आन्दोलनकी आमा छायाँदेवीको निधन
शाही निरंकुशताविरुद्ध संचालित जनआन्दोलन भाग-२ की बयोवृद्ध नेतृ छायाँदेवी पराजुलीको ८८ वर्षको उमेरमा आज निधन भएको छ। आज बिहान करिब ५.३० बजे शौचालय गएर र्फकने क्रममा लडेर बेहोस भएको केही समयपछि नै उहाँको निधन भएको बताइएको छ। करिब १ महिनाअघि मोटरसाइकलको ठक्करबाट घाइते हुनु भएकी पराजुलीको वीर अस्पतालमा उपचार भइरहेको थियो । २०५९ साल असोज १८ देखि सक्रिय रुपमा शाही निरंकुशताविरोधी आन्दोलनमा सहभागी बयोवृद्ध नेतृ पराजुलीले आन्दोलन सफल नभई गाउँ नर्फकने कसम खानु भएको थियो । राजाले २०६० असोज १८ गते लादेको निरंकुशताको अन्त्य नगरेसम्म घर नजाने भन्दै सुनसरी जिल्लाबाट झण्डै चार वर्षअघि आन्दोलनमा सहभागी हुन राजधानी आउनुभएको थियो । आन्दोलन सफल भएपछि सरकारले बेवास्ता गरेको आवाज प्रतिनिधिसभामा व्यापक मात्रामा उठेछि सरकारले साउन २९ गते १ लाख सहयोग गर्ने निर्णय गरेको थियो । तर, उहाँले देशमा शान्ति स्थापनाभन्दा अर्को आफ्नो कुनै इच्छा नरहेको बताउनुभएको थियो । उहाँले आफूलाई आफ्नो शरीरको भन्दा राष्ट्रको चिन्ता बढी रहेको थियो । आन्दोलनभर ‘आन्दोलनकी आमा’ का नामले परिचित छायाँदेवी आन्दोलन सफल भएपछि भने चर्चामा रहनु भएको थिएन । उहाँलाई दर्जनौ गैरसरकारी संस्थाहरुले सम्मान गरेपछि सरकारले १ लाख दिने बाहेक केही गरेको थिएन । उहाँ २००७ सालको जनक्रान्तिमा समेत सहभागी हुनु भएको थियो । उहाँको शव अन्तिम श्रद्धाञ्जलीका लागि नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिने र अन्तिम संस्कार गरिने भएको छ । पराजुलीको पार्थिव शरीर अन्तिम श्रदाञ्जलीका लागि नेपाली कांग्रेस केन्द्रीय कार्यलय सानेपामा राखिएको छ । उहाप्रति अन्तिम श्रदाञ्जली चढाउन एमाले महासचिव माधव कुमार नेपाल, कांग्रेस प्रजातान्त्रिकका सभापति शेर बहादुर देउवा, कांग्रेस महामन्त्री रामचन्द्र पौडेललगायत नेता तथा कार्यकर्ताहरु सानेपा पुगेका छन् । अपरान्ह ४ बजेसम्म त्यहाँ राखी आजै अपरान्ह पशुपति आर्यघाटमा उहाँको अन्तिम संस्कार गरिने भएको छ ।लोकतन्त्रका लागि प्रेरणादायी अग्रणी भूमिका निर्वाह गर्ने जुझारु तथा कान्तिकारी आन्दोलनकी सशक्त योद्धा छाया देवी पराजुलीको निधनले इनेपाल न्युज परिवारलाई स्तभ्ध वनाएको छ। यस दुखद घडिमा सम्पूर्ण लोकतान्त्रिक साथीहरुलाई धैर्य घारण गर्न तथा आन्दोलनकी आमा पराजुलीले अंगिकार गर्नु भएको भावना र विचारको कदर गर्न प्रेरणा मिलोस यो नै लोकतन्त्र र शान्तिप्रतिको उहाको प्रतिवद्धताको उच्च सम्मान हो । हामी यो दुखद घडिमा शोकसम्तप्त परिवार प्रति हार्दीक श्रद्धान्जली अर्पण गर्दै मृतक आत्माका चिरशान्तिको लागि श्री परमेश्वरसंग प्राथना गर्दछौ ।enepalnews.com


गएका महिनाहरु:

हार्दिक श्रदान्जलि नेपालि तारा भुढि आमा लाइ
Comment by sandesh Dhungana — 28,August , 2006 @ 1:17 am
HARDIK SRADNJALI NEPAL KI AMMA LAI
Comment by PRALAD DAHAL — 5,September , 2006 @ 9:41 pm