.... ....UCC

5,August , 2006

कमजोर मुटु हुनेहरुका लागी साबधान ( अपडेट )

काट्नको लागी तयार पारीएको मान्छे
केहि दिन देखी इमेल आतंक बढेको छ मेरो इमेल ठेगानामा । चिन्नु न जान्नुका इमेलहरु को बाढी लागेको छ । कहिले डिभी लोटरी पर्यो भनेर आउँछ त कहिले विबाहको प्रस्ताव आउँछ । कहिले साझेदारी ब्यापारको लागी त कहिले मिलीएन डलर जितेको हँदा उक्त रकम कहाँ पठाउँ भनेर सोध्छ । यस्ता मेलहरुलाइ जती पाखा लगाउन खोज्यो झन झन बढी आउँछन । स्पाममा पठाउँदा पनि ब्लक गर्दा पनि आउन छोड्दैन । पहिला याहुमा धेरै आएको हँदा जीमेल खोलें जीमेलमा त त्यो भन्दा पनि झन पो धेरै आउन थाले । ब्यस्त भएको बेला इमेल मात्र चेक गनुपर्यो भनेर कम्प्युटरमा बस्यो भने इनबक्समा असंख्य मेल देखाउँछ र भित्र गएर हेर्यो एउटै कामलाग्ने हुदैन । यस्तै मेला आतंकको विचमा आएको यौटा मेलका केहि फोटाहरुलाइ यहाँ राखेको छु । एउटा मान्छेको सम्पूर्ण भित्री अंगहरु काटेर देखाएको हुँदा पहिला त आँफैलाइ डर लाग्यो । यो फोटोमा देखाइएको मान्छेलाइ के प्रयोजनको लागी काटीएको हो त्यो त थाहा छैन मलाई तर हाम्रो सरीरका भित्रीअंगहरुलाइ हेर्ने रहर छ भने यी फोटोहरु हेरेपछी पुरा हुन्छ । यदी डर लाग्छ भने भित्र नछिर्नु नै जाती होला ।
सायद यिनै हतियारहरु होलान काट्नको लागी प्रयोग गरीने

कति सजीलै टाउकोको छाला फर्काएको होला

यो चाँही मान्छेको सेन्टर अफीस अर्थात मगज जस्तो छ
यही गीदी होला यो संसारलाइ रातारात बदल्दै जाने

यो फोटो देख्दाचाँही मलाइ पनि एकदिन भात रुचेन


अब केनैपो बाँकी रह्यो र निकाल्नलाइ

हेर्दै जाउँ करगंभित्रका भागहरु पनि


यो चँही किड्नी जस्तो लाग्यो मलाइ त


मान्छेको जीन्दगी खै के जिन्दगी

यसरी त मैले हलाल गरेको खसीलाइ dmुन्डाएको देखेको थ्ािएँ

3 Comments »

The URI to TrackBack this entry is: http://ratnapark.blogsome.com/2006/08/05/p320/trackback/

  1. तपाईले पठाउनु भएको फोटो हेर्दा आत्‍मानै कस्‍तो कस्‍तो लाग्‍यो ।
    सायद मलाई लाग्‍छ यो जापनकोत होइन यो भन्‍दा ४महिना अगाडि
    मरेको बच्‍चालाई बि बि क्‍यु बानायेर एउटा होस्‍पिटलमा खादै गरेको
    कोरियन समाचारले दिएको थियो ।

    Comment by kumar subba — 8,August , 2006 @ 8:20 am

  2. bafre baf kasto ho yo ,,ki hospital ma dr, le gareko practical training haina ,,?abuai

    Comment by binesh rai — 21,November , 2006 @ 5:57 pm

  3. Yo maile ekjana sathiko mobile ma vidio nai bheteko thiya suruma ta hernu dar lagyo, ani soche yo pakkai pani dead body ko postmartem gareko hunu par6 doctorle jasto lagyo ani maile pani vidio rekheko 6u. tesaile khasma tetti dar lagena ahile photo herda.

    ahile mero id ma pani testai parkarle kam na kajko mail aae baseko hun6 delete gara hairan hun6u. ekdin ta virus ako rahe6 computer nai bigriyo.yo bata 6utkara paunuko lagi k garnu parla sachchi????????

    Comment by Shanta Jhankri — 6,June , 2008 @ 8:53 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here