.... ....UCC

2,August , 2006

सेनापति पुत्रीले छाडिन्

Filed under: समाचार

जनआन्दोलन दमनमा प्रमुख भूमिका निभाएको भन्दै प्रधानसेनापति प्यारजङ्ग थापाले राजीनामा दिनुपर्ने वा बर्खास्त गर्नुपर्ने माग उठिरहेका बेला थापाकी छोरी प्रज्ञाश्रीले सेनाबाट राजीनामा दिएकी छन् । सेनाको क्याप्टेन रहेकी डा. थापाको राजीनामा जङ्गी अड्डाले स्वीकृत गरिदिएको जानकारी सैनिक स्रोतले दिएको छ । एकजना भारतीय व्यापारीस“ग विवाह हुने भएपछि वीरेन्द्र सैनिक अस्पताल छाउनीमा कार्यरत डा. प्रज्ञाश्रीले वैशाखको तेस्रो हप्ता राजीनामा दिएकी थिइन् । सो राजीनामा वैशाख २७ गतेदेखि नै लागू हुनेगरी जङ्गी अड्डाले हालै स्वीकृत गरिदिएको छ । राजीनामा स्वीकृत हुनका लागि प्रधानसेनापतिकी छोरीले सेनालाई १५-१६ लाख रुपिया“ क्षतिपूर्तिबापत तिर्नुपरेको छ । सेनाको कल्याणकारी कोषको रकमबाट भारतको पुनामा एमबीबीएस कोर्श गर्न गएकी प्रज्ञाश्रीले सो कोर्शबापतको रकम सेनालाई बुझाउनुभएको हो । चार वर्षो सो कोर्श पूरा गर्न २० लाख रुपिया“ खर्च भएको बताइन्छ । ‘सात वर्षनपुगी यसरी कोर्श लिन पठाइएको सैनिक व्यक्तिले राजीनामा दिन पाउन्न’ स्रोतले भन्यो- राजीनामा दिने हो भने उसलाई पढाउन सेनाले खर्च गरेको रकम सेनालाई फिर्ता गर्नुपर्छ । अनिमात्र राजीनामा दिन पाइन्छ र त्यस्तो राजीनामा स्वीकृत हुन्छ । कोर्श पूरा गरेर फर्केपछि करिब एक वर्षवीरेन्द्र सैनिक अस्पतालमा काम गरेकी प्रज्ञाश्रीले काम गरेको समयावधि कटाएर करिब १६ लाख रुपिया“ सेनालाई फिर्ता गरेको जानकारी प्राप्त भएको छ । कानूनविपरीत विवाहमा बढी खर्च गरेको र छोरीलाई करिब करोडौंको दाइजो दिएको भन्दै प्रधानसेनापतिको आलोचना भए पनि छोरीको पर्ढाईको खर्च फिर्ता गरेकोमा प्रधानसेनापति थापा यस मामिलामा लाग्ने आरोपबाट मुक्त हुनुभएको छ । उता, सेनामा धेरै बजेट भएको निकायको रुपमा चिनिने संभाररथी विभागका नया“ हाकिमलाई विभागका सैनिकहरुले बिहान भव्यरुपले स्वागत गरेकोमा एकदिनमात्र विभागको कुर्सी बसेर ती हाकिम पुरानै स्थानमा सरुवा भएका छन् । मध्यपृतना हेटौंडाका पृतनापति ठाकुर सुब्बालाई हातहतियारलगायतका युद्ध सामग्री खरिद गर्ने संभाररथी विभागको प्रमुखमा सरुवा गरेको थियो । सरुवापछि विभागमा आएका मेजर जनरल सुब्बालाई कार्यालय प्रवेश गर्दा विभागको ढोकामा दही, केरा र माछा राखी स्वागत गरिएको थियो । तर, बेलुकी नै उनी फेरि सरुवा गरिए । उनी फेरि मध्यपृतनामा नै कार्यरत रहेका छन् । सुब्बा यसरी एकदिन कुर्सी बसेर पृतनामा नै फिर्ता भएपछि सो स्थानमा विघटनमा परेको दरबारस्थित राजाको सैनिक सचिवालयका सैनिक सचिव मेजर गजेन्द्र लिम्बू नै जाने चर्चा चल्न थालेको छ । संभाररथी विभागको प्रमुख सेनानीमा समशेर दल गणकै दामोदर थापा लगिएका छन् । लिम्बू पनि समशेर दलकै भएकाले प्रसे थापालाई उनैले लगेको दाबी सैनिक स्रोतले गरेको छ । स्मरणीय छ, गौरव समशेर राणा ४ नं. बाहिनीपति हु“दा थापालाई सानो कारबाही गरी सरुवा गरिएको थियो ।जनआस्था

Comments »

The URI to TrackBack this entry is: http://ratnapark.blogsome.com/2006/08/02/p318/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here