.... ....UCC

7,August , 2006

गिरिजाबाबुलाइ देवदासको खुल्ला पत्र

नेपालको इतीहासमा लगातार पाँचौपटक प्रधानमन्त्रीको कुर्सी कब्जागर्न सफल तथा नयाँ नेपालको पहिलो प्रधानमन्त्री भइ राजाको भन्दापनि उच्च स्थानमा पुग्न सफल तपाँइ श्री गिरीजा प्रसाद कोइराला ज्यु लाइ यो कान्छो ब्लगर देवदासको तर्फाट कोटी कोटी नमस्कार छ ।
श्री ५ गिरीजा बाबु (पाँचपटक प्रधानमन्त्री भएको हुँदा श्री ५ भनेको ) ,
हुन त तपाँइ र मेरो आजको दिनसम्म कहि कतै भेट भएको कुरा इतिहाँसका पानाहरुमा मैले भेटाएको छैन र मलाइ पूर्ण बिश्वास छ भबिश्यमा पनि हाम्रो भेट हुने सम्भावना दुर्लभ नै छ । यर्सथमा तपाँइले मलाइ चिन्ने त कुरै आउँदैन तर तपाँइलाइ भने म बिर्सीन चाहेर पनि बिर्सन नसक्नेगरी यो दिलमा राखीसकेको छु । तर्सथ चाहेर पनि अहिले तपाँइलाइ म यो दिलबाट निकाल्न सक्दीन । हुन त तपाँइले मलाइ चिन्नुपर्ने कारण पनि केहि छैन । यदी म कुनै जर्मनी , बंगाली अथवा भारतिय नागरीक भएको भए तपाँइले चिन्नुहुने थियो । म एक नेपाली गरीब किसानको छोरोले तपाँइलाइ आफ्नो परिचय खै कसरी पो दिन सक्छु र ? यदी म कुनै ठुलो ब्यापारी भैदीएको भए मैले परिचय दिनुनै पर्ने थीएन तपाँइले अनुहार हेरेकै भरमा चिन्नुहुन्थ्यो । यदी राजनितीक कार्यकर्ता भएको भए झण्डा बोकेको फोटो देखाएर भएपनि आफ्नो परिचय दिने थिँए । सरकारी कर्मचारी भएको भए परिचयपत्र देखाउने थिएँ । डाक्टर भएको भए तपाँइ बिरामी हुदा उपचारमा संलग्न हुने थिएँ । इन्जीनिएर भैदीएको भए तपाँइको पुरा हुन नसकेको पार्टिकार्यालयको बिल्डीगं बनाउन आउने थिएँ । यि मध्ये म कुनैमा पनि सामेल नभएको हुँदा तपाँइले एक गरीब कीसानको छोरालाइ चिन्ने त कुरै भएननी कि कसो ? हिजोको तपाँइको अभिब्यक्ती सुनेर मलाइ ज्यादै खुसीलागेको हुँदा यो गरीब नेपालीको छोराले यो चिठी लेख्ने जमर्को गरेको हो । आफ्नो हैसीयतले तपाँइलाइ चिठी लेखेर खाममा हालेर बाहीरबाट टिकट टाँसेर पठाउन नसकेको हुँदा हामी जस्ता गरीबहरुको लागी भनेर ब्लगसमले दिएको निसुल्क वेभपेज मार्फत यो खुल्ला चिठी पठाएको हो । चिठी खुल्ला भयो भनेर चित्त नदुखाउनु होला किनकी यतीबेला केनैपो गोप्य छ र तपाँइ र गरीब नेपालीहरुबिच । हिजो तपाँइले दिएको अभिब्यक्ती अनुसार सबैले धेरथोर स्पेश पाउनु पर्छ भन्नुभएको थियो । चौरासी बर्षो उमेरमा आएर अहिले चँही साँचो र सबैलाइ चित्त बुझने कुरा गनुभयो तपाँइले । साँच्चै तपाँइ धेरै महान हुनुहुन्छ ।यही महानताको अगाडी राजा, प्रजा , सात दल, माओबादी , भारत ,अमेरीका , संयुक्त राष्ट्रसंघ सबै नतमस्तक भएका छन । मैले आजसम्म कुनै पार्टीको सदस्यता नलिएपनि र कसैको अन्धभक्त कार्यकर्ता नभए पनि तपाँइको यो भनाइलाइ चाँही कदर गर्छु । अखीर तपाँइ जस्ता महापुरुशले नराम्रो सोच्ने र गर्ने त कुरै आउँदैननी । बालककाल देखी यही राजनितीमा लागेर चौरासी बर्षो जिन्दगी पार गरिसक्नु भयो । न त आफ्नो भन्ने कोहि बाँकी नै छ परिवारमा । एउटी छोरीलाइ पनि जर्मनी तिर पठाउनु भयो र अहिले आएर नातीनीलाइ पनि बंगलादेश तिर पठाउनु भयो । अब तपाँइले सोच्ने भनेको टोल, गाउँ , समाज र जनताका लागी मात्र त हो । तपाँइले त पैसा कमाए पनि खर्चगर्ने ठाउँ नै छैन नि त्यै भएर सबैलाइ पाखा लगाएर एकलौटी राज्य चलाउनु भन्दा सबैलाइ स्पेस दिने कुरा गर्नु भएको होला । तपाँइको भनाइमा म सतप्रतीशत सहमत छु । अतीतमा जे भयो भयो तर अब भने यो देश नेपाल नेपालीहरुको हो चाहे राजा ज्ञानेँन्द्र हुन या सुकुम्बासी टोलमा बस्ने सुकुम्बासीहरु । चाहे दलीत हुन या चाहे साना साना पार्टी तर्सथ यो देश नेपालीको भएको नाताले यो देशलाइ सबैले बाँडीचुँडी खान पाउनु पर्छ । यो प्रजातन्त्रमा सबैले स्पेस पाउनुपर्छ ।जनमोर्चा जस्तो सानो पार्टीले त उपप्रधानमन्त्रीको स्पेस पाउँछ भने देशको राजा जस्तो मान्छेलाइ स्पेसलेस त गर्नै भएननी हैन त ? पहिला पहिला बुद्दी अली कलीलै थियो त्यै भएर टनकपुर सुटुक्क एक्लै खानुभयो । लाउडा छोरीलाइ दाइजो दिनुभयो तर अहिले आएर बाँडीचुडी खाने भनेको देख्दा साँच्चै बुद्दी फीरेजस्तो लाग्यो र तपाईको कार्यको स्रहाना गर्दै यो चिठी लेखेको हो । पहिला त भारत र जर्मनीलाइ मात्र हेर्नु हुन्थ्यो तर अब त बंगालादेशको पनि भार थपीएको छ तपाँइको काँधमा । बंगाली खुसी भयो भने नातीनी खुसी हुने हो, नातीनी खुसी भइ भने छोरी खुसी हुने हो र छोरी खुसी भइन भने पो तपाँइ खुसी हुने हो त्यै भएर अलीकती स्पेस बंगालीलाइ , पुरानै भएपनि अलीकती जर्मनीलाइ , अनि तपाँइका प्रिय राजालाइ , त्यसपछी नजीकका नातेदारहरुलाइ , त्यसपछी पार्टीका आफ्ना अन्धभक्तहरुलाइ , र बाँकी रहेको सात दल र माओबादीलाइ दिनुपर्यो । अब सबैले धेरथोर स्पेस त पाउने भए तर म जस्तो एक गरीब किसानको छोरो , एक कान्छो ब्लगरले के पाउने हो थाहा छैन । मलाइ त खासै ठुलोकुराको आबश्यकता पनि थिएन स्पेस नै दिनेहो भने यो ब्लग प्रकाशन गर्नको लागी अलिकती स्पेस किनीदिए आभारी हुनेथिएं । आखीर ब्लगरहरुपनि त नेपालीनै हुन, उनिहरुले पनि त केहि न केहि पाउनु पर्छ राज्यको तर्फाट । लौ त अरु धेरै गन्थन के लेखौ आगामी मन्त्रीमण्डलको बैठकमा ब्लगरहरुको बारेमा पनि केहि निर्णय गर्नुहुने छ भन्दै आजलाइ बिदा ।
उहि कान्छो ब्लगर देवदास

कमेन्ट पठाउन चाहनेहरुको लागी दुखद खबर ।
कारण पत्ता नलागेको एक आन्तरीक रोगका कारण अहिले रत्नपार्कमा सायद कमेन्ट प्रेशण गर्न सकिंदैन आशा गरौं छिटै कमेन्ट बक्सले काम गर्ने छ ।

1,August , 2006

यो कस्तो प्रतिकृया ????

यदी तपाँइ दिनको तीन चार बजे सम्म सुतिरहनु भयो भने तपाँइलाई के भन्छन घरका अन्य सदस्यले ? पक्कै पनि गाली गर्छन, राँवणको उपमा दिन्छन , ओच्छ्यानमै पानी खन्याउँछन , अल्छे भन्छन, आदी आदी । तर सबैको घरमा यस्तै गर्छन भन्ने चाँही छैन । कुम्भकर्ण्रजस्तै दिनको तीन चार बजेसम्म सुत्दा गाली खानुको सट्टा उल्टै परिवारका अन्य सदस्यले निद पुग्नेगरी सुत्नु पनि भन्न सक्छन । कुन परिवार होला त्यस्तो छोरो चार बजे सम्म सुतेकोमा आमाले गाली गर्नुको सट्टा अझै निन्द्रा पुग्नेगरी सुत बाबु भन्दै प्रतिकृया दिन्छीन । विस्तृत बिबरणको लागी भित्र आउनु होला । (more…)

11,July , 2006

जर्मनी राम्रो कि बंगाली ?


यो बिज्ञापन कसैको जिन्दगीसँग मेल खाएमा एक संयोगमात्र मानीने छ ।

7,May , 2006

हवल्दार कान्छोलाइ ठुल्दाइको चिठी


प्यारो भाइ हवल्दार कान्छो
शुभआशिर्वाद
यो पत्र कोरुन्जेलसम्म म लगायत अन्यदलका साथीहरुपनि आरामै छौं तर तिम्रो स्वास्थ बिग्रेको सुन्दा अलि दुख लाग्यो । मैले त तिमीलाइ हवल्दार बन्ने आशिर्वाद दिएको थिएं तर तिमी त पाँच पटक प्रधानमन्त्री बनेर दुनियामा रेकर्ड नै राख्यौ । तर जे होस तिमी जतीपटक प्रधानमन्त्री भएपनि मेरो नजरमा आजसम्म तिमी हवल्दार नै छौ र आज सम्म प्रधानमन्त्रीले गर्ने काम गरेका छैनौ अब भविश्यमा गरौला नगरौला त्यो त भविश्यलेनै देखाउने छ । मैले त सोचेको थिएं अब तिम्रा दिनहरु पनि गए अब तिमीलाइ पनि यौटा भिसा पठाएर यतै बोलाउनुपर्ला जस्तो लागेको थियो तर तर तिमीलाइ त्यो कुर्सीले नछोडेको हो कि तिमीले त्यो कुर्सी नछोडेको हो बुझ्नै गाह्रो भो । तिम्रो र त्यो कुर्सीको जस्तो सम्बन्भ त सायदै लोग्ने स्वास्नीको पनि होला ? नेपाली जनतालाइ लाटा भनौंभने मैं हु भन्ने माइलाराजाको त मुखको गाँस खोसीदिए , घुँडा टेकाइदिए , अनि फेरी पर्दा पछाडी धकेलीदीए तर बाठा भनौ भने पनि घुमीफीरी बांगे सल्लो भनेजस्तै अस्तीसम्म तिम्रो मुख हेर्ननि नचाहने , तिम्रो बोली सुन्न पनि नचाहने र तिमीलाइ देख्दा साइत पनि बिग्रन्छ भन्नेहरुलेनै आज देश तिम्रो पोल्टामा राखीदीए । आखीर तिमीसँग के छ त्यस्तो रहस्य जो हारेर पनि सँधै जितीरहन्छौ ? हवल्दार कान्छो यो तिम्रो अन्तिम मौका हो । सुध्रिने भए सुध्रिहाल , सयौं पापहरुलाइ पनि एकै पटक गरेको धर्मले पखाल्छ भन्छन तर्सथ तिमीलाइ पनि समयले त्यही पापहरु पखाल्ने मौका दिएको छ गरीहाल पुण्यका कामहरु जस्ले तिम्रो अतितका पापहरु पखाल्नलाइ मद्दत गर्नेछ । जनताले तिम्रो पोल्टामा राखीदिएको देश तिम्रो बिगतका राम्रा कामलाइ देखेर हैन (के नै पो गरेका छौ र विगतमा त्यस्ता राम्रा काम ? ) केवल माइलाराजा र तिम्रो तुलना गर्दा माइला राजा भन्दा तिमीले अलीकती मात्र कम नराम्रा काम गरेको भएर मात्र हो । हुन त तिमी र माइलाराजा मा खासै त केहि अन्तर छैन तर माइला राजाले ५१ प्रतीशत नराम्रा काम गरे त तिमीले ४९ प्रतीशत । बस् यही दुइ प्रतीशतले गर्दा माइला राजालाइ फ्यालेर तिमीलाइ रोजेका मात्र हुन जनताले । जनताले चाहेभने फेरी देश अर्कैको पोल्टामा जानपनि सक्छ यस्लाइ आफ्नो पेवा नसम्झे हुन्छ तिमीले । देश सँधे जनताको हातमा हुन्छ तर्सथ होस गर माइलाराजाको पक्षमा अलीकतीपनि कुनै काम भयो भने फेरी जनताले तिम्रो पोल्टाको देश लाइ प्रचण्डको पोल्टामा लगेर राखीदिने छन । प्रचण्डको पोल्टोपनि ब्याकुल भएको छ देश राख्नलाइ । प्रचण्डको पोल्टोमा देश गएपछी अनि तिम्रो र माइलादाइको कुनै सिप लाल्नेछैन । यतीबेला त्यहाँबाट आएका एक्काइस जना सहिदले मलाइ यहाँ घेरेर राखेका छन । शहिदका सपनाहरु माथी खेलवाड नगर्नलाइ चेतावनि दिनु भन्दै मलाइ भनिरहेका छन त्यै भएर मैले आज तिमीलाइ यो पत्र लेखेको हो । दुइकरोड पचासलाख नेपाली जनताको प्रतिनिधित्व गर्ने यि एक्काइस जना शहिदको चाहना , इच्छा अथवा माग के के हुन तिमीलाइ थाहा छ कि छैन ? यदी थाहा छैन भने यहाँ मैले केहि माग अथवा जनआन्दोलनका उदेश्यहरुलाइ लेखेर पठाएको छु राम्रो सँग पढ र त्यो काम गर । शहिद चाहन्छन यी माग तथा प्रश्नहरुको जवाफ तिमीले तुरुन्त पठाउने छौ भन्ने ।
जनताका प्रश्न तथा मागहरु यसप्रकार छन

१ संबिधानसभाको मिती घोषणा गर्न किन ढिला गरेको ?
२ बाह्रबुँदे सहमती कार्यान्वयन गर्न किन ढिलाइ गरेको ?
३ सफथ खानलाइ किन दरबार गएको ?
४ श्री ५ को सरकारलाइ किन यतीबेला सम्म नेपाल सरकारमा परिवर्तन नगरेको ?
५ शहरबजारमा रहेका राजामहाराजा भनाउदाहरुको सालीकलाइ किन नढालेको ?
ती सालीको को स्थानमा तुरुन्त एक्काइस जना सहीदको सालीक बनाउनु पर्छ
६ राजा महाराजा भनाउदाहरुको महाबाणीरुपी त्यो होर्डिगंबोर्डहरु किन नउखलेको ?
७ लोकतन्त्रीक आन्दोलनमा निस्कीएका निसस्त्र जनतामाथी गोली हान्ने र हान्न आदेश दिने प्रहरी र सेना माथी यतीकादिन सम्म किन कारवाही नगरेको ?
८ हेडक्वार्टरमा बसेर जनता मार्न उर्दी लगाउने कुख्यात मण्डले कमल थापालाइ अहिले सम्म किन गिरफ्तार नगरेको ?
९ बाह्रबर्से अबधिमा गन्हाउने गरी भ्रस्टचार गर्ने र अख्तीयारले समेत मुद्दा चलाइ रहेका ( मुद्दा नचालाएका त कती हुन कती ) कुख्यात तस्करहरुलाइ किन संसदभवन भित्र छिर्न दिएको ?
१० माइलाराजाको तलुवा चाट्नको लागी माल्दीभ्स् बाट आयात गरीएका तुलसीलाइ किन करबाही नगरेको ? कि त उस्लाइ देशभित्रै कारवाही गरीयोस कि त नेपाली नगरीकता रद्द गराएर पुन माल्दीभ्स् तीरै लखेटियोस ,
११ अमहडताल लाइ चार दिन बाट बढाएर अनिश्चीतकालीन बनाउनेले सदनको बैठक चाँही किन दिन बिराइ बिराइ बसेको ?
१२ जनआन्दोलनको कममा जनतालाइ अठार घण्टा आन्दोलनमा खटन लगाउने ले आफु सदनमा गएपछी चाँहि किन दिनको एक, दुइ घण्टा बैठक बसेको जस्तो गदै यो महत्वपूर्ण समयलाइ हावामा उडाएको ?
१३ माइलाराजालाइ नढालुनजेल सम्म लगातार आन्दोलन गर्न उर्दि गर्नेले सबिधानसभा भएर चुनाव भएर सरकार नबनुनजेल सम्म लगातार काम गर्नु पर्‍यो ।
१४ राजालाइ घुँडा टेकाएर लोकतन्त्रको बहाली गर्ने तिमीहरु कि हामीहरु ? यो आन्दोलनमा हामीहरु एक्काइस जनाले आफ्नो ज्यान गुमाइम तर कती जना नेताले आफ्नो ज्यान गुमाए त ? तर्सथ यो देश नेपाली जनताको हो जनताको भावनामाथी खेलवाड नगरीयोस ,

हेर हवल्दार कान्छो , सहीदहरुले त अन्य धेरैकुरा भन्दीनु भनेका थिए मैले यहाँचाँहि मुख्य बुदाहरु मात्र लेखेको छु । माथीका कुराहरुमाथी फेरी एकपटक दृस्टी लगाउ र जनताको चाहना पुरा गर्न तिर लाग । जनताको चाहनालाइ आत्मसाथ गर्दै अहिले हामीले पनि यहाँ ( बैकुण्ठधाम ) गणतन्त्रको घोषणा गरेका छौं ।गणतन्त्रीक नेपाल बैकुण्ठधामको प्रथम
निर्वाचनको पनि घोषणा गरीसकेका छौं । गणतान्त्रीक नेपाल बैकुण्ठधामको पहिलो निर्वाचनमा राष्टपतीको लागी बिरेन्द्र वीरबिक्रम , मदन भ०डारी र गणेशमानले उम्मेदवारी दिएका छन । हवल्दार कान्छ यदी तिमीमा पनि अलिकती देश प्रती माया छ र मुटु दरीलो छ भने आजै गणतान्त्रीक नेपाल को घोषणा गर र प्रथम राष्टपतीको निर्वाचनको लागी मीती घोषणा गर । माइलाराजालाइ पनि एकपटक सोध राष्टपतीको लागी उम्मेदवार दिन्छन कि दिदैनन ?आफ्नो पक्षमा कती जनता रैछन भन्नोकुरो अनि थाहा हुन्छ माइलाराजालाई , ।
लौ त हवल्दार कान्छो ,
बाँकीकुराहरु अर्को पत्रमा लोखौला अहिलेलाइ यत्ति । अन्तमा किशुनजीलाई सम्झेको छ रे भनिदेउ । अन्य ठुलाबडाहरुलाइ यही आएपछी मिलौला ।
उहि तिम्रो ठुल्दाइ
बि पि ,
गणतान्त्रीक नेपाल बैकुण्ठधाम ,

23,January , 2006

मदनकृष्ण र हरिवँशको दोहोरी गीत (भिडीयो ब्लग)

एक अपरिचित साथीको कृपाले आज देवदासलाइ एउटा दोहोरी गीत को भिडीयो प्राप्त भएको छ । अपरिचित साथीभएपनि उहाँले देवदासको नाममा निशुल्क भिडीयो अपलोड गर्ने साइट यु ट्युबमा खाता खोलेर उहाँलेनै भिडीयो अपलोड गराइदिनुभएको छ । गजब लाग्यो जब उहाँले मेल ठेगाना पनि देवदासकै प्रयोग गर्नु भएको देख्दा त्यस्को लागी देवदासले इमेल ठेगाना एप्रुभ गर्नुमात्र पर्ने । जे होस जसरी भएपनि उहाँको दुखको लागी देवदास धेरै धेरै आभारी भएको छ । यो भिडीयो गाइजात्राका अबसरमा नाचघरमा प्रस्तुत गरिएको रहेछ र प्रस्तुत कर्ता चाँही हरिवंस आचार्य मदनकृष्ण श्रेष्ठ हुनुहँुदो रहेछ । यो प्रोग्राम देवदासले पहिला नहेरेको भएर होला पहिलो पटक हेदा देवदास पेटमिची मिची हाँस्न बाध्य भयो । हरिवंश आचार्य बुढीभएर गीत गाँउदै नाचेको र मदनकृष्ण श्रेष्ठ एक नेता भएर दोहोरी खेलेको साँच्चैनै राम्रो छ । दोहोरी को बोल छ , बल्ल पर्यो निर्माया माकुरी जालैमा । लौ त हेर्नुस रत्नपार्कमा पहिले नेपाली कार्यक्रम मह दोहोरी २०६२ ।
विविध कारणले प्रस्तुत भिडीयो यहाँ राख्न नसकेको हुँदा यहाँ क्लिक गरेर सम्बन्धित साइटमा गएर हेन सकिन्छ ।

14,January , 2006

यस्तै रहेछ यहाँको चलन

shahi toilet

25,November , 2005

ताजा खबर, ताजा खबर !!






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here