म भन्दिन कि तपाँइ यो भिडियो हेर्नुहोस
कहिले रुकुम कहिले रोल्पा त कहिले काठमाण्डौमा आगो लाग्छ । सहर गाँउ दन्दन्ती जल्छ र पुन सेलाउँछ । केहि समय पछी फेरी आगो सल्कन्छ र जल्न थाल्छन गाउँहरु , शहरहरु , भन्ज्याङ अनि चौतारीहरु । हाम्रो देशमा आगो लाग्न र जल्नलाई ठुला कुराहरु हुनै पर्दैन । एउटा डाइभरले एउटा मान्छे किच्यो भने पनि पुरा शहर जल्न थाल्छ , अस्पतालमा एउटा विरामी मर्यो भनेपनि शहरमा आगो लगाउन थालिन्छ अनि भारतको एउटा कलाकारले केहि केहि चित्त दुख्नेकुरा गर्यो भनेपनि हामै्र शहर जल्न थाल्छ र हामीहरुनै गोलीखान बाध्य हुन्छौं यो हाम्रो नियती हो । मैले आज गर्न खोजेको कुरा चाँही अलि पुरानो हो अर्थात दुइवर्षपुरानो । आजको ठिक दुइवर्षपहिले काठमाण्डौ दन्दन्ती जलीरहेको थियो । बैदेशीक रोजगारीका कार्यालयहरु, पत्रीका प्रकाशनगृहहरु, राजदुतावासहरु, अनि एयरलाइन्सका कार्यालयहरु यतिवेला मुख्य आगो लगाउने अखडाहरु भएका थिए । बिदेशमा गएर अलीकती पैसा कमाइएला भनी मनभरी सपना संगाल्दै इराक पुगेका बाह्रजना नेपालीहरुलाई एकैठाउँमा हत्या गरीएपछी काठमाण्डौका जनताले निर्दोस नेपाली घाँटी रेटिएको सजीलै पचाउन सकेनन र आफ्नो आक्रोसलाई सडकमा आएर पोखे अन्तत इराकमा क्षती त भयो नै तर नेपालमा पनि कम क्षतीभने भएन । यसको बारेमा बिस्तृत कुराहरु त मेरो संसारमा गएर पढ्न सकिन्छ तर्सथ मैले चाँही यहाँ त्यही कहाली लाग्दो हत्याको भिडियो लाई राखेको छु । मैले यो भिडियो तेतीबेला पनि हेर्ने कोशिस गरेको थिँए तर एक मिनेट हेरेपछी बाँकी भिडियो हेर्ने साहस मैले गरीन र सात दिन सम्म त्यो भिडियोको असरले मलाई सताइरह्यो तर्सथ आज पनि यो भिडियो लाई मैले एक मिनेटजती मात्र हेरेर यहाँ राखेको छु । आज एक साथीले मोवाइल मार्फ भिडियो म्यासेज पठाएको र रत्नपार्कमा राख्नुहोला भनेको हुदा यहाँ राखेको हु तर म भन्दिन कि तपाँइ यो भिडियो हेर्नुहोस । यदी तपाँइ धेरैपैसाको लोभमा परेर इराक अथवा यस्तै कुनै देशमा जान खोजीरहनुभएको छ जहाँ जानको लागी हाम्रो देशले अनुमती पनि दिएको छैन भने चाँही एक पटक यो भिडियो हेर्नुहोस सायद तपाँइको विचारमा केहि परिवर्तन आउँछकि । मोवाइलको भिडियो भएको हुँदा यो सफा सँग देखिदैन र यस्लाइ 3gp फाइल बाट अन्य फाइलमा परिवर्तन गर्न नसकेको हुँदा सम्पादन गर्न पनि मिलेन तर्सथ जस्तो प्राप्त भयो त्यस्तै यहाँ राखेको छु ।

आज अकस्मात देवदासलाइ एउटा भिडीयो क्लिप हात पर्यो रत्नपार्कमा प्रकाशन गर्नको लागी भनेर तर क्लिप हेरेपछी प्रकाशन गर्न देवदास हातहरु काँप्न थाले । प्रकाशन गर्ने कि नगर्ने भनेर धेरैबेर सोचाइ पनि भयो र कती साथीहरुले यस्तो प्रकाशन गर्नु हुन्न भन्नथाले भने केहिले चाँही सत्यकुरामा किन डराउने भन्न थाले । कुरा अश्लिलताको मात्र हैन , यो एउटा देशको इज्जतको कुरा पनि हुन आउँछ । दरवार भित्र भएको यौनलिला लाइ इन्टरनेटमा राखेर दुनियासामु प्रदर्शन गर्नु आखीर दरवारको मात्र हैन देशकै बदनाम हुने कुरा निश्चित छ तथापी आफुले देखेका बिकृती बिसंगतीलाइ जनता सामु पर्याउनुपनि त एउटा कर्तब्य हो । बाहीरबाट हेदा सुकिला लुगा लगाएर हिंड्ने, चिल्लो कारमा हिंड्ने , बोलेका हरेक शब्दहरुलाइ कन्चन वाँणी मान्ने दरबारको पर्दा भित्र कस्ता कस्ता खेल हुदा रहेछन भन्नेकुराको पुष्टी यो भिडीयो क्लिप बाट हुन्छ । थाहा छैन रत्नपार्कमा यो भिडीयो राखेपछी देवदासलाइ कती अप्ठेरो पर्ने हो ? कतीका धम्कि आउने हुन ? कतीले देवदासलाइ खोज्नेहुन ? जे होस आजको सत्यलाइ हामीले जसो जसो स्विकार्नै पर्छ । भोली जो होगा देखा जाएगा । ज्यान बचेछ भने फेरी भेटौंला है त ?

गएका महिनाहरु:
