राजा गिरिजा र प्रचण्डसँग सावधान
ऋतुराज
शेरे डडेल्धुरालाई कत्रो आपद् ? राजा, गिरिजा र प्रचण्ड तीनैजनाले उनलाई प्रताडित गरेछन् । राजाले पटक-पटक धोका दिए, गिरिजाले पार्टीबाट निकाले र प्रचण्डले बाटोमा धराप थापे । एउटा मान्छेलाई यहाँभन्दा बढी प्रताडना अरू के हुनसक्छ ? वास्तवमा राजाले धोका दिँदा उनी उतिबेलै सेन्टीफ्लाट हुनुपर्ने हो, गिरिजाले पार्टीबाट घोक्राउँदा उतिबेलै सडकछाप हुनुपर्ने हो र प्रचण्डले बाटोमा धराप थाप्दा उतिबेलै चिलिम्च्वाँट हुनुपर्ने हो । धन्य सबैबाट सकुशल बचेर अहिले राजनीतिको यो कगारमा आइपुगेका छन् । सफलताको जँघार तर्दैछन् । राजतन्त्रात्मक लोकतन्त्रमा हिँड्दैछन् । तर भन्नका लागि लोकतान्त्रिक गणतन्त्र भन्दैछन् । मान्छे भएपछि संर्घष गर्नुपर्छ, मृत्युलाई पनि जितिन्छ भन्थे बुढापाकाले । उनले पनि जित्दै आएका छन् । राजाले र अमेरिकाले साथ दिए फेरि एकपल्ट राजतन्त्रात्मक लोकतन्त्रको नाइकेको रूपमा बस्छन् -बस्छन् । सिंहबहादुरको कुर्चीले उनलाई बोलाएको छ । शेरबहादुर देउवा नेपालका मिनी गणेशमान हुन् । सुदूर पश्चिमको विकट गाउँमा जन्मेको छाउरो मुलुक हाँक्ने हैसियतमा पुगे । हाँकेर देखाए । राजाले धोका दिँदा हिम्मत हारेनन् । गिरिजाले पार्टीबाट निकाल्दा हरेश खाएनन्, प्रचण्डले धराप विछाउँदा मृत्युसँग डराएनन् । यिनी नभाको लौह पुरूष को हुनसक्छ १ पक्का स्पात हुन् यिनी । डडेल्धुराले वास्तवमा यस्तो सपूत आफ्नो माटोमा जन्माएछ, जुन माटोलाई निदारमा लगाउनै पर्छ नेपाली जनताले । हुनत सबै बुझकारी कहाँ छन् र ? चाँदनीमा पनि कालो घेरा हुन्छ रे । त्यत्ति घेरा हेरेर सिंगो चन्द्रमालाई नराम्रो देख्ने आँखा पनि मुलुकमा थुप्रै छन् । कसैले संसद्लाई लगेर शेरेले राजालाई बुझायो भने । आफू प्रधानमन्त्री भएको बेला महाकाली प्याकेज लगेर भारतलाई बुझायो पनि भने । आफ्नै कार्यकालमा माओवादीलाई जनयुद्ध गर्न बाध्य पार्यो भने । पार्टर्ीीmोर्यो भने । पजेरो भित्र्याउन भन्सार सुविधा दियो भने । दरबारलाई तलब भत्ता बढायो पनि भने । के-के भने के-के । पात छामेर रूख, रूख छामेर बगैचाको अनुमान गर्नेहरूले जस्तो पनि गर्छन् । तिनीहरूको कुरा सुन्न थाल्ने हो भने सद्दे मान्छे पनि पागल हुन्छ । वास्तवमा उनले देश, जनता, सिद्धान्त कसैलाई पनि धोका दिन सक्तैनन् । बस् १ उनले धोका खानमात्र सक्छन् । राजा, गिरिजा र प्रचण्डले उनलाई धोका, घोक्रेठ्याक र धराप दिएको गुनासो उनले वीरगञ्जमा गएर कार्यकर्तालाई पोखे । त्यो पोखेको दिन हो विक्रम सम्वत् २०६३ साल भदौ १५ गते बिहीबार । त्यसो त यस्तो वह पोखेको यो पहिलोपटक भने हैन । राजालेे धोका दिँदासाथै आफूमाथि धोका भएको करा लट्पटाउँदो ज्रि्रोले भनेकै हुन् । गिरिजाले घोक्रेठ्याक लगाउँदा उछिट्टँिदै पर हुत्तिएर ठडिएपछि औंला ठड्याउँदै भनेका हुन् र प्रचण्डले धराप विच्छाउँदा पनि प्रचण्डको टाउको ल्याउनेलाई इमान तोकेकै हुन् । त्यसैले वीरगञ्जमा गरेको गुनासो पहिलो हैन । तीनतिरबाट तीन हण्डर खाँदा को चुप लाग्न सक्छ र १ तर, कुरा के चाहीँ हो भने उनले यस्तो डरलाग्दो धोका दिने, घोक्रेठ्याक लगाउने तथा धराप विच्छाएर सिध्याउन खोज्ने महादुश्मनसँग उनी सचेत् हुनर्ैपर्छ । नत्र फेरि पनि त्यस्तो अवस्था दोहोरिन सक्छ । उनी अब त्यस्तो मर्ुखता गर्ने पक्षमा छैनन् र कार्यकर्तालाई पनि जोगाउनु उनको कर्तव्य भएकोले यतिबेला वीरगञ्जबाट खबरदारी दोहोराउन शुरू गरेका छन् ।
खबरदारीको कुरा गर्दा के याद आयो भने नागरिक समाजले कता-कता खबरदारी सभा, खबरदारी जुलुस, खबरदारी लेखन, विचार गोष्ठी अन्तरक्रिया गर्दै आएका छन् । कतिले त कविता छाप्ने, पम्प्लेट र्छर्ने पनि गरेका छन् । त्यो केका लागि भने सात दलको सरकार राजतन्त्रात्मक लोकतन्त्रको बाटोहुँदै राजतन्त्रमा नजाओस् र लोकतान्त्रिक गणतन्त्रको बाटोहुँदै गणतन्त्रमा जाओस् । त्यस्तो उद्देश्य राखेर नागरिक समाजले खबरदारी गर्दै आएका छन् । तर, खबरदारी गर्नुपर्ने कुरा त अर्कै रहेछ । राजा, गिरिजा र प्रचण्डबाट सावधान भन्नुपर्ने रहेछ । एउटाले धोका दिन्छ, अर्कोले घोक्रेठ्याक लगाउँछ र तेस्रोले बाटोमा धराप थाप्छ । त्यसैले अब देउवाले जस्तै नागरिक समाजले पनि तीन तत्वबाट सावधान हुन खबरदारी गर्नुपर्ने देखियो ।
थुप्रै मान्छेले भन्दैछन्- नेपाली कांग्रेस र प्रजातान्त्रिक एउटै हुनर्ुपर्छ । ती थुप्रैहरू वास्तवमा बेकुफ हुन् । बेकुफमात्रै हैन, महावेकुफ हुन् । पार्टर्ीीकन एक हुने १ अलग भएर भा छ के र १ एउटै भए के हुन्छ - तातो न छारो १ बाँचुञ्जेल गिरिजाले सभापति छाड्ने हैनन् । मर्ने ठेगान छैन । सभापति भएको मान्छे घटुवा हुन नेपाली कांग्रेससँग मिल्ने १ फेर के ठेगान् गिरिजाले घोक्रेठ्याक लगाउन्नन् भन्ने १ कसले लिन्छ ग्यारेन्टी - त्यसैले पार्टर्ीीक हुने हल्ला हावादारी हल्ला हो । त्यही हल्ला सुनेर मान्छे वेकुफ बन्दैछन् । पार्टर्ीीmुटेर दर्ुइटा त के तीनओटा भएको भए पनि यतिबेला सरकारमा जान्थ्यो । इन्द्रेको बाबु चन्द्रेले रोक्न सक्थेन । जति चिरा भएपनि सरकारमा जान पाइन्छ भने मिल्नुभन्दा फुट्नु जाति भएन १ सातको ठाउँमा आठ हुन्थ्यो । मन्त्रीको भाग बेसी पाइन्थ्यो । त्यसैले पार्टर्ीीक हुने कुरा असंभव हो ।
गिर्जाबाबु प्रधानमन्त्रीको हैसियतमा विहीबार अपरान्हपछि लुत्त राजदरबार गए । गएको थाहा भयो । किन गएको कसैलाई थाहा भएन । फर्केको थाहा भयो के गरेर फर्केको थाहा भएन । गिरिजाको ठाउँमा देउवा गएको भए लौ लोकतन्त्र बुझाउन गयो भनेर झेली पिट्थे । उतिबेला बुझाउनु पर्ने आवश्यकता थियो । नत्र प्रचण्डले भ्याइसकेका थिए । उनले विछाएको धरापले राजदरबारभन्दा अन्यत्र हिंड्ने बाटै समाप्त भएको थियो त नबुझाएर के गर्नु १ चलाउन सकिएन, प्रचण्डलाई दिन पनि मनले मानेन । गिरिजासँग पुरानो तुष चुलिएको थियो, सोध्ने कुरै भएन । फेरि बोलचालै कहाँ थियो र १ प्रधानमन्त्री भयो भनेर डहन भएको थियो उनलाई । हान्ने राँगाले झैं यामान्का आँखा बनाएर हर्ेर्थे । त्यसैले बुझाइयो । के गल्ती गरियो र १ उनले पार्टर्ीीट घोक्राउँन हुने, देउवाले माओवादीले किनारा लगाइसकेको, राजधानीको रिङरोड भित्र खुम्चेको संसद्लाई बुझाउन नहुने - नत्र, अहिले मन्त्रीमण्डलमा जान पाइन्थ्यो १ यति छिट्टै सत्तामा जान पाइन्थ्यो । खुइलिएको सांसद नयाँ भएर हिँड्न पाउँथ्यो । बरू त्यतिबेला बुझाएकोमा धन्यवाद दिनर्ुपर्छ छ दलले । हो कि हैन हो । हैन भन्ने को ?????


