
पैगम्बर मोमम्मदका कार्टुनहरुलाई लीएर जुन आक्रोस मुस्लीमदेशहरुले शुरु गरेका थिए त्यो अझै सेलाएको छैन । दिन प्रतीदिन यो विषयलाइ लिएर हिंसा बढ्दै गइरहेको छ । सेप्टेम्बर २००५ मा डेनमार्कको एक अखबार युलान्स पोस्टेनले पैगम्बर मोमम्मदको खिल्ली उडाउने गरी कोरीएका बाह्रओटा कार्टुन छापे पछी मुसलमानहरु यस्को बिरोधमा उत्रिएका हुन । तर एक दुइ दिन गर्दा गर्दै यो बिषयले बिश्वमा हंगामा मच्चाउन थाल्यो। यो कार्टुन बनाउदा न त काटुनिस्ट कर्ट वेस्टरगार्ड ले सोचेका थिए, न त प्रकाशन गर्ने पत्रीका युलान्स पोस्टेनका संपादकले नै सोचेका थिए यि कार्टुनका कारण कती हंगामा मच्चिन्छ , कती मान्छे मर्छन र कती देशसँगको सम्बन्धमा समेत असर पर्छ भनेर । जती अभिब्यक्ति स्वतन्त्रताको कुरा गरेपनि लामो समय पश्चात आज अएर उक्त पत्रीकाले माफी मागेको छ । दुवइबाट प्रकाशीत हुने अरविक पत्रीका अशरक अल असावतको मुख्य पृष्टमा ठुला ठुला अक्षरमा उक्त पत्रिकाले माफीमागेको विज्ञप्ती छापेको छ भने आफ्नो वेभसाइटमा पनि अरविक भाषामा उक्त कुरा राखेको छ । इटालीका एक मन्त्री रोबर्तो कैल्देरोलीले कार्टुन छापीएको टिर्सट लगाएको देखेपछी उता लिवियाका मुसलमानहरु आक्रोशीत भए फलस्वरुप इटालीको दुतावासमा आगो लगाउन खोज्दा हिंसा भडकीएर एघार जना व्यक्तीले ज्यान गुमाउनु पर्यो र अन्तत: रोबर्तो कैल्देरोली ले आफ्नो पदबाट समेत राजीनामा दिनुपर्यो । एस विषयमा हिंसा भडकीएपछी अहिले सम्म अफगानीस्तान मा बाह्र , लिवीयामा एघार, पाकिस्तानमा चार जनाको ज्यान गइसकेको छ भने पाकिस्तानमा डेनमार्कको दुतावास बन्द भएको छ, सिरियामा नर्वे र डेनमार्कको दुतावासलाइ जलाइदिएका छन , मुस्लीम देशहरुले डेनमार्कका उत्पादनलाइ प्रतिवन्ध लगाएका छन,पाकिस्तानमा दिनदीनै चलीरहेको हिंसामा मान्छेको ज्यान त गएकै छ त्यसमाथी उनिहरु आफ्नो माग तेर्स्याएर बसेका छन कि जबसम्म उक्त कार्टुन बनाउने मान्छेलाइ कुनै मुस्लीम देशलाइ जिम्मा लगाँइदैन तबसम्म यो आन्दोलन रोकिने छैन भनेर र उक्त मान्छेलाइ जस्ले मार्दछ उस्लाइ दसलाख डलर इनाम दिने घोषण पनि गरेका छन । त्यस्तै भारत उत्तर प्रदेसका हज मन्त्री हाजी याकुल कुरैशीले उक्त मान्छे मार्ने ब्यक्तीलाइ एकाउन्न करोड भारु दिने घोषण गरेका छन र अन्यठाउँमा पनि उक्त मान्छे मार्नेलाइ सुनमा तौलीने कुरा अघिसारेका छन । कार्टुनिस्ट कर्ट वेस्टरगार्डले भने आफुले यि काटुनहरु बनाएकोमा कुनै अफसोच नलागेको बताएका छन तर उनको टाउकाको मुल्य बजारमा तोकेपछी भने हिजोदेखीनै उनि भुमीगत भएका छन ।
पैगम्बर मोहम्मदका बिवादास्पद कार्टुन हेनलाइ यहाँ क्लिक गर्नुस
कार्टुन छाप्ने प्रथम पत्रीका हेन यहाँ क्लिक गर्नुस
विस्तृत समाचारको लागी यहाँ क्लिक गर्नु
हिंसाका केही तस्विरहरु भित्र छन (more…)