सेनापति पुत्रीले छाडिन्
जनआन्दोलन दमनमा प्रमुख भूमिका निभाएको भन्दै प्रधानसेनापति प्यारजङ्ग थापाले राजीनामा दिनुपर्ने वा बर्खास्त गर्नुपर्ने माग उठिरहेका बेला थापाकी छोरी प्रज्ञाश्रीले सेनाबाट राजीनामा दिएकी छन् । सेनाको क्याप्टेन रहेकी डा. थापाको राजीनामा जङ्गी अड्डाले स्वीकृत गरिदिएको जानकारी सैनिक स्रोतले दिएको छ । एकजना भारतीय व्यापारीस“ग विवाह हुने भएपछि वीरेन्द्र सैनिक अस्पताल छाउनीमा कार्यरत डा. प्रज्ञाश्रीले वैशाखको तेस्रो हप्ता राजीनामा दिएकी थिइन् । सो राजीनामा वैशाख २७ गतेदेखि नै लागू हुनेगरी जङ्गी अड्डाले हालै स्वीकृत गरिदिएको छ । राजीनामा स्वीकृत हुनका लागि प्रधानसेनापतिकी छोरीले सेनालाई १५-१६ लाख रुपिया“ क्षतिपूर्तिबापत तिर्नुपरेको छ । (more…)

श्रमजीवी पत्रकार संर्घष समितिले राजधानी दैनिकको प्रकाशन उर्त्र्सग प्रकाशन प्रा.लि.को चावहिलस्थित प्रधान कार्यालयमा तालाबन्दी गर्यो ।पत्रकार तथा श्रमजीवी पत्रकार संर्घष समितिका संयोजक विन्दुकान्त घिमिरेका अनुसार १४ असारमा राजधानी दैनिकको व्यवस्थापन पक्ष र समितिबीच भएको चार बुँदे सहमति तोकिएको समयभित्र पूरा नगरी कार्यान्वयनका लागि पटक-पटक आग्रह गर्दा पनि बेवास्था गरेकाले वाध्य भएर समितिले तालाबन्दी गर्नु परेको जानकारी दिए । १४ असारमा राजधानी व्यवस्थापनले असार अन्तिम साताभित्र १९ माघपछि राजनीतिक कारणले हटाइएका चार पत्रकारको पुनर्वहाली गर्ने, साउन पहिलो साताभित्र बाँकी पारिश्रमिक भुक्तानी गर्ने र १ साउनदेखि श्रमजीवी पत्रकार ऐन लागू गर्ने लिखित सहमति जनाएको थियो ।तालाबन्दीको सूचना एक साताअघि नै पत्रिका व्यवस्थापनलाई गराइए पनि निर्धारित कार्यक्रमअनुसार तालाबन्दी गरी र्फकन लागेका श्रमजीवी पत्रकारहरुको समुहमाथि राजधानी दैनिकको व्यवस्थापनद्धारा संरक्षित गुण्डाहरुले हातपात गर्नुका साथै तालासमेत तोडेको संयोजक घिमिरेले बताए ।

गएका महिनाहरु:
