.... ....UCC

2,August , 2006

राजधानी दैनिकमा तालाबन्दी

Filed under: समाचार

श्रमजीवी पत्रकार संर्घष समितिले राजधानी दैनिकको प्रकाशन उर्त्र्सग प्रकाशन प्रा.लि.को चावहिलस्थित प्रधान कार्यालयमा तालाबन्दी गर्‍यो ।पत्रकार तथा श्रमजीवी पत्रकार संर्घष समितिका संयोजक विन्दुकान्त घिमिरेका अनुसार १४ असारमा राजधानी दैनिकको व्यवस्थापन पक्ष र समितिबीच भएको चार बुँदे सहमति तोकिएको समयभित्र पूरा नगरी कार्यान्वयनका लागि पटक-पटक आग्रह गर्दा पनि बेवास्था गरेकाले वाध्य भएर समितिले तालाबन्दी गर्नु परेको जानकारी दिए । १४ असारमा राजधानी व्यवस्थापनले असार अन्तिम साताभित्र १९ माघपछि राजनीतिक कारणले हटाइएका चार पत्रकारको पुनर्वहाली गर्ने, साउन पहिलो साताभित्र बाँकी पारिश्रमिक भुक्तानी गर्ने र १ साउनदेखि श्रमजीवी पत्रकार ऐन लागू गर्ने लिखित सहमति जनाएको थियो ।तालाबन्दीको सूचना एक साताअघि नै पत्रिका व्यवस्थापनलाई गराइए पनि निर्धारित कार्यक्रमअनुसार तालाबन्दी गरी र्फकन लागेका श्रमजीवी पत्रकारहरुको समुहमाथि राजधानी दैनिकको व्यवस्थापनद्धारा संरक्षित गुण्डाहरुले हातपात गर्नुका साथै तालासमेत तोडेको संयोजक घिमिरेले बताए । समितिले श्रमजीवी पत्रकारसँग गरेको सहमति कार्यान्वयनमा ल्याउनुको साटो श्रमजीवी पत्रकारमाथि गुण्डा परिचालन गरी दुर्व्यवहार गराउने र श्रमजीवीले लगाएको ताला गुण्डाहरुद्धारा खुलाउने राजधानी दैनिक व्यवस्थापनको चुत्थो शैलीप्रति एक विज्ञप्ति प्रकाशित गर्दै संर्घष समितिले घोर निन्दा र भर्त्सना गरेको छ ।विज्ञप्तिमा सहमति कार्यान्वयन र श्रमजीवी पत्रकारमाथि भएको दुर्व्यवहारका विरुद्ध राजधानी दैनिकको प्रकाशन बन्द कार्यक्रम तय गर्न समिति वाध्य बनाइएको ठहर गर्दै छिट्टै उच्च स्तरको कार्यक्रम घोषणा गर्ने तयारीमा रहेको जनाउँदै आन्दोलन अब पत्रकारमात्र नभई समग्र टे्रेड यूनियनहरुसँग एकीकृत रुपमा हुने र यसबाट उत्पन्न हुने सबै परिस्थितिको जिम्मेवारी राजधानी व्यवस्थापन नै हुने जनाइएको छ । पूव घोषित आन्दोलनको कार्यक्रम अनुसार हिजो बिहान समितिले राजधानी दैनिकको केन्द्रीय कार्यालयको मुल गेटमा तालाबन्दी गरेको थियो । तालाबन्दी कार्यक्रमका अवसरमा भएको सभामा माओवादी सम्बद्ध अखिल नेपाल टे्रड यूनियन महासंघ -क्रान्तिकारी) का उपाध्यक्ष बद्री बजँगाई, प्रजातान्त्रिक काग्रेस सम्बद्ध टे्रड यूनियनका आश्विनी दाहाल, प्रिmडम फोरमका महासचिव प्रदीप घिमिरे, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यद्धय रमेश विष्ट, नारायण अमृतलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिले ऐक्यवद्धता जनाएको प्राप्त खबरमा जनाइएको छ ।उता, प्रतिनिधिसभाको मंगलवारको बैठकमा संासदहरुले निजी तथा सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार ऐन तत्काल लागु गराउन सरकारसँग आग्रह गरेका छन् । उनीहरुले श्रमजीवी पत्रकार ऐन अपूरो भएका कारण यसमा रहेका कमी कमजोरी हर्टाई प्रतिनिधिसभाको बैठकमा संशोधन विधेयक पेश गर्न सरकारसँग अनुरोध गरेका छन् । सांसदहरुले मुलुकमा लोकतन्त्रको संस्थागत विकास गदर्ैर्ैैागरिकको अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्नका लागि पत्रकारिताको महत्वपर्ूण्ा भूमिका रहने भएको र जनआन्दोलनमा पत्रकारहरुको भूमिका प्रशंसनीय रहेकाले उनीहरुका समस्या समाधान गर्न संसदले विशेष ध्यान दिनुपर्ने बताए ।बैठकमा सांसद होमनाथ दाहालले पेश गर्नुभएको ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक एवं सञ्चारकर्मीहरुको पेशागत हकहित र अधिकार संरक्षणका लागि संसदको भूमिका बढाउन संसदीय कार्यदल गठन गरियोस्’ भन्ने जरुरी र्सार्वजनिक प्रस्तावमाथि छलफल गर्दै सांसदहरुले सो कुरा बताएका हुन् । छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै सूचना तथा सञ्चार राज्यमन्त्री दिलेन्द्रप्रसाद बडुले सरकारले सञ्चार क्षेत्रका समस्या समाधान गर्न उच्चस्तरीय मिडिया आयोग गठन गरेको र यसले दिएको सुझावलाई इमान्दारितापर्ूवक पालना गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।(खोजतलास)
तस्वीर सागर श्रेष्ठ

Comments »

The URI to TrackBack this entry is: http://ratnapark.blogsome.com/2006/08/02/p317/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here