यो कस्तो प्रतिकृया ????
यदी तपाँइ दिनको तीन चार बजे सम्म सुतिरहनु भयो भने तपाँइलाई के भन्छन घरका अन्य सदस्यले ? पक्कै पनि गाली गर्छन, राँवणको उपमा दिन्छन , ओच्छ्यानमै पानी खन्याउँछन , अल्छे भन्छन, आदी आदी । तर सबैको घरमा यस्तै गर्छन भन्ने चाँही छैन । कुम्भकर्ण्रजस्तै दिनको तीन चार बजेसम्म सुत्दा गाली खानुको सट्टा उल्टै परिवारका अन्य सदस्यले निद पुग्नेगरी सुत्नु पनि भन्न सक्छन । कुन परिवार होला त्यस्तो छोरो चार बजे सम्म सुतेकोमा आमाले गाली गर्नुको सट्टा अझै निन्द्रा पुग्नेगरी सुत बाबु भन्दै प्रतिकृया दिन्छीन । विस्तृत बिबरणको लागी भित्र आउनु होला ।
भित्ते घडीले लगभग चार बजेको संकेत गरिसकेको छ । आमा कहिले भित्ते घडी हेर्छिन त कहिले मस्त निन्द्रामा घुरीरहेको आफ्नो माइलो छोरालाई हेर्छिन । माइलो छोराको छेवैमा गएर बस्छीन तर निदाएको छोरालाइ जगाउनुको सट्टा उस्को अनुहार एकोहोरो हेरिरहन्छीन । आमा आएको संकेत पाएर माइलो निन्द्राबाट बिउँझिन्छन र गहभरी आँशु पार्दै केहि भन्न खोