राजा अचेल इन्टरनेटमा जुवा खेल्न थालेका छन
प्रस्तुत भनाईहरु हुन सयपत्री साहित्यिक ब्लगका ब्लगर चहल सयपत्रीको । मोति जयन्तीको अवसरमा भएको एक साहित्यिक वाचन कार्यक्रमा वाचन गरिएको एक गजलको भिडियोलाई यहाँ प्रस्तुत गरेको छु । गजल पूर्णरुपमा माइलादाईको सेरोफेरोमा घुमेको छ । हुन त यो गजल गजलकारले आफ्नै ब्लग सयपत्रीमा प्रकाशन गर्नुपर्ने हो तर भन्नेहरुले देवदास र चहल सयपत्रीमा केहि फरक छैन भनेको हुदा रत्नपार्कमा प्रकाशन गरेको हो , उक्त कार्यक्रमका अन्य भिडियोहरु हेर्न चाँही साहित्यिक ब्लग सयपत्रीमै जानुपर्ने हुन्छ । यदि तपाँइको कम्प्युटरमा यो भिडियो प्ले भएन भने पढेर चित्त बुझाउनु होला ।
गजल पढ्नको लागी भित्र जानुहोला
गजल
तानाशाहका सपनाहरु जल्दैछन बिस्तार बिस्तार
गणतन्त्रका राँकाहरु बल्दैछन बिस्तार बिस्तार
दूइसय सैंतीस वर्षो पुराना ति खम्बाहरु
उन्नाइस दिनको आँधीले ढल्दैछन बिस्तार बिस्तार
जनताका छोरालाई कमजोर नसम्dmनुस हजुर
हजुरका सबै जरा उखल्दैछन बिस्तार बिस्तार
कुन देशमा हो शरण दिने तयार गरेहुन्छ
देशवाट लखेट्ने कुरा चल्दैछन बिस्तार बिस्तार
हजुरलेनै दुध पिलाई पालेका ति साँपहरु
ऐले हजुरतिर विष ओकल्दैछन बिस्तार बिस्तार


गएका महिनाहरु:
