.... ....UCC

31,January , 2008

जी शाहको अन्तर-कुन्तरवार्तालाई केलाउँदा

उही कुमार लामा, १७ माघ २०६४

हामी चुप लागेर बसेको पनि शान्ति सम्झौता भएर शान्ति प्रक्रिया सफल पार्न नै हो।
प्रथमः त जी शाहजी, तपाईंको नेपाली नै शुद्ध भएन। म भन्नुस्, हामी हैन। दोस्रो, जी शाह चूप नलागी फत्फताउन थाल्ने हो भने जनआन्दोलन-३ नै शुरू हुन बेर छैन।
मुलुक कुन अवस्थातिर गइरहेको छ, कस्तो दिशातिर डोरिएको छ, किन अस्तव्यस्त भइरहेको छ भन्ने कुरातिर नेपाली जनताले नै बोल्नु र भन्नुपर्‍यो।
पहिला आफैँले जनता मार्ने, अनि आफू सिद्धिने बेलामा चाहिँ जनतासँग गुहार माग्ने? यो त भएन नि शाहजी!
कहिल्यै पनि राजसंस्थाले शक्ति खोजेको छैन।
त्यो त छैन। दाल-भात ज्यूनार गर्ने बेलाँ भटट पारेर सत्ता हत्याएकोमात्रै हो। अनि मन्त्रिपरिषदको अध्यक्ष, अर्थ, संचार आदि इत्यादि मन्त्री बनेकोलाई शक्ति खोजेको भन्न मिल्दैन।
राजसंस्थाको इतिहासमा यस्ता क्षणहरु कति आए-कति गए, नेपाली जनताको चाहनाअनुसार नेपाली राजसंस्था चलेको छ र त्यतैतिर लागेको छ।
नगरकोटमा ११ जना, बेलबारीमा ७ जना, भैरव गण र जंगलतिर त झन् कतिको ज्यान गयो कतिको? ती जनताको ज्यान जनताकै चाहनाअनुसार गएको हो कि? दुई वटा हवाइजहाज लिएर अफ्रिका सफारीमा निस्किएको पनि जनताकै चाहनाअनुसार हो कि? दरबारलाई एघार करोडबाट ६५ करोड रुपैयाँ भत्ता पनि जनताकै चाहनाअनुसार बढाएको हो कि?
मैले सुनेको र ज्ञात नभएको होइन, जनता पनि बोल्न सकेका छैनन्, विभिन्न कारणले।
जनतालाई लाटा ठान्नु भो कि कसो? उनीहरूले सिनु बोक्दा आफ्नै जीउ गन्हाउँछ भन्ने बुझेका छन्।
प्रजातान्त्रिक तौरतरिकाका नाममा बेढंगबाट देशको भौतिक संरचना नास गर्ने कुरा प्रजातान्त्रिक भएन जस्तो लाग्दछ।
के यो शालिकहरू ढालेको प्रसंग हो? जनताले मूर्ति ढाले पनि नेपालभित्रै राखेका छन्, समुद्रपारि लगेर बेचेका छैनन्।
शान्ति होस्, प्रजातन्त्र रहोस्, राष्ट्रियता बलियो बनोस्।
ए हो र भन्या? यस्तो कुरा जी शाहको मुखबाट निस्कँदा कति मानिस हाँसेका होलान् है।
कुन किसिमको राजनीतिक व्यवस्था नेपाली जनताले चाहन्छन्, त्यो नेपाली जनताको चाहनामा हुनुपर्दछ त्यो नेपाल र नेपालीलाई सुहाउँदो होस्।
कस्तो? नेपाली जनता हैन, माटो सुहाउँदो पञ्चायती व्यवस्था जस्तो?
नेपालीको शिर ठाडो पारेर हिँड्ने व्यवस्था होस्।
ठाडै त पारेर हिँडेका छन् नि। कहाँ मुण्टो बटारेर हिँड्या छन् र?
साइलेन्स अल्सो एक्सन।
नारायणहिटीमा जेठ १९ को रात एक्सन चलिरहेको बेला जी शाहजी एयरपोर्टमा साइलेण्ट बस्नुभा थियो रे भनेको सुन्या हो हामीले पनि।
चुप लागेका मात्र छैनौँ। त्यसको धेरै अर्थ छ।
त्यसो भनेर हाम्लाई तर्साउन खोज्या हो जी शाहजीले? अब त तपाईंसँग माइली भाउजू पनि तर्सिन्नन्।
सहरको कुरा गरेर मात्र हुँदैन। डाँडाकाँडामा दुःख पाएर रहेका नेपालीलाई उत्तिकै महत्व दिइनु पर्दछ।
सेनाले चोरी सिकारी गरेको हरिणको सुकुटी टोक्दै ह्विस्कीको नसामा नेपाली जनताको पैसाले इण्टरनेटमा पोकर खेलेर बस्नेले यस्तो कुरा गर्दा जनताले पत्याउलान र भन्या?
राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाहबाट नेपालको एकीकरण गरिबक्स्यो, मौसुफबाट एकीकरण नभएको भए आज हामी कहाँ हुन्थ्यौँ?
हामी चैँ यहीँ हुन्थ्यौं, तपाईं चैँ राजस्थान हो कि कतारतिर हुनुहुन्थ्यौ होला शायद। यो कुरा अलिक हाइपोथेटिकल कुरा भयो।
राष्ट्रनिर्मातालाई बेइज्जत गर्ने कुरा आफूलाई र राष्ट्रलाई बेइज्जत गरेको जस्तो लाग्छ।
हैन शाहजी, पृथ्वीनारायणको मात्रै किन यति रटान् लगाएको तपाईंले? आफ्नो बाउ र बाजेको त कुरै गर्नुहुन्न बा।
राजसंस्थालाई अगाडि बढाउने प्रयासमा नेपाली जनता नै अग्रसर हुनुपर्दछ।
कतातिर अगाडि बढाउने? नक्खुतिर कि भद्रगोलतिर?
हामीले दुई वर्षअगाडि गर्न खोजेको प्रयास पनि २०४७ सालकै नेपाल अधिराज्यको संविधानअनुसार नै जनताको नासो जनतालाई फर्काउने प्रयास प्रजातान्त्रिक तौरतरिकाबाट गरेकै हो।
हो त, २० लाख जनताले नारायणहिटी घेर्ने भएपछि त्यसै त गर्नुपर्‍या थियो।
माओवादीले प्रयोग गरेका उपायहरुबारे खुसी थिएनौँ। त्यसैले हामीले कुनै न कुनै किसिमबाट जनताको माग बमोजिम शान्ति प्रयासमा लागेका हौँ। सफल हुन सकेनौँ। हामीले त्यो मान्नै पर्छ। त्यसको नतिजा अहिले राष्ट्र र जनताले भोगिरहेको जस्तो लाग्छ। हामीले कोसिस गरेको प्रयास ठीकै थियो, कुनै न कुनै रुपले प्रमाणित हुँदै गएको छ कि जस्तो लागेको छ।
यो फेरि हामी-हामी दोहोरियो। नेपाली व्याकरण सिकेर म भन्न सिक्नुस्।
नेपाली जनताले जस्तो चाहना गर्छन्, राजसंस्थालाई त्यतैतिर ढाल्नुपर्दछ र त्यसअनुसार अगाडि बढाउनु पर्दछ।
बल्ल कुरा ठीक गर्नुभो। राजसंस्थाको वास नक्खुको कालकोठरीमा होस् भन्ने जनताको चाहना छ।

13,September , 2006

राजाका लागि जाँचबुझ आयोगको पत्रको खेस्रा

ऋतुराज
“श्री ५ महाराजाधिराजकी जय , प्रभुवर क्षमा रहोस् आयोगलाई त प्रभुसँग बयान लिने पटक्कै सोंच हैन, तर, के गर्नु जति पनि बयान दिनेहरू आए, सबैले माथि माथि’ भन्दै मौसूफको दरवार देखाएपछि एकपटक सस्तो लोकप्रियता कमाउनको लागि राजालाई पनि बयान लिन सकिन्छ’ भनेर प्याच्च मुख खोलिहालियो । अहिले फसाद् पर्‍यो । लोकतन्त्रवादी भनाउँदाहरूले जिब्रो समातीहाले । त्यसैले यहाँ केही प्रश्न लेखी पठाएको छु । जनीगरी आरामसँग उत्तर लेखी पठाइस्सेमा हाम्रो नाक पनि घिरिम्ला जत्रो हुनेथियो र श्री ५ हरूमाथि लोकतन्त्रेहरूले उठाएको औंला पनि लुतुक्कै तल झर्ने थियो । मौसुफकै श्रीबृद्धि हुनेथियो ।
प्रश्नहरू यसप्रकार छनः
-१) मौसूफको शुभनामः
-२) मौसूफको जन्ममितिः -अंग्रेजी तारिखमा पनि)
-३) मौसूफको परिवारको कूलसंख्याः
-४) जन्मस्थानः
-५) हालको बर्साईः -स्थायी, अस्थायी)
-६) शैक्षिक योग्यताः
-७) नागरिकताः,
-८) धर्मः,
-९) लिंग,
-१०) बुबा-आमाको नामः
-११) रक्त ग्रुपः,
-१२) कुनै उपनाम छ भनेः
-१२) राजगद्दी आरोहण गरिबक्सेपछि कुन कुन मुलुक भ्रमण गरिबक्सियो ? कहिले ?
-१३) मौसूफलाई मनपर्ने राजनेता को होला ?
-१४) मौसूफलाई खेल्न मनपर्ने खेल ?
-१५) सबैभन्दा धेरैपटक घुमेको मुलुक ?
-१६) सबैभन्दा धेरैपटक पढेको पुस्तक ?
-१७) सबैभन्दा हर्ेन मनपर्ने खेल ?
-१८) सबैभन्दा मनपर्ने ठाउँ ?
-१९) सबैभन्दा मीठो लाग्ने फलफूल ?
-२०) सबैभन्दा मनपर्ने जनावर ?
-२१) सबैभन्दा उत्तम लाग्ने पहिरन ?
-२२) सबैभन्दा सुन्दर लाग्ने फूल ?
-२३) पंक्षीमा कुन मन पर्छ ?
-२७) सबैभन्दा उत्तम लाग्ने खेलाडि ?
-२८) बासनामध्ये कुन वासना मौसूफलाई प्रिय लाग्छ ?
-२९) जीवनको सम्झनयोग्य सुखद् क्षण ?
-३०) जीवनको सम्झनयोग्य दुःखको क्षण ?
-३१) मौसूफ सरकार १ कथित लोकतन्त्रेहरू सडकमा आउँदा मौसूफलाई पक्कै बेचैनी छायो- त्यतिबेला र अहिलेको स्वास्थ्यमा तुलनात्मक रूपमा केही अन्तर छ कि ?
-३२) मौसूफको गाथमा आराम भएपनि मनमा निश्चित रूपमा बेचैनी छाएको छ भन्ने यो आयोगका पदाधिकारीले महशुस गरेका छौं । यस्तोबेला कुनै प्रश्नहरू सोध्नु नपर्ने हो, तर पनि प्रश्नहरू सोध्ने गरी हामीलाई नेपाल सरकारले जागीर दिएकोले सोध्ने धृष्ठता गरिरहेका छौं । सरकार १ वर्तमान सातदलको सरकारले श्री ५ को जायजेथा खोजी गरी र्सार्वजनिक गर्दैछ । त्यसो गर्नु उचित थियो र ?
-३३) हे गरीवप्रवर १ प्रधानमन्त्री गिरिजाप्रसादज्यूले महाराजलाई सेरेमोनियल किंगको रूपमा रहने गरी राख्न जोडबल गरेको पाइएको छ । सरकार यसमा सन्तुष्ट होइसिन्च र ?
-३४) २ सये ३८ वर्षदेखि मुलुकमा श्री ५ हरूको राज्य चल्दै आएको छ । यो नेपाली जनताले पाएको अहोभाग्य हो । तर, त्यस्तो राजतन्त्रविरूद्ध औंला उठाउँदै गणतन्त्र माग गर्ने माओवादीको बुइ चढ्नु सातदललाई सुहाउने कुरा थियो र ?
-३५) परम्पराबाट जनज्रि्रोमा बस्दै आएको श्री ५ को सरकारलाई हटाएर नेपाल सरकार भनी देशमा झेली पिटाउने काम भइरहेको छ । यसकाविरूद्ध सरकारको किन मौनता ?
-३६) आयोगका पदाधिकारीलाई राम्रोसँग थाहा छ कि आन्दोलनकोबेला मौसूफबाट कुनै प्रकारको दमनकारी निर्ण्र्ाारू भएका हैनन् । तर पनि त्यही कुरा सोध्नका लागि हामीले यो पत्र तयार पारेका छौं । यो हाम्रो धृष्टताको लागि क्षमा चाहन्छौं । ३१ नम्बर देखि पछिल्ला प्रश्नहरू हामीले जनतालाई छक्काउन तयार पारेका हौं । त्यसैले कुनै उत्तर दिनु नपर्ने व्यहोरा विन्ती चढाउँछौं । त्यसभन्दा माथिका प्रश्नका उत्तरहरूमात्र दिइबक्सेमा हुनेछ ।
मौसूफमा यो पनि विन्ती जाहेर गर्न चाहन्छौं कि हामी पनि सेरेमोनियल वा संवैधानिक राजतन्त्रका पक्षपाती हौं । हामीलाई लोकतन्त्रसँग वास्ता रहेपनि गणतन्त्रसँग सक्त नफरत छ । भित्रभित्रै संवैधानिक लोकतन्त्र प्रणालीलाई मजबुत बनाउन क्रियाशील छौं । त्यसैले आयोगलाई अन्यथा नबुझीबक्सन विन्ती गर्दछौं । ०४६ सालमा मल्लिक आयोगको प्रतिवेदन रद्दीको टोकरीमा मिल्किए झैं यो पनि त्यस्तै गरी दराजको कुनै कुनामा थन्कने छ भन्नेमा हामी सबै ढुक्क छौं । जनताको उर्लंदो तोडफोडलाई रोक्नको लागि यो नाटक खेल्नुपरेको कुरा स्वयं प्रधानमन्त्रीबाट पनि जाहेर भएकै छ । नत्र पेट्रोलियम पदार्थको मूल्य बढाउन सोच्ने थिएन । जनताहरू विस्तारै सुस्ताए भने सबै कुरा ठीक हुन्छ भन्ने हाम्रो ठहर छ । मौसुफलाई अवगत नै होला, यो मुलुकमा गणतन्त्र आउने कुनै बाटो छैन । हामीजस्ता महाभक्त हुँदाहुँदैश्री ५ को राजगद्दी दाउँमा पार्न दिनेछैनौं । यसमा मौसुफ ढुक्क भए हुनेछ । श्री ५ का बाहुलीमा राज्यसत्ता चढाउने देउवा, भरतमोहन जीवितै छन् । अहिले संविधान सभा भन्दै माओवादीलाई पनि उछिनेर अघि जानुको अर्थ पनि मौसूफबाट बुझी बक्सेकै होला । माओवादीलाई विस्थापित पार्ने त्यो सबैभन्दा कारगर अस्त्र बन्नेछ । एमालेले त मोर्चा नै गठन गर्दै हिँडेको त्यसैकारणबाट भएको विन्ती विसाउन चाहन्छौं ।
सरकार १ सेनामा पनि सरकारले माओवादीलाई उछिनेर मौसूफका मानिसलाई बढोत्तरी गरिसकेको छ । संवैधानिक निकायहरूमा पनि त्यसैअनुरूप हुनेछ । निलम्वनलाई पनि
पुरानै पदको बराबरी पद खोजेर सम्मानपर्ूवक राख्ने काम भएको छ । यसतर्फकत्ति चिन्ता लिनुपर्ने देखिन्न । हामी आयोगका पदाधिकारीहरू, मौसूफका परमभक्त पनि यो काम सकिएपछि कतै न कतै नियुक्त हुनेछौं । यता सबै फिटफाट हुँदैछ । हामी पुरानै तरिकाले मजबुत हुँदैछौं । त्यसैकारण पनि माओवादीहरू तर्सेर हुन् । उनीहरू विस्तारै ठेगान् लाग्छन् । यही कुरालाई ख्याल गरिबक्सँदै आयोगको इज्जतका खातिर उत्तरहरू दिई पठाइस्सिन विन्ती गर्दछौं । (more…)

11,September , 2006

मधेसीको नागरिकता समस्या र ढल्केबरको घाम तपाई (२)

- महेश्वर श्रेष्ठ
“भो, चाहिंदैन मलाई त्यस्तो आनन्द । त्यस्तो आनन्द गर्ने भाग्य र मौका तपाईंलाई नै जुरिरहोस् ।” अब च्याँठिने पालो उनको थियो र भनिन्, “मानिसहरु गर्मीले प्याक-प्याक पर्न थालिसके । कोही विरामी पर्न थालिसके । भर्खर एघार बज्यो । चार बज्न अझै पाँच घण्टा बाकी छ । कसरि समय काट्ने हो । को को मानिस कति जरुरी कामले कहाँ कति बेला पुग्नु पर्ने होला । कस्तो फन्दामा फसियो बा ….. । कोही केही बोल्ने होइनन् । होइन, तपाईंले त गल्ती गर्ने मान्छे राजा नै किन नहोस्, अगाडि आउने साहस गरे उसलाई पनि हकार्छु भन्ने धक्कु लाउने गर्नु हुन्थ्यो नि । जानुस्, कसैसंग कुरा गरी त हेर्नुस् । केही उपाय त निकाल्नोस् । के लाटाले केरा हेर्या जास्तो हेरिराको ?” (more…)

6,September , 2006

राजा गिरिजा र प्रचण्डसँग सावधान

ऋतुराज
शेरे डडेल्धुरालाई कत्रो आपद् ? राजा, गिरिजा र प्रचण्ड तीनैजनाले उनलाई प्रताडित गरेछन् । राजाले पटक-पटक धोका दिए, गिरिजाले पार्टीबाट निकाले र प्रचण्डले बाटोमा धराप थापे । एउटा मान्छेलाई यहाँभन्दा बढी प्रताडना अरू के हुनसक्छ ? वास्तवमा राजाले धोका दिँदा उनी उतिबेलै सेन्टीफ्लाट हुनुपर्ने हो, गिरिजाले पार्टीबाट घोक्राउँदा उतिबेलै सडकछाप हुनुपर्ने हो र प्रचण्डले बाटोमा धराप थाप्दा उतिबेलै चिलिम्च्वाँट हुनुपर्ने हो । धन्य सबैबाट सकुशल बचेर अहिले राजनीतिको यो कगारमा आइपुगेका छन् । सफलताको जँघार तर्दैछन् । राजतन्त्रात्मक लोकतन्त्रमा हिँड्दैछन् । तर भन्नका लागि लोकतान्त्रिक गणतन्त्र भन्दैछन् । मान्छे भएपछि संर्घष गर्नुपर्छ, मृत्युलाई पनि जितिन्छ भन्थे बुढापाकाले । उनले पनि जित्दै आएका छन् । राजाले र अमेरिकाले साथ दिए फेरि एकपल्ट राजतन्त्रात्मक लोकतन्त्रको नाइकेको रूपमा बस्छन् -बस्छन् । सिंहबहादुरको कुर्चीले उनलाई बोलाएको छ । (more…)

30,August , 2006

एकजना नागरिकको सुझाव

मितिः- २०६३/०५/१४

श्री पेट्रोलियम पदार्थ आपूर्ति, मूल्य तथा बजार व्यवस्थापन समिति
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, सिंहदरबार, काठमाडौं
इमेलः- psp@moics.gov.np

विषयः- सुझाव पठाएको बारे ।

उपरोक्त सम्बन्धमा त्यस समितिले नेपालमा पेट्रोलियम पदार्थ आपूर्ति, मूल्य निर्धारण तथा बजार व्यवस्थापनमा अपनाउनु पर्ने नीति तथा रणनीति बारे सुझाव माग गरी र्सार्वजनिक सूचना प्रकाशित गरेको हुंदा एक जना सचेत एवं जिम्मेवार नागरिकको हैसियतले नेपाली जनताको उच्चतम हितलाई ध्यानमा राखी निम्न सुझावहरु पेश गर्दछु ।त्यस समितिको अधिकार क्षेत्रबारे यस सुझावका प्रेषकलाई विस्तृत जानकारी छैन । समितिले मागेको सुझावमा आयात सम्बन्धी विषय नै नपरेको हुँदा त्यसको अधिकार एवं कार्यक्षेत्र नेपाल भित्री सकेको पेट्रोलियम पदार्थको आन्तरिक आपूर्ति, मूल्य तथा बजार व्यवस्थापन भन्ने मात्र बुझिन्छ । त्यसैले समितिले पेट्रोलियम पदार्थको कारोवार सम्बन्धमा समग्र रुपमा अध्ययन गर्न पाउँछ भन्ने कुरामा नै शंका छ । हुन त नेपालमा पेट्रोलियम पदार्थ आयात गर्ने विषय र अन्तराष्ट्रिय भाउ सम्बन्धमा सरकार वा आयल निगमले फैलाउँदै आएको भ्रम तथा फरेबी कुरा सम्बन्धमा मैले २०६१ सालदेखि संचार माध्यम मार्फ र्सार्वजनिक आवाज उठाउँदै आएको आएको हुँ र त्यस सम्बन्धी पछिल्लो लेख केहि दिन अघि त्यस समितिलाई पनि उपलब्ध गराइसकेकै छु । तर पनि पहिलेका ‘सुझाव समिति’ हरुले जस्तै त्यस समितिले पनि सरकारको बनिबनाउ जनतामारा कुराहरुलाई नै “विस्तृत अध्ययन पछिको प्रतिवेदन” भनी लाचार घोषणा गर्न नपरोस्/नगरोस् भन्ने कामना सहित आफ्ना सुझावहरु पेश गर्दछु । (more…)

23,August , 2006

जनताको प्रचण्ड विरोधका सामु सरकार पराजित

सर्न्दर्भ - पेट्रोलियम पदार्थमा हालै गरिएको मूल्यबृद्धि

जनआन्दोलन-२ को अभूतपूर्व बलमा बनेको ‘लोकतान्त्रिक’ सरकारले २०६३।४।२ गते शुक्रबारदेखि लागु हुने गरी सम्पूर्ण पेट्रोलयिम पदार्थको मूल्यमा भारी बृद्धि गरी नेपाली जनतालाई पहिलो आर्थिक उपहार प्रदान गर्न खोजेको थियो । नयाँ मूल्य अनुसार र्सवसाधारणले प्रयोग गर्ने प्रति लिटर पेट्रोलमा २५.३२% ले मटितेलमा २३.३५% र खाना पकाउने ग्यासमा प्रति सिलिण्डर ११.११% ले मूल्यबृद्धि गरिएको थियो । मूल्यबृद्धि सम्बन्धमा पेट्रोलियम पदार्थको एकलौटी व्यापार गर्ने अधिकार प्राप्त सरकारी व्यापारिक संस्था नेपाल आयल निगमले जारी गरेको विज्ञप्तिमा यस अघि उसले मासिक ८३ करोड रुपिया घाटा खाँदै आएकोमा हालै गरिएको मूल्यबृद्धिले त्यसलाई मासिक २१ करोड ६६ लाखमा झारेको भनेको थियो । अर्थात सरकारले जुन दरमा मूल्यबृद्धि गरेको थियो त्यो कम थियो र उसको घाटा पूर्ति गर्न मात्र पनि उक्त दर भन्दा कम्तीमा २५% बढी दरले मूल्यबृद्धि हुनु पथ्र्यो । उसले सधैं झैं यस पटक पनि मूल्यबृद्धि गर्नु पर्नाको एक मात्र कारण ‘अन्तराष्ट्रिय बजारमै पेट्रोलियम पदार्थको भाउ अत्याधिक बढेकोले..’ भन्ने सदाबहार साविक वाक्याँशलाई अघि सारेको थियो । तर देशव्यापी रुपमा उठेको जनविरोधका सामु उक्त मूल्यबृद्धिको निर्णय टिक्न सकेन र सोमबार नै सरकारले त्यसलाई फिर्ता लिन वाध्य हुनु पर्यो । (more…)

20,August , 2006

लोडसेडिङ अन्त्यका लागि प्राधिकरण विघटन !

बर्षायाममा समेत नेपाल विद्युत् प्राधिकरणले मागअनुसार विद्युत् वितरण गर्न नसकी छिमेकी मुलुकबाट विद्युत् आयात गरी वितरण गर्ने प्रक्रियामा छ । वर्षोनी ६०/७० मेगावाट विद्युत्को माग बढ्दै गएको छ तर विद्युत् उत्पादन गर्र्छौं भन्ने निजी लगानीकर्तासँग प्राधिकरणले पीपीए गरेको छैनर्/गर्न चाहेको छैन । एडीबीले छिमेकी मुलुक भारतमा भन्दा पहिला विद्युत्को क्षेत्रमा नेपालमा हात हालेको/भारतमा अहिले विद्युत् उत्पादन क्षमता ९० हजार मेगावाट पुग्दा जलस्रोतको धनी मानिएको हाम्रो देशको विद्युत् उत्पादन क्षमता बर्षायाममा ६ सय र हिउँद याममा ४ सय मेगावाट छ । तथ्यांकले नै नेपालको निरिहता प्रष्ट्याउँछ । विद्युत् खरिद गर्ने नेपालको एक मात्र संस्था नेपाल विद्युत् प्राधिकरण निजी क्षेत्रले आफूसँग विद्युत् खरिदको सम्झौता मात्र गर्ने गरेको, समयमा विद्युत् उत्पादन गर्नै नसकेको आरोप लगाउँछ । तर, प्राधिकरण आफैंले निर्माण प्रारम्भ गरेको मध्यमर्स्याङ्दी समयमै पूरा गर्न ऊ किन असक्षम भयो - यसको जवाफ ऊसँग छैन । हिंसात्मक द्वन्द्वका कारण प्राधिकरणले समयमै मध्यमर्स्याङ्दी पूरा गर्न नसकेको हो भने द्वन्द्वको मार निजी क्षेत्रलाई चाहिं पर्दैन त - मर्स्याङ्दी नै पूरा भइसक्दा पनि त्यसबाट विद्युत् उत्पादन जम्माजम्मी ७० मेगावाट हुने हो । नेपालमा वर्षोनी ६०/७० मेगावाट विद्युत् माग बढ्दै गएकाले मध्यमर्स्याङ्दी उत्पादन दिंदा पनि लोडसेडिङ हट्ने छैन । नेपालमा उत्पादित विद्युत्मध्ये १ सय पचास मेगावाट विद्युत् भारतलाई दिने सहमति नेपाल-भारतका बीच भएकै अवस्थामा नेपालको लोडसेडिङ हटाउन नेपालले तुरुन्तै भारतसँग घाटा व्यहोर्ने गरी विद्युत् खरिद गर्दैछ । नेपालका लागि योभन्दा लाजमर्दो अरू केही हुनै सक्दैन । (more…)

14,August , 2006

मधेसीको नागरिकता समस्या र ढल्केबरको घाम तपाई -१

- महेश्वर श्रेष्ठ
नेपाल मण्डल फोरमको विशेष कार्यक्रम अर्न्तर्गत झापा जिल्लाको भ्रमण सक्याएर २०६३ साल साउन १७ गते बिहानको बस चढी दमकबाट काठमाडौंका लागि प्रस्थान गरेको यो पंक्तिकार १० बजे धनुषा जिल्लाको ढलकेबर पुग्दा सयौं यात्रुबस र मालबाहक ट्रकहरु सडकमा अलपत्र पडिरहेको देखे पछि कुनै पनि निहुँमा चक्काजाम गर्ने संस्कारका पारखी नेपालीहरुले त्यहाँ पनि चक्काजाम नै गरेका होलान् भन्ने लख काट्न कुनै समस्या परेन । खास कारण बुझदा नागरिकता पाउनबाट बञ्चित मधिसे समुदायका व्यक्तिहरुले आफ्ना माग पूरा गराउन त्यस दिन बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म राजमार्गमा बेञ्ची र ढाट तेर्स्याएर अनि तीन चार सय जनाले धर्ना दिएर साइकल समेत चल्न नदिने जोरदारको चक्काजाम कार्यक्रम राखेका रहेछन् ।ढल्केबर गोलचक्करको दुबै तर्फसयौंको संख्यामा यात्रुबाहक बस र मालबाहक ट्रक रोकिएका थिए । आकाशमा बादलको नामो निसाना थिएन । मध्यान्हको बेला भएर होला बतास पनि टक्क रोकिएको थियो । तर र्सूय भने आफ्नो प्रचण्ड तापलाई निर्वाध प्रवाह गरिरहेका थिए । त्यस माथि राजमार्गको अलकत्रे सतहले र्सूयको तापलाई परावर्तन गरी वातावरणलाई अझ बढी तताउन मद्दत गरिरहेको थियो । तापक्रम सायद ४० ड्रि्री सेल्सियस भन्दा कम थिएन । (more…)

21,July , 2006

संविधानसभाको संरचना कस्तो हुनु पर्छ - (६)

“संविधानसभाको संरचना कस्तो हुनु पर्छ” शीर्षक लेखमालाको पाँचौं किस्ता लेखेको पनि एक महिनाभन्दा बढी भइसकेछ । अस्वस्थताका कारण कलम (अब त कि-बोर्ड भन्नु पर्ला) चलाउन नपाएकोमा आफै दिक्क त भएकै छु, हप्ताको एउटा मात्र लेख पठाउन अनुरोध गरेर बसेका भरखर भरखर प्रकाशित हुन थालेका साप्ताहिक पत्रिकाका उत्साही युवा सम्पादक तथा प्रकाशकहरुलाई निराश पार्न वाध्य हुनु परेकोमा भने सार्है खिन्न भएको छु । यस बीच जनआन्दोलन-२ मा झण्डै दुई दर्जन सपूतहरुले गरेको बलिदान र हजारौं जनताले बगाएको रगतमा टेकेर अनि विद्रोही माओवादीहरुको बुई चढेर काकतालीवस सत्तासीन हुने सौभाग्य पाएका सातदलका नेता-कार्यकर्ताहरु, उनीहरुको संसद र सरकारको बेइमानीपूर्ण कृयाकलापले गर्दा संविधानसभाको कुरा २०१५ सालमा जस्तै फासफुस भएर पो जाने हो कि जस्तो पनि लाग्न थालेको थियो । तर पंक्तिकारको मौनतासंग असन्तुष्ट हुँदै र उसका अघिल्ला लेखहरु बारे पाठकहरुबाट असंख्य प्रतिकृया र लेखलाई टुंगोमा पुर्याउनु पर्ने अनुरोधहरु उसको व्यक्तिगत मेलबक्समै आउन थाले पछि लेखकीय धर्म निभाउन उसले फेरि कि-बोर्ड चलाउने जमर्को गरेको छ । (more…)

20,June , 2006

हण्डी पाउनेहरुको सूचि सार्वजनिक

सूचना विभागमार्फत् सञ्चार मन्त्रालयले एकद्वार विज्ञापन प्रणालीको नाममा बाँडेको रकमको सूचि सूचना तथा सञ्चार मन्त्रालयले मंगलबार सार्वजनिक गरेको छ। सूचिमा १५ सयदेखि एक करोडभन्दा बढी रकम पाउनेहरुसम्मको नाम रहेको छ। यसअघि मन्त्रालयले दशैं खर्चको नाममा बाँडिएको रकम सार्वजनिक गर्दा त्यसले पत्रकारिता क्षेत्रमा ठूलै हंगामा मच्चिएको थियो। त्यसरी रकम लिनेको नाम सार्वजनिक भएपछि कतिपय संस्थाले रकम बुझ्नेहरुलाई निलम्बित गरिसकेको छ भने कतिले राजीनामा दिइसकेका छन्। मंगलबार गोरखापत्रमा सूचना प्रकाशित गरी सार्वजनिक गरिएको सूचि यस प्रकार रहेको छ-
1. गोरखापत्र दैनिकले विभिन्न समयमा एक करोड ४६ लाख ४१ हजार आठ सय ३७ रुपैयाँ,
2. रेडियो नेपाल ३० लाख २५ हजार आठ सय ५३,
3. नेपाल टेलिभिजन ६ लाख ६३ हजार आठ सय ५५,
4. नेपाल समाचारपत्र दैनिक विभिन्न समयमा ५८ लाख ६ हजार एकसय ९९,
5. राजधानी दैनिकले विभिन्न समयमा १५ लाख ७३ हजार एक सय ९२,
6. हिमालय टाइम्सले विभिन्न समयमा १३ लाख ५४ हजार दुई सय ५३ रुपैयाँ
7. ३५ औं शुभजन्मोत्सव मूल समारोह समितिका नाममा पाँच हजार,
8. रौतहट टाइम्स साप्ताहिकले आठ हजार,
9. राजपथ साप्ताहिकले दुई पटकमा ७५ सय,
10. राष्ट्रवाणी साप्ताहिकले पाँचपटकमा गरी ५७ हजार पाँच सय,
11. समता साप्ताहिकले पाँचपटकमा गरी ५१ हजार पाँच सय रुपैयाँ,
12. राष्ट्रिय जनमञ्च साप्ताहिकले छपटकमा ५१ हजार पाँच सय,
13. राष्ट्रियपथ साप्ताहिकले पाँचपटकमा ४२ हजार पाँच सय,
14. रहस्य साप्ताहिकले छपटकमा ५१ हजार पाँच सय
15. स्पटलाइट साप्ताहिकले पाँचपटकमा ५७ हजार पाँच सय,
16. सुनौलो नेपालले एकमुस्ठ १५ सय,
17. सम्पूर्ण समाचारले २ पटकमा सात हजार पाँच सय,
18. साँझको समाचार दैनिकले चारपटकमा ३३ हजार,
19. साप्ताहिक आवाजले छपटकमा ५१ हजार पाँच सय,
20. साप्ताहिक नेपाली आवाजले दुई पटकमा सात हजार पाँच सय,
21. सुनौलो र्स्वर्ग नेपालले तीनपटकमा २९ हजार,
22. सुगन्धले एकमुष्ठ पाँच हजार,
23. रुपरेखा साप्ताहिकले पाँचपटकमा ५७ हजार पाँच सय,
24. श्रमबुलेटिनले एकमुष्ठ १४ हजार,
25. घटनाचक्र साप्ताहिकले पाँचपटकमा ३४ हजार,
26. छलाङ पत्रिकाले १५ सय,
27. छहरा साप्ताहिकले पाँचपटकमा ५० हजार पाँच सय,
28. टेलिग्राफ साप्ताहिकले पाँचपटक गरी ४६ हजार पाँच सय,
29. ठमेल बजारले १५ सय,
30. वाणी पाक्षिकले पाँच हजार,
31. वनिता मासिकले पाँच हजार,
32. बगर मासिकले पाँच हजार,
33. देशप्रेमले पाँचपटकमा ३७ हजार पाँच सय,
34. अपरान्ह दैनिकले दुई पटकमा १५ हजार
35. काठमाडौं टुडेले १० हजार रुपैयाँ
36. अर्पण साप्ताहिकले पाँचपटकमा ४० हजार पाँच सय,
37. अस्तित्व साप्ताहिकले एकमुष्ठ १४ हजार,
38. मधेशवाणी पाक्षिकले पाँच हजार,
39. मार्गदर्शन मासिक दुई पटक ३० हजार
40. ,मध्यान्ह दैनिकले चारपटकमा २४ हजार पाँच सय,
41. भूमिका साप्ताहिकले पाँचपटकमा २५ हजार पाँच सय,
42. नेपालभूमि साप्ताहिकले छपटकमा ४१ हजार पाँच सय,
43. नेपाल न्युज साप्ताहिकले पाँचपटकमा ३७ हजार पाँच सय,
44. नेपालीपत्र साप्ताहिकले चारपटकमा २७ हजार पाँच सय,
45. नेसनल न्यूज साप्ताहिकले छपटकमा ५१ हजार पाँच सय,
46. नवस्वतन्त्रता साप्ताहिकले पाँचपटकमा ३९ हजार
47. नव जनप्रहार साप्ताहिकले एकमुष्ठ १० हजार,
48. नवप्रतिपक्ष साप्ताहिकले तीनपटकमा ३२ हजार पाँच सय,
49. नवशक्ति साप्ताहिकले तीनपटकमा १८ हजार,
50. नवरस साप्ताहिकले छपटकमा ५० हजार पाँच सय,
51. नयाँ रुपरेखाले एकमुष्ठ ८ हजार,
52. नयाँकिरण साप्ताहिकले पाँचपटकमा ४६ हजार पाँच सय,
53. नयाँ करेन्ट साप्ताहिकले छपटकमा ५७ हजार पाँच सय,
54. जानकारी साप्ताहिक छपटकमा ६१ हजार पाँच सय,
55. जनर्समर्थन साप्ताहिकले एकमुष्ठ १५ सय,
56. जनसत्ता साप्ताहिकले तीनपटकमा ३४ हजार,
57. चण्डेश्वरी प्रकाशनले दुई पटकमा ७५ सय,
58. जनभावना साप्ताहिकले पाँचपटकमा ५२ हजार पाँच सय,
59. जनधारणा साप्ताहिकले छपटकमा ६२ हजार पाँच सय,
60. प्रवर्द्धन साप्ताहिकले तीनपटकमा १८ हजार,
61. प्रतिस्पर्धा साप्ताहिकले पाँचपटकमा ४६ हजार पाँच सय
62. प्रतिपत्र साप्ताहिकले चारपटकमा ३५ हजार,
63. पुनर्जागरणले पाँचपटकमा ५१ हजार पाँच सय,
64. फूलबारी साप्ताहिकले तीनपटकमा १८ हजार,
65. दिव्यदर्शन साप्ताहिकले छपटकमा ५७ हजार पाँच सय,
66. दिव्यचक्षु साप्ताहिकले पाँचपटकमा ३९ हजार पाँच सय,
67. निस्पक्ष साप्ताहिकले छपटकमा ५१ हजार पाँच सय,
68. विक्ली मिररले एकमुस्ट १० हजार,
69. विश्वआवाज साप्ताहिकले पाँचपटकमा ४१ हजार पाँच सय,
70. विश्वदीप साप्ताहिकले तीनपटकमा नौ हजार,
71. पिपुल्स रिभ्यु साप्ताहिकले सातपटकमा ६७ हजार पाँच सय,
72. चित्रण साप्ताहिकले पाँचपटकमा २५ हजार पाँचसय,
73. हिन्दु साप्ताहिकले पाँचपटकमा ५१ हजार पाँच सय,
74. इन्द्रेणी साप्ताहिकले एकमुष्ठ १४ हजार,
75. युगसंवाद साप्ताहिकले छपटकमा ५७ हजार पाँच सय,
76. युगआस्था मासिकले एकमुष्ठ २० हजार,
77. क्रसचेकले एकमुष्ठ पाँच हजार,
78. अजेन्डा साप्ताहिकले एकमुष्ठ १४ हजार,
79. चम्पकले एकमुष्ठ पाँच हजार,
80. चर्चा साप्ताहिकले छपटकमा ५७ हजार पाँच सय,
81. कान्तिपुर टुडेले तीनपटकमा १० हजार,
82. कान्तिपुर डायरीले चारपटकमा १२ हजार पाँच सय,
83. तलास साप्ताहिकले दुई पटकमा ७५ सय,
84. गोलमेच साप्ताहिकले पाँचपटकमा २६ हजार पाँच सय,
85. गोरखाएक्सप्रेसले चारपटकमा ५५ हजार,
86. खानतलास साप्ताहिकले छपटकमा ४९ हजार,
87. धरहरा टाइम्सले पाँचपटकमा ५१ हजार पाँच सय,
88. शब्दसंयोजनले एकमुष्ठ ५ हजार,
89. शक्ति -निजामति कर्मचारी) संघले १० हजार लिएका छन् ।
कूल बाँडिएको रकम दुई करोड ९४ लाख ५९ हजार दुई सय ९१ रुपैयाँ ३८ पैसा
स्रोत:परेवा डट कम

नयाँ मुलुक बनाउने चाहना

नेत्र पन्थी/कपिलबस्तु
करिब पचास जनाको समूहमा प्रायः सबैको करिब एउटै उमेर छ । सबैको एउटै पोशाक छ । बोलीचाली, भाषा र खानपिन त झनै एउटै छ । महिला र पुरुषको संख्या बराबरी देखिन्थ्यो । तर त्यस समूहमा सहभागी महिलाहरु आम नेपाली महिलाभन्दा फरक देखिन्थे । त्यो समूहमा सहभागी महिला देख्दा लाग्दथ्यो मुलुक बदल्ने जिम्मा यिनैको काँधमा छ । यो दृष्य गत जेठको अन्तिमसाता पश्चिम दाङको बाघमारे गाउँमा देखिएको थियो । बाघमारे घोराही बजारबाट करिब चालीस किलोमिटर पश्चिम पर्दछ । जुन ठाउँमा नेपाल सरकारको नामोनिसान भेटिँदैन अहिले । सरकार र ब्रि्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बीच युद्धबिराम भएको करिब एक महिनापछि जनसेनाको एउटा टोली यहाँ देखिएको थियो । जुन सेनालाई माओवादीले पश्चिम सैन्य कमाण्ड, पाँचौ डभिजन, दीघस्मृति ब्रि्रेडको पाँचौ बटालियन भनेर परिभाषित गरेको छ । एक बटालियन अर्न्तर्गत माओवादी जनसेनामा २०० देखि २५० सम्म छापामार रहने गरेका छन् । (more…)

19,June , 2006

संविधानसभाको संरचना कस्तो हुनु पर्छ _५

-दलितहरु बारे
संविधानसभामा प्रतिनिधित्व गर्ने सवालमा ३० लाखभन्दा बढी संख्यामा रहेका दलितहरुको प्रतिनिधित्व बारे नसोचिएमा ठूलो भूल हुनेछ । दलितहरु पनि पहाडिया र तर्राईवासी गरी दुई थरी छन् । पहाडिया दलितहरुको जनसंख्या १६१५५३७ छ भने तर्राईवासी दलितहरुको संख्या १४०५८४९ छ । यी दलितहरुमा पनि कतिपय जातजातिहरु छन् । पहाडिया दलितहरुमा कामी, दमाई, सार्की, गाइने र बादी जातका छन् । उनीहरुको जनसंख्या क्रमसः ८९५९५४, ३९०३०५, ३१८९८९, ५८८७ र ४४४२ छ । तर्राईका दलितहरुमा पनि १७ जात पाइएको छ जसमध्ये चमार ९हरिजन, राम०-२६९६६१, मुसहर-१७२४३४, दुसाध ९पासवान०-१५८५२५, धोबी-७३४१३, खत्वे-७४९७२, तात्मा- ७६५१२, सतार ९संथाल०-४२६९८, झाँगड ९धाँगड०-४१७६४, बाँतर-३५८३९, कहार-३४५३१, माली-११३९०, डोम-८९३१, हलखोर-३६२१, पत्थरकट्टा ९कुशवाडिया०-५२२, राज्यले दलित भनी परिभाष्ति नभएका अन्य सम्भावित दलितहरुमा सोनार-१४५०८८, लोहार-८२६३७ र जात नखुलेका अन्य दलितहरु १७३४०१ संख्यामा पाइएका छन् । ९यी जातजातिहरुलाई दलित भन्ने परिभाषा श्री हीरा विश्वकर्माको दलितहरु को हुन र उनीहरुको पहिचान के हो शीर्षक कार्यपत्रबाट साभार गरिएको हो ।०

जातिय, भाषिक, साँस्कृतिक एवं भोगोलिक भिन्नताका कारण पहाड र तर्राईका दलितहरु बीचको सहकार्य तत्काल सम्भव देखिन्न । तर्सथ उनीहरुले स्पष्ट रुपमा पहाडे र तर्राई दलितको रुपमा अलग अलग सहकार्य गर्दा नै उचित हुने देखिन्छ । पहाडे दलितमा कामी, दमाई र सार्कीहरुले आआफ्नो प्रतिनिधि उठाउन सक्ने संख्यामा छन् । तर गाइने र बादीको संख्या अति कम भएकोले कामी, दमाई र सार्की मध्ये भावनात्मक रुपले नजिक जातका दलितसंग सहकार्य गर्दा बेस हुन्छ । तर्राईका दलितहरुमा कोही छूत जातजातिका छन्, कोही अछूत जातजातिका छन् । हुन त छुवाछूतको कुप्रथालाई कानूनत ४२ वर्षअघि नै अन्त्य गरिसकिएको हो र हालै मात्र पनि नेपाललाई छूवाछूत रहित मुलुक घोषणा गरिएको छ । तर कानून बनाउँदैमा वा घोषणा गर्दैमा व्यवहारमा यो कुप्रथा एकै पटक उन्मूलन हुने होइन । यसलाई त दर्ीघकालीन साँस्कृतिक क्रान्तिले मात्र समाधान गर्न सक्छ । छुवाछूतको सवालमा तर्राईवासीहरु अझ बढी कट्टर देखिएको सर्न्दर्भमा तर्राईका दलितहरुले पनि छूत र अछूत समूह बनाई सहकार्य गरेमा बढीया हुने देखिन्छ । आफै संगठित हुन नसकिरहेका तर्राईका यी दलितहरुलाई गोलबन्द गरी सहकार्य गर्ने गराउने काम भने एउटा कठीन चुनौति नै हो । यसका लागि सम्बन्धित दलितहरु बीच सिघ्रातिशिघ्र सर्म्पर्क, सम्बन्ध, अन्तरकृया, समझदारी को गृहकार्य हुनु जरुरी छ ।

मधिसेहरु बारे
मधिसे भन्नाले तर्राई मूलका सबै जातजातिका मानिसहरु पर्छन् । नेपालको पूरा जनसंख्याबाट पहाडे जातजाति, पहाडे दलित, मधेसका जनजाति, मधिसे दलितहरु र जातजाति नखुलेकाको जनसंख्या घटाउँदा बाकी मधिसे जातजातिको संख्या ३३०८०१८ हुन आउँछ । त्यसमा यादव-८९५४२३, तेली-३०४५३६, कोइरी-२५१२७४, कर्ुर्मी-२१२८४२, संन्यासी-१९९१२७, केवट-१३६९५३, तर्राई ब्राम्हण-१३४४९६, बानिया-१२६९७१, मल्लाह-११५९८६, कलवार-११५६०६, हजाम ९ठाकुर०-९८१६९, कानु-९५८२६, सुढी-८९८४६, नुनिया-६६८७३, कुम्हार-५४४१३, हलवाई-५०५८३, राजपूत-४८४५४, कायस्थ-४६०७१, बर्ढइ-४५९७५, मारवाडी-४३९७१, बर्रइ-३५४३४, लोधा-२४७३८, राजभर-२४२६३, बिण्डा-१८७२०, भेडियार ९गडेरी०-१७७२९, नुराङ-१७५२२, चिडीमार-१२२९६, बंगाली-९८६०, कमार-८७६१, पंजावी-३०५४, धुनियाँ-१२३१, जैन-१०१५ रहेका छन् । यिनीहरुमा पनि १ लाख जनसंख्या नपुगेकाहरुले आपसी सहकार्य गरी साझा प्रतिनिधि चयन गर्नु पर्ने अनिवार्य छ ।

मुसलमान बारे
हुन त मुसलमानहरु धार्मिक समुह नै हुन् । ९७१०५६ संख्यामा रहेका मुसलमानहरुमा विविध जातजातिका मानिसहरु नभएका होइनन् । तर अन्य धर्मका मानिसहरु जस्तै मुसलमानहरु आआफ्नो पहिचान सहित अन्य धर्मावलम्वीहरुसंग नबस्ने प्रकृतिको भएको हुँदा २०५८ सालको राष्ट्रिय जनगणनामा मुसलमानहरुलाई एउटा जात वा जातिकै रुपमा लिइएको हुन सक्छ । संविधानसभाको निर्वाचनमा यिनीहरुलाई धार्मिक रूपमा नभई जातिगत रुपमै उठाउन पर्ने देखिन्छ ।

महिला बारे
महिला भनेको मानव समाजको आधा हिस्सा हो । जनआन्दोलन-२ ले स्थापित गरेको वर्तमान संसदले राज्य व्यवस्थामा महिलाहरुका लागि ३३ प्रतिशत सहभागिता वा प्रतिनिधित्वको संकल्प प्रस्ताव पारित गरेको छ । यस प्रस्तावले महिलाहरुको समानताको हकलाई अझै पूर्ण रुपले स्वीकार्न सकेको छैन । आधा आकाश ढाक्ने महिलाहरुलाई ३३ प्रतिशत मात्र किन रु आधै हिस्सा दिनु पर्छ । त्यसैले संविधानसभामा महिलाहरुको ५० प्रतिशत नै प्रतिनिधित्व हुनु पर्दछ । सबै जात, जाति, दलित, मधिसे र मुसलमानले प्रतिनिधि उठाउँदा आधा पुरुष आधा महिला उठाउनु पर्छ । क्रमसः
२००६ जुन १९
- महेश्वर श्रेष्ठ

17,June , 2006

संविधानसभाको संरचना कस्तो हुनु पर्छ (४)

अस्तित्वको समानता र सांख्यीक समानुपातिकता

अस्तित्वको सवालमा संख्या र आकारको अर्थ रहँदैन । ३०-३५ हजार जनसंख्या भएको मुलुक माल्दिभ्स र सवा अरबभन्दा बढी जनसंख्या भएको चीन अस्त्िवका हिसाबले समान छन् । आकारको हिसाबले माल्दिभ्स र रुसबीच अथवा एउटा कमिला र हात्तिबीच तुलना गर्नु हास्यास्पद काम होला तर अस्तित्वका हिसाबले माल्दिभ्स र रुस अथवा कमिला र हात्ति पनि समान छन् । यही कुरा नेपालका सबै जातजातिको सम्बन्धमा पनि लागु हुन्छ । तर्सथ यहि अवधारणामा आधारित भएर यो पंक्तिकार नेपालको राज्यव्यवस्थाका सबै अंगहरुमा सबै जातजातिको समान पहुँच हुनु पर्छ अथवा सबै जातजातिको समान अस्तित्वलाई स्वीकार गरिनु पर्छ भन्ने मान्यता राख्दछ ।साना र ठूला, बहुसंख्यक र अल्पसंख्यकको समान अस्तित्वको कुरा भनेको आधारभूत समानताको कुरा हो । त्यसको अर्को पाटो अथवा उनीहरुको संख्यालाई बिर्सिएमा वा महत्व नदिएमा समान अस्तित्वको अवधारणा स्वयम् लंगडो, अव्यावहारिक, अस्वीकार्य र असफल हुनेछ । किनकि निरपेक्ष समानता व्यवहार लागु हुनै सक्तैन । (more…)

13,June , 2006

पत्रकार जगतमा आएको यो भूकम्प …

आजले ठ्याक्कै दुई हप्ता भयो ढाडको समस्याले यो पंक्तिकार आछ्यान परेको । वर्तमान नेपालको अत्यन्त तरल राजनीतिक स्थिति र नेपाली जनताको भविष्य बारे चासो र चिन्ता राख्ने, विविध प्रकारका मानिसहरुसंग भेटघाट र गफसफ गर्नु पर्ने यो मान्छेलाई घरको बिछौनामा कुञ्जिएर बस्नु जस्तो उराठ लाग्दो काम के हुन सक्ला - एफएम सुनेर र पत्रिकाहरु पढेर दिक्दार भएको बेला समवेत विचारका शुभचिन्तक तथा इष्टमित्रहरु फोन गर्छन् । सहानुभूति व्यक्त गर्छन् । सिघ्र स्वास्थ्य लाभको कामना गर्छन् । कतिपय अत्यन्त नजिकका साथीहरु घरमै आउँछन् । सुती सुती खाने भाग्य जुरेछ भनी ठट्टा गर्छन् । शरीरमा पीडा भए पनि साथीहरुको त्यस व्यंगलाई मप्रति उनीहरुको आत्मीयताको प्रदर्शन हो भन्ने बुझेर ुहो त नि । मेरो अलिकति भाग्य तिमीहरुलाई पनि बाँडेर दिउँ कि - भनी प्रतिव्यंग गर्छु । अरु दिन जस्तै हिजो बिहान पनि एफएम रेडियोबाट विभिन्न समाचारपत्रहरुबाट उधृत गरेर दिइने ुसमाचार सारु सुन्दै थिएं । त्यसै क्रममा नेपाल समाचारपत्रको हवाला दिंदै शान्तिका लागि प्रचार प्रसार गरी योगदान पुर्‍याए वापत विगतको निरंकुस शाही सरकारबाट आर्थिक लाभ गर्ने कान्तिपुर र अन्नपूर्ण पोष्ट लगायतका गरी ८४ पत्रकारहरुको पर्दाफास शीर्षक समाचार सुन्दा मन असाध्य अमिलो भयो । कान्तिपुर दैनिकको त म वाषिर्क ग्राहक नै हुँ । तर उक्त समाचार सारमा कान्तिपुरकै पत्रकारहरुलाई समेत मुछिएको हुँदा त्यसमा निरंकुस शाही सरकारको हण्डी खाने पत्रकारहरुको नाम छापिन्न कि भन्ने आशंकाले छोरालाई नेपाल समाचापत्र किनेर ल्याउन दौडाएँ । फर्केर आउँदा छोराले दुबै पत्रिका एकै साथ ल्याइदियो । आरोपित पत्रकारहरुको नामावली थाहा पाउन आतुर हुँदै पत्रिका पल्टाएर पढ्न थाल्दा छाँगोबाट खसे झैं भयो । बुझिलिएको रकम कलम हेर्दा २ हजारदेखि १० लाख रुपियासम्म लिनेको नाम छापिएको छ । अविश्वासले केही क्षण त मेरा दुबै आँखा विस्फारित रहे । (more…)

1,June , 2006

सर्न्दर्भः राजधानीमा सशस्त्र डकैतिको श्रृंखला

राजधानी काठमाडौंमा सशस्त्र डकैती श्रृंखला डरलाग्दो किसिमले बढिरहेको छ । जेठ १४ गते आइतबार दिउँसो नेपाल बैंक लिमिटेडको क्षेत्रपाटी शाखाबाट पाँच जनाको सशस्त्र डाँका समूहले करीब ११ लाख रुपिया लुटे । जेठ १५ गते सोमबार राती शान्तिनगरका डिम पासाङ शेर्पाको घरबाट आठ जनाको सशस्त्र डाँका समूहले परिवारलाई नियन्त्रणमा लिई झण्डै २५ लाख रुपियाँ बराबरको धनमाल लुटे । त्यहि रात ललितपुर भैंसेपाटी स्थित शैलेश प्रधानको घरमा चारजनाको डाँका समूहले परिवारलाई नियन्त्रणमा लिई नगद र गहना सहित डेढ लाख रुपियाँको धनमाल लुटे । जेठ १७ गते बुधबार दिनको ११ बजे माइक्रोबस र ट्याक्सीमा आएको १६ जनाको सशस्त्र डाँका समूहले बौद्ध स्थित नेबिल बैंकको शाखामा गरेको असफल डकैती प्रयासमा सुरक्षागार्ड प्रेम तामाङ र तेजबहादुर थापा डाँकाहरुको गोली प्रहारबाट मृत्युस प्रहरी र डाँका बीच दोहोरो गोली हानाहानमा डाँका दलका सदस्य र (more…)

शाहीश्रीपेच धुलोमा खसेको गौरवशाली क्षण

२०६३ जेठ १७
बडेबडे पहाडहरू पनि जनताका खुन पसिनाले धुलीधुसर हुन्छन् भन्ने चेत ज्ञानेन्द्रको धुन्धुकारी मथिङ्गलमा घुसेन सायद । राजा भनेको तिनै जनताको खुनपसिनाका पाइपाइमा बाँचिरहेको संस्था हो भन्ने ज्ञानेन्द्रको खोपडीमा सुझेन सायद । जब सिङ्गो देश हतभागी वीरेन्द्रको अकल्पनीय अवसानमा स्तब्ध थियो नासलचोक दरबारमा भाइराजा ज्ञानेन्द्रको अनुहार मुस्कानले लतपत थियो । बन्दबेपारले चलिरहेको सान श्रीपेचप्राप्तिको महङ्खवाकांक्षाले शाहीदरबार रक्तआहालमा डुबाएर महाराज हुनुको आनन्दातिरेकमा ज्ञानेन्द्रको जब बग्गी चल्यो बुज्रुगहरू भन्ने गर्थे- यो अशिष्ट मुस्कान स्थिरता र कल्याणका लागि किमार्थ होइन, बरू अलच्छिनको उद्घोष हो । पाच वर्षनपुग्दै अनुभव गरिरहेछौं- बुज्रुगहरू जे भन्छन् सोचेर र सम्झेर भन्दा रहेछन् । इतिहासले पनि पुष्टि गरिदिएको छ- बन्दुकप्रायोजित रक्तआहालमा फक्रेको सत्ता दीघजीवनका लागि नहुदो रहेछ । ज्ञानेन्द्रलाई लाग्थ्यो- स्वर्गीय पिताश्री महेन्द्रका कृत्य र्सार्वकालिक छन् र महेन्द्रपथ नै यस राज्यका रैतीको ढाड खुस्काउने अचूक अस्त्र हो । जनताको दर्ुदशा टुलुटुलु नहेर्ने, सुन्ने मात्र होइन आखाले पनि हेर्ने राजा हुँ भन्ने अभिमानी जोकको पहिरो चलाए इतिहासका यी खल महाराजले । (more…)

30,May , 2006

संविधानसभाको संरचना कस्तो हुनु पर्छ ? (३)

जातीय समानुपातिक प्रतिनिधित्व किन ?

नेपाल एकै पटक दुई प्रमुख समस्याबाट आक्रान्त छ । एउटा समस्या हो जातिय विभेदको समस्या र अर्को हो वर्गीय शोषणको समस्या । २३७ वर्षदेखि नेपालको शासनसत्तामा एउटा जाति विशेषको हालीमुहाली रहँदै आएको छ भने एउटै जाति भित्र पनि एउटा वर्गले अर्को वर्गलाई शोषण गर्ने परिपाटी पनि कायमै छ । कुनै पनि बहुजातिय मुलुकमा जातिय विभेदको समस्या जातिय विभेदको सवालमा मात्र सिमित रहँदैन । त्यो समस्या अन्ततः र अनिवार्यरुपमा वर्गीय शोषणको रुपमा प्रकट हुन्छ । कुनै पनि वर्गीय शोषणको समस्या सम्पूर्ण मानव जातिको समस्या हो । मानव समाजमा वर्गहरु रहुञ्जेल यो समस्या रहिरहनेछ । समाजवादी समाजमा समेत वर्ग विभेद र वर्ग संघर्ष कायमै रहन्छ भन्ने कुरा त वर्ग संघर्ष सिद्धान्तका हिमायतीहरुले पनि मानिआएकै कुरा हो । त्यसैले वर्ग विभेदको समस्यालाई दीर्घकालीन वर्ग संघर्षले मात्र समाधान गर्न सक्छ । तर जातिय विभेदको समस्या समाधान गर्न वर्ग संघर्षलाई पर्खिरहन पर्दैन । युरोपको अति विकसित मुलुक स्विट्जरल्याण्ड र अफ्रिकाको विकासोन्मुख मुलुक दक्षिण अफ्रिकामा गरिएका जातिय विभेदको समस्या समाधानलाई ताजा उदाहरणको रुपमा लिन सकिन्छ । (more…)

27,May , 2006

डबलरोलका कृष्णजीले ‘वार्ता–महाभारत’ कसरी टुङग्याउलान्?

सफल भएछ भने, १० वर्षलामो रक्तपिपासु र सकसपूर्ण युद्धको टुङ्गो लाग्ने भएकोले १२ जेठमा शुरु भएको सरकार–माओवादी वार्तालाई ‘नेपाली महाभारत’ भन्दा फरक नपर्ला। संयोगवश द्वापरयुगमा झैं १२ बुँदे सहमतिको निम्ति शान्तिदूतको गहन भूमिका निर्वाह गरेका कृष्णद्धय अर्थात कृष्ण सिटौला र कृष्णबहादुर महराले सरकार र माओवादी बिचको प्रारम्भिक वार्ताको नेतृत्व गरेका छन्। महरा माओवादी सुप्रिम कमाण्डर प्रचण्डका अति विश्वास पात्र हुन्, सिटौला सातदल र हालै सम्पन्न जनआन्दोलनका एक वरिष्ठ कमाण्डर गिरिजाप्रसाद कोइरालाको ‘क्लोज–क्याम्प’ का सदस्य। जिम्मेवारी भने महरा भन्दा सिटौलाकै बढी छ। उनको निम्ति वार्ता युद्धको चिसोले कठाङग्रिएको नावालकको कलिलो शरीरमा काँढैकाँढा रोपिएको ‘शान्ति कोट’ पहिराउनु सरह हुनेछ। एकातिर माओवादीका विषालु नङग्राले कोतरेर खाटा बसिनसकेका जनताको जीउभरीका घाउमा मलम (more…)

24,May , 2006

राजालाई एक विगाहा जमीन पनि दिनुहुन्न

नेपाली कांग्रेस प्रजातान्त्रिकका सभापति शेरबहादुर देउवाले राजालाई कम्ब्याट पोशाकमा देख्न चाहेको अभिमत सातदलको बैठकमा जाहेर गरेपछि त्यसको विरोधमा सडक तात्यो । चारथान गाडी जले । सडकमा आफूविरूद्धको आक्रोश देखेपछि उनी पनि गले । मैले राजालाई सेनाप्रमुख -परमाधिपति)को रूपमा देख्न चाहेकै हैन, राजा राख्नुहुन्न भन्ने मान्छे मै हुँ । मैले भनेकै हैन, मेरो र मेरो पार्टर्ीीे कारणले प्रतिनिधिसभाको काम अवरूद्ध भएको हैनभन्दै रूञ्चे मुख लगाए । राजाबाट सबैभन्दा बढी पीडित आफू भएको र राजा राख्नुहुन्न भनेर भन्ने मान्छे मै हुँ, आन्दोलनको सबै कार्यक्रममा सक्रियतापर्ूवक भाग लिने मान्छे मै हुँ भन्दै दावी पनि गरे । त्यसो भए झनै अचम्म भयो । उनले भनेकै हैनन् भने यो कुरा कसरी सडकमा आयो । भन्दै नभनेको कुरा कसले सडकमा पोख्यो त १ यहाँ पनि शेरबहादुर देउवाले ढाँटेका छन् । किनभने यति गंभीर विषयमा भन्दै नभनेको कुरा कसैले मनगढन्ते ढंगले उनको नाममा भन्न मिल्दैन । उनको नाम मुछ्न मिल्दैन । उनले भनेकै हुन् । कसरी अभिव्यक्त गरे त्यो आफ्नो ठाउँमा छ । बाहिर र्सार्वजनिक गर्नेले कति थप-घट गर्‍यो त्यो पनि आफ्नो ठाउँमा छ, तर मुखबाट यस्तो कुरा नचुहिकन अरूले भन्न मिल्दैन । तर उनले र्सार्वजनिक रूपमा आफूले त्यस्तो कुरा भन्दै नभनेको भनेर चोखिने प्रयास गरे । जनतालाई ढाँटे । बरू उनले भन्न सक्नुपथ्र्यो कि मैले यस्तो प्रस्ताव राखें, त्यसरी प्रस्ताव राख्नु गल्ती थियो । क्षमा माग्छु भनेको भए उनमा इमान्दारिता झल्किन्थ्यो ।मान्छे हो, गल्ती बोल्छ आफ्नो विचार राख्छ । (more…)

20,May , 2006

जनआन्दोलनका शहीद परिवार र घाइतेहरु

निरङकुश राजतन्त्रको अन्त्य र लोकतन्त्रको पुनर्वहालीको माग गर्दै सात राजनीतिक दलहरुको अहृवानमा २०६२ चैत्र २४ देखि देश व्यापीरुपमा सुरु भएको शान्तिपूर्ण आन्दोलन नव बर्ष २०६३ वैशाख ११ गतेको राजाको दोश्र्रो शाही घोषणा पस्चात समाप्त भयो । आन्दोलनका दौरान राजधानी लगायत देशका विभिन्न शहरहरुमा निरङकुश सरकारद्घारा लगाइएको कर्फुको अवज्ञा गर्दै विभिन्न पेसाकर्मी, शिक्षक,मजदुर,गृहणी लगायत सम्पूर्ण जागरुक तथा साहसी जनताहरु स्वस्फुर्त सडकमा उर्लिए । सात दल र नेकपा माओवादीको बाह्रवुँदे समझदारी अनुरुप यस लोकतान्त्रिक आन्दोलनमा माओवादीको पनि नैतिक र्समर्थन थियो । यसरी अनपेक्षति रुपमा उर्लिएको जनलहर र नारावाजी र जुलुस देखेपछि आफ्नो हतास मनस्थितिका कारण निरङकुश सरकारले आन्दोलन निस्तेज पार्नको लागि शान्तिपूर्ण आन्दोलनकारीहरु माथि निर्ममता पुवक दमन गर्न केही कसर छोडेन । जनताले तिरेका करवाट पालिएका सेना तथा अन्य सुरक्षा कर्मीहरुलाइ उल्टै जनताविरुद्घ परिचालन गरियो र निहत्थ जनतामाथि लाठी, आश्रुग्यास र गोलीको भरपुर वर्षराारियो । (more…)

संविधानसभाको संरचना कस्तो हुनु पर्छ - २

संविधानसभाको संरचना कस्तो हुनु पर्छ - (१)
नेसं ११२६ बछलागा ५, विसं २०६३ जेष्ठ ४ गते र इसं २००६ मई १८ तारिख नेपालको इतिहासमा स्वर्णाक्षरले लेख्न योग्य दिन हो जुन दिन जनआन्दोलनको शक्तिले पुनःस्थापित प्रतिनिधिसभाले एउटा अभूतपूर्व घोषणाद्वारा यस अघि राजामा रहने गरेको प्रायः सम्पूर्ण निरंकुस अधिकार कटौती गरी संसदलाई र्सार्वभौम विधायिका हुने व्यवस्था गरेको छ र यसलाई संविधानसभा मार्फ संस्थागत गर्ने कुरालाई पुनर्पुष्टि गरेको छ । ऐतिहासिक संयुक्त जनआन्दोलन २०६२र२०६३ मा जस-जसले जुन-जुन ठाउँबाट जेजस्तो भूमिका खेलेको र योगदान पुर्‍याएको भए पनि यो घोषणा २३७ वर्षेखि अति केन्द्रीकृत सामन्ती राज्य व्यवस्था र त्यसलाई नेतृत्व गर्ने निरंकुस तथा दमनकारी राजतन्त्रमाथि सम्पूर्ण शोषित-उत्पीडित नेपाली जनताको विजयको अभिव्यक्ति हो । आँशिक विजय नै किन नहोस्, नेपाली जनताको खुसियालीमा यो पंक्तिकार आफ्नो खुसि पनि थप्न चाहन्छ र आसन्न संविधानसभाको संरचना सम्बन्धि लेखलाई अगाडि बढाउन चाहन्छ ।

संविधानसभाको संरचना (more…)

14,May , 2006

चैतमा काटिएका चेकहरू के होलान् ?

केदार सुवेदी
यसपटकको जनआन्दोलन दबाउन आर्थिक दुरूपयोग व्यापक रूपमा भयो । अर्थमन्त्रीले तयार पारेको स्वेतपत्रले पनि त्यही देखाउूछ । आर्थिक रूपमा सम्भवतः यसपटक जति देश टाटपल्टने स्थिति कहिल्यै आएको थिएन । त्यसकारण पनि यसपटक जनआन्दोलनमा जनधनको क्षति मात्र होइन, राष्ट्रले व्यहोर्नुपरेको यो पक्ष पनि हेर्नुपर्ने अवस्था छ । आर्थिक रूपमा भिजिलान्ते प्रयोग गरिंदा प्रयोगभएको रकम सानो छैन । अर्थ यस्तो अवस्थामा पुग्दा पनि दरबार र त्यसका निकटहरूले आर्थिक दुरूपयोग गर्न कहिल्यै छाडेनन् । सेनाले कति रकम दुरूपयोग गर्‍यो भन्ने पाटो छुट्टै छ । यसले सुरुमा नै सबैभन्दा धेरै बजेट पाएको थियो । तर, त्यसपछि अन्य मन्त्रालयबाट आन्दोलन चर्किएका बेलामा मात्र एक हप्ताभित्र रक्षाले लगेको रकम ७० करोडको हराहारीमा छ । स्मरणीय छ, यो वर्षसेनाले कुनै त्यस्ता महंगा वस्तु खरिद गरेको भन्ने समाचार कतै र्सार्वजनिक भएका छैनन् । यो रकम कहाू र कसरी खर्च भयो भन्ने नखोज्ने हो भने जनआन्दोलनले देशले भोग्नु परेको पीडाको एउटा भाग अधुरै रहन जान्छ ।
दरबार राज्यकोषबाट विनियोजन भन्दा बढी रकम झिक्ने निकायमा पर्छ । चालू महिना वैशाखको पहिलो हप्ता मात्रै दरबारबाट अर्थ मन्त्रालयसूग १० करोड रूपैयाू माग भएर आएको थियो । यो रकम निकासा हुन लाग्दालाग्दै वैशाख ८ र ११ का दिन आए । (more…)

9,May , 2006

संविधानसभाको संरचना कस्तो हुनु पर्छ ?

सात राजनीतिक दलहरुको गठबन्धनले गत २०६२ बैशाख २५ गते आफ्नो प्रतिवद्धताहरुको घोषणा र मंसीर ७ गते माओवादीसित १२-बुंदे समझदारी गरी बिघटित प्रतिनिधिसभाको पुनःस्थापनालाई प्रस्थान विन्दु र संविधानसभा मार्फत नयाँ सविधान निर्माणलाई देशमा हावी हुन पुगेको प्रतिगमनलाई परास्त गर्ने, सशस्त्र द्वन्दलाई नेपाली जनताको पक्षमा रुपान्तरण गरी स्थायी शान्ति स्थापना गर्ने र मुलुकलाई अग्रगामी प्रगति र समृद्धिको दिशामा लैजाने निकास मानेर चैत्र २४ गते थालेको दोस्रो संयुक्त जनआन्दोलनले नेपाली जनताको वीरतापूर्ण ऐतिहासिक सहभागिता र बलिदानका कारण २०६३ बैशाख ११ गते प्रतिनिधिसभा पुनःस्थापनाको पहिलो विजय हासिल गरिसकेको छ र संविधानसभामा जाने संकल्प प्रस्तावलाई पुनःस्थापित प्रतिनिधिसभाको र्सवसम्मतले पारित समेत गरिसकेको छ । (more…)

2,May , 2006

चुरोट छाड्नु पर्‍यो पीएम्

प्रधानमन्त्रीको पदका लागि सपथग्रहण गर्न राजदरबार गएका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई राजाबाट सपथ खुवाउँदै भनिस्येचः “चुरोट छोड्नुपर्‍यो पीएम ।” उता भावी महाराजले जन्ती लिएर गएको गाडीलाई आफ्नो गाडीले ठोक्काइस्सेच । भावी महाराजलाई कानुन लाग्ने कुरै भएन, मौसूफ घर गइस्सेच । जन्ती विचराले “राजगाडी”को ठक्कर त खाए नै, प्रितिभोज खानेबेलामा हिरासतको हावा खाए । गाडीबाट ठोक्किनु पनि छ, उल्टै हिरासतमा जाक्किनु पनि छ । यस्तै छ भरखरै जनआन्दोलनले राजतन्त्रलाई फतक्कै गलाएर, घुँडा टेकाएर ल्याएको लोकतन्त्रको स्वरूप । यही स्वरूपलाई हामी लोकतन्त्र भनेर मख्ख परेका छौं ।
राजाबाट गिरिजाप्रसाद कोइरालाले सपथग्रहण गर्दा चुरोट छाड्न सुझाव दिइयो । सुभाव दिनु रामै्र हो । तर, अलिकति के हो भने पीएम्लाई यस्तो सुझाव दिने राजाले आफ्नो छोरालाई गाडी सुस्तरी चलाउ, गाडी ड्राइभरलाई चलाउन देउ, गाडी चलाउँदा नशालाग्ने चिज नखाउ बाबु भनेर सुझाव दिएको भए प्रितीभोजमा जाने जन्ती हिरासतमा जानुपर्ने त थिएन । आफ्नो भतिजाले नाम थाहा नभएको कालो पदार्थ खाँदा नखाउ बाबु भनेर सुझाव दिएको भए दर्ुदान्त दरबार हत्याकाण्ड हुनेथिएन कि - त्यसैले अर्ति उपदेश दिँदा पनि यसभित्र केही रहश्य छ कि भनेर आशंका उठ्तोरहेछ । मानिसले भन्छन् अर्ति लिनु बुढाको, आगो ताप्नु मुढाको । तर, दिनेमान्छे घामले पाकेको बुढोमात्र भएर हुँदैन । ब्यबहारले पाकेको हुनुपर्छ । (more…)

1,May , 2006

मन्त्रीको सपथ र नियुक्ती

नेपालमा २३७ वर्षेखि निकृष्ट जालझेल र षडयन्त्र गरी नेपाली जनताको टाउकोमा गीर खेल्दै असहृय शोषण, विभेद र उत्पीडनको एकछत्र कुचक्र चलाउँदै आएको निरंकुश र दमनकारी राजतन्त्रबाट सदाका लागि मुक्त हुने प्रमुख उद्देश्य सहित चलाइएको नेपाली जनताको बलिदानी आन्दोलनका अगाडि २०६३ बैशाख ११ गते मध्यरात राजा ज्ञानेन्द्रले घुँडा टेकेर एक कदम पछाडि हटे पछि उत्साहित भएका जनताले जनआन्दोलनको शक्तिबाट बन्ने सरकारका मन्त्रीहरुले जनहत्यारा राजा बस्ने राजदरबारमा होइन टुंडिखेलको शहिद मञ्चमा, जसको विरुद्ध आन्दोलन गरिएको हो त्यसैका अगाडि टाउको झुकाएर होइन जनआन्दोलनमा आफ्नो प्राणको आहुति दिने वीर शहिदहरुको फोटा अगाडि श्रद्धाका साथ शीर (more…)






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here