.... ....UCC

2,September , 2006

ब्लगर उमेशलाई सम्मान एवं नगद पुरस्कार

Filed under: समाचार

नेपाली भाषाको पहिलो ब्लग ‘माईसंसारडटकम’का
उमेश श्रेष्ठलाई अमेरिका-नेपाल सोसाइटीले शनिबार सम्मानित गरेको छ। जनआन्दोलन-२ को अप्ठ्यारो परिस्थितिमा निर्भिकतापर्ूवक निष्पक्ष सूचना प्रवाह गरी योगदान पुर्‍याए बापत उहाँलाई सोसाइटीले नगद रु. ५१ हजार प्रदान गरेको जनाएको छ।अधिकारवादी नेता पद्मरत्न तुलाधरले ब्लगर श्रेष्ठलाई सम्मानपत्र एवं नगद पुरस्कार हस्तान्तरण गर्नुभयो। अनलाइन पत्रकारिताको विकासक्रम भर्खरै सुरु भइरहेको अवस्थामा व्यक्तिगत रुपमा ब्लगले सूचना प्रवाहमा देखाएको तदारुकता प्रशंसनीय रहेको तुलाधरले बताउनुभयो।नेपाल पत्रकार महासंघका पर्ूव सभापति तारानाथ दाहालले माघ १९ को राजाको कदमपछि निष्पक्ष सूचना प्रवाहमा राज्यले रोक लगाएको अवस्थामा समेत अनलाइन र ब्लगहरुले प्रविधिको प्रयोग गरी अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गरेको उल्लेख गर्नुभयो।इन्टरनेटका माध्यमद्वारा विश्वभरि पहुँच राख्ने अनलाइनपत्रिकाहरुलाई राज्यले अझै पनि मान्यता नदिएकोमा उहाँले रोष प्रकट गर्नुभयो।सम्मानित व्यक्तित्व उमेश श्रेष्ठले ‘माइसंसार’ले पाएको सम्मान सिंगो नेपाली ब्लगरहरुका लागि सम्मान हो भन्नुहुँदै ब्लगको अवधारणाले मान्यता पाइनसक्दै सम्मान गरिनुले उत्साहित पारेको बताउनुभयो।कार्यक्रममा अमेरिका नेपाल सोसाइटीका उपाध्यक्ष विष्णु थापा एवं बोर्ड सदस्य मावध आचार्यले समेत बोल्नुभएको थियो।
उमेश परेवाडटकमसँग आवद्ध हुनुहुन्छ।

ललितपुर चक्रपथ क्षेत्रमा सैंतीस लाख बयासी हजारको क्षति

Filed under: समाचार

२०६३ भाद्र ०५ गतेका दिन ललितपुर जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीज्यू श्री आनन्दराज पोखरेलको अध्यक्षतामा र्सवपक्षिय वसी मिति २०६३ भाद्र ०४ गतेका दिन पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धीको नाममा सातदोवाटो देखि मनोहरा पुलसम्मको ललितपुर चक्रपथ क्षेत्रमा केहि उच्छृ◊ल व्यक्तिको भिडले पेट्रोल पम्प, र्सवसाधारणको घर, पसल, रेष्टुरेण्ट र सवारी साधन समेत तोडफोड गरी क्षती पुर्‍याएको सम्वन्धमा सहायक प्रमुख जिल्ला अधिकारी श्री कविराज खनालको संयोजकत्वमा तल उल्लेखित वमोजिमको “क्षतिको विवरण तयार गर्ने समिति” गठन भएको थियो ।
समितिको विवरण (more…)

26,August , 2006

लौ परमेश्वरी यसपाली कोमल वलीलाई लोग्ने मिलोस

Filed under: समाचार


नारी स्वतन्त्रताको वकालत गर्ने परम्परागत महान् पर्व तीज आज । मुलुकभर र मुलुकबाहिर नेपाली महिलामात्रले आज हरितालिका अर्थात् तीज पर्व धुमधामका साथ मनाउँदैछन् । तीज पर्वको सांस्कृतिक, राजनीतिक एवम् धार्मिक एउटा बेग्लै परम्परागत महत्व, मान्यता र आदर्श छ । तर बिडम्बना ! नेपाली मौलिक संस्कृतिमाथि पाश्चात्य संस्कृतिले घोडा चढिरहेको वर्तमान युगमा तीजले पनि आफ्नो वास्तविक लक्ष्य, पहिचान र आदर्श क्रमशः गुमाउँदैछ ।नारी एउटा परिवारको चुलोचौकोभित्र मात्र सीमित रहेको, उसको वैयक्तिक स्वतन्त्रता पुरुषप्रधान समाजको कब्जामा रहेको एवम् नारीलाई आफैं केही गर्न नसक्ने दोस्रो वर्गको मानिसका रुपमा हेरिने परिवेश र सोही कारण नारीवर्ग समाजमा अत्यन्त पछाडि परेको सर्न्दर्भमा तीज पर्वको गरिमा उच्च रहेकोमा द्विविधा छैन । जन्मघर माइत गएर मीठो खाने, राम्रो लगाउने र वर्षरिका पीडाव्यथा साथीसंगीबीच बाँड्ने उपयुक्त अवसरका रुपमा मात्र होइन, एउटी विवाहित नारीले आफ्नो सुहागको दीघायु र स्वस्थ जीवनको कामना गर्दै निराहार व्रत बस्ने, अविवाहित नारीले असल पति पाउने कामनाका साथ उपवास बस्ने पर्वको रुपमा समेत तीजले समाजमा अत्यन्त ठूलो महत्व पाउँदै आएको हो । (more…)

आन्दोलनकी आमा छायाँदेवीको निधन

Filed under: समाचार

शाही निरंकुशताविरुद्ध संचालित जनआन्दोलन भाग-२ की बयोवृद्ध नेतृ छायाँदेवी पराजुलीको ८८ वर्षको उमेरमा आज निधन भएको छ। आज बिहान करिब ५.३० बजे शौचालय गएर र्फकने क्रममा लडेर बेहोस भएको केही समयपछि नै उहाँको निधन भएको बताइएको छ। करिब १ महिनाअघि मोटरसाइकलको ठक्करबाट घाइते हुनु भएकी पराजुलीको वीर अस्पतालमा उपचार भइरहेको थियो । २०५९ साल असोज १८ देखि सक्रिय रुपमा शाही निरंकुशताविरोधी आन्दोलनमा सहभागी बयोवृद्ध नेतृ पराजुलीले आन्दोलन सफल नभई गाउँ नर्फकने कसम खानु भएको थियो । राजाले २०६० असोज १८ गते लादेको निरंकुशताको अन्त्य नगरेसम्म घर नजाने भन्दै सुनसरी जिल्लाबाट झण्डै चार वर्षअघि आन्दोलनमा सहभागी हुन राजधानी आउनुभएको थियो । आन्दोलन सफल भएपछि सरकारले बेवास्ता गरेको आवाज प्रतिनिधिसभामा व्यापक मात्रामा उठेछि सरकारले साउन २९ गते १ लाख सहयोग गर्ने निर्णय गरेको थियो । तर, उहाँले देशमा शान्ति स्थापनाभन्दा अर्को आफ्नो कुनै इच्छा नरहेको बताउनुभएको थियो । (more…)

19,August , 2006

राजधानीका तीनै शहर तनावग्रस्त,

Filed under: समाचार

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा आज बिहानैदेखि राजधानीमा जताततै जुलुस निस्किएको छ । सवारीचालक स्वयमले सवारी तेर्स्याएर चक्काजाम गरेपछि चक्रपथ क्षेत्र पूर्ण अवरुद्ध बनेको छ । महारागन्ज, सामाखुसीलगायत क्षेत्रमा आन्दोलनकारीले दर्जनौँ सवारीसाधन तथा केही पेट्रोल पम्पसमेत तोडफोडसमेत गरेका छन् । आक्रोसित जुलुसले कोटेश्वरस्थित एमाले महासचिव माधव कुमार नेपालका दाजुभाईकै घर तोडफोड गरेका छन् भने प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका भतिजा डा. शशांक कोइरालाको महाराजगन्जस्थित घर तोडफोड गर्न गएको आक्रोसित समुहलाई सुरक्षाकर्मीले हस्तक्षेप गरी फर्काएको थियो । नयाँ बानेश्वरमा उत्तेजित भिडलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले तीन राउन्ड अश्रृग्यास फायर गर्नु परेको थियो भने अन्य विभिन्न स्थानमा सुरक्षा हस्तक्षेप भएको स्रोतले बतायो । एमाले महासचिवको घर तोडफोड गर्न गएको समुहमाथि प्रहरीले व्यापक लाठी चार्ज गर्नु परेको थियो ।रत्नपार्कमा पनि बिहानैदेखि प्रदशन भएको जुलुस दिउँसोसम्म पनि जारी नै छ । चावहील, बौद्ध, जोरपाटी, थली रुट पनि ठप्प बनेको छ भने कोटेश्वर, तीनकुने क्षेत्रमा पनि टायर बालेर प्रदर्शन सुरु गरिएको छ । बल्खु, कलंकी, नयाँबसपार्क, गोंगबु क्षेत्र पनि विरोध प्रदर्शनले राजधानी पूर्ण रुपमा तनावग्रस्त बनेको छ । मैतीदेवीमा एक पेट्रोल पम्पमाथि तोडफोड गरी ध्वस्त पारिएको छ । कुपण्डोलदेखि जावलाखेल, लगनखेल सडकका दर्जनौं स्थानमा टायर बालेर यातायात अवरुद्ध पारिएको छ भने भक्तपुरका सडक पनि अवरुद्ध पारिएको छ । यस्तै जुलुसले माइतीघरमा दुइ वटा वस र अनामनगरमा एउटा ट्याक्सी तोडफोड गरेका छन् । (more…)

13,August , 2006

काठमाण्डौमा बाह्र भारतीय प्रहरीहरु …..?

Filed under: समाचार

हाम्रा बिरामी प्रधानमन्त्री हिजो भन्दैथिए “म कसैको धम्की र उक्साहटबाट कुनै निर्णय गर्दिन , जे जती निर्णय गर्छु , आफ्नो स्वविबेकले गर्छु र देशको माटोले जे भन्छ त्यै गर्छु ” तर अचम्म त मलाइ त्यतीखेर लाग्यो जब नवभारत टाइम्सको अनलाइन संसकण पढें । हिजोको नवभारत टाइम्सका अनुसार यतीबेला बाह्रजना भारतीय प्रहरीहरु काठमाण्डौमा डेरा जमाएर बसेका छन रे । पन्ध्र अगस्ट अर्थात भारतीय स्वतन्त्राको दिन दिल्लीमा अतंकवादी हमला गर्न छ सालदेखी फरार आतंकवादी इरफान अहमद काठमाण्डौमा छन र उनले केहि आतंकवादी दिल्ली पठाएक छन भन्ने सुचनाका आधारमा उनिहरु काठमाण्डौ आएका हुन रे । यसरी एक देशका प्रहरीहरु अपराधी खोज्दै अर्काको देशमा जान मिल्दैन तर उनिहरुको भनाइअनुसार नेपालका अधीकारीहरु लाइ विस्वासमा लिएर उनिहरु नेपालमा आएका हुन रे । हुन त यो भन्दा पहिला पनि भारतीय प्रहरीहरु काठमाण्डौ आएर यस्ता कृयाकलापहरु नगरेका भने होइनन् । देशमा चलीरहेको यो संकटको घडीमा बिभिन्न बहानामा भारतीय प्रहरीहरुलाई देशको राजधानीमा राखेर तिमीहरुको आतंकवादी तिमीहरुनै खोज भन्नु कहाँसम्मको राष्टियता हो ? के हाम्रा बिरामी प्रधानमन्त्रीलाइ आन्दोलनले दिएको म्यान्डेड यहि हो ? र उहाँलाइ देशको माटोले यहि भन्छ ?
नवभारत टाइम्समा उक्त समाचार पढ्ने हो भने यहाँ क्लिक गर्नुहोस, यदी साभार हेर्ने हो भने भित्र आउनु होला । (more…)

2,August , 2006

सेनापति पुत्रीले छाडिन्

Filed under: समाचार

जनआन्दोलन दमनमा प्रमुख भूमिका निभाएको भन्दै प्रधानसेनापति प्यारजङ्ग थापाले राजीनामा दिनुपर्ने वा बर्खास्त गर्नुपर्ने माग उठिरहेका बेला थापाकी छोरी प्रज्ञाश्रीले सेनाबाट राजीनामा दिएकी छन् । सेनाको क्याप्टेन रहेकी डा. थापाको राजीनामा जङ्गी अड्डाले स्वीकृत गरिदिएको जानकारी सैनिक स्रोतले दिएको छ । एकजना भारतीय व्यापारीस“ग विवाह हुने भएपछि वीरेन्द्र सैनिक अस्पताल छाउनीमा कार्यरत डा. प्रज्ञाश्रीले वैशाखको तेस्रो हप्ता राजीनामा दिएकी थिइन् । सो राजीनामा वैशाख २७ गतेदेखि नै लागू हुनेगरी जङ्गी अड्डाले हालै स्वीकृत गरिदिएको छ । राजीनामा स्वीकृत हुनका लागि प्रधानसेनापतिकी छोरीले सेनालाई १५-१६ लाख रुपिया“ क्षतिपूर्तिबापत तिर्नुपरेको छ । (more…)

राजधानी दैनिकमा तालाबन्दी

Filed under: समाचार

श्रमजीवी पत्रकार संर्घष समितिले राजधानी दैनिकको प्रकाशन उर्त्र्सग प्रकाशन प्रा.लि.को चावहिलस्थित प्रधान कार्यालयमा तालाबन्दी गर्‍यो ।पत्रकार तथा श्रमजीवी पत्रकार संर्घष समितिका संयोजक विन्दुकान्त घिमिरेका अनुसार १४ असारमा राजधानी दैनिकको व्यवस्थापन पक्ष र समितिबीच भएको चार बुँदे सहमति तोकिएको समयभित्र पूरा नगरी कार्यान्वयनका लागि पटक-पटक आग्रह गर्दा पनि बेवास्था गरेकाले वाध्य भएर समितिले तालाबन्दी गर्नु परेको जानकारी दिए । १४ असारमा राजधानी व्यवस्थापनले असार अन्तिम साताभित्र १९ माघपछि राजनीतिक कारणले हटाइएका चार पत्रकारको पुनर्वहाली गर्ने, साउन पहिलो साताभित्र बाँकी पारिश्रमिक भुक्तानी गर्ने र १ साउनदेखि श्रमजीवी पत्रकार ऐन लागू गर्ने लिखित सहमति जनाएको थियो ।तालाबन्दीको सूचना एक साताअघि नै पत्रिका व्यवस्थापनलाई गराइए पनि निर्धारित कार्यक्रमअनुसार तालाबन्दी गरी र्फकन लागेका श्रमजीवी पत्रकारहरुको समुहमाथि राजधानी दैनिकको व्यवस्थापनद्धारा संरक्षित गुण्डाहरुले हातपात गर्नुका साथै तालासमेत तोडेको संयोजक घिमिरेले बताए । (more…)

31,July , 2006

सेनाले नटेक्ने, आयोगले नछोड्ने

Filed under: समाचार

जनआन्दोलन दबाउनेमाथि छानविन गरी कारबाहीको सिफारिस गर्न गठित उच्चस्तरीय न्यायिक आयोगले आइतबार वयानका लागि बोलाइएका प्रधानसेनापति प्याराजंग थापा विभिन्न बहानामा आयोगमा उपस्थित नभएपछि शंकाउपशंका उत्पन्न भएको छ । आयोगमा बोलाइएको ११ बजेको समयभन्दा ५ मिनेटपछि रक्षा मन्त्रालयबाट प्रधानसेनापति उपस्थित हुन नसक्ने बेहोराको पत्र फ्याक्समार्फ् पठाएपछि आयोगमा केहीबेर हल्लाखल्ला मच्चिएको थियो ।बयानका लागि तयारी अवस्थामा रहेका आयोगका सदस्यहरू र व्यवस्थित ढंगले आयोग परिसरमा रहेका पत्रकारहरूबीच डेढघन्टा विभिन्न शंकायुक्त कुरा भइरहेको थिए । सेनाप्रमुख आयोगमा अनुपस्थित रहेको थाहा पाउने वित्तिकै संसद्मा समेत कानेखुसी बढेको थियो । प्रधानसेनापति थापा आयोगमा नगएकाले बाँकी चार जना सेनाका जर्नेलसहित पाँच जना पनि वयान दिन नजाने स्रोतले बताएको छ । वयानका लागि निम्त्याइएका मध्येकै एक उच्च सैनिक अधिकृतले भने, ‘टाउको नगएपछि पुच्छर गएर के काम - त्यसैले हामी जाँदैनौं ।’ (more…)

