म भन्दिन कि तपाँइ यो भिडियो हेर्नुहोस
कहिले रुकुम कहिले रोल्पा त कहिले काठमाण्डौमा आगो लाग्छ । सहर गाँउ दन्दन्ती जल्छ र पुन सेलाउँछ । केहि समय पछी फेरी आगो सल्कन्छ र जल्न थाल्छन गाउँहरु , शहरहरु , भन्ज्याङ अनि चौतारीहरु । हाम्रो देशमा आगो लाग्न र जल्नलाई ठुला कुराहरु हुनै पर्दैन । एउटा डाइभरले एउटा मान्छे किच्यो भने पनि पुरा शहर जल्न थाल्छ , अस्पतालमा एउटा विरामी मर्यो भनेपनि शहरमा आगो लगाउन थालिन्छ अनि भारतको एउटा कलाकारले केहि केहि चित्त दुख्नेकुरा गर्यो भनेपनि हामै्र शहर जल्न थाल्छ र हामीहरुनै गोलीखान बाध्य हुन्छौं यो हाम्रो नियती हो । मैले आज गर्न खोजेको कुरा चाँही अलि पुरानो हो अर्थात दुइवर्षपुरानो । आजको ठिक दुइवर्षपहिले काठमाण्डौ दन्दन्ती जलीरहेको थियो । बैदेशीक रोजगारीका कार्यालयहरु, पत्रीका प्रकाशनगृहहरु, राजदुतावासहरु, अनि एयरलाइन्सका कार्यालयहरु यतिवेला मुख्य आगो लगाउने अखडाहरु भएका थिए । बिदेशमा गएर अलीकती पैसा कमाइएला भनी मनभरी सपना संगाल्दै इराक पुगेका बाह्रजना नेपालीहरुलाई एकैठाउँमा हत्या गरीएपछी काठमाण्डौका जनताले निर्दोस नेपाली घाँटी रेटिएको सजीलै पचाउन सकेनन र आफ्नो आक्रोसलाई सडकमा आएर पोखे अन्तत इराकमा क्षती त भयो नै तर नेपालमा पनि कम क्षतीभने भएन । यसको बारेमा बिस्तृत कुराहरु त मेरो संसारमा गएर पढ्न सकिन्छ तर्सथ मैले चाँही यहाँ त्यही कहाली लाग्दो हत्याको भिडियो लाई राखेको छु । मैले यो भिडियो तेतीबेला पनि हेर्ने कोशिस गरेको थिँए तर एक मिनेट हेरेपछी बाँकी भिडियो हेर्ने साहस मैले गरीन र सात दिन सम्म त्यो भिडियोको असरले मलाई सताइरह्यो तर्सथ आज पनि यो भिडियो लाई मैले एक मिनेटजती मात्र हेरेर यहाँ राखेको छु । आज एक साथीले मोवाइल मार्फ भिडियो म्यासेज पठाएको र रत्नपार्कमा राख्नुहोला भनेको हुदा यहाँ राखेको हु तर म भन्दिन कि तपाँइ यो भिडियो हेर्नुहोस । यदी तपाँइ धेरैपैसाको लोभमा परेर इराक अथवा यस्तै कुनै देशमा जान खोजीरहनुभएको छ जहाँ जानको लागी हाम्रो देशले अनुमती पनि दिएको छैन भने चाँही एक पटक यो भिडियो हेर्नुहोस सायद तपाँइको विचारमा केहि परिवर्तन आउँछकि । मोवाइलको भिडियो भएको हुँदा यो सफा सँग देखिदैन र यस्लाइ 3gp फाइल बाट अन्य फाइलमा परिवर्तन गर्न नसकेको हुँदा सम्पादन गर्न पनि मिलेन तर्सथ जस्तो प्राप्त भयो त्यस्तै यहाँ राखेको छु ।


गएका महिनाहरु:

horrible!
Comment by Deepak Luintel, Shanghai — 2,September , 2006 @ 3:13 am
Oh My GOD!!! Please delete this video….please……delete it…. We can’t see it….
Comment by Tanka — 2,September , 2006 @ 3:48 am
यो भिडियो हटाउनु अति नै उपयुक्त हुन्छ ।
Comment by बाबु — 4,September , 2006 @ 8:20 am
किन हो? निको भयेको घाउ मा नुन राख्नन खोजेको?
Comment by raj — 7,September , 2006 @ 4:36 pm