.... ....UCC

17,September , 2006

घाँटी हेरी हाड ननिलेपछी …..


घाँटी हेरी हाड ननिलेपछी कस्को के लाग्छ र ? ल हेर्नुस एउटा भेडालाई सिङ्गै निलेपछी सडकमै लमतन्न परेको अजिङगरको यो हालत । के यसले त्यो भेडालाई पचाउन सक्यो होला त ?

13,September , 2006

राजाका लागि जाँचबुझ आयोगको पत्रको खेस्रा

ऋतुराज
“श्री ५ महाराजाधिराजकी जय , प्रभुवर क्षमा रहोस् आयोगलाई त प्रभुसँग बयान लिने पटक्कै सोंच हैन, तर, के गर्नु जति पनि बयान दिनेहरू आए, सबैले माथि माथि’ भन्दै मौसूफको दरवार देखाएपछि एकपटक सस्तो लोकप्रियता कमाउनको लागि राजालाई पनि बयान लिन सकिन्छ’ भनेर प्याच्च मुख खोलिहालियो । अहिले फसाद् पर्‍यो । लोकतन्त्रवादी भनाउँदाहरूले जिब्रो समातीहाले । त्यसैले यहाँ केही प्रश्न लेखी पठाएको छु । जनीगरी आरामसँग उत्तर लेखी पठाइस्सेमा हाम्रो नाक पनि घिरिम्ला जत्रो हुनेथियो र श्री ५ हरूमाथि लोकतन्त्रेहरूले उठाएको औंला पनि लुतुक्कै तल झर्ने थियो । मौसुफकै श्रीबृद्धि हुनेथियो ।
प्रश्नहरू यसप्रकार छनः
-१) मौसूफको शुभनामः
-२) मौसूफको जन्ममितिः -अंग्रेजी तारिखमा पनि)
-३) मौसूफको परिवारको कूलसंख्याः
-४) जन्मस्थानः
-५) हालको बर्साईः -स्थायी, अस्थायी)
-६) शैक्षिक योग्यताः
-७) नागरिकताः,
-८) धर्मः,
-९) लिंग,
-१०) बुबा-आमाको नामः
-११) रक्त ग्रुपः,
-१२) कुनै उपनाम छ भनेः
-१२) राजगद्दी आरोहण गरिबक्सेपछि कुन कुन मुलुक भ्रमण गरिबक्सियो ? कहिले ?
-१३) मौसूफलाई मनपर्ने राजनेता को होला ?
-१४) मौसूफलाई खेल्न मनपर्ने खेल ?
-१५) सबैभन्दा धेरैपटक घुमेको मुलुक ?
-१६) सबैभन्दा धेरैपटक पढेको पुस्तक ?
-१७) सबैभन्दा हर्ेन मनपर्ने खेल ?
-१८) सबैभन्दा मनपर्ने ठाउँ ?
-१९) सबैभन्दा मीठो लाग्ने फलफूल ?
-२०) सबैभन्दा मनपर्ने जनावर ?
-२१) सबैभन्दा उत्तम लाग्ने पहिरन ?
-२२) सबैभन्दा सुन्दर लाग्ने फूल ?
-२३) पंक्षीमा कुन मन पर्छ ?
-२७) सबैभन्दा उत्तम लाग्ने खेलाडि ?
-२८) बासनामध्ये कुन वासना मौसूफलाई प्रिय लाग्छ ?
-२९) जीवनको सम्झनयोग्य सुखद् क्षण ?
-३०) जीवनको सम्झनयोग्य दुःखको क्षण ?
-३१) मौसूफ सरकार १ कथित लोकतन्त्रेहरू सडकमा आउँदा मौसूफलाई पक्कै बेचैनी छायो- त्यतिबेला र अहिलेको स्वास्थ्यमा तुलनात्मक रूपमा केही अन्तर छ कि ?
-३२) मौसूफको गाथमा आराम भएपनि मनमा निश्चित रूपमा बेचैनी छाएको छ भन्ने यो आयोगका पदाधिकारीले महशुस गरेका छौं । यस्तोबेला कुनै प्रश्नहरू सोध्नु नपर्ने हो, तर पनि प्रश्नहरू सोध्ने गरी हामीलाई नेपाल सरकारले जागीर दिएकोले सोध्ने धृष्ठता गरिरहेका छौं । सरकार १ वर्तमान सातदलको सरकारले श्री ५ को जायजेथा खोजी गरी र्सार्वजनिक गर्दैछ । त्यसो गर्नु उचित थियो र ?
-३३) हे गरीवप्रवर १ प्रधानमन्त्री गिरिजाप्रसादज्यूले महाराजलाई सेरेमोनियल किंगको रूपमा रहने गरी राख्न जोडबल गरेको पाइएको छ । सरकार यसमा सन्तुष्ट होइसिन्च र ?
-३४) २ सये ३८ वर्षदेखि मुलुकमा श्री ५ हरूको राज्य चल्दै आएको छ । यो नेपाली जनताले पाएको अहोभाग्य हो । तर, त्यस्तो राजतन्त्रविरूद्ध औंला उठाउँदै गणतन्त्र माग गर्ने माओवादीको बुइ चढ्नु सातदललाई सुहाउने कुरा थियो र ?
-३५) परम्पराबाट जनज्रि्रोमा बस्दै आएको श्री ५ को सरकारलाई हटाएर नेपाल सरकार भनी देशमा झेली पिटाउने काम भइरहेको छ । यसकाविरूद्ध सरकारको किन मौनता ?
-३६) आयोगका पदाधिकारीलाई राम्रोसँग थाहा छ कि आन्दोलनकोबेला मौसूफबाट कुनै प्रकारको दमनकारी निर्ण्र्ाारू भएका हैनन् । तर पनि त्यही कुरा सोध्नका लागि हामीले यो पत्र तयार पारेका छौं । यो हाम्रो धृष्टताको लागि क्षमा चाहन्छौं । ३१ नम्बर देखि पछिल्ला प्रश्नहरू हामीले जनतालाई छक्काउन तयार पारेका हौं । त्यसैले कुनै उत्तर दिनु नपर्ने व्यहोरा विन्ती चढाउँछौं । त्यसभन्दा माथिका प्रश्नका उत्तरहरूमात्र दिइबक्सेमा हुनेछ ।
मौसूफमा यो पनि विन्ती जाहेर गर्न चाहन्छौं कि हामी पनि सेरेमोनियल वा संवैधानिक राजतन्त्रका पक्षपाती हौं । हामीलाई लोकतन्त्रसँग वास्ता रहेपनि गणतन्त्रसँग सक्त नफरत छ । भित्रभित्रै संवैधानिक लोकतन्त्र प्रणालीलाई मजबुत बनाउन क्रियाशील छौं । त्यसैले आयोगलाई अन्यथा नबुझीबक्सन विन्ती गर्दछौं । ०४६ सालमा मल्लिक आयोगको प्रतिवेदन रद्दीको टोकरीमा मिल्किए झैं यो पनि त्यस्तै गरी दराजको कुनै कुनामा थन्कने छ भन्नेमा हामी सबै ढुक्क छौं । जनताको उर्लंदो तोडफोडलाई रोक्नको लागि यो नाटक खेल्नुपरेको कुरा स्वयं प्रधानमन्त्रीबाट पनि जाहेर भएकै छ । नत्र पेट्रोलियम पदार्थको मूल्य बढाउन सोच्ने थिएन । जनताहरू विस्तारै सुस्ताए भने सबै कुरा ठीक हुन्छ भन्ने हाम्रो ठहर छ । मौसुफलाई अवगत नै होला, यो मुलुकमा गणतन्त्र आउने कुनै बाटो छैन । हामीजस्ता महाभक्त हुँदाहुँदैश्री ५ को राजगद्दी दाउँमा पार्न दिनेछैनौं । यसमा मौसुफ ढुक्क भए हुनेछ । श्री ५ का बाहुलीमा राज्यसत्ता चढाउने देउवा, भरतमोहन जीवितै छन् । अहिले संविधान सभा भन्दै माओवादीलाई पनि उछिनेर अघि जानुको अर्थ पनि मौसूफबाट बुझी बक्सेकै होला । माओवादीलाई विस्थापित पार्ने त्यो सबैभन्दा कारगर अस्त्र बन्नेछ । एमालेले त मोर्चा नै गठन गर्दै हिँडेको त्यसैकारणबाट भएको विन्ती विसाउन चाहन्छौं ।
सरकार १ सेनामा पनि सरकारले माओवादीलाई उछिनेर मौसूफका मानिसलाई बढोत्तरी गरिसकेको छ । संवैधानिक निकायहरूमा पनि त्यसैअनुरूप हुनेछ । निलम्वनलाई पनि
पुरानै पदको बराबरी पद खोजेर सम्मानपर्ूवक राख्ने काम भएको छ । यसतर्फकत्ति चिन्ता लिनुपर्ने देखिन्न । हामी आयोगका पदाधिकारीहरू, मौसूफका परमभक्त पनि यो काम सकिएपछि कतै न कतै नियुक्त हुनेछौं । यता सबै फिटफाट हुँदैछ । हामी पुरानै तरिकाले मजबुत हुँदैछौं । त्यसैकारण पनि माओवादीहरू तर्सेर हुन् । उनीहरू विस्तारै ठेगान् लाग्छन् । यही कुरालाई ख्याल गरिबक्सँदै आयोगको इज्जतका खातिर उत्तरहरू दिई पठाइस्सिन विन्ती गर्दछौं । (more…)

11,September , 2006

मधेसीको नागरिकता समस्या र ढल्केबरको घाम तपाई (२)

- महेश्वर श्रेष्ठ
“भो, चाहिंदैन मलाई त्यस्तो आनन्द । त्यस्तो आनन्द गर्ने भाग्य र मौका तपाईंलाई नै जुरिरहोस् ।” अब च्याँठिने पालो उनको थियो र भनिन्, “मानिसहरु गर्मीले प्याक-प्याक पर्न थालिसके । कोही विरामी पर्न थालिसके । भर्खर एघार बज्यो । चार बज्न अझै पाँच घण्टा बाकी छ । कसरि समय काट्ने हो । को को मानिस कति जरुरी कामले कहाँ कति बेला पुग्नु पर्ने होला । कस्तो फन्दामा फसियो बा ….. । कोही केही बोल्ने होइनन् । होइन, तपाईंले त गल्ती गर्ने मान्छे राजा नै किन नहोस्, अगाडि आउने साहस गरे उसलाई पनि हकार्छु भन्ने धक्कु लाउने गर्नु हुन्थ्यो नि । जानुस्, कसैसंग कुरा गरी त हेर्नुस् । केही उपाय त निकाल्नोस् । के लाटाले केरा हेर्या जास्तो हेरिराको ?” (more…)

तस्वीर आफैं बोल्छ


आज सेप्टेम्वर एघार तारीख तर्सथ प्रस्तुत फोटाको बारेमा केहि भन्नु पर्छ र ?

6,September , 2006

राजा गिरिजा र प्रचण्डसँग सावधान

ऋतुराज
शेरे डडेल्धुरालाई कत्रो आपद् ? राजा, गिरिजा र प्रचण्ड तीनैजनाले उनलाई प्रताडित गरेछन् । राजाले पटक-पटक धोका दिए, गिरिजाले पार्टीबाट निकाले र प्रचण्डले बाटोमा धराप थापे । एउटा मान्छेलाई यहाँभन्दा बढी प्रताडना अरू के हुनसक्छ ? वास्तवमा राजाले धोका दिँदा उनी उतिबेलै सेन्टीफ्लाट हुनुपर्ने हो, गिरिजाले पार्टीबाट घोक्राउँदा उतिबेलै सडकछाप हुनुपर्ने हो र प्रचण्डले बाटोमा धराप थाप्दा उतिबेलै चिलिम्च्वाँट हुनुपर्ने हो । धन्य सबैबाट सकुशल बचेर अहिले राजनीतिको यो कगारमा आइपुगेका छन् । सफलताको जँघार तर्दैछन् । राजतन्त्रात्मक लोकतन्त्रमा हिँड्दैछन् । तर भन्नका लागि लोकतान्त्रिक गणतन्त्र भन्दैछन् । मान्छे भएपछि संर्घष गर्नुपर्छ, मृत्युलाई पनि जितिन्छ भन्थे बुढापाकाले । उनले पनि जित्दै आएका छन् । राजाले र अमेरिकाले साथ दिए फेरि एकपल्ट राजतन्त्रात्मक लोकतन्त्रको नाइकेको रूपमा बस्छन् -बस्छन् । सिंहबहादुरको कुर्चीले उनलाई बोलाएको छ । (more…)

2,September , 2006

ब्लगर उमेशलाई सम्मान एवं नगद पुरस्कार

Filed under: समाचार

नेपाली भाषाको पहिलो ब्लग ‘माईसंसारडटकम’का
उमेश श्रेष्ठलाई अमेरिका-नेपाल सोसाइटीले शनिबार सम्मानित गरेको छ। जनआन्दोलन-२ को अप्ठ्यारो परिस्थितिमा निर्भिकतापर्ूवक निष्पक्ष सूचना प्रवाह गरी योगदान पुर्‍याए बापत उहाँलाई सोसाइटीले नगद रु. ५१ हजार प्रदान गरेको जनाएको छ।अधिकारवादी नेता पद्मरत्न तुलाधरले ब्लगर श्रेष्ठलाई सम्मानपत्र एवं नगद पुरस्कार हस्तान्तरण गर्नुभयो। अनलाइन पत्रकारिताको विकासक्रम भर्खरै सुरु भइरहेको अवस्थामा व्यक्तिगत रुपमा ब्लगले सूचना प्रवाहमा देखाएको तदारुकता प्रशंसनीय रहेको तुलाधरले बताउनुभयो।नेपाल पत्रकार महासंघका पर्ूव सभापति तारानाथ दाहालले माघ १९ को राजाको कदमपछि निष्पक्ष सूचना प्रवाहमा राज्यले रोक लगाएको अवस्थामा समेत अनलाइन र ब्लगहरुले प्रविधिको प्रयोग गरी अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गरेको उल्लेख गर्नुभयो।इन्टरनेटका माध्यमद्वारा विश्वभरि पहुँच राख्ने अनलाइनपत्रिकाहरुलाई राज्यले अझै पनि मान्यता नदिएकोमा उहाँले रोष प्रकट गर्नुभयो।सम्मानित व्यक्तित्व उमेश श्रेष्ठले ‘माइसंसार’ले पाएको सम्मान सिंगो नेपाली ब्लगरहरुका लागि सम्मान हो भन्नुहुँदै ब्लगको अवधारणाले मान्यता पाइनसक्दै सम्मान गरिनुले उत्साहित पारेको बताउनुभयो।कार्यक्रममा अमेरिका नेपाल सोसाइटीका उपाध्यक्ष विष्णु थापा एवं बोर्ड सदस्य मावध आचार्यले समेत बोल्नुभएको थियो।
उमेश परेवाडटकमसँग आवद्ध हुनुहुन्छ।

ललितपुर चक्रपथ क्षेत्रमा सैंतीस लाख बयासी हजारको क्षति

Filed under: समाचार

२०६३ भाद्र ०५ गतेका दिन ललितपुर जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीज्यू श्री आनन्दराज पोखरेलको अध्यक्षतामा र्सवपक्षिय वसी मिति २०६३ भाद्र ०४ गतेका दिन पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धीको नाममा सातदोवाटो देखि मनोहरा पुलसम्मको ललितपुर चक्रपथ क्षेत्रमा केहि उच्छृ◊ल व्यक्तिको भिडले पेट्रोल पम्प, र्सवसाधारणको घर, पसल, रेष्टुरेण्ट र सवारी साधन समेत तोडफोड गरी क्षती पुर्‍याएको सम्वन्धमा सहायक प्रमुख जिल्ला अधिकारी श्री कविराज खनालको संयोजकत्वमा तल उल्लेखित वमोजिमको “क्षतिको विवरण तयार गर्ने समिति” गठन भएको थियो ।
समितिको विवरण (more…)

1,September , 2006

म भन्दिन कि तपाँइ यो भिडियो हेर्नुहोस

कहिले रुकुम कहिले रोल्पा त कहिले काठमाण्डौमा आगो लाग्छ । सहर गाँउ दन्दन्ती जल्छ र पुन सेलाउँछ । केहि समय पछी फेरी आगो सल्कन्छ र जल्न थाल्छन गाउँहरु , शहरहरु , भन्ज्याङ अनि चौतारीहरु । हाम्रो देशमा आगो लाग्न र जल्नलाई ठुला कुराहरु हुनै पर्दैन । एउटा डाइभरले एउटा मान्छे किच्यो भने पनि पुरा शहर जल्न थाल्छ , अस्पतालमा एउटा विरामी मर्यो भनेपनि शहरमा आगो लगाउन थालिन्छ अनि भारतको एउटा कलाकारले केहि केहि चित्त दुख्नेकुरा गर्यो भनेपनि हामै्र शहर जल्न थाल्छ र हामीहरुनै गोलीखान बाध्य हुन्छौं यो हाम्रो नियती हो । मैले आज गर्न खोजेको कुरा चाँही अलि पुरानो हो अर्थात दुइवर्षपुरानो । आजको ठिक दुइवर्षपहिले काठमाण्डौ दन्दन्ती जलीरहेको थियो । बैदेशीक रोजगारीका कार्यालयहरु, पत्रीका प्रकाशनगृहहरु, राजदुतावासहरु, अनि एयरलाइन्सका कार्यालयहरु यतिवेला मुख्य आगो लगाउने अखडाहरु भएका थिए । बिदेशमा गएर अलीकती पैसा कमाइएला भनी मनभरी सपना संगाल्दै इराक पुगेका बाह्रजना नेपालीहरुलाई एकैठाउँमा हत्या गरीएपछी काठमाण्डौका जनताले निर्दोस नेपाली घाँटी रेटिएको सजीलै पचाउन सकेनन र आफ्नो आक्रोसलाई सडकमा आएर पोखे अन्तत इराकमा क्षती त भयो नै तर नेपालमा पनि कम क्षतीभने भएन । यसको बारेमा बिस्तृत कुराहरु त मेरो संसारमा गएर पढ्न सकिन्छ तर्सथ मैले चाँही यहाँ त्यही कहाली लाग्दो हत्याको भिडियो लाई राखेको छु । मैले यो भिडियो तेतीबेला पनि हेर्ने कोशिस गरेको थिँए तर एक मिनेट हेरेपछी बाँकी भिडियो हेर्ने साहस मैले गरीन र सात दिन सम्म त्यो भिडियोको असरले मलाई सताइरह्यो तर्सथ आज पनि यो भिडियो लाई मैले एक मिनेटजती मात्र हेरेर यहाँ राखेको छु । आज एक साथीले मोवाइल मार्फ भिडियो म्यासेज पठाएको र रत्नपार्कमा राख्नुहोला भनेको हुदा यहाँ राखेको हु तर म भन्दिन कि तपाँइ यो भिडियो हेर्नुहोस । यदी तपाँइ धेरैपैसाको लोभमा परेर इराक अथवा यस्तै कुनै देशमा जान खोजीरहनुभएको छ जहाँ जानको लागी हाम्रो देशले अनुमती पनि दिएको छैन भने चाँही एक पटक यो भिडियो हेर्नुहोस सायद तपाँइको विचारमा केहि परिवर्तन आउँछकि । मोवाइलको भिडियो भएको हुँदा यो सफा सँग देखिदैन र यस्लाइ 3gp फाइल बाट अन्य फाइलमा परिवर्तन गर्न नसकेको हुँदा सम्पादन गर्न पनि मिलेन तर्सथ जस्तो प्राप्त भयो त्यस्तै यहाँ राखेको छु ।






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here