.... ....UCC

16,July , 2006

नेपाल देखि बेलायत सम्म

समय भनेको बित्नकै लागि रहेछ । सकिनकै लागि रहेछ । मैले नेपाल छाडेर बेलायतको लागि प्रस्थान गरेको पनि १ बर्षभएछ । हिजो अस्ति जस्तो लाग्छ नेपाल छाडेको । अब गन्थन शुरु गरौ नेपाल छाड्नु भन्दा अलिकति पहिलेबाट । २०६२ असार १४ गते कौशलटारको अस्थाइ निवासबाट भारी मन नै भएपनि वाहिर खुशीको अनुभव भएको अभिनय गर्दै आफ्ना परिवार मान्यजन तथा विशेष सहयोगी सत्य प्रसाद खनाल दाई तथा अनिश न्यौपाने भाइ सहित नेपाल इन्जिनियरिङ्ग कलेजको मोटर चढेर एयरपोर्ट प्रस्थान गरियो । घरका मान्छे र भाइ अनिश बाहेक सबैका लागि नेपालबाट हिडेको बिदा भएको क्षण त्यही बन्न पुग्यो । तर दुखको कुरा त्यसरी माला लगाएर सुट बुट लगाएर हिडेको दिनको यात्रा केवल एयरपोर्ट सम्ममा मात्र सिमित भयो । सम्झदा आफैलाइ सधै रोमाञ्चित पार्छ त्यो दिनको एयरपार्ट सम्मको यात्राले । सामान्य भन्दा सामान्य कुरा मा पनि अनावश्यक झमेला बनाइदिने अध्यागमन अधिकारीको कृपाले १ दिन थप नेपाल बस्ने मौका मिल्यो । त्यो आफ्नो ठाउंमा ठिकै थियो र पनि त्यसपछिका सबै झमेला ले गर्दा पनि अहिले सम्म मन बुझाउन सजिलो भएको छ । यस्तै थियो मेरो देश मेरो नेपाल । यस्तै छ मेरो देश मेरो नेपाल । २०६२ असार १४ जब एयरपोर्टबाट घर र्फकनु नै पर्ने भयो त्यस पछि चांहि त्यस दिन (more…)

27,January , 2006

च्याट रुम

आफुलाइ अप्जसी बताउने रत्नपार्कका एक पाठकले केहि समय अगाडी आफुले च्याटगर्दा भएको रमाइलो घटनालाइ रत्नपार्कको अविश्मरणिय क्षणमा प्रकाशनका लागी प्रेषण गर्नुभएको हुँदा उहाँको लेखाइलाइ देवदासले जस्ताको तस्तै यहाँ प्रस्तुत गरेको छ । यदी तपाँइका पनि कुनै अविश्मरणीया क्षणहरु छन र रत्नपार्कमा प्रकाशन गर्न चाहनुहुन्छ भने देवदासलाइ प्रेषण गर्न सक्नुहुन्छ - देवदास

कलीयुगका देवताहरुले बिज्ञानको कर्मकाण्डबाट संसारलाई एउटा सुसांख्याक यन्त्रको पर्दामा कैद गरेबाट त्यसको फाईदा उठाउने क्रममा नसोचेको घाटा पनि बेहोर्नु पर्दोरहेछ । घटनाको उठान यसरी हुन्छ । देशको बर्तमान ब्रि्रदो राजनैतिक स्थिति अनि त्यहि माथि आर्थिक संकटको चपेटामा परी हामी कयौं बहादुरहरु विस्थापीतसगैं बादुरमा परिणत भएर झिनो पारश्रमिकको लागि थ्री डी अर्थात डट्टी, डेन्जर अनि डिफिकल्टसंग संर्घष्ा गर्दै विभिन्न अवरोध कठिनाईहरुसंग पौठेजोरी खेल्दै अनेकौं पिडा व्यथा झल्दै परदेशी जीवन वरण गर्न वध्य छौं । म पनि प्रस्तुत छालसंगै छचल्किदै आज एक खाडी मु्लुकमा सुनौलो भविष्यको सपना बोकेर परदेशीको सुचीमा आवद्घ छु । काम गरिरहदां कामकै विषय-वस्तुसंग व्यस्त भएर होला घडिको शुइले
परदेशी जीवनको आयु घटाएको पत्तै हुदैन तर कामको निर्धारित अवधि भित्र पनि प्रायजसो २,३ घण्टा फुसद मिल्ने हुनाले त्यो क्षण ज्यादै पट्यार लाग्दो हुनुको साथै आफ्नो मतृभूमि,घर-परिवारको यादले आक्रमण गर्न हुदां प्रतिकारमा त्यो घडिलाई मनोरोञ्जनको समयमा बिताउन इन्टरनेटसंग मित्रता गँास्दै च्याट रुमबाट साथीसंगीसँग परदेशको कथा व्यथा पोख्दै, गाउँघर , उकाली-ओराली अनि भञ्ज्याङ्ग चौतारीकोे नयाँ नौलो हाल खबर सोध्दै , कतिपय नयाँ वान्किसँग नौलो भावनाहरु आदान-प्रदान गरी बिताउनु मेरो दिनचर्या झैं भएको छ ।एवं रीतले २९ डिसेम्वर,२००५ को दिन पनि त्यसरी नै घडिको शुइ आफ्नै गतिमा घुमिरहेको थियो र साथमा मेरो दिनचर्या पनि त्यसरी नै च्याट गर्ने क्रममा नेपाली पार्टनर पार्टनरनीसँग (more…)

15,October , 2005

को थिइन त ति युवति ?

अबदेखि देवदासले रत्नपार्कमा तपाँइहरुका अविश्मरणिय क्षणहरुलाइ पनि समेट्ने बिचार गरेको छ । यदि तपाँइसँग पनि कुनै त्यस्ता क्षणहरु छन भने देबदासलाइ लेखि पठाउनुहोला । आजको प्रथम अंकमा ललितपुर सुनाकोठिका श्री कृष्ण गोपाल महर्जनले पठाउनु भएको उहाँको अविश्मरणिय क्षणलाइ देवदासले तपाँइ सामु ल्याएको छ।

त्यसपछि म लम्किएँ लगनखेल बषपार्कतिर ।माघको महिना साँझपर्न लागीसकेको थियो। सबैजना आ आफ्नै बासस्थानतिर लम्किंदै थिए ।म पनि लगनखेल बषपार्कबाट चापागाँउ जाने मिनिबसमा चढें ।मान्छेहरुको भिड अलि बढिनै थियो त्यो दिन तथापी एउटा सिट मेरो भागमा लेखिएको रहेछ तर्सथ बसिहालें । केहिछिन पछि एउटि युबती त्यहि गाडिमा चढिन ,दुइ हातमा सागसब्जीले भरिएको प्लास्टिकको झोला र काखिमा एउटा लेदरको ब्याग भिरेर ।

पकेटमारको अभियोगमा पर्नुहुने श्री कृष्णगोपाल महर्जन
    यसो हेरें हातमा रहेको सब्जिको झोलाले गर्दा उनले कतै समाउन सकिनन्, मेरो मनमा सहयोगको भावना पलायो र मैले अनुमतिका साथ ति दुबै झोला बोकिदिंए तब उनि पनि अलि सन्तोषको सास फेर्दै बसको डण्डिमा समाएर सजिलो सँग उभिइन । बसले लगनखेल बसपार्क लाइ विदाइ गरेर सातदोबाटो तिर लम्किसकेको थियो । तर मलाइ के थाहा सातदोबाटोमा मलाइ सँढेसातको दसाले पर्खिरहेको छ भन्ने ,सातदोबाटो पुग्ने बेलामा तिनै युबती (more…)






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here