गएका महिनाहरु:

aasati mora haru kaha sajilai marchan ra? katai dekhanu bhayako chha? thalbele pani testai ho.tara morcha kutta chhitei nai.
Comment by kamdev — 6,September , 2006 @ 10:50 am
Junai Jogi aaye pani kanai chireko. Yo netajati sabai chor haru ta ho.Nepalma junai party aaye pani kam chhaina.
Comment by prince — 6,September , 2006 @ 9:57 pm
History can not forgive Deuba. People should not forgive Deuba. He is the notorious for me for taking that worst political decision of dissolving parliament and inviting king directly to dance on the chest of democracy.
I have no respect and faith on this guy.
Comment by 1whocandie4u — 10,September , 2006 @ 6:10 am
careful with k p and gyane.
के पि ओली भने मान्छे को बोलिमा ज्ञानेको गोली छ, त्यसैले उपप्रधान मन्त्री नपचेको ओली देखि होसियार हुनु पर्छ , ओलीले गर्दा एक दिन सम्पूर्ण एमाले मासानघाटमा नपुग्ला भन्न सकिन्दैन । अब माधव नेपालले सोज्ने बेला आएकोछ ।
ओली मा समान्तबाद छ भन्ने कुरा अस्ती तिरको उस्को बोली र ब्यवाहारले देखै सकेकोछ ।
यहाँ बेल्जियममा आँउदा नेपाली जनप्रगतिशिल मञ्ज बेल्जियमले ज्ञापन पत्र बुजाउँदा होस् या परराष्ठ मन्त्रालय उसैको अफिसमा बृटिश लाउरेहरुले अफुनो समस्या सुनाउदा होस् एउटै भाषा प्रयोग गरेको थियो । भाषा मिलेन भाषामा नम्रता हुनु पर्छ , आदर गरेको हुनु पर्छ भनेर भनेको थियो ।
मेरो मतलब जे बोले पनि हुन्छ भनेको होइन तर ओली को ह? अनि किन पदमा पुग्ने बित्तिकै सम्मन चाहियो?
किन आफ्नो छाता आफैले समत्न सकेन? के त्यो सामन्तबाद
नभएर अरु के हुन सक्छ?
नेपाली जनताले अब नेतालाई समान गर्दैन , गर्छ त उसलाई जोस्ले जनताको भलाईको लागी काम गर्छ ।
नेपाली जनताले नेतालाई समान गरेन , आदर गरेर बोलेन भन्दा पनि बरु के पि ले जनतालाई आदर गरेर बोल्न सिक्नुस् अनि तपाईंलाई जनताले आदर गरेर बोल्ने छ । यो कुरा नबिर्सिनु कि नेता भनेको जनता को नकोर हो ।
बस मेरो परिचय लुकाउनु पर्दैन ,,
जित गुरुङ ।
बेल्जियम
jitmd@yahoo.com
Comment by jit Gurung — 11,September , 2006 @ 1:22 am
careful with k p and gyane.
के पि ओली भने मान्छे को बोलिमा ज्ञानेको गोली छ, त्यसैले उपप्रधान मन्त्री नपचेको ओली देखि होसियार हुनु पर्छ , ओलीले गर्दा एक दिन सम्पूर्ण एमाले मासानघाटमा नपुग्ला भन्न सकिन्दैन । अब माधव नेपालले सोज्ने बेला आएकोछ ।
ओली मा समान्तबाद छ भन्ने कुरा अस्ती तिरको उस्को बोली र ब्यवाहारले देखै सकेकोछ ।
यहाँ बेल्जियममा आँउदा नेपाली जनप्रगतिशिल मञ्ज बेल्जियमले ज्ञापन पत्र बुजाउँदा होस् या परराष्ठ मन्त्रालय उसैको अफिसमा बृटिश लाउरेहरुले अफुनो समस्या सुनाउदा होस् एउटै भाषा प्रयोग गरेको थियो । भाषा मिलेन भाषामा नम्रता हुनु पर्छ , आदर गरेको हुनु पर्छ भनेर भनेको थियो ।
मेरो मतलब जे बोले पनि हुन्छ भनेको होइन तर ओली को ह? अनि किन पदमा पुग्ने बित्तिकै सम्मन चाहियो?
किन आफ्नो छाता आफैले समत्न सकेन? के त्यो सामन्तबाद
नभएर अरु के हुन सक्छ?
नेपाली जनताले अब नेतालाई समान गर्दैन , गर्छ त उसलाई जोस्ले जनताको भलाईको लागी काम गर्छ ।
नेपाली जनताले नेतालाई समान गरेन , आदर गरेर बोलेन भन्दा पनि बरु के पि ले जनतालाई आदर गरेर बोल्न सिक्नुस् अनि तपाईंलाई जनताले आदर गरेर बोल्ने छ । यो कुरा नबिर्सिनु कि नेता भनेको जनता को नकोर हो ।
बस मेरो परिचय लुकाउनु पर्दैन ,,
जित गुरुङ ।
बेल्जियम
jitmd@yahoo.com
Comment by jit Gurung — 11,September , 2006 @ 1:23 am