.... ....UCC

2,September , 2006

ललितपुर चक्रपथ क्षेत्रमा सैंतीस लाख बयासी हजारको क्षति

Filed under: समाचार

२०६३ भाद्र ०५ गतेका दिन ललितपुर जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीज्यू श्री आनन्दराज पोखरेलको अध्यक्षतामा र्सवपक्षिय वसी मिति २०६३ भाद्र ०४ गतेका दिन पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धीको नाममा सातदोवाटो देखि मनोहरा पुलसम्मको ललितपुर चक्रपथ क्षेत्रमा केहि उच्छृ◊ल व्यक्तिको भिडले पेट्रोल पम्प, र्सवसाधारणको घर, पसल, रेष्टुरेण्ट र सवारी साधन समेत तोडफोड गरी क्षती पुर्‍याएको सम्वन्धमा सहायक प्रमुख जिल्ला अधिकारी श्री कविराज खनालको संयोजकत्वमा तल उल्लेखित वमोजिमको “क्षतिको विवरण तयार गर्ने समिति” गठन भएको थियो ।
समितिको विवरण
१. श्री कविराज खनाल, सहायक प्रमुख जिल्ला अधिकारी, ललितपुर ( संयोजक)
२. श्रीमती कामिनी वैद्य, इन्जिनियर, जिल्ला प्राविधिक कार्यालय, ललितपुर ( सदस्य )
३. श्री डम्वरकुमार तामाङ्ग, प्रहरि निरिक्षक, वडा प्रहरि कार्यालय, मंगलवजार ( सदस्य )
४. श्री सुरेश प्रधान, अध्यक्ष, नेपालभाषा मंकाः खलः यल, ललितपुर ( सदस्य )
५. श्री चिरीबाबु महर्जन, अध्यक्ष, ज्यापु समाज, ललितपुर ( सदस्य )
६. श्री मनोज के.सी., अध्यक्ष, नेपाल रेष्टुरा“ व्यवसायी संघ, ललितपुर ( सदस्य )
उपरोक्त समितिले मिति २०६३ भाद्र १५ गतेका दिन घटनास्थलको स्थलगत निरिक्षण का साथै पिडितहरुको माग वमोजिम कूल जम्मा रकम रु. ३७,८२,२३७।०६ (अक्षेरुपी सैंतीस लाख बयासी हजार दुइ सय रुपैया“ र पैसा छ मात्र) वरावरको क्षति भएको विवरण प्रमुख जिल्ला अधिकारी श्री आनन्दराज पोखरेलज्यू समक्ष पेश गरेको छ । सो प्रतिवेदन बुभ\mनु भई प्रमुख जिल्ला अधिकारीज्यूले समितिका सदस्यज्यूहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दै उक्त प्रतिवेदन तत्कालै आवश्य कार्यवाही र प्रकृयाको लागि गृह मन्त्रालय पठाइदिने र मन्त्रालयवाट न्यायोचित क्षतिपूर्ति दिलाउन आप\mनो तर्फवाट सक्दो प्रयास गर्ने समेत वचन दिनु भयो ।

Comments »

The URI to TrackBack this entry is: http://ratnapark.blogsome.com/2006/09/02/p339/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here