.... ....UCC

19,August , 2006

राजधानीका तीनै शहर तनावग्रस्त,

Filed under: समाचार

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा आज बिहानैदेखि राजधानीमा जताततै जुलुस निस्किएको छ । सवारीचालक स्वयमले सवारी तेर्स्याएर चक्काजाम गरेपछि चक्रपथ क्षेत्र पूर्ण अवरुद्ध बनेको छ । महारागन्ज, सामाखुसीलगायत क्षेत्रमा आन्दोलनकारीले दर्जनौँ सवारीसाधन तथा केही पेट्रोल पम्पसमेत तोडफोडसमेत गरेका छन् । आक्रोसित जुलुसले कोटेश्वरस्थित एमाले महासचिव माधव कुमार नेपालका दाजुभाईकै घर तोडफोड गरेका छन् भने प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका भतिजा डा. शशांक कोइरालाको महाराजगन्जस्थित घर तोडफोड गर्न गएको आक्रोसित समुहलाई सुरक्षाकर्मीले हस्तक्षेप गरी फर्काएको थियो । नयाँ बानेश्वरमा उत्तेजित भिडलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले तीन राउन्ड अश्रृग्यास फायर गर्नु परेको थियो भने अन्य विभिन्न स्थानमा सुरक्षा हस्तक्षेप भएको स्रोतले बतायो । एमाले महासचिवको घर तोडफोड गर्न गएको समुहमाथि प्रहरीले व्यापक लाठी चार्ज गर्नु परेको थियो ।रत्नपार्कमा पनि बिहानैदेखि प्रदशन भएको जुलुस दिउँसोसम्म पनि जारी नै छ । चावहील, बौद्ध, जोरपाटी, थली रुट पनि ठप्प बनेको छ भने कोटेश्वर, तीनकुने क्षेत्रमा पनि टायर बालेर प्रदर्शन सुरु गरिएको छ । बल्खु, कलंकी, नयाँबसपार्क, गोंगबु क्षेत्र पनि विरोध प्रदर्शनले राजधानी पूर्ण रुपमा तनावग्रस्त बनेको छ । मैतीदेवीमा एक पेट्रोल पम्पमाथि तोडफोड गरी ध्वस्त पारिएको छ । कुपण्डोलदेखि जावलाखेल, लगनखेल सडकका दर्जनौं स्थानमा टायर बालेर यातायात अवरुद्ध पारिएको छ भने भक्तपुरका सडक पनि अवरुद्ध पारिएको छ । यस्तै जुलुसले माइतीघरमा दुइ वटा वस र अनामनगरमा एउटा ट्याक्सी तोडफोड गरेका छन् ।
यता, विद्यार्थी संगठनहरुले भने राजधानीका विभिन्न क्याम्पसमा महँगीविरुद्ध शान्तिपूर्ण विरोध कार्यक्रम सञ्चालन गरेका छन् । उनीहरुले क्याम्पसअगाडि सडकमा टायर बालेर अवरुद्ध पारेका छन् भने विद्यार्थी नेताहरुले कोणसभा गरी मूल्य वृद्धि फिर्ता लिन चेतावनी दिएका छन् । यसैबीच, हेलिकप्टरबाट राजधानीका तिनै शहरमा भएको विरोध प्रदर्शनको अवस्था निरीक्षण गरिए पनि उक्त हेलिकप्टरमा को को उडेका छन् भन्ने खुल्न सकेको छैन ।खोजतलास

1 Comment »

The URI to TrackBack this entry is: http://ratnapark.blogsome.com/2006/08/19/p329/trackback/

  1. अपडेट गरौ न देवदाशजी

    Comment by Deepak Luintel, Shanghai — 20,August , 2006 @ 7:53 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here