नेपाल देखि बेलायत सम्म
समय भनेको बित्नकै लागि रहेछ । सकिनकै लागि रहेछ । मैले नेपाल छाडेर बेलायतको लागि प्रस्थान गरेको पनि १ बर्षभएछ । हिजो अस्ति जस्तो लाग्छ नेपाल छाडेको । अब गन्थन शुरु गरौ नेपाल छाड्नु भन्दा अलिकति पहिलेबाट । २०६२ असार १४ गते कौशलटारको अस्थाइ निवासबाट भारी मन नै भएपनि वाहिर खुशीको अनुभव भएको अभिनय गर्दै आफ्ना परिवार मान्यजन तथा विशेष सहयोगी सत्य प्रसाद खनाल दाई तथा अनिश न्यौपाने भाइ सहित नेपाल इन्जिनियरिङ्ग कलेजको मोटर चढेर एयरपोर्ट प्रस्थान गरियो । घरका मान्छे र भाइ अनिश बाहेक सबैका लागि नेपालबाट हिडेको बिदा भएको क्षण त्यही बन्न पुग्यो । तर दुखको कुरा त्यसरी माला लगाएर सुट बुट लगाएर हिडेको दिनको यात्रा केवल एयरपोर्ट सम्ममा मात्र सिमित भयो । सम्झदा आफैलाइ सधै रोमाञ्चित पार्छ त्यो दिनको एयरपार्ट सम्मको यात्राले । सामान्य भन्दा सामान्य कुरा मा पनि अनावश्यक झमेला बनाइदिने अध्यागमन अधिकारीको कृपाले १ दिन थप नेपाल बस्ने मौका मिल्यो । त्यो आफ्नो ठाउंमा ठिकै थियो र पनि त्यसपछिका सबै झमेला ले गर्दा पनि अहिले सम्म मन बुझाउन सजिलो भएको छ । यस्तै थियो मेरो देश मेरो नेपाल । यस्तै छ मेरो देश मेरो नेपाल । २०६२ असार १४ जब एयरपोर्टबाट घर र्फकनु नै पर्ने भयो त्यस पछि चांहि त्यस दिन (more…)



गएका महिनाहरु:
