.... ....UCC

17,September , 2006

घाँटी हेरी हाड ननिलेपछी …..


घाँटी हेरी हाड ननिलेपछी कस्को के लाग्छ र ? ल हेर्नुस एउटा भेडालाई सिङ्गै निलेपछी सडकमै लमतन्न परेको अजिङगरको यो हालत । के यसले त्यो भेडालाई पचाउन सक्यो होला त ?

11,September , 2006

तस्वीर आफैं बोल्छ


आज सेप्टेम्वर एघार तारीख तर्सथ प्रस्तुत फोटाको बारेमा केहि भन्नु पर्छ र ?

27,August , 2006

कोमल वलीले लोग्ने पाउने सम्भावना घटेर गयो


नेपालमा यसै त पुरुषको भन्दा महिलाको जनसख्या बढी छ । साँच्चे भन्ने हो भने एक पुरुशले एक महिलालाई विवाह गर्ने हो भने धेरै महिलाहरु बुढीकन्या भएरै बस्नु पर्ने अबस्था छ दोस्रो विहे गर्यो भने पनि कानुनी सजाय भोग्नु पर्छ । यतीखेर कोमल वलीको चर्चा छ बजारमा । उनि बुढीकन्या भैसकेकि छीन तर आफुले चाहेजस्तो लोग्ने उनलाई जुरेको छैन । महिलाहरुको महान चाडको मौका छोपेर उनले पोइला जान पाम् भन्दै शिव भगवानलाई गुहार्दै सडक गल्ली जताततै भजन गाउँदै हिंडेकी छिन । कोमल वली जस्ती शिक्षीत , आत्मनिर्भर युवतीले लोग्नेको लागी यसरी लोकगीतको सहारा लिएर विज्ञापन गरेको देख्दा उनलाई छिटै लोग्ने मिलोस भन्ने देवदासले प्रार्थना गरेको थियो । कमसेकम यसपाली उनको विहे भयो भने अर्को तिजमा नेपाली महिलाहरुले इज्जतका साथ पशुपतीको दर्शन गर्ने थिएकी भन्ने देवदासको सोचाई थियो तर अफसोच आज देवदासले यौटा फोटो देखेपछी भने कोमल वलीको बिहेको चान्स अलीकती भएपनि घटेको हो कि जस्तो लाग्यो । कुरा के भने यसै त महिला भन्दा पुरुश बढी भएको हाम्रो देशमा आज काठमाण्डोको लाजिम्पाटमा केटाले केटासँगै विवाह गरेको समाचार देखेँ । यदी ति दुइ युवकले केटीसँग विवाह गरेको भए कमसेकम अरु दुइजना युवतीले लोग्ने त पाउँथे । आज भएको केटै केटाको विवाहले गर्दा दुइजना केटिले लोग्ने नपाउने भए कतै यि दुइजना लोग्ने नपाउने युवतीहरुमा कोमल ओली पर्ने त हैनन ?
यो पनि हेर्नुहोला –कोमल वलीले ‘पोइल जानु’ ठीक कि बेठीक

16,August , 2006

आज कृष्ण जन्माष्टमी

आज कृष्ण जन्माष्टमी तर्सथ यी वालकहरु कृष्णको भेष धारण गर्दै कृष्ण जन्माष्टमी मनाइरहेका छन

5,August , 2006

कमजोर मुटु हुनेहरुका लागी साबधान ( अपडेट )

काट्नको लागी तयार पारीएको मान्छे
केहि दिन देखी इमेल आतंक बढेको छ मेरो इमेल ठेगानामा । चिन्नु न जान्नुका इमेलहरु को बाढी लागेको छ । कहिले डिभी लोटरी पर्यो भनेर आउँछ त कहिले विबाहको प्रस्ताव आउँछ । कहिले साझेदारी ब्यापारको लागी त कहिले मिलीएन डलर जितेको हँदा उक्त रकम कहाँ पठाउँ भनेर सोध्छ । यस्ता मेलहरुलाइ जती पाखा लगाउन खोज्यो झन झन बढी आउँछन । स्पाममा पठाउँदा पनि ब्लक गर्दा पनि आउन छोड्दैन । पहिला याहुमा धेरै आएको हँदा जीमेल खोलें जीमेलमा त त्यो भन्दा पनि झन पो धेरै आउन थाले । ब्यस्त भएको बेला इमेल मात्र चेक गनुपर्यो भनेर कम्प्युटरमा बस्यो भने इनबक्समा असंख्य मेल देखाउँछ र भित्र गएर हेर्यो एउटै कामलाग्ने हुदैन । यस्तै मेला आतंकको विचमा आएको यौटा मेलका केहि फोटाहरुलाइ यहाँ राखेको छु । एउटा मान्छेको सम्पूर्ण भित्री अंगहरु काटेर देखाएको हुँदा पहिला त आँफैलाइ डर लाग्यो । यो फोटोमा देखाइएको मान्छेलाइ के प्रयोजनको लागी काटीएको हो त्यो त थाहा छैन मलाई तर हाम्रो सरीरका भित्रीअंगहरुलाइ हेर्ने रहर छ भने यी फोटोहरु हेरेपछी पुरा हुन्छ । यदी डर लाग्छ भने भित्र नछिर्नु नै जाती होला । (more…)

3,August , 2006

कमजोर मुटु हुनेहरुका लागी साबधान

अन्दाज गर्दै गर्नुहोला यो कस्को तस्वीर हो ? समय मिल्यो भने भरेबेलुका सम्म अन्य तस्वीर अपलोड गर्ने छु तर मुटु दह्रो बनाएर मात्र यी तस्वीर हरु हेर्नुहोला । कमजोर मुटु हुनेहरुका लागी अहिलेनै साबधान …….
________

1,August , 2006

पानीनै पानी छ जताततै ..

फोटो आफैं बोल्छ

भारतको बिभिन्न भागमा परेको अविरल बर्षाको कारण बिभिन्न भागहरु जलमग्न भएको हुँदा जनजिबन अस्तब्यस्त भएको छ ।

बाँकी फोटोहरु भित्र छन (more…)

25,July , 2006

खुसी छु म आज तिमी भन्दा धेरै …….

Zuleyka Rivera, Miss Puerto Rico, as MISS UNIVERSE 2006.
खुसीले हो या भोकले हो यसपाली मिस युनीभर्समा चुनिएकी सुन्दरी कार्यक्रम नसकिंदै त्यही बेहोस भएर ढल्न पुगीछीन यदी उक्त भिडीयो हेर्ने हो भने यहाँ क्लीक गर्नुहोला

9,July , 2006

यो सुनपसलको फोटो कस्को हो ?


दिन दुइगुणा रात चारगुणा किन सुनको भाउ बढिरहेको छ भन्ने कुराको पुष्टी गर्नलाइ यो फोटो हेरे पुग्छ । यो युवतीको फोटो हेदा एउटा सुनको पसलकै झल्को आउँछ । एउटै हातमा पनि दुइदर्जन भन्दा बढी सुनका चुराहरु छन । घाँटीमा लगाएका त कति हुन कति,अझ साडी पनि सुनैसुनले भरिएको जस्तो छ तथापी जुन युवतीले यो गहना लगाएकि छिन उनको लागी यी गहना खासै धेरै हैन । उनको सामर्थ्य त सुनको डस्ना बनाएर सुनकै सिरक ओढ्ने सम्मको छ तर यो सम्पती आफ्नो इमान्दारी र पसिना बगाएर कमाएको भने हैन । देवदासले यी युवतीलाइ पहिला कुनै मिडीयाहरुमा नदेखेको हुँदा को हुन भन्ने किटान गरेर भन्न नसके पनि देवदासले पाएको जानकारी अनुसार यी युवती अन्डरवल्डका डन भारतीय नागरीक दाउद इब्राहिम कि छोरी हुन र युवक चाँहि जावेद मियाँदाद का छोरा । यदी देवदासले पाएको जानकारी गलत हो भने सहि जवाफ दिनुहोला उसले गल्ती सुधार्नेनै छ ।

5,July , 2006

एस.एल.सी.को नतिजा

2,June , 2006

यो जादु हो फोटोसपको

यो जादु हो फोटोसपको फोटोसपका पण्डीतहरुले यसैको भरमा दैनिक गुजारा गरीरहेका छन । चाहीने र नचाहीने सबै कामहरु यही फोटोसपका भरमा गरीरहेका छन । धेरै मान्छेलाइ बर्बाद गर्न पनि सफल भएको छ यो फोटो सप ।तर आफु त फोटोसपको फ पनि चलाउन आउँदैन र सिक्ने कोशीस पनि गरीएन सायद आबश्यकता नभएर पनि होला । रत्नपार्कको लागी साधारण हेडिङ बनाउँदा पेन्ट बाट नै काम चलाउँदै आइरहेको छु । आज मलाइ अपरिचीत एक मित्रले दुइ तस्वीर मेल गर्नुभएको थियो । फोटोमा त्यस्तो खास त केहि कुरा छैन तर फोटोसपको जादुले बनाएका तस्वीर हेदा लाग्छ आजै फोटोसप सिकीहालुँ नपत्याए तपाँइ पनि हेर्नुस त यी दुइ तस्वीर ।
यो जादु हो फोटोसपको

31,May , 2006

जे देखियो सबै झुठो देखियो


कहिलेकाँही हामीहरु नभएको कुरो पनि साँच्चै भएजस्तो अनुभव गर्र्छौं त कहिले भएको कुरोमा पनि बिश्वास गर्दैनौ । अरु जे जे मा बिश्वास गरेपनि मलाइ किन हो किन नेताहरुले भनेको कुरामा बिश्वास गर्न साह्रै गाह्रो लाग्छ । नेताहरु बाहीर जो भन्छन त्यो गर्दैनन् र जो गर्छन त्यो भन्दैनन् । आज केही तस्वीरहरु हात पर्‍यो जुन नेताको गुँणहरुसँग हुबहू मिल्छ , नपत्याए हेर्नुस त । यि तश्वीरहरु चलीरहेको जस्तो देखिन्छ तर यथार्थमा चलीरहेका छैनन् ।
हामीहरु भ्रममा परेको हो यि तश्वीरलाइ देखेर । ठिक त्यस्तै हाम्रा नेताहरु पनि । आन्दोलनताका बहुत ठुलाठुला भाषण दिएर देसलाइनै पुरै परिवर्तन गर्ने कुरा गरे तर जब कामगर्ने बेला आयो तब साना साना कुरामानै दिन बिताइरहेका छन । खै कैले घोषणा गरिन्छ त संबिधानसभाको मिती ? कहिले कार्वाही हुन्छ त साहीसेनाका कमाण्डरलाइ ? अनि तुसली गीरीलाइ ज्वाँइ मानेर कहिले सम्म राख्ने हो ? कि कसो ………..?

27,May , 2006

नमस्कार है नानीहरुलाइ

namaskar hai chinese maiya
चिनको बेइजिङमा नमस्ते नमस्कार लेखीएको टिर्सट लगाउदै चाइनीज युवतीहरु । मेरोपनि नमस्कार है नानीहरुलाइ तर आफुलाइ चाइनिजमा नमस्कार लेख्न त आउँदैन क्यारे …

21,May , 2006

लौ हेर्नुहोस चौबीस बर्षपछीको नेपाल

सन २०३० को नेपाल
kathnandu vally in 2030
परिवर्तन दुनियाको रित हो । बिकास बिनास भन्नेकुरो पनि देश र अबस्था हेरेर भइरहन्छ । कुनै देशले दिन दुइगुणा रात चारगुणा को हिसाबले बिकास गरिरहेको छ त कुनै देश त्यस्को ठिक बिपरीत दिशामा हुँइकीरहेका छन । हाम्रो देश नेपालमा बिकाश निर्माणका कामहरु नभए पनि बिनासका काममा चाँही अरु धेरैदेशलाइ पछि पार्न सफल भएको छ । परिवर्तनको हिसाबले पछिल्ला समयहरुमा नेपालमा साह्रै ठुला ठुला परिवर्तनहरु भएका छन । अन्तिम परिवर्तनलाइ लिने हो भने २३७ बर्षपुरानो राजाको सक्तीलाइ अहिले जनताको सक्तीले चिडीयाघरमा थुनेको जंगली जनवार बाघ , हात्ती, र सिंहको जस्तो बनाइदिएका छन । अबको परिवर्तन पश्चात हाम्रो देश विकाश निर्माणका कार्यमा कती अघि बढ्ला त्यो त भबिश्यले देखाउने नै छ । बिगतमा पनि किशुनजीले भन्ने गर्थे अब नेपाल लाइ सिंगापुर बनाउने छु भनेर तर अफसोच झिंगापुर बनाएर छोडे । पि एल सिंहले काठमाण्डौलाइ हरीयाली नै हरीयाली बनाउँछु भन्थे अन्तत हरीयाली देख्नको लागी हरियो चस्मा लगाउनु पर्ने नै बनाए अब संघारमै रहेको गणतान्त्रीक नेपालकालागी देश हाँक्न कम्मर कसेर लाग्ने तिनै पुराना (सायद नया पनि आउछन कि ) अनुहार हरुले देशलाइ कहाँ पुराउने हुन त्यो हेर्दै गरौला । केहि दिन पहिले देवदासलाइ एकजना ब्लगर मित्रले सन २०३० को नेपाल यस्तो हुनेछ भनेर केहि तस्वीरहरु मेल गर्नु भएको थियो आज तिनै तस्वीरहरुलाइ यहाँ अपलोड गराउँदै छु । पहिला त ति तस्वीरहरु हेरेर आँफै हाँसे किनकी धेरै समय पछी फेरी एउटा चुट्कीला देख्न पाइएको थियो अनि फेरी यो आजभन्दा लगभग २४ बर्षपछाडीको काल्पनिक नेपाललाइ रत्नपार्कमा र्सार्वजनीक गर्ने निधो गरें । लौ हेर्नुहोस चौवीस वर्षपछाडीको हाम्रो नेपाल । (more…)

17,May , 2006

गर्मी बढेकै हो त

i like cola

12,May , 2006

यो हो फ्रेन्च किस

this is the french kiss
किस पनि देशै पिच्छे फरक फरक हुदो रहेछ क्यारे, नेपाली, भारतीय, अमेरीकी, जापानी, बेलायती किसको बारेमा त देवदासलाइ थाहा छैन तर यो किसलाइ चाँहि भन्नेहरुले फ्रेन्च किस भन्दा रहेछन । पत्याउनु नपत्याउनु तपाँइको बिचार ।

1,May , 2006

उडायो सपना सबै हुरिले


भो अब हाँस्ने जमर्को नगरे हुन्छ महाराज , त्यो हाँसो भित्रको रोदन लुकाएर लुक्दैन ।

24,April , 2006

होशीयार महाराज यो तस्वीर सत्य बोल्दैछ


कुकुर र खरायोको यो तस्वीर हेर्दा सामान्य लागेपनि हाम्रालागी यस्ले विशेष महत्व राख्दछ । तस्वीरमा पहिला खरायोलाइ खान आइलागेको कुकुर खरायोलाइ खानु त परै जाओस पछी खरायोलेनै कुकुरालाई खाएर हड्डी मात्र बाँकी राख्छ । हाम्रो अहिलेको राजनिती पनि यो तस्वीरभन्दा फरक हुनेवाला छैन । कुकुरलाइ निरङकुश सरकार र खरायोलाइ लोकतन्त्रको लागी सङ्घर्सरत नेपाली जनता सम्झीने हो भने लोकतन्त्रको आवाजलाइ दवाएर निरङकुश शासन चलाउन खोज्नेलाइ खरायोले जस्तै नेपाली जनताले हाडमात्र बाँकी राखीदिनेछन । यो देवदासको दावा हो भोलीको आन्दोलनले निरङकुश सरकारको हड्डीमात्र बाँकी रहने निश्चित छ । सहनेको पनि एउटा सीमा हुन्छ महाराज जब बिरालोलाइ कोठामा थुनेर पिट्न थालिन्छ तब आफ्नो ज्यान बचाउनको लागी बिरालो पनि आक्रमणमा उत्रन बाध्य हुन्छ । माथीको कुकर जस्तो बन्ने प्रयत्न नगर्नुस फेरी खरायोरुपी जनताले के गर्छन माथीको तस्वीर हेरेर अन्दाजा लगाउनुहोस ।

23,April , 2006

कोही रगत बगाउँदै कोही सारङ्गी रेट्दै

who is he ?
चिन्न गाह्रो पर्ला र यी महासयलाई जो अझैपनि सारङ्गी बजाएर मजा लिइरहेका छन ?

आज जनआन्दोलनको अठारौं दिन (फोटो ब्लग)

आज जनआन्दोलनको अठारौं दिन । हिजो अस्तीको भन्दा आज प्रदशनकारीहरुलाइ अत्याधीक बल प्रयोग गरीएको छ । आजका आन्दोलनका दृश्यहरु हेनलाइ भित्र जानुहोला । (more…)

22,April , 2006

निभ्नेवाला छैन लोकतन्त्रको आगो (फोटो ब्लग)

today\'s gangabu
आज आन्दोलनको सत्रौं दिन राजधानीका अलावा देशका प्राय सबैभागहरुमा आन्दोलनले चर्को रुप लिएको छ । हिजोको राजाको सम्बोधनले सात दलको बाह्रबुँदे सहमतीलाइ , र आन्दोलनरत जनतालाइ सम्बोधन नगरेको भन्दै यो आन्दोलन नरोकिने घोषणा गरेपछी जनताहरु गणतन्त्रको नारा लगाँउदै आन्दोलनमा उत्रीएका छन । आज भएको आन्दोलनका केही तस्वीरहरुलाइ मैले याहाँ राखेको छु हेनलाइ भित्र जानुहोला । (more…)

21,April , 2006

ब्युँझ महाराज ब्युँझ

ए महाराज कैलेसम्म यसैगरी मान्छेको वली चढाउनुपर्ने हो तिमीलाइ ? ब्युँझ ब्युँझ एकपटक आँखा खोलेर हेर , आखीर यो देश पनि तिम्रै त हो नि । april 20 at kalanki

april 20, at kalanki
हिजो कलंकीमा शाहीद हुनेहरुको शव
फोटो - शालिग्राम तिवारी

16,April , 2006

ठुलो मान्छेलाइ ठुलै शुभकामना कार्ड

happy new year

13,April , 2006

जे देखियो सबै सत्य देखियो

9,April , 2006

त्यो छब्बीस र यो छब्बीस


आज भन्दा सोह् बर्ष अघी ठीक यही समय थियो देवदास एक बजे तिर पुतलि सडक को चोक बाट प्रजातन्त्र को घोषणा पस्चात निस्कियको बिजयि जुलुस हेरेर बसेको ।
जनताहरु फुलमाला अबिरमा सजीएर बिजयि जुलुस निकाली रहेका थिए । जताहेर्यो त्यतै मान्छेभन्दा केहि देखीदैनथ्यो । सडक , पेटी, बस, ट्रक , घरका छत, जताततै मान्छेका टाउकै टाउका थिए । समय फेरी त्यही मोडमा आइपुगेको झल्को लाग्यो देवदासलाइ हिजोको आन्दोलन देखेर । तर यसपाली चैत्र छब्बीसको साइत जुरेको रहेनछ ।त्यो समयमा पनि हिजो को दिनमा राजा बिरेन्द्रको बिरुद्दममा ‘बिरे चोर देश छोड ‘का नाराहरु घन्किएको थियो । त्यो बेला पनि आन्दोलन दवाउन राजा बिरेन्द्रले कुनै कसर बाँकी राखेका थिएनन् । त्यतीबेला पनि छब्बीस गते राती कर्फु लागेको थियो यसपाली पनि कर्फु लागेको थियो । त्यतीबेला ‘बिरे चोर देश छोड’ घन्किदै थियो हिजो ‘ज्ञाने चोर देश छोड’ भन्ने नारा घन्किएकै थियो तर त्यती बेला रातारात कर्फुको विचमा बहुदलीय प्रजातन्त्रको घोषणा गरे बिरेन्द्रले तर यसपाली दाइको जस्तो घोषणा भाइले गर्न सकेनन् । उल्टै आन्दोलनलाइ दवाएर जाने तयारीमा छन भाइ माइला । आन्दोलन यो उत्कर्षमा पुगेको जानकारी सायद भाइ माइलालाइ राम्रो सँग थाहा छैन जस्तो छ । गृहमन्त्री त भोली देखी झन कट्टर हुने,भोली देखी को कर्फु साँच्चैको कर्फु हुने भनेर फत्फताउँदै छन । कमल थापालाइ थाहा नभएर हो कि माइलादाइको चर्को नुनले बोल्न नदिएको हो ? जनताले चाहे भने यहाँ जे पनि हुन सक्छ । हातमा पावर भएर के गर्नु जनता बिरुद्दमा छन भने ? आफ्नो घर, पार्टीकार्यालय को त सुरक्षा गर्न नसक्ने गृहमन्त्री ले यो आन्दोलनलाइ दवाउने कोशिस गर्नु मुखपन मात्रै हो । जनताको सक्तीको अगाडी कस्ता कस्ता तानाशाही त घुँडा टेकेका छन भने यो शाही सरकार को फुर्तीपनि जनताले झार्नेनै छन । गएका दिनहरुमा नेताहरुबाट भएका कमी कमजोरीकै कारणले देश यो आन्दोलनको भुमरीमा हामफालेको हो । भोलीका दिनमा पनि कुर्सिको मोहमा परेर सानातीना कुराहरुमा राजासँग नेताहरुले सम्dmौता गरेर आन्दोलनलाइ बिस्तारै निस्तेज पार्ने काम गरेर भने नेपाली जनताको रगत , पसीना फेरी पानीमा बग्ने छ । हरेक समयमा नेपालीहरुको हार हुने छ र पुन आठ दस बर्षपछी हामीले फेरी पारस सँग यसैगरी लड्नु पर्ने छ र त्यस्को आठ दस बर्षछी फेरी पारसको छोरा सँग । अहीले सानातीना प्रलोभनमा फसेर नेताहरुले एउटा सानो गल्ती गरे
भने नेपाली जनताले जीबन भर यस्को भार बोकेर बाँच्नुपर्ने छ । तर्सथ यो आन्दोलनको गतीलाइ यसैगरी बढाउँदै लानुपर्छ , चाहे त्यसकालागी जतीनै ठुलो मुल्य चुकाउनु किन नपरोस । आन्दोलको क्रममा खीचीएका केही फोटाहरुलाइ देवदासले यहाँ भित्र राखेको छ । फोटो हेर्ने भए भित्र जानुहोला (more…)






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here