लौ खोज्नुस तपाइँको घर कहाँनेर छ
संसारका नाम चलेका एकसय शहरहरु
आकाशबाट काठमाण्डौको दृष्य एकपटक प्लेन चढ्दा हेर्ने सौभाग्य मिलेको थियो र आज दोस्रोपटक wikimapiaको सहायताले गर्दा हेर्ने मौका मिल्यो तर यसपाली चाँही काठमाण्डौ मात्र हैन आफुलाइ हेर्नेमन लागेका संसारका हरेक कुना कुना हेरें । wikimapia म्यापले दिएको स्याटलाइटबाट खिचेको तस्वीरहरु खै किन हो अन्य स्थानको भन्दा नेपालको केहि धमीले छ तर जुम गरेर हेर्दै गयोभने आफ्नो घर पनि पत्तालगाउन खासै गाह्रो नपर्ने रहेछ । लगभग पन्ध्र मिनेटको खोजीकार्य पश्चात मैले आफ्नो घर पत्ता लगाएँ र उक्त घरलाइ देवदासको घर भनेर लेखीपनि हाँले तर यसरी ब्यक्तीगत घर हरुलाइ wikimapiaले चाँही नलेख्न भनेको छ । यदी तपाइँलाइ आफ्नो घर अथवा कुनै स्थाको तस्वीर हेर्ने मन छ भने wikimapia मा क्लिक गरेर खोज्नसक्नुहुन्छ । आफ्नो घर तथा वरीपरीका कुनै प्रसीद्द स्थानहरु छन भने तपाँइ आफैले उक्त स्थानलाइ सो म्यापमा थप्न सक्नुहुन्छ र उक्त म्यापलाई आफ्नो ब्लग तथा वेभसाइटमा राख्नपनि सक्नुहुन्छ ।
बाँकी अरुकेही तस्वीरहरु भित्र छन । हेर्ने हो भने अलीकती प्रतिक्षा चाँही गर्नुपर्छ नि कीनकी यो पेज खुल्न केहि समय लाग्छ । ।
धेरै माथीबाट काठमाण्डौ एस्तो देखिंदोरहेछ
नजीकैबाट काठमाण्डौलाई नियाल्दा को नक्सा
यो हो माइलादाइको कार्यालय अर्थात राज दरबार
रानीपोखरी देखी टुंडीखेल सम्मको यो नक्सा
यो चाँही कपन हो । मलाइ यहाँ आफ्नो घर खोज्न पन्ध्र मिनेट लागेको थियो । तपाइ पनि हेर्नुस कहाँनेर छ देवदासको घर


गएका महिनाहरु:

Thanks Devdas u r the different and one. hope to see next like this.
Comment by suman dahal — 11,August , 2006 @ 5:21 am
यसलाई त गुगल अर्थबाट डाउनलोड गर्यो भने पनि हुन्छ होला नि.
Comment by xxxman — 16,August , 2006 @ 7:01 am
maile wikimapia bata hamra ghar nai herna sakina.kinaki hamrotirako map nai liyokochhaina jasto chha.only river matra dekenchha. plz yeslai kasari ghar harna sakinchha?
Comment by mahananda bastola — 29,November , 2006 @ 5:33 pm
कुन चाहिँ लाउरेले location हरुको नाम राखेको हो, NTC Head Office को भवन लाई Army ब्यारेक भनेर पो नाउँ दियछ हा हा हा !!!!!
Comment by रामकृष्ण लामा — 5,March , 2008 @ 8:48 am