मधेसीको नागरिकता समस्या र ढल्केबरको घाम तपाई -१
- महेश्वर श्रेष्ठ
नेपाल मण्डल फोरमको विशेष कार्यक्रम अर्न्तर्गत झापा जिल्लाको भ्रमण सक्याएर २०६३ साल साउन १७ गते बिहानको बस चढी दमकबाट काठमाडौंका लागि प्रस्थान गरेको यो पंक्तिकार १० बजे धनुषा जिल्लाको ढलकेबर पुग्दा सयौं यात्रुबस र मालबाहक ट्रकहरु सडकमा अलपत्र पडिरहेको देखे पछि कुनै पनि निहुँमा चक्काजाम गर्ने संस्कारका पारखी नेपालीहरुले त्यहाँ पनि चक्काजाम नै गरेका होलान् भन्ने लख काट्न कुनै समस्या परेन । खास कारण बुझदा नागरिकता पाउनबाट बञ्चित मधिसे समुदायका व्यक्तिहरुले आफ्ना माग पूरा गराउन त्यस दिन बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म राजमार्गमा बेञ्ची र ढाट तेर्स्याएर अनि तीन चार सय जनाले धर्ना दिएर साइकल समेत चल्न नदिने जोरदारको चक्काजाम कार्यक्रम राखेका रहेछन् ।ढल्केबर गोलचक्करको दुबै तर्फसयौंको संख्यामा यात्रुबाहक बस र मालबाहक ट्रक रोकिएका थिए । आकाशमा बादलको नामो निसाना थिएन । मध्यान्हको बेला भएर होला बतास पनि टक्क रोकिएको थियो । तर र्सूय भने आफ्नो प्रचण्ड तापलाई निर्वाध प्रवाह गरिरहेका थिए । त्यस माथि राजमार्गको अलकत्रे सतहले र्सूयको तापलाई परावर्तन गरी वातावरणलाई अझ बढी तताउन मद्दत गरिरहेको थियो । तापक्रम सायद ४० ड्रि्री सेल्सियस भन्दा कम थिएन । निरीह यात्रुहरु मध्ये कोही बस भित्रै उँधेर समय काट्ने प्रयत्न गरिरहेका थिए । कोही ठुटे बुट्यान मुनि ओत लागेर गर्मी छल्ने असफल प्रयत्न गरिरहेका थिए । कोही होटलमा चीसो पेय पदार्थ र बियर तन्काइरहेका थिए । भोजनालयहरुलाई भने खुदो पल्टेको थियो । घण्टौं लाइन लाग्दा पनि यात्रुहरुले भात खान पाइरहेका थिएनन् । पंक्तिकार र उसको सहयात्री जीवन संगिनीले दिक्क भएर बरु भात नखाने, सडक छेउ बेच्न राखेको काँक्रो खाएर दिन काट्ने निर्ण्र्ाागरे ।राजमार्ग छेउमै रहेको प्रहरी कार्यालयमा ताला लागेको थियो । प्रहरीहरु कता गायब भए भन्ने कसैलाई पत्तो भएन । आन्दोलनकारीहरु राजमार्ग बीचमै मञ्च बनाएर स्थानीय भाषामा भाषण ठोकिरहेका थिए । यात्रुहरु झुण्ड झुण्ड भएर कोही आपसमा विवसता पोखिरहेका थिए । कोही कसैलाई सरापिरहेका थिए । नजिकको एउटा पान पसल अगाडि मानिसहरुको एउटा झुण्ड अलिक ठूलो स्वरमा बोलिरहेको सुनेर यो पंक्तिकार पनि के भएको रहेछ भनी बुझन त्यतै तिर लाग्यो । बहसको विषय मधेसीहरुको नागरिकता सम्बन्धी समस्या नै थियो । स्थानीय मानिस मध्येकै एकजना भन्दै थियो, “कोही मानिसको नागरिकता छैन भने उसको आधिकारिक पहिचान पनि हुँदैन । अब बिना पहिचानको मान्छेले कस्तो झमेला भोग्नु पर्छ, त्यो उसलाई मात्र थाहा हुन्छ । मेरो बाबुको नागरिकता छ । मेरो दाजुको पनि नागरिकता छ । तर सिडिओले मलाई नागरिकता किन दिंदैन - मैले नागरिकता नपाएकोले मेरो घरवालीले पनि पाउँदैन किनभने उसको मायके इण्डिया हो । अब तपाईंहरु नै सोच्नुस् मलाई कति टेन्सन छ ।”नागरिकता पाएको बाबुको एक छोराले नागरिकता पाउनु तर उसकै अर्को छोरोले नपाउनु । यो कस्तो आर्श्चर्य - जिज्ञासा मेट्न पंक्तिकारले प्रश्न गर्यो, “यो त अचम्मको कुरा भयो । तर नागरिकता नदिनुको कारण पनि त भन्यो होला नि सिडिओले, भनेन -” “भन्यो भन्नलाई । बाबुको नागरिकता प्रमाणपत्रको फोटोकपि राखेर गाविस वा नगरको सिफारिस ले भन्छ । बाबुसंग छुटेर अलग बसेको चार बरष भयो । बाबुले मलाई उसको नागरिकताको फोटोकपि दिंदैन । त्यो नभए पछि गाविस र नगरले पनि सिफारिस गर्दैन । अब म बिना नागरिकता नै मरुं - मेरो छोराछारीले नागरिकता पाउनु पर्दैन -” “हेनुस्, तपाईं नरिसाउनु होला । सिडिओले तपाईंलाई जानाजान नागरिकता नदिएको त होइन रहेछ । उसले पनि कानूनमा व्यवस्था भए बमोजिम प्रमाण र प्रकृया त पुर्याउनै पर्यो नि, कि पर्दैन - नागरिकता भनेको जोजसले माग्ना साथ बिना आधार भटाभट बाँड्ने कुरा पनि होइन नि ।”मेरो कुरा उसलाई मन नपरेको उसको अँध्यारो अनुहारले प्रष्टै दर्शाइरहेको थियो । भनी पनि हाल्यो, “बडा आया कानून सिखाउन । तपाईंलाई यहाँको खेल र्नै थाहा छैन । बीस-पच्चीस हजार रुपिया खर्च गर्यो भने इण्डियाको मान्छेले रातारात नेपालको नागरिकता पाउँछ । उसलाई नागरिकता दिंदा कानून चाहिंदैन - हामी त सदियौंदेखि यहीं बसेको, यहींको मिट्टीमा जन्मेको, हामीले किन घूस ख्वाउने - यहाँ सब चीज पैसामा बिक्छ ।” “अनि तपाईंको बाबुले तपाईंलाई उसको नागरिकताको फोटोकपि किन दिंदैन - समस्याको जड त त्यही रहेछ, होइन र -” “अरे बाबुजी, दुखको बात यही त छ । मैले सानो छँदै मगनी गरेको केटीलाई बिहा गर्न मानिन किनकि उसको आफ्नै गाउँको एकजना केटासंग लभ चलेको रहेछ । मैले मलाई मन परेको केटी बिहा गर्छु भन्दा बाबुले मानेन । मन्दीरमा टीका लगाएर घर लगेको, बुड्ढाले हामी दुबैलाई घरबाट निकालि दियो । नागरिकताको फोटोकपि ज्यान गए पनि दिन्न भन्छ । अब म बुड्ढालाई मार्न सक्तिन, कसरि उसको नागरिकताको फोटोकपि ल्याउँ -”"तपाईंहरुको त गाउँमा पंचायत बस्छ भन्ने सुनेको छु । पंचायतमा फिराद गर्नु भएन -” पंचायतमा फिराद करेर त्यसले के कर्छ - सबै सरपंचलाई दाजुले दारु पानी पिलाएर किनि राखेको छ । मलाई नागरिकता नदिलाएर बाबुको सबै सम्पति हडप्न खोजिरहेको छ ।” “समस्या साँच्चै निक्कै गंभीर रहेछ । टोल, मोहल्ला, बिरादरीको मान्छेले केही मद्दत गर्दैन - पार्टर्ीीलाहरुले केही गर्दैनन् - धनुषाबाट कति धेरै पावरफूल मन्त्री बनेका छन् । उनीहरुले केही गरिदिंदैनन् -” “सब बेकार छ । मोहल्ला र बिरादरीको मान्छे सरपंचदेखि डराउँछ । गाउँका छोटे नेताहरु दारुमै बिक्छ । मसंग दारु पिलाउने पैसा छैन, पिलाउन पनि चाहन्न । मन्त्रीले उनीहरुकै कुरा सुन्छ । मेरो एक भोटले उनीहरुलाई केही फरक पार्दैन । म के गरुं -”"गाविसबाट सरजमीन गराएर भए पनि प्रमाण जुटाउन सकिन्छ होला नि । कहिले त्यस्तो प्रयास गरेको छ -” पंक्तिकारको प्रश्न सुने पछि सर्ुर्ती मिस्रित थुक पिच्च थुक्दै उसले भन्यो, “सब वाहियात कुरा हो ।” एकजना लिखुरे मानिसलाई सम्बोधन गर्दे भन्यो, “रे नथुनी, भन्दे त तेरो सरजमिनमा के भयो । बेचारा अनपढ गरीबले के बोल्छ - उसको बाबु जिउँदै छ । तर सरजमीनमा उसको बाबु मरिसकेको छ, उसको सन्तान बारे केही थाहा छैन भनी लिखिदिएछ । बेचारा दिनभर मजदूरी गरेर आफ्नो र बुढो बाबुको पेट पाल्छ । उसंग सरपंच र छोटे नेताहरुलाई दारु पिलाउन पैसा छैन । कसरि बन्छ सही सरजमीन - कसरि पाउँछ नागरिकता - अब धर्ना, जलुस, हडताल गर्ने बाहेक हामीसंग अर्को उपाय बचेको छैन । त्यसैले तपाईंहरुले हामीलाई साथ दिनुस् । चार बजे चक्काजाम खुले पछि आफ्नो बाटो लाग्नुस् ।”
उसंग कुरा गर्दा गर्दै झण्डै एक घण्टा समय बितेको थाहै भएन । आज मजाले ढल्केबरको घाममा सेकिने भइयो भन्ने सोच्दै श्रीमति बसेको ठाउँ तिर र्फकंदा उनी त गर्मीले आलस तालस भएर बसेकि रहिछन् । मेरो आफ्नो घाँटीमै पनि घमौरा फुर्न थालिसकेको थियो । त्रि्राको कापमा पनि चिलाएर हैरान हुन थालेको थिएं । शौच गर्ने ठाउँ नपाएर अत्यन्त कष्ट सहेर बसेकी उनलाई बल्ल तल्ल नजिकै पेट्रोल पम्पको अफिस पछाडी एउटा निजी शौचालय भेट्टाएर कसैलाई सोध्दै नसोधी हुलिदिएं । धन्य कसैले देखेनन् । शौचबाट फर्के पछि उनले गुनासो पोखिन्, “आफूलाई कति बेलादेखि कस्तो आपत परिरहेको थियो । तपाईं भने बेपत्ता । कहाँ गएर के गर्दै हुनुहुन्थ्यो - कस्तो कसैको वास्ता नै नभएको मान्छे रहेछ तपाईं । बल्ल सञ्चो भयो ।” मैले पनि उनलाई हँसाउने उद्देश्यले भनें, “हेर उहिले मन्त्री बीरबलले र्स्वर्गलोकमा नपाइने आनन्द यही मर्त्यलोकमा पाइन्छ भन्दै अकबर बादशाहलाई घरमा बोलाएर पखाला लाग्ने ओखति मिसाएको भोज खुवाएका थिए अरे । भोज खाएको केही छिनमै बादशाहको पेट मडारिन शुरु भयो अरे । शौच गरेर फर्के पछि बादशाहले लामो सुस्केरा छोड्दै ‘या अल्लाह ! बल्ल सञ्चो भयो’ भनेका थिए अरे । बीरबलले पनि ‘र्स्वर्गमा नपाइने आनन्द भनेको यही हो शाहनशाह, सरकारको जो हुकुम’ भनेका थिए अरे । तिमीले पनि त्यस्तो सर्वोच्चानन्द अनुभव गर्ने मौका पायौ । भाग्यमानी रहिछौ ….. ।”
२००६ अगष्ट १४


गएका महिनाहरु:
