिमीहरु कि हामीहरु ? यो आन्दोलनमा हामीहरु एक्काइस जनाले आफ्नो ज्यान गुमाइम तर कती जना नेताले आफ्नो ज्यान गुमाए त ? तर्सथ यो देश नेपाली जनताको हो जनताको भावनामाथी खेलवाड नगरीयोस ,

हेर हवल्दार कान्छो , सहीदहरुले त अन्य धेरैकुरा भन्दीनु भनेका थिए मैले यहाँचाँहि मुख्य बुदाहरु मात्र लेखेको छु । माथीका कुराहरुमाथी फेरी एकपटक दृस्टी लगाउ र जनताको चाहना पुरा गर्न तिर लाग । जनताको चाहनालाइ आत्मसाथ गर्दै अहिले हामीले पनि यहाँ ( बैकुण्ठधाम ) गणतन्त्रको घोषणा गरेका छौं ।गणतन्त्रीक नेपाल बैकुण्ठधामको प्रथम
निर्वाचनको पनि घोषणा गरीसकेका छौं । गणतान्त्रीक नेपाल बैकुण्ठधामको पहिलो निर्वाचनमा राष्टपतीको लागी बिरेन्द्र वीरबिक्रम , मदन भ०डारी र गणेशमानले उम्मेदवारी दिएका छन । हवल्दार कान्छ यदी तिमीमा पनि अलिकती देश प्रती माया छ र मुटु दरीलो छ भने आजै गणतान्त्रीक नेपाल को घोषणा गर र प्रथम राष्टपतीको निर्वाचनको लागी मीती घोषणा गर । माइलाराजालाइ पनि एकपटक सोध राष्टपतीको लागी उम्मेदवार दिन्छन कि दिदैनन ?आफ्नो पक्षमा कती जनता रैछन भन्नोकुरो अनि थाहा हुन्छ माइलाराजालाई , ।
लौ त हवल्दार कान्छो ,
बाँकीकुराहरु अर्को पत्रमा लोखौला अहिलेलाइ यत्ति । अन्तमा किशुनजीलाई सम्झेको छ रे भनिदेउ । अन्य ठुलाबडाहरुलाइ यही आएपछी मिलौला ।
उहि तिम्रो ठुल्दाइ
बि पि ,
गणतान्त्रीक नेपाल बैकुण्ठधाम ,

28,April , 2006

होशियार ! आजपनि शुक्रबार हो

आजपनि त्यहीबार हो जुन बार दरबारको प्रिय बार हो । यो बारको साइतमा दरबारबाट केकती कार्यहरु भए त्यो त भनिरहनु नपर्ला ? राजा आफुले घुँडाटेके पनि ज्योतिषीमाथी चाँही अझैपनि बिश्वास गरीरहेका छन । आफ्नालागी जतीनै अशुभ भए पनि प्रतिनिधी सभाको पहिलो बैठक त्यही शुक्रबारको साइत पारेर बस्ने घोषणा गरेका छन । शाही सरकार नढलुनजेल सम्म बाह्रबँदे सहमती अनुसार माओबादीसँग सहकार्य गरेर जाने भन्ने राजनितीक दलहरु आजदेखी फेरी माओबादीसँग बार्तागर्ने भन्न थालेका छन । यो बार्तागर्ने भन्ने कुरा कहाँबाट आयो - जब नयादिल्लीबाट उनिहरु पहिलानै बार्तागरेर सम्झौता गरेर आइसकेका छन भने अब फेरी के समस्या रह्यो र बार्ता गर्ने ? हिजोसम्म निशर्त संबिधानसभाको घोषण गर्ने भन्ने दलहरुले अब पहिला हतीयार बिसाउने र्सत राख्ने संभाबना पनि उत्तिकै छ । हिजो माधबकुमार खुल्लामन्चमा भन्दैथिए प्रधानमन्त्रीले सपथग्रहण राजाबाट हैन खुल्लामन्चका जनताको बिचमा बसेर गर्ने भनेर तर गिरीजा आज दरबारमै गएर सपथग्रहण गर्ने सम्भावना बढेको छ । यत्रो जनआन्दोलनको प्रतिफलस्वरुप आएको यो खुसिको क्षणमा हिजो गिरीजा आँफै अनुपस्थित हुनु , राजदरबारले गिरीजालाइ प्रधानमन्त्रि फेरी नेपालको संविधानको धारा पैंतीसको एक अनुसारनै भएको घोषणा गर्नु अलि अपाच्य भएको अनुभब छ देवदासको । राजाले पुन प्रतिनिधीसभा ब्युझाएको घोषणा गर्न संविधानको कुनै धार प्रयोग गरिएन भने प्रधानमन्त्री नियुक्त गर्दा कहाँबाट फेरी त्यही बाह्रमासे धारा आयो ? होशीयार,साना साना कुराहरुबाटै हो कुरा बिग्रदै जाने । आज शुक्रबारको जुन प्रतिनीधीसभा बस्दैछ त्यो नेपालको संबिधानभन्दा माथी उठेर बस्दैछ । आजको सभामा जे जे घोषणा गरिन्छ त्यहीनै संविधान बन्ने छ र सत्रजना सहिदको सम्मान हुनेछ तर्सथ होशियार आजको शुक्रबारलाइ नेपालको इतिहाँसमा स्वतन्त्रताको बार तथा शुभबार भनेर चिनाऔं हैनभने नेपालको लागी हरेका शुक्रबार कालोबारका रुपमा स्थापित हुनेछ ।

24,April , 2006

होशीयार महाराज यो तस्वीर सत्य बोल्दैछ


कुकुर र खरायोको यो तस्वीर हेर्दा सामान्य लागेपनि हाम्रालागी यस्ले विशेष महत्व राख्दछ । तस्वीरमा पहिला खरायोलाइ खान आइलागेको कुकुर खरायोलाइ खानु त परै जाओस पछी खरायोलेनै कुकुरालाई खाएर हड्डी मात्र बाँकी राख्छ । हाम्रो अहिलेको राजनिती पनि यो तस्वीरभन्दा फरक हुनेवाला छैन । कुकुरलाइ निरङकुश सरकार र खरायोलाइ लोकतन्त्रको लागी सङ्घर्सरत नेपाली जनता सम्झीने हो भने लोकतन्त्रको आवाजलाइ दवाएर निरङकुश शासन चलाउन खोज्नेलाइ खरायोले जस्तै नेपाली जनताले हाडमात्र बाँकी राखीदिनेछन । यो देवदासको दावा हो भोलीको आन्दोलनले निरङकुश सरकारको हड्डीमात्र बाँकी रहने निश्चित छ । सहनेको पनि एउटा सीमा हुन्छ महाराज जब बिरालोलाइ कोठामा थुनेर पिट्न थालिन्छ तब आफ्नो ज्यान बचाउनको लागी बिरालो पनि आक्रमणमा उत्रन बाध्य हुन्छ । माथीको कुकर जस्तो बन्ने प्रयत्न नगर्नुस फेरी खरायोरुपी जनताले के गर्छन माथीको तस्वीर हेरेर अन्दाजा लगाउनुहोस ।

20,April , 2006

ए माघमा आँखा फुटेको गोरु

कविता

ए माघमा आँखा फुटेको गोरु

असफल भए तिम्रा काँडाका बारहरु
ग्याँसका सिलिण्डरहरु,
बन्दुकका गोलीहरु
र घँघारुका लठ्ठीहरु
तिम्रा अथक प्रयसहरुलाई
असफल बनाउँदै
तिम्रा हरेक बाधाहरुलाई
निस्कृय तुल्याउँदै
सयौँ जँघार र भंगालो तर्दै
म शहरमा आएको छु
देख्न सक्छौ कि सक्दैनौ ?
चिन्न सक्छौ कि सक्दैनौ ?
ए माघमा आँखा फुटेको गोरु
लौ हेर,
म शहरमा आएको छु ।
म तिम्रो अगाडी उभिएको छु ।

पहिला जे जे ग-यौ सहेरै बसें
तिम्रा ताण्डव नृत्यहरु हेरेरै बसें
तर यसपाली,
आँधी भएर आएको छु,
तुफान भएर आएको छु
सुनामी भएर आएको छु
ज्वालामुखी भएर आएको छु
सक्दैनन् रोक्नलाई तिम्रा ढालहरुले
सक्दैनन छेक्नलाई तिम्रा पर्खालहरुले
आकाशमा ताक या जमिनमा
छातीमा ताक या टाउकोमा
तिम्रा बन्दुकका नालाहरु त्यती दह्रा छैनन्
जती मेरो विश्वास दरिलो छ ।
तिम्रा फलामका साङला त्यती दह्रा छैनन
जती मेरो रक्त नलिहरु छन ।
यसपाली म चट्टान भएर आएको छु
तिम्रा बन्दुकका गोलीहरुले
चिर्न सक्नेछैन मलाई
कति सम्म सक्छौ लडेर हेर,
देख्न सक्छौ कि सक्दैनौ मलाई ?
ए माघमा आँखा फुटेको गोरु
म शहरमा आएको छु
म तिम्रो अगाडी उभीएको छु ।

देख्नेहरुले मलाइ जहाँतही देख्छन,
जताततै देख्छन ।
कलङ्कीमा हेर या गोंगबुमा
चाबहीलमा हेर या किर्तीपुरमा
ठेचोमा हेर या कोटेश्वरमा
कहिले म रत्नपार्कमा हुन्छु
कहिले चुच्चेपाटीमा,
कहिले कपनमा हुन्छु त कहिले जोरपाटीमा
तिम्रा खिया लागेका आँखाहरुले
देख्न सकेनौ भने खिया सफा गरेर हेर
पावर भएको चस्मा लगाएर हेर
ए माघमा आँखा फुटेको गोरु
म शहरमा आएको छु
म तिम्रो अगाडी उभिएको छु ।

यदी अझै मलाई देखेको छैनै भने
त्यो तर्साउँने खण्डहर बाट निस्केएर हेर
बलीरहेका टाएरहरुमा
फुटीरहेका इटा र ढुंगाहरुमा
उडिरहेका अस्रुग्याँसहरुमा
बगीरहेको रगतमा
बर्सिरहेका लठ्ठीहरुमा
सडकमा ढलीरहेका निर्दोस मानीसहरुमा
चिच्याइरहेका आइमाइ र केटाकेटीहरुमा
सत्तरी बर्षो बृद्धको बेदनामा
सात बर्षो बालकको बगीरहेको रगतमा
नामर्दहरुले चलाइरहेको गोलीहरुमा
जलीरहेका सहीदका लासहरुमा
म सडक,गल्ली, चोक, अनी आँगनमा छु
हेर एकपटक बाहीर निस्कीएर
ए माघमा आँखा फुटेको गोरु
म शहरमा आएको छु
म तिम्रो अगाडी उभिएको छु ।

पहिला पनि मैले खोजेको थिएँ
तिम्रो यो बुढो रुख ढाल्नलाइ
तर त्यतीखेर हाँगा मात्र भाँचेको थिएँ
पात मात्र उडाएको थिएँ
जरा मात्र हल्लाएको थिएँ
तर यसपटक यो रुख ढाल्नेगरी आएको छु
जरा उखल्ने गरी आएको छु
सक्छौ भने रोकी हेर
सक्छौ भने छेकी हेर
यसपाली नयाँवर्षको सुरुवातसँगै
तिम्रो अन्त्य भएर आएको छु
नेपालीहरुको सुरुवात भएर आएको छु ।
बाहीर निस्कीएर हेर अनि चिन मलाई
ए माघमा आँखा फुटेको गोरु
म शहरमा आएको छु
म तिम्रो अगाडी उभिएको छु