27,July , 2006

राजतन्त्रलाई पूर्णरुपमा नष्ट गर्नुपर्छ - बादल

Filed under: समाचार

रामकृष्ण भण्डारी/स्वससे
बुटवल, साउन ११/नेकपा माओवादीका नेता रामबहादुर थापा (बादल)ले संघीय गणतन्त्र स्थापनाका लागि राजतन्त्रलाई पूर्णरुपमा नष्ट गर्नुपर्ने बताउनुभएको छ ।माओवादीको भातृ संगठन मगराँत मुक्ति मोर्चाको प्रथम राष्ट्रिय सम्मेलनको बिहीवार पाल्पाको तानसेनमा उद्घाटन गर्दै माओवादी नेता बादलले संघीय गणतन्त्र स्थापनाका लागि गणतान्त्रिक मोर्चा गठन हुनुपर्नेमा पनि जोड दिनुभयो । ‘वार्तावाट समस्या समाधान गरी लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न माओवादी तयार छ’- नेता बादलले भन्नुभयो- ‘लोकतान्त्रिक गणतन्त्र स्थापना हुन नदिन षडयन्त्र शुरु भएको छ, त्यसैले गणतान्त्रिक मोर्चा बनाएर षडयन्त्रविरुद्ध जाइलाग्नुपर्छ ।’
शान्ति स्थापना गर्ने दिशामा दबाब सिर्जना गर्नका लागि वार्तासँगै सडक र्सर्घष पनि जारी राख्नुपर्नेमा बादलको जोड थियो । सोही अवसरमा बोल्दै किराँत स्वायत्त गणतन्त्र प्रदेशका प्रमुख गोपाल किराँतीले संसद विघटन गरी अन्तरिम सरकार नबनाए फेरि (more…)

14,July , 2006

जिदानेले माफी मागे

Filed under: समाचार


फुटवलको लागी फ्रान्सका हिरो कहलिएका जिनेदिन जिदानले आफुले गरेको गल्तीका लागी फुटबल प्रेमीहरुसँग अन्तत माफी मागेका छन तर आफुले जुन हरकत गरे त्यस्कोलागी कुनै अफसोच नरहेको पनि बताएका छन । फाइनलको अन्तमा आएर एक्कासी इटलीका खेलाडी मार्को मोटाराज्जीको छातीमा टाउकोले हानेर लडाएका थिए । चौतीस बषीए जिदानले आफ्नो अठार वर्षलामो क्यारीएरलाइ पनि अलबिदा गरेका छन । किन उनले त्यस्तो ब्यबहार गरे त भन्ने प्रश्नको जवाफमा उनले भने ‘मोटाराज्जीले मसग नराम्रा सब्द बोलीरहेको थियो र मेरो टिर्सट समाएर तानीरहेको थियो , सकुन्जेल मैले पनि सहेर बसे अनि सोचे यो कुरा खेलसकिएपछि गरौंला तर मोटाराज्जीले मेरी आमा र बहिनीलाइ गाली गर्न थालेपछी मैले यो सहन सकिन र केहि अगाडी बढीसकेपनि पुन पछाडि फर्किएर आक्रमण गरे ‘। अहिले आएर जस्तै गल्ती गरपनि जिदानलाइ दुनियाभर बाट सहानुभुती प्रकट गरिएको छ । फ्रान्सका राष्टपती ज्याक सिराकले भने ‘फ्रान्सले अहिले पनि उनलाइ असाध्यै माया गर्छ ।’ त्यसैगरी फ्रान्सकै एक पत्रिकाले गरेको जनमत संग्रह मा अधिकांशले उनलाइ माफ गरेको जनाएका छन । फ्रान्सका पुव फुटवल कोच मिशेल हिडाल्गो का अनुसार ‘जिदान साह्रै नरम दिलका मान्छे हुन हामीले उनलाइ भगवान बनाइदिइम तर उनि पनि मान्छेनै हुन हर मान्छेका केहि न केहि कमजोरी त भैहाल्छन नि ।’ अन्तत जिदानलाइ सबैतिर बाट सहानुभुती मिल्नथाले पछि मोटाराज्जीले पनि आफ्नो गल्ती स्विकारेका छन ।

13,July , 2006

१ खर्व ४३ अर्व को वजेट

Filed under: समाचार

वजेटको पूर्ण पाठ हेर्ने हो भने यहाँ क्लिक गर्नुहोला
बजेट सम्बन्धी अन्य पत्रीकामा छापीएका समाचारको लागी सम्बन्धीत पत्रीकामा क्लिक गर्नुहोला कान्तिपुर, समाचारपत्र , परेवा डटकम, हिमाल खबर

जनआन्दोलनको बलमा स्थापित लोकतान्त्रिक सरकारले आर्थिक वर्ष२०६३/०६४ को वाषिर्क आय व्ययको बजेट बुधबार प्रतिनिधिसभाको वैठकमा प्रस्तुत गरेको छ ।अर्थमन्त्री डा. रामशरण महतले बुधबार अपरान्ह संसदमा १ खर्ब, ४३ अर्ब, ९१ करोड, २३ लाख रुपैयाँको बजेट पेश गर्नुभएको छ । बजेटमा सरकारले पहिलोपटक संविधानसभाको निर्वाचनका लागि १ अर्ब २५ करोड रुपैयाँ विनियोजन गरेको छ । बजेटमा राजदरबारसम्बन्धी साविक खर्चमा ७०.७ प्रतिशत कटौती गरी २१ करोड ९७ लाख रुपैयाँ विनियोजन गरिएको छ । यसअघि आ.ब. २०६२/०६३ मा राजदरबार खर्च शर्ीष्ाकमा ४० करोड ५० लाख र थप निकासा ३४ करोड ४१ लाख समेत गरी कूल ७४ करोड ९१ लाख रुपैयाँ खर्च विनियोजन गरिएको थियो ।अर्थमन्त्री महतको बजेट वक्तव्यमा राजदरबार खर्च शर्ीष्ाकमा २१ करोड ९१ लाख रुपैयाँ छुट्याइएको उल्लेख भएपनि बजेट पुस्तिकाको अनुसूची ७ -क) मा २० करोड ९१ लाख मात्र छुट्याइएको उल्लेख छ ।यसैगरी बजेटमा नेपाली सेनाका लागि रक्षा मन्त्रालयअर्न्तर्गत १० अर्ब ३६ करोड ६२ लाख २७ हजार, गृहमन्त्रालयलाई ८ अर्ब ७९ करोड ३५ लाख तथा जनपद र सशस्त्र प्रहरीतर्फ७ अर्ब ८४ करोड, २९लाख ३९ हजार रुपैयाँ छुट्याइएको छ । सुरक्षा खर्च कम गर्न माग भइरहेको बेला आएको बजेटमा प्रहरी र सेनाका लागि छुट्याइएको बजेटमा खासै कटौती गरिएको छैन । (more…)

5,July , 2006

आयो आइरनगेटको नतिजा

Filed under: समाचार


अन्तत: आइरन गेट अर्थात एस एल सी को नतीजा आएको छ । कतिले आइरन गेट लाइ खोलेर अगाडी बढ्नसके कतिले अर्को साललाई थाँती राखे । ढोका खोलेर अगाडी बढ्नेलाइ देवदासको बधाइ तथा बाँकी राख्नेलाइ अर्को प्रयासमा सफलता मीलोस यही शुभकामना छ । यदी भोली छापीने पत्रीका कुन साह्रै गाह्ो भएको छ भने यहाँ केहि लिंक राखीदिएको छु उक्त साइटमा गएर आफ्नो सिंवोल नंवर टाइप गरेर आफु आइरन गेटबाट पास भैयो कि भैएन थाहा पाउन सकिन्छ । बेस्ट अफ लक
नतिजाको लागी ______ यहाँ _____ यहाँ ____यहाँ______ क्लिक गरेर थाहापाउन सकिन्छ ।
एस एम एस गरेर नतिजा थाहा पाउने हो भने

Type slc and send sms to 1400
Example :- Type SLC 0123456A and send it to 1400

PSTN and CDMA phones (IVR)
Dial 1600 and follow the instructions

यदि पास हुनेहरुको सिम्बोल नम्बर हेर्ने हो भने भित्र जानु होला (more…)

आज बेलुकी एस.एल.सी.को नतिजा प्रकाशित हुने

Filed under: समाचार

काठमाडौं, असार २१
उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीहरुको फलामे ढोका मानिने एस.एल.सी. परीक्षाको नतिजा बुधवार साँझ प्रकाशित हुने भएको छ । बुधवार अपरान्ह ४ बजे एस.एल.सी. परीक्षा नियन्त्रण बोर्डको बैठक बसेपछि साँझ ६:०० बजे पत्रकार सम्मेलनमार्फ नतिजा र्सार्वजनिक गरिने परीक्षा नियन्त्रक गजेन्द्रलाल प्रधानले जानकारी दिनुभयो ।नियन्त्रक प्रधानका अनुसार दुइ विषयमा अनुत्तर्ीण्ा हुने विद्यार्थीहरुका लागि मौका परीक्षाको समयतालिका पनि बुधवार नै प्रकाशित गरिनेछ । विगतमा जस्तै परीक्षामा सर्वोत्कृष्ट र छात्रातर्फसर्वोत्कृष्ट हुनेको मात्रै नाम र्सार्वजनिक गरिने जानकारी पनि उहाँले दिनुभयो ।यसरी पत्रकार सम्मेलनमार्फ एस.एल.सी.को नतिजा प्रकाशन गर्न लागिएको यो पहिलोपटक हो । राती १२:०० बजे परीक्षाफल प्रकाशित गर्ने परम्परालाई पनि यसपटक तोडिएको छ ।०६२ चैत्र १४ गतेदेखि सुरु भएको यसवर्षो एस.एल.सी. परीक्षामा ३ लाख ३२ हजार १ सय ८१ विद्यार्थी सामेल भएका थिए ।१९ दिनको जनआन्दोलन र केही परीक्षा केन्द्रमा भएको गडबडीका कारण उत्तरपुस्तिका परीक्षणमा बाधा पुगेको हुँदा नतिजा प्रकाशनमा ढिलाइ भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
गोरखापत्रमा मात्र परीक्षाफल प्रकाशित गर्दा विद्यार्थीहरुलाई समस्या परेको गुनासो आएपछि कार्यालयले यसपटक वेभसाइट, टेलिफोन र एसएमएसबाट पनि नतिजा बुझ्न सकिने व्यवस्था मिलाएको छ । परीक्षाको नतिजा परीक्षा नियन्त्रण कार्यालको वेभसाइट www.soce.gov.np, शिक्षा मन्त्रालयय र विभागको वेभसाइट www.moe.gov.np, www.doe.gov.np र नेपाल टेलिकमको वेभसाइट www.slc.ntc.net.np मा राखिने कार्यालयले जनाएको छ ।यसैगरी टेलिफोनमा १६०० नम्बर डायल गरेर एकैसाथ ३ सय जनाले परीक्षाको नतिजा थाहा पाउन सक्नेछन् ।नेपाल टेलिकमको प्रिपेड र पोष्टपेड मोबाइल, सि.डी.एम.ए. र यु.टि.एल. फोन तथा मेरो मोबाइलबाट एसएमएस र भ्वाइस मेलबाट पनि एस.एल.सी.को नतिजा थाहा पाउन सकिनेछ । स्वतन्त्र समाचार सेवा

1,July , 2006

राजा पन्ध्र दिनपछि नांगिने

Filed under: समाचार

लोकतान्त्रिक आन्दोलनमार्फत उठेको जनताको सबैभन्दा महत्वपूर्ण माग पूरा हुने चरणमा प्रवेश गरेको छ । दुइ करोड पचास लाख गरिब नेपाली जनताका राजा संसारकै र्सवाधिक धनी एवम् भोगविलासी राजामध्ये पर्दछन् । इतिहासमा देशबासीका धुरीमा धुवाँ नआएसम्म खानासमेत नखाने राजाले शासन गरेको यही भूमिमा शाही राजाहरू भने जनताकै हाडछाला लुछेर अत्यधिक धनवान् एवम् विलासिताको जिन्दगी बिताइरहेका छन् ।राजतन्त्रको सम्भावित पतनको कारणमध्ये एक मानिएको दरबारको अकुत सम्पत्ति विवरण र्सार्वजनिक गर्न लोकतान्त्रिक सरकार बाध्य हुने भएको छ । सरकारलाई प्रतिनिधिसभाले पन्ध्र दिनभित्र राजाको सबै सम्पत्तिको विवरण र्सार्वजनिक गर्न निर्देशन दिएपछि सरकार यो बाध्यतामा परेको हो । यसअघि, प्रधानमन्त्री र मन्त्रीहरूको मात्रै सम्पत्ति विवरण र्सार्वजनिक गर्ने र सोही विवरणअनुसार कर तिर्ने प्रचलन रहेकोमा राजाको सम्पत्ति पहिलोपटक र्सार्वजनिक हुने सम्भावना बढेको हो ।प्रतिनिधिसभा र्सार्वजानिक लेखा समितिले राजासहित मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण र्सार्वजनिक गर्न माग गरेको छ । (more…)

27,June , 2006

प्रचण्ड–देउवा भेटमा हत्या प्रयासको चर्चा

Filed under: समाचार

मंगलबार, २७ जुन ,
“मेरो निवासमा तपाईहरूलाई स्वागत छ,” १३ असारको विहान आफ्नो दैलोमा आईपुगेका माओवादी अध्यक्ष प्रचण्डसँग हात मिलाउँदै नेका प्रजातान्त्रिकका सभापति तथा पूर्व प्रधानमन्त्री देउवाले आत्मियता देखाए। सुदूरपश्चिमको कार्यक्रम सकेर शनिवार राजधानी फर्किएका प्रचण्डले आईतवारदेखि थालेको राजनीतिक भेटघाटको सिलसिलामा देउवालाई भेट्न बुढानिलकण्ठस्थित उनकै निवास पुगेका थिए। अध्यक्ष प्रचण्ड र नेता डा.बाबुराम भट्टराई बसेको नीजि नम्बर प्लेटको गाडीको अगाडी महिन्द्रा गाडी र पछाडी एउटा मोटरसाईकल थियो। उनीहरुको सुरक्षाको नेतृत्व गरेका थिए, विशेष केन्द्रीय कमाण्डका इन्चार्ज तथा डेपुटी कमाण्डर वर्षमान पुन (अनन्त) ले। माओवादी नेताद्वयका साथ प्रवक्ता कृष्णबहादुर महरा र देउवाका साथ उहाँको दलका महामन्त्री विमलेन्द्र निधि थिए। निधिका अनुसार, चिया–कफि सकेर कुरा थाल्नु अघि ‘पहिले एउटा कुरा क्लियर गरौ’ भन्दै प्रचण्डले देउवासँग सफाई दिए, “हत्या गर्ने नियतले तपाईमाथि गरिएको हमलामा हाम्रो हात थिएन।” (more…)

26,June , 2006

चाँडै अर्को भीषण विद्रोह

Filed under: समाचार

माओवादीका अध्यक्ष प्रचण्डले संविधानसभा बिथोल्न काठमाडौंमा गम्भीर षड्यन्त्रका तानाबाना भइरहेको जनाउँदै चाँडै तेस्रो जनबिद्रोह थालिने चेतावनी दिनुभएको छ । संविधानसभामाथि षड्यन्त्रकारीले कुनै पनि भाँजो हालेमा माओवादी चुप लागेर नबस्ने, तत्कालै तेस्रो जनव्रि्रोहको नेतृत्वमा ओर्लने चेतावनीसमेत माओवादी नेता प्रचण्डले दिनुभएको छ । सुदूरपश्चिमको कैलालीबाट राजधानीका षड्यन्त्र सूक्ष्म निगरानी गरिरहेका प्रचण्डले कडा शब्दमा भन्नुभयो, ‘षड्यन्त्र भए अर्को सशस्त्र बिद्रोह गरी काठमाडौं कब्जा गर्छ ।’
आफूहरू अत्यधिक लचकतासाथ युद्धविराम गरी शान्तिवार्तामा आएको पनि प्रचण्डले दोहोर्‍याउनुभएको छ । अन्तरिम सरकारमा जान र हतियार व्यवस्थापन गर्न माओवादी तम्तयार हालतमा रहेको जनाउँदै प्रचण्डले भरपर्दा अन्तराष्ट्रिय समुदायको अनुगमन र सहयोगमा जतिबेला पनि सेनाको व्यवस्थापन गर्न तयार रहेको बताउनुभयो । (more…)

18,June , 2006

शाही सत्ताका निरंकुश मन्त्रीद्वय रिहा, खुमबहादुरलाई सफाई

Filed under: समाचार

सर्वोच्च अदालतको आदेशमा तत्कालिन निरंकुश शाही सरकारका गृहमन्त्री कमल थापा र स्थानीय विकास मन्त्री टंक ढकाल आज रिहा गरिएको छ भने नेपाली कांग्रेसका नेता तथा पूवर्् गृहमन्त्री खुमबहादुर खड्काले बक्राह नदी नियन्त्रण प्रकरणमा सफाइ पाएका छन् ।निरंकुश सत्ताका थापा र ढकाललाई सर्वोच्च अदालतका न्यायाधीशहरु शारदाप्रसाद पण्डित र बद्रीकुमार वस्नेतको संयुक्त इजलासले दिएको आदेशमा आइतबार तीन बजे जिल्ला अदालत काठमाडौंको रोहबारमा रिहा गरेको हो । जनआन्दोलन दबाउन सक्रिय रहेको आरोपमा थुनामा परेका पर्ूव मन्त्रीहरु थापा र ढकालले आफूहरुलाई गैरकानूनीरुपमा थुनामा राखिएको दाबी गरी सर्वोच्च अदालतमा गत जेठ २२ गते छुट्टाछुट्टै वन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । रिटमा पूव मन्त्रीद्वयले आफूहरुले शान्ति सुरक्षामा खलल पुग्ने कुनै काम नगरेको जनाउँदै सरकारको दाबी झुट्टा भएकोले आफूहरुलाई थुनामुक्त गर्नुपर्ने माग गरेका थिए । शाही सरकारका मन्त्रीद्वय थापा र ढकाललाई सरकारले शान्ति सुरक्षा खल्बलाउन गोप्य बैठक गरेको, जनआन्दोलनमा दमन गरेको भन्दै उनीहरुलाई गएको बैशाख २९ गते गिरफ्तार गरी ३ महिनाको थुनुवा पूर्जी दिएको थियो । उनीहरुलाई नेपाल प्रहरीको २ नम्वर गण महाराजगञ्ज राखिंदै आएको थियो ।यसैबीच, अख्तियार दूरुपयोग अनुसन्धान आयोगले बक्राहा नदी नियन्त्रणका नाममा तत्कालिन निर्माण तथा यातायात मन्त्री रहेको बखत नदि नियन्त्रणका क्रममा व्यापक भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा दायर गरेको मुद्दामा आज सफाइ मिलेको छ ।खोजतलास

16,June , 2006

संविधानसभाको निर्वाचनको लागि महिना दिनमा अन्तरिम संविधान-सरकार बनाउने निर्णय

Filed under: समाचार

prachanda
वर्षदिनमा संविधान सभाको चुनाव गर्न महिना दिन भित्र अन्तरिम संविधान र सरकार निर्माण गर्ने लगायत ८ बुँदे महत्वपुर्ण निर्णय गर्दै सातदल र माओवादीका नेताहरु बिच २ असारमा भएको शिखर वार्ता सम्पन्न भएको छ। प्रधानमन्त्री निवास वालुवाटारमा मध्यान्ह करिव १२ बजे शुरु भएको उक्त वार्ता बेलुकी करिव ७ बजे सकिएको थियो।
शिखर वार्ता लगत्तै दुईपक्षिय वार्ता टोलीको बैठकले १५ दिन भित्र अन्तरिम संविधानको मस्यौदा गर्न ६ सदस्यीय समिती गठन गरेको छ। सर्वोच्च अदालतका पुर्व न्यायाधीश लक्ष्मणप्रसाद अर्यालको संयोजकत्वमा रहेको उक्त समितिका अन्य सदस्यमा नेपाल वार एसोसियसनका पुर्व अध्यक्षहरु हरिहर दाहाल र सिन्धुनाथ प्याकुरेल वर्तमान अध्यक्ष शम्भु थापा, पुर्व महान्याधिवक्ता महादेव यादव र अधिवक्ता खिमलाल देबकोटा हुनहुन्छ। संयोजक अर्याल लोकतान्त्रिक आन्दोलनमा सक्रिय सहभागि हुनुहुन्थ्यो। दाहाल नेपाली काँग्रेस, प्याकुरेल पुर्व माओवादी, थापा एमाले र यादब प्रजातान्त्रिक काँग्रेस समर्थक तथा दाहाल माओवादी जनयुद्धमा सरिक कानुनविद् हुनुहुन्छ।
baburam and prachanda सतिमितले १५ दिन भित्र वार्ताटोलीलाई बुझाइएको मस्यौदा वार्ताटोलीले शिखर वार्तामा प्रस्तुत गर्ने छ। सहमतिको पहिलो बुँदामा सातदल-माओवादी विचको १२ बुँदे सहमति तथा युद्धविराम आचार संहिताको इमान्दारि पुर्वक पालना गर्ने दृढता छ भने दोश्रो बुँदामा प्रतिष्पर्धात्मक बहुदलिय शासन, नागरिक स्वतन्त्रता, मौलिक हक, मानवअधिकार, प्रेस स्वतन्त्रता तथा कानुनी राज्यको अवधारणा लगायत लोकतान्त्रिक मुल्यप्रति प्रतिवद्धता व्यक्त गर्दै शान्तिपुर्ण गतिविधि सञ्चालन गर्ने उल्लेख छ। संविधानसभाको स्वतन्त्र तथा निष्पक्ष निर्वाचनको लागि दुबै पक्षको सेना र हतियारको व्यवस्थापनमा सहयोग र अनुगमन गर्न संयुक्त राष्ट्रसंघलाई अनुरोध गर्ने निर्णय पनि गरिएको छ। चौथो बुँदामा ‘विद्यमान लोकतान्त्रिक अधिकारको प्रत्याभुति र १२ बुँदे समझदारी तथा आचार संहिताको प्रतिवद्धता पुर्वक अन्तरिम संविधान-सरकारको निर्माण र संविधानसभा चुनावको मिति घोषणा, सहमतिद्वाारा अर्को व्यवस्था गरी प्रतिनिधिसभा र माओवादीको जनकारकारहरु विघट्न गर्ने’ उल्लेख छ। माओवादी अध्यक्ष प्रचण्डले महिना दिनमा निर्माण हुने अन्तरिम संविधान-सरकारसंगै प्रतिनिधि सभा र जनसरकार बिघट्न गरिने बताउनु भयो। त्यसैगरी शिखर वार्ताले संविधान सभाको निर्वाचनको आवश्यकता अनुसार पर्यवेक्षण र अनुगमन गराउने र उक्त निर्वाचनमार्फत राज्यको सहभागितामुलक अग्रमागि पुर्नसंरचना गर्ने, युद्धविरामलाई स्थाई शान्तिमा परिणत गर्ने तथा वार्ताको माध्यमबाटै समस्यको समाधान गर्ने लगायतका निर्णय गरेको छ। baburam, prachanda and madhab वार्तापछि आयोजित पत्रकार सम्मेलनमा माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एमालेका महासचिव माधवकुमार नेपाल तथा नेका प्रजातान्त्रिकका अध्यक्ष शेरबहादुर देउवाले शान्तिप्रतिको प्रतिवद्धता प्रकट गर्नुभएको थियो। दिनभरी जसो चलेको वार्ताको क्रममा निशस्त्र रुपमा सरकारी र माओवादी सुरक्षाकर्मीहरु प्रधानमन्त्री निवासमा सक्रिय थिए। वार्ता सकिए पछि प्रधानमन्त्री निवासबाट नेताहरु निस्किदा पत्रकार सम्मेलनस्थलसम्म दुबैतिरका सुरक्षाकर्मी दुईतिर लाईन लागेर बसेका थिए। उनीहरुले संयुक्त रुपमै सम्मेलनस्थलको व्यवस्थापन गरेका थिए। माओवादीका विशेष केन्द्रीय कमाण्डका प्रमुख डेपुटी कमाण्डर वर्षमान पुन (अनन्त) र त्यस अन्तर्गतको डिभिजन कमाण्डर विविधले माओवादी सुरक्षाकर्मीको नेतृत्व गरेका थिए।
prachanda, madhab and serbahadur प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले हालै व्यक्त गर्नुभएको ‘सेरोमोनियल किंग’ राख्ने धारणा वारे प्रचण्डले आफुहरु लोकतान्त्रिक गणतन्त्रको मुद्दा लिएर संविधानसभामा जाने बताउनु भयो र भन्नुभयो, “कसैलाई ‘सेरोमोनियल किंग’ राख्ने इच्छा भए संविधानसभामा त्यो धारणा व्यक्त गर्न पाउँछ।” पत्रकार सम्मेलनमा प्रधानमन्त्री कोइराला भने स्वास्थ्यका कारण अनुपस्थित भएको जानकारी दिइएको थियो। (more…)

15,June , 2006

दोस्रो वार्ता सम्पन्न

Filed under: समाचार

कृष्ण ढुंगाना/काठमाडौं
युद्धविराम राष्ट्रिय अनुगमन समिति गठन गर्ने लगायतका तीन महत्वपूर्ण निर्णय गर्दै सरकार-माओवादी दोस्रो वार्ता बिहीबार सम्पन्न भएको छ। ललितपुरको होटल हिमालयमा भएको वार्तामा मानवअधिकारको अनुगमन गर्न संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयलाई अनुरोध गर्न दुवै पक्ष सहमत भएका छन्।पहिलो वार्ताको २० दिनपछि भएको बिहीबारको वार्ताले डा. देवेन्द्रराज पाण्डेको स‍ंयोजकत्वमा ३१ सदस्यीय युद्धविराम राष्ट्रिय अनुगमन समितिको गठन गरेको छ। समाजका विभिन्न क्षेत्रका व्यक्तित्वहरु सो समितिमा परे पनि शाही सरकारले मनोनित गरेका पदाधिकारी रहेको राष्ट्रिय मानवअधिकार आयोगलाई भने कुनै जिम्मेवारी दिइएको छैन। यसैगरी सरकार-माओवादीबीच हुने वार्ताको पर्यवेक्षण गर्न पाँच सदस्यीय टोली गठन गरिएको छ। वार्ता पर्यवेक्षकहरुमा पूर्व न्यायाधीश लक्ष्मणप्रसाद अर्याल, नागरिक समाजका देवेन्द्रराज पाण्डे, मथुराप्रसाद श्रेष्ठ एवं यसअघिको वार्तामा सहजकर्ता रहिसक्नुभएका पद्मरत्न तुलाधर र दमननाथ ढुंगाना रहनुभएको छ।दुई घण्टा लामो वार्तापछि आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै सरकारी वार्ता टोलीका संयोजक एवं गृहमन्त्री कृष्णप्रसाद सिटौलाले शान्ति र अग्रगमन जनताको चाहना भएकाले वार्ताले अत्यन्त सकारात्मक परिस्थितिको सिर्जना गरेको बताउनुभयो। ‘हामी परस्परमा विश्वासका साथ अघि बढेका छौ, यसमा शंका गर्न आवश्क छैन।’ सिटौलाले भन्नुभयो। अत्यन्त प्रसन्न मुद्रामा पेश हुनुभएका सिटौलाले चाँडै नै शिखर वार्ता हुने जानकारी सञ्चारकर्मीहरुलाई दिनुभयो। तर उहाँले मिति भने तोक्नु भएन। पत्रकार सम्मेलनमा करिब ७ मिनेट बोलेर ‘मलाई हतार छ म र देव गुरुङ जान्छौं’ भन्दै उहाँ निस्कनु भएको थियो। ‘तपाइँहरु कहाँ जान लागेको’ भन्ने पत्रकारको प्रशनमा सिटौलाको जवाफ थियो- ‘हामी काममा जान लागेको।’पत्रकार सम्मेलनमा माओवादी वार्ता टोली संयोजक कृष्णबहादुर महराले शीर्षस्थ नेताहरुबीच हुने शिखर वार्ताको वातावरण बन्दै गएको बताउनुभयो। ‘अहिले देखिएको आशंका शिखर वार्ताले निवारण गर्नेछ’ महराले भन्नुभयो।
प्रधानमन्त्री कोइरालाले बुधबार विराटनगरमा सेरेमोनियल किंग राख्नुपर्छ भनेर दिएको अभिव्यक्तिप्रति महराले भन्नुयो- ‘सबै कुराको निर्णय संविधानसभाबाट गरिनुपर्छ। जनता कुनै पनि किसिमको राजतन्त्रको पक्षमा छैनन्।’ आफूहरु अहिले देखिएका सबै कुरा लिएर जनतामा जाने महराले बताउनुभयो। पहिलो वार्तापछिका २० दिनको बीचमा भएको गृहकार्य निकै उपलब्धिपूर्ण भएको उहाँको कथन थियो।वार्ता शान्तिमा केन्द्रित भइरहेको भन्दै दुवै तर्फका वार्ता टोली संयोजकले सञ्चारकर्मीहरुलाई संविधानसभाको वातावरण बनाउन सहयोग गर्न आह्वान गरे।
२:१५ देखि सुरु भएको वार्ता ४:१० सम्म चलेको थियो। होटलको तेस्रो तल्लाको उत्तर दक्षिण लम्बाई भएको हलमा भएको वार्तामा सरकारी वार्ता टोली पश्चिमतर्फ थियो भने (more…)

दोस्रो चरणको वार्ता आज

Filed under: समाचार

बिहिबार, असार,१
सरकार–माओवादीबीच दोस्रो चरणको वार्ता आज (१ असार) अपरान्ह दुई बजेदेखि हिमालयन होटेल कोपुन्डोलमा हुँदैछ।सरकारी तथा माओवादी वार्ताकारहरुबीच आज बिहान बसेको बैठकपछि यो निर्णय भएको थियो। आजको वार्तामा विशेषगरी अन्तरिम विधान, अन्तरिम सरकार, १२ जेठमा सम्पन्न पहिलो चरणको वार्ताले पारित गरेका आचार–संहिताको अनुगमन, संविधानसभाको निर्वाचन अगाडि नै हतियारको व्यवस्थापन, शीर्ष नेताहरुबीचको भेटघाटलगायतका विषयमा छलफल हुने बताइएको छ। आजको वार्ताका निर्णयहरुलाई प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्डबीच हुने शिखर वार्ताले अनुमोदन गर्ने बुझिएको छ।

12,June , 2006

शाही सरकारबाट रकम बुझ्ने पत्रकारहरू

Filed under: समाचार

कास
शाही सरकारले निरंकुशततन्त्र मजबुत बनाउन विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार/संस्थालाई रकम उपलब्ध गराएको पाइएको छ । शान्तिका लागि प्रचारप्रसार गरिदिन सञ्चार मन्त्रालयले ८४ पत्रकारलाई दशैंअघि गत असोजमा र शाही मन्त्रिपरिषद्ले माघ १३ गते निर्णय गरी ७५ लाख रुपैयाँ दिएको हो । रकम लिने नाममा परेका पत्रकारमध्ये तीर्थ कोइराला, बबिता बस्नेत र अर्जुन खड्काले रकम नलिएको दाबी गर्दै बद्नाम गराउने षड्यन्त्र भएको बताए । ‘यसलाई मैले कानुनी अपराधभन्दा पनि नैतिक विषयका रूपमा लिएको छु । आफूले लिएको प्रमाणित गर्न मेरो हस्ताक्ष्ार रहेछ भने जाँच गर्न चुनौती र माग गर्छु,’ कोइरालाले भने ।


वितरित रकम विवरण

१. राष्ट्रिय पत्रकार महासंघ -जसोधा प्रधान) १,२६,०००
२. राष्ट्रिय पत्रकार महासंघ -जसोधा प्रधान) ४,९५,०००
३. राष्ट्रिय पत्रकार महासंघ -निरोधराज पाण्डे) १०,०००००
४. नेपाल केवुल टेलिभिजन संघ -हरिशरण लामिछाने) २,००,०००
५. राष्ट्रिय पत्रकार संघ काठमाडौं -यज्ञ ढकाल) २०,०००
६. रिपोटर्स क्लब -ऋषि धमला) २०,०००
७. सम्पादक/प्रकाशक महासंघ -देवेन्द्र गौतम) १,८०,०००
८. साहित्यिक पत्रकार संघ -राधेश्याम लेकाली) २,००,०००
९. नेपाल चलचित्र कलाकार संघ -रमेश बुढाथोकी) ३,००,०००
१०. राष्ट्रिय प्रेस क्लब नेपाल -रामकृष्ण कर्माचार्य) २०,०००
११. आर्थिक तथा सामाजिक सचेतनाको लागि सञ्चार
-ओजश्वी गौतम) ३०,०००
१२. सूचना विभाग १,२५,०००
१३. राष्ट्रिय समाचार समिति ६,००,०००
१४. सम्पादक समाज नेपाल -देवेन्द्र गौतम) १,८०,०००
१५. नेपाल बुद्धिजीवी एवं सम्पर्क मञ्च -श्रीकृष्ण पौडेल) ६०,०००
१६. जयन्त केसी जनकपुर १०,०००
सञ्चार राज्यमन्त्रीको निजी सचिवमार्फत
१७. मनोज सिंह जलेश्वर १०,०००
१८. रामकिसुन यादव -राजविराज) १०,०००
१९. सुमन कार्की, इटहरी १०,०००
२०. विष्णुकुमार दास १०,०००
२१. शम्भु दाहाल, रामकोट, काठमाडौं १०,०००
२२. महेन्द्र थापा, भोजपुर १३,०००
२३. मोहन श्रेष्ठ, गोरखा १७,०००
जम्मा रु. ३६,४६,०००
शान्तिको प्रसार गरी योगदान पुर्‍याउने’ नाममा रकम बुझ्नेहरू
१. खगेन्द्रराज सिटौला, युग सम्वाद ६,०००
२. अनारसिंह कार्की, काठमाडौं १०,०००
३. सुरेश शर्मा, इमेज टीभी च्यानल ६,०००
४. गोकर्णदेव पाण्डे, वरिष्ठ पत्रकार १०,०००
५. केवि मरहठा, जनभावना ६,०००
६. युवराज विद्रोही, काठमाडौं १०,०००
७. शरदचन्द्र वस्ती, कान्तिपुर टिभि ८,०००
८. तीर्थ कोइराला, कान्तिपुर टिभि ८,०००
९. नरेन्द्र उपाध्याय, द. टेलिग्राफ ८,०००
१०. मोहन दाहाल, स्वतन्त्र ७,०००
११. जीवराम भण्डारी, राजधानी १०,०००
१२. रामहरि चौलागाईं, सञ्चार समूह १०,०००
१३. सूर्य खड्का, नवप्रतिपक्ष ५,०००
१४. मदनकुमार श्रेष्ठ, मध्यान्ह ५,०००
१५. शम्भू श्रेष्ठ, दृष्टि साप्ताहिक ५०,०००
१६. प्रहृलाद रिजाल, साँझको समाचार ५,०००
१७. घनश्याम अधिकारी, अन्तर्राष्ट्रिय मञ्च ४,०००
१८. सुदर्शन आचार्य, रुपरेखा ५,०००
१९. यादव देवकोटा, युग सम्वाद ५,०००
२०. पूर्ण कार्की, जनभावना ५,०००
२१. कुमार यात्रु, राजधानी ५,०००
२२. युवराज गौतम, गोरखापत्र १५,०००
२३. केदार आचार्य, स्वतन्त्र ५,०००
२४. रामचन्द्र न्यौपाने, जनसत्ता ७,०००
२५. निरोधराज पाण्डे, जनभावना १०,०००
२६. सोमनाथ घिमिरे, युग सम्वाद १०,०००
२७. प्रज्ज्वल घिमिरे, स्वतन्त्र ३,०००
२८. दीपक पाठक, मार्गदर्शन खबर ६,०००
२९. देवेन्द्र चुडाल, वानेश्वर ५,०००
३०. रेमशराज पौडेल, घटना विचार ३,०००
३१. लेखनाथ कोइराला, काठमाडौं ५,०००
३२. सुदर्शनराज पाण्डे, उत्थान साप्ताहिक, पर्सा ५,०००
३३. भद्रनाथ अधिकारी, ग्रामीण समाचार, पर्सा ५,०००
३४. गोविन्द पोखरेल, स्वतन्त्र ५,०००
३५. नरेन्द्रविलास पाण्डे, काठमाडौं ८,०००
३६. कर्णप्रखर धिताल, घटना विचार ३,०००
३७. केशव अर्याल, नेपाली पत्र ४,०००
३८. वासुदेव दाहाल, घटना विचार ३,०००
३९. सन्तोष न्यौपाने, इमेज टिभी ४,०००
४०. विश्वराज खनाल, अन्नपूर्ण पोस्ट ४,०००
४१. भगवान त्रिपाठी, काठमाडौं ५,०००
४२. झा ४,०००
४३. हरि लम्साल, काठमाडौं ५,०००
४४. डिल्लीराम निर्भिक, काठमाडौं ५,०००
४५. राजेश मिश्र, जी न्यूज ७,०००
४६. यादव थपलिया, नेपाल आवाज ५,०००
४७. मुकुन्द दाहाल, नेपाल-१ ५,०००
४८. बालकुमार नेपाल, अन्नपूर्ण पोष्ट ४,०००
४९. देवराज अर्याल, युग सम्वाद ४,०००
५०. ज्ञानहरि अधिकारी, युग सम्वाद ४,०००
५१. अर्जुन खड्का, कान्तिपुर टिभी ४,०००
५२. जसुदा प्रधान, पिपल्स रिभ्यु ५,०००
५३. पूर्णलाल चुके, बाँके ५,०००
५४. रेवतिरमण सुवेदी, श्रमजीवी ५,०००
५५. नकुल काजी, विवेचना ५,०००
५६. जगदिश शर्मा, प्रतिक दैनिक ५,०००
५७. केशव पौडेल, काठमाडौं ४,०००
५८. महेशचन्द्र गौतम, सिमाना साप्ताहिक ५,०००
५९. अनिलकुमार अनल, राजविराज ५,०००
६०. शिशुप्रसाद देवकोटा, राजविराज ५,०००
६१. हरि मण्डल, महोत्तरी ५,०००
६२. वविता बस्नेत, घटना विचार साप्ताहिक ५,०००
६३. कृष्णराज पाण्डे, स्वतन्त्र ७,०००
६४. उद्धव सिलवाल, राजधानी ३,०००
६५. दीपक पुडासैनी, जनसत्ता ५,०००
६६. विकल श्रेष्ठ, नेपाल न्यूज ५,०००
६७. कृष्ण खोजु, भक्तपुर ३,०००
६८. जयप्रसाद दाहाल, काठमाडौं ५,०००
६९. पवन थापा, हिन्दु साप्ताहिक ५,०००
७०. रमेश खड्का, धरहरा टाइम्स ५,०००
७१. मोहन श्रेष्ठ, घटना विचार ५,०००
७२. मोहन ढुंगेल, घटना विचार ४,०००
७३. नारायण न्यौपाने, काठमाडौं ४,०००
७४. यज्ञ ढकाल, साप्ताहिक आवाज ५,०००
७५. ईश्वर खनाल, हिमालय टाइम्स ४,०००
७६. पूर्णबहादुर थापा, स्वतन्त्र ३,५००
७७. विशाल खत्री, स्वतन्त्र ३,०००
७८. यदुनाथ अधिकारी, स्वतन्त्र ५,०००
७९. अम्मर भुजु, दलव साप्ताहिक ३,५००
८०. डिल्ली वसेल, च्यानल नेपाल ४,०००
८१. रामचन्द्र तिवारी, दिव्य दर्शन ५,०००
८२. श्याम निरौला, रासस २,०००
८३. विश्व वि. मोहन श्रेष्ठ, प्रेस काउन्सिल ५,०००
८४. गोपिकृष्ण खनाल, नयाँ कामना, झापा ५,०००

सरकार-माओवादी शिखर वार्ता चाँडै हुने

Filed under: समाचार

काठमाडौं, जेठ २९
नेकपा माओवादीका प्रवक्ता तथा माओवादी वार्ता टोलीका संयोजक कृष्णबहादुर महराले अबको एक-दुइ दिनमै सरकार र माओवादीबीच शिखर वार्ता हुने खुलासा गर्नुभएको छ ।उहाँले सरकारसँगको वार्ता छिट्टै निष्कर्षा पुग्न लागेको जानकारीसमेत दिनुभयो ।सोमबार रिपोर्टस् क्लवमा आयोजित साक्षात्कार कार्यक्रममा प्रवक्ता महराले सात दल संसदलाई निष्कृय बनाउन सहमत भएपछि सरकारसँगको द्वन्द्व कम भएको बताउनुभयो । उहाँले सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री कृष्णप्रसाद सिटौला र माओवादी अध्यक्ष प्रचण्डबीच आइतबार कास्कीको सिक्लेसमा भएको तीन घण्टा लामो वार्ताले आपसी आशंका हटाएको दाबी गर्नुभयो । ‘वार्ता अत्यन्तै सफल र सकारात्मक रहृयो, सरकारले गरेको प्रतिवद्धतालाई हामीले सहीरुपमा लिएका छौ’- महराले भन्नुभयो- ‘सरकारले संसद विघटन गर्न र स्वदेश तथा विदेशमा बन्दी जीवन बिताइरहेका हाम्रा कार्यकर्ता छुटाउन आश्वासन दिएको छ ।’प्रचण्डसँगको औपचारिक वार्तामा नेपालमा बन्दी जीवन बिताइरहेका तीन सयभन्दा बढी आफ्ना कार्यकर्ताहरुलाई छोड्न सरकार सहमत भएको महराले जानकारी दिनुभयो । मुलुकमा छ महिनाभित्र संबिधानसभाको निवार्चन गराएर दिगो शान्ति स्थापनाको मार्गमा आफूहरु अघि बढिरहेको जानकार ििददै महराले दुबै पक्ष लचकताका साथ प्रस्तुत भएकोले वार्ता निस्कर्षा पुग्ने विश्वास पनि व्यक्त गर्नुभयो ।महराले अब हुने वार्तामा संसदलाई निरन्तरता दिनुपर्ने सात दलको निस्कर्षर बृहत राजनीतिक सम्मेलन गर्ने माओवादीको मागका बारेमा छलफल हुने जानकारी दिनुभयो ।
राजनीतिक दलहरुसँग वैचारिक द्वन्द्व कायम रहेको स्वीकार गर्दै महराले राजनीतिक निर्ण्र्ााा आधारमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो । राजनीतिक निर्ण्र्ाागरेर अघि बढ्नुपर्नेमा कानूनी प्रयोगबाट अलमल गर्न खोजिएकाले माओवादीले संसद विघटनको माग राखेको उहाँको भनाइ थियो ।महराले प्रधानमन्त्रीको भारत भ्रमणलाई आफ्नो पार्टर्ीी शंकाको दृष्टिकोणले नहेरेको बताउँदै आर्थिक क्षेत्रमा प्रधानमन्त्रीको भ्रमण उपलब्धिमूलक रहेको आफूहरुले विश्वास लिएको बताउनुभयो । बृहत राष्ट्रिय सम्मेलन गरी अन्तरिम शासन विधान बनाएपछि आफूहरु अन्तरिम सरकारमा सहभागी हुने जानकारी दिंदै महराले संसदको निष्त्रिmयताले संविधानसभाको एजेण्डालाई कार्यान्वयन गर्न बल पुग्ने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा महराले आफूहरुले चन्दा उठाएको स्वीकार गर्दै तर कसैसँग पनि जवर्जस्ती नगरिएको दावी गर्नुभयो । साथै उहाँले माओवादीले जनसेनामा नयाँ भर्ना नगरेको दावी गदै सरकारको तर्फाट सैन्य भर्ना कायमै राखिएकोमा आपत्ति जनाउनुभयो ।स्वससे

दण्ड हीनता अन्त्यका लागि जोड

Filed under: समाचार

वासिंगटन डि.सी.
संयुक्तराष्ट संघ एशोशियसन यु.एस.ए को डि.सी. मा जुन १० मा आयोजित अन्तराष्टीय कन्भेन्सनमा अधिवक्ता दिनेश त्रिपाठीले नेपालको समसामयिक अवश्थाका वारेमा वोल्नु भएको थियो ।त्यस क्रममा अधिवक्ता त्रिपाठीे नेपाली जनताको बहादुरीपर्ूण्ा संर्घष्ामा राजा नतमस्तक भएर झुक्न वाध्य भएको र नेपालमा अहिले युगान्तकारी परिवर्तन भएको चर्चा गर्दै थप भन्नु भयो , यस अवश्थामा नेपालमा दिगो शान्ती, लोकतान्त्रीक एवं आर्थिक, सामाजिक र न्यायीक प्रकृयालाई स्तायीत्व प्रदान गर्न संयुक्त राष्टसंघ तथा अन्तराष्टीय समुदायले आवश्यक सहयोग गर्नु जरुरी छ ।नेपालमा नंया संविधान निर्माण प्रकृया, युद्ध पीडित, आन्तरीक विस्थापीत, व्रि्रोही सेना व्यवस्थापन र भौतिक संरचना निर्माण प्रकृयाका लागि समेत संयुक्त राष्टसंघ र अन्तराष्टीय समुददायको सहयोग आवश्यक भएको चर्चा गर्दै अधिवक्ता त्रिपाठीले मानवता विरुद्धका सबै अपराधीलाई ती जो सुकै भएपनि दण्ड उन्मुक्ति हुन नहुने र तीनलाई न्यायको कठघरामा उभ्याउनुपर्ने कुरामा जोड दिनु भयो । नेपालमा शान्ती र स्थीरता ब्रि्रीयो भने क्षत्रीय अश्थिरता पनि सृजना हुने खतरा तर्फ संकेत गर्दै उहाले नेपालको दिगो शान्ती निर्माण प्रकृयामा संयुक्त राष्टसंघको भूमीका महत्वपर्ूण्ा हुने वताउनु भएको थियोे । अधिवक्ता त्रिपाठीले संयुक्त राष्टसंघका सदस्य राष्टहरुले मानव अधिकारको पालना गर्नुपर्ने प्रतिवद्धता जनाएको चर्चा गर्दै अन्तराष्टीय फौजदारी अदालतलाई नेपालले तत्काल अनुमोदन गरी विधमान दण्ड हीनताको अन्त्यका लागि पनि अन्तराष्टीय दवाव हुनुपर्ने बताउनु भएको थियो । कार्यक्रममा उहालाई अतिथी वक्ताका रुपमा नेपाल टुडे विषयक मन्तव्यका लागि निम्त्याईएको थियो ।

9,June , 2006

न्यायाधीशहरुबिच संसदमा गई सपथ नखाने सहमति

Filed under: समाचार

शुक्रबार
सर्वोच्च अदालतका न्यायाधीशहरुबिच प्रतिनिधि सभामा गएर सपथ ग्रहण नगर्ने अनौपचारीक सहमति भएको थाहा भएको छ। प्रधानन्यायाधीश दिलिपकुमार पौडेलको कार्यकक्षमासबै न्यायाधीशहरुबिच २६ जेठमा भएको छलफलमा उक्त सहमति भएको बताइएको छ। तर शुक्रवार ३ बजे विदा भैसकेपनि छलफल जारी रहेकोले आधिकारीका रुपमा यसको पुष्टि भैसकेको छैन्। ४ जेठको प्रतिनिधि सभा कार्यान्वय गर्न तयार गरिएको नियमावली मस्यौदामा प्रधानन्यायाधीश र न्यायाधीशहरुले पनि प्रतिनिधि सभामा ‘प्रतिनिधि सभा घोषणा कार्यान्वय विशेष समिति’ सामु सपथ लिने प्रावधान छ। नियमावली मस्यौदामाथी प्रतिनिधि सभाको छलफल जारी छ। उक्त प्रावधान बारे सर्वोच्च अदालतमा २५ जेठदेखि अनौपचारीक छलफल भइरहेको छ। न्यायाधीशहरु बिच दोश्रो दिनको छलफल लम्बिएकोले दिनभरी कुनै पनि मुद्दाहरुमा बहस पैरवी भएनन्। २५ जेठमा राजधानीमा आयोजित एक सार्वजनिक कार्यक्रममा प्रभावशाली न्यायाधीश अनुपराज शर्माले घुमाउरो पाराले ‘प्रतिनिधि सभामा गई सपथ लिनुपरे आफुले राजिनामा दिने’ मनशाय ब्यक्त गर्नुभएको थियो। प्रतिनिधि सभामा सपथ लिन नहुने धारणा राख्नेहरुले त्यसो भएमा न्यायिक स्वतन्त्रता अन्त्य भई संसदको निरंकुशता आरम्भ हुने तर्क राख्छन्। सर्वोच्च अदालतका प्रभावशाली न्यायाधीशहरु प्रतिनिधि सभामा सपथ लिनु पर्ने प्रावधानको विपक्षमा देखिएको बेला नेपाल वार एशोसियसन पनि उनीहरुकै पक्षमा देखिएको छ। यद्यपी केही न्यायाधीशहरु प्रतिनिधि सभामा सपथ लिने पक्षमा रहेको बताइएको छ।हिमाल खबर






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here