.... ....UCC

26,July , 2006

कोही छ देवदासलाइ सहयोग गर्ने ?

WordPress database error: [Can’t create/write to file ‘/var/tmp/#sql_6cce_0.MYD’ (Errcode: 17)]
SELECT * FROM wp_gonesavage_posts WHERE 1=1 AND (post_status = “publish” OR post_author = 1 AND post_status != ‘draft’ AND post_status != ’static’) GROUP BY wp_gonesavage_posts.ID ORDER BY post_date DESC LIMIT 0, 15
यो के लेखेको हो तपाँइले बुझ्नु भो ? मैले त केहि पनि बुझिन । अस्तीको दिन बिहानै देखी हिजो सम्म ब्लगमा देखा परेको सन्देश हो यो र यो सन्देश आएपछि ब्लगको साइटबार र हेडिङ भन्दा हरु केहि खुलेन, कुनै पोस्ट पनि देखाएन । निशुल्क पाएको यो ब्लगसमको साइटमा यस्ता खाले समस्या आजभोली हरेक हप्ता आउन थालेको छ । मैले त सोचेको थिएँ सायद रत्नपार्क बन्द नै भयो तर हैन रहेछ । जब ब्लगसम फोरममा गएर हेरें तब यस्ता समस्या पाउने ब्लगर त सयौं रहेछन त्यै भएर पक्कै यो भोलीसम्म ठिकहोला भनेर बसें नभन्दै ठिक त भयो तर फेरी केहि समयपछी अर्को समस्या देखिने पक्का छ । हुन त म नियमीत ब्लगिंग गर्ने ब्लगर हैन तै पनि फुर्सदको समयमा कम्प्युटरमा बस्दा प्राप्त इमेल पढ्नु र इमेल पठाउनु भन्दा अरु केहि काम छैन त्यसैकारण समय नस्टगर्ने काम यही ब्लगमार्फत गर्दैछु । आफ्रनो फुर्सदको समयमा ब्लगसम बिरामी हुने र ब्लगसम ठिक भएको बेला आफु ब्यस्त हुनेकारणले गर्दा ब्लगसममा बसीरहनु भन्दा बरु अलिकती पैसा धुवाँमा उडाएर भएपनि एउटा डोमेन दर्ता गरौंकि जस्तो पनि लाग्छ कहिलेकाँही तर आफुलाई यस सम्बन्धी खासै जानकारी पनि नभएको र यो बिषयमा आफ्नो नजीकको कोही नभएको हुँदा डोमेन दर्ता गर्न अली अप्ठेरो लागी रहेको छ । यदी झुक्कीएर रत्नपार्कमा आइपुग्नेमध्ये कोहिले डोमेन दर्ता र होस्टीगं सम्बन्धी कार्य गर्नुहुन्छ भने मलाइ सर्म्पर्क गर्नुहुन अनुरोध गर्दछु ।






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here