9,April , 2006

त्यो छब्बीस र यो छब्बीस


आज भन्दा सोह् बर्ष अघी ठीक यही समय थियो देवदास एक बजे तिर पुतलि सडक को चोक बाट प्रजातन्त्र को घोषणा पस्चात निस्कियको बिजयि जुलुस हेरेर बसेको ।
जनताहरु फुलमाला अबिरमा सजीएर बिजयि जुलुस निकाली रहेका थिए । जताहेर्यो त्यतै मान्छेभन्दा केहि देखीदैनथ्यो । सडक , पेटी, बस, ट्रक , घरका छत, जताततै मान्छेका टाउकै टाउका थिए । समय फेरी त्यही मोडमा आइपुगेको झल्को लाग्यो देवदासलाइ हिजोको आन्दोलन देखेर । तर यसपाली चैत्र छब्बीसको साइत जुरेको रहेनछ ।त्यो समयमा पनि हिजो को दिनमा राजा बिरेन्द्रको बिरुद्दममा ‘बिरे चोर देश छोड ‘का नाराहरु घन्किएको थियो । त्यो बेला पनि आन्दोलन दवाउन राजा बिरेन्द्रले कुनै कसर बाँकी राखेका थिएनन् । त्यतीबेला पनि छब्बीस गते राती कर्फु लागेको थियो यसपाली पनि कर्फु लागेको थियो । त्यतीबेला ‘बिरे चोर देश छोड’ घन्किदै थियो हिजो ‘ज्ञाने चोर देश छोड’ भन्ने नारा घन्किएकै थियो तर त्यती बेला रातारात कर्फुको विचमा बहुदलीय प्रजातन्त्रको घोषणा गरे बिरेन्द्रले तर यसपाली दाइको जस्तो घोषणा भाइले गर्न सकेनन् । उल्टै आन्दोलनलाइ दवाएर जाने तयारीमा छन भाइ माइला । आन्दोलन यो उत्कर्षमा पुगेको जानकारी सायद भाइ माइलालाइ राम्रो सँग थाहा छैन जस्तो छ । गृहमन्त्री त भोली देखी झन कट्टर हुने,भोली देखी को कर्फु साँच्चैको कर्फु हुने भनेर फत्फताउँदै छन । कमल थापालाइ थाहा नभएर हो कि माइलादाइको चर्को नुनले बोल्न नदिएको हो ? जनताले चाहे भने यहाँ जे पनि हुन सक्छ । हातमा पावर भएर के गर्नु जनता बिरुद्दमा छन भने ? आफ्नो घर, पार्टीकार्यालय को त सुरक्षा गर्न नसक्ने गृहमन्त्री ले यो आन्दोलनलाइ दवाउने कोशिस गर्नु मुखपन मात्रै हो । जनताको सक्तीको अगाडी कस्ता कस्ता तानाशाही त घुँडा टेकेका छन भने यो शाही सरकार को फुर्तीपनि जनताले झार्नेनै छन । गएका दिनहरुमा नेताहरुबाट भएका कमी कमजोरीकै कारणले देश यो आन्दोलनको भुमरीमा हामफालेको हो । भोलीका दिनमा पनि कुर्सिको मोहमा परेर सानातीना कुराहरुमा राजासँग नेताहरुले सम्dmौता गरेर आन्दोलनलाइ बिस्तारै निस्तेज पार्ने काम गरेर भने नेपाली जनताको रगत , पसीना फेरी पानीमा बग्ने छ । हरेक समयमा नेपालीहरुको हार हुने छ र पुन आठ दस बर्षपछी हामीले फेरी पारस सँग यसैगरी लड्नु पर्ने छ र त्यस्को आठ दस बर्षछी फेरी पारसको छोरा सँग । अहीले सानातीना प्रलोभनमा फसेर नेताहरुले एउटा सानो गल्ती गरे
भने नेपाली जनताले जीबन भर यस्को भार बोकेर बाँच्नुपर्ने छ । तर्सथ यो आन्दोलनको गतीलाइ यसैगरी बढाउँदै लानुपर्छ , चाहे त्यसकालागी जतीनै ठुलो मुल्य चुकाउनु किन नपरोस । आन्दोलको क्रममा खीचीएका केही फोटाहरुलाइ देवदासले यहाँ भित्र राखेको छ । फोटो हेर्ने भए भित्र जानुहोला (more…)

3,April , 2006

को हुन त यो बर्षका उत्कृष्ट मुर्ख हरु ?

foolish men of the year
अप्रील एक तारीख अर्थात मुर्ख दिवस पनि सकिएको छ । कतीले कतीलाइ मुर्ख बनाए त्यो आफ्नो ठाउँमा छँदैछ । रत्नपार्कमा आउने केहि मित्रहरु पनि यस्को सिकार हुनु भएछ । कतीले गाली गरेर इमेल पठाउनु भयो कतीले कमेन्टमा घृणीत तरिकाले कमेन्ट गर्नु भयो तर देवदासले यस्लाइ पनि अप्रील फुल ठानेर डिलेट गरिदीयो । जे होस यो दिनमा मुर्ख हुनु पनि रामाइलै हो । बिहान देखी आज म मुर्ख हुन्न भनेर हिड्दा हिड्दै पनि ब्लगर उमेश श्रेष्ठको मेरो संसार बन्द हुने समाचारले अन्तत देवदासलाइ पनि मुर्ख बनाइ छाड्यो । अरुहरुका धेरै प्रयास भने असफल भए । एक छिनको मुर्खलाइ छोडेर अब बर्षरीका उत्कृष्ट मुर्खहरुलाइ हेरौ न त । वी वी सी हिन्दीका अनुसार हरेक वर्षअमेरिकाको न्युयोर्क मा गरिदैं आएको वर्षाका उत्कृष्ट मुर्खहरुको घोषण यसपटक पनि गरियो तर हरेक वर्षस्तै यो वर्षनि पप गाएक माइकल ज्याक्सनले अरुहरुलाइ लडाएर बर्षको उत्कृष्ट मुर्ख घोषीत भए । माइकल ज्याक्सन उत्कृष्ट मुर्ख घोषणा भएको यो लगातार चौथोपटक हो र आयोजक हरुका अनुसार यस्तै चाला हो भने आउने चार सालमा पनि माइकलले उत्कृष्ट मुर्खको पद सम्हाल्ने छन । त्यस्तै अन्य उत्कृष्ट मुर्खहरुमा क्रमश अमेरिकी पुव राष्टपती डिक चेनी , अमेरीकी राष्टपती जर्ज बुस, र अभिनेता टम क्रुज छन । बर्षका मुर्खहरु को बारेमा अनुसन्धान गर्ने न्यूयॉर्क को जनसंपर्क कंपनी ओपिनियन रिसर्च कारपोरेशन का र्सर्वेक्षक जेफ बार्ज हुन । उक्त कम्पनीले एक बर्षका अबधीमा हजार जनासँग यो र्सर्बेक्षण गर्दछ । हरेक वर्ष अप्रील एक तारीखको दिन आफ्नो र्सर्बेक्षणको नतीजा प्रस्तुत गर्ने यो कम्पनीले यो वर्षपनि यही दिनमा यो घोषणा गरेको हो ।

28,March , 2006

कमलको जवाफी पत्र आमालाई

केहि समय पहिले ब्लगर नेपालमा कमल थापालाइ उनकि आमाले पठाएको पत्र प्रकाशन भएको थियो र आज उक्त पत्रको जवाफ पठाएका छन कमल थापाले । हुन त यो पत्र ब्लगर नेपालमै प्रकाशन हुनुपर्ने थियो तर हामीसबैलाई थाहा छ यो नेपाल हो तर्सथ नेपालमा जे हुनु पर्ने हो त्यो हुदैन र जे नहुनु पर्ने हो त्यो भएरै छाड्छ । यदी आमाले पठाएको पत्र पढ्नु भएको छैन भने यहाँ क्लिक गरेर पहिला पढ्नुहोला त्यसपछी मात्रै कमलले पठाएको यो जवाफी पत्र पढ्दा राम्रो सँग बुझिन्छ ।

आदरणीय माता
दण्डवत सेवा ढोग छ ।

म याहाँ माइला दाइको कृपाले आजका मितीसम्म आरामै छु र त्यहाँ तपाँइ पनि माइली भाउजुको कृपाले आरामै हुनु हुन्छ भन्ने आशा गरेको छु । धेरै लामो समय पछाडी तपाँइको पत्र पढ्न पाउँदा साह्रै खुसी लाग्यो साथै अली कती दुखी पनि भएँ । दुखी यस अर्थमा कि तपाँइले मेरो काम गराइको शैलीलाइ राम्रो सँग बुझ्नु भएकै रहेनछ । सायद तपाँइलाइ छर छिमेकी हरुले भड्काए जस्तो लाग्यो । मेरो बारेमा भए नभएका कुराहरु सुनाए जस्तो लाग्यो । आमा सत्य त्यस्तो कदापी हैन । तपाइको नाम मा दाग लाग्ने काम मैले कदापी गरेको छैन र गर्ने पनि छैन । तपाई लाइ थाहा छँदैछ यो कलीयुग हो , कलीयुगमा पनि द्धापर र त्रेता युग जस्तो खोजेर त हुँदैन नि कि कसो ? मैले यत्रोवर्ष राजनिती गरेको आखीर गंगामा लगेर सेलाउन पनि त हैन नी । माइला दाइ ले देस हाँक्ने सुर कसेको देखेपछी मैले पनि धेरै सोचें के गर्ने ? कसो गर्ने भनेर । एक पटक त लोकतन्त्रको वकालत गर्दै सडकमा जाउँजस्तो पनि नलागेको हैन तर अन्य सबै पार्टी माइलादाइको बिरोधमा गएपछी मैले फेरी सोचें सबै कुकुर काँशी गए केले खाल गुहु भन्ठानेर अरुहरु सँग काँशी नजाने निधो गरें । यो राजनिती हो आमा , राजनितीमा हरेक कुरा जाएज हुन्छ । त्यसपछी माइलादाइको छत्र छाँया मा हुकन