साउन १० गते रत्नपार्क आउन आग्रह
श्री … … … … … … … … … … … …
… … … … … … … … … … … …
लोकतन्त्र र शान्तिको लागि नागरिक आन्दोलनले शाही सत्ताको विरोध, शान्ति वार्ताको र्समर्थन र संविधानसभामार्फत नयाँ संविधान र राज्य पुनरसंरचनाको निम्ति गरेको आन्दोलनलाई देशव्यापी वनाउने कार्यमा जिल्ला जिल्लामा नागरिक समाजहरुले गरेको योगदान र प्राप्त उपलवधी इतिहासको धरोहर भइसकेको छ भन्ने लाग्छ । नागरिकहरुको लोकतन्त्रप्रतिको निष्ठा र आमजनताले देशभर प्रदर्शन गरेको सक्रिय सहभागिता र वलिदानी योगदानवाट मुलुकले केही उपलव्धी हासिल गरेको छ । तर यो दीगो हुन्छ भन्ने तर्फ आश्वस्थ हुन सकिने अवस्था छैन । शान्ति वार्तालाई टुङ्गोमा पुर्याई संविधानसभाको निर्वाचनको कार्य त नागरिकहरुको खवरदारी नहुने हो भने धेरै टाढा पुग्ने हो कि भन्ने लागिरहेको छ ।यस परिस्थितिमा नागरिकहरुको माग, खबरदारी र गन्तब्यप्रतिको दृष्टिकोणलाई अरु मुखरित गरी सात दल र नेकपा -(माओवादी) दुवै पक्षलाई आन्दोलनको जनादेशप्रति प्रतिवद्ध बनाउन, १२ बुँदे समझदारि र ८ बुँदे सहमतिमार्फत गरेका वाचाहरु पूरा गर्न र र्सार्वभौम जनताको भावनाको कदर गर्न लगाउन हामी अर्को चरणको आन्दोलन शुरु गर्दैछौं । यो हामी सवैको साझा आन्दोलन हो र हामी सवैको साझा निष्ठा र सहभागितावाट नै लक्ष्यमा पुग्ने छौं ।लोकतन्त्र र शान्तिको लागि नागरिक आन्दोलनले २७ र २८ असार २०६३ मा मुलुकको राजनितिक अवस्था र नागरिक आन्दोलनको भावी कार्यक्रमवारे गरेको छलफलको आधारमा र्सवसम्मतिवाट पारित गरेको प्रस्ताव यसै पत्रसंग संलग्न छ । आशा छ साउन १० गतेको दिन यिनै मागहरुलाई आधार बनाएर सभा, धर्ना, र्याली वा स्थानीय हिसावले तपाईहरुलाई उपयुक्त लाग्ने यस्तै प्रकृतिको कुनै कार्यक्रम गर्न हुने छ । काठमाडौं उपत्यकाको हकमा साउन १० गते बुधवार ४ बजे रत्नपार्कको सहिद वाटिकामा नागरिक धर्नामा सक्रिय सहभागिता जनाउन आग्रह गर्दछौं ।
डा. देवेन्द्रराज पाण्डे
लोकतन्त्र र शान्तिको लागि नागरिक आन्दोलनको तर्फवाट
३२ असार, २०६३
____________
Suresh Pradhan
Coordinator
Nepal Mandal Forum


गएका महिनाहरु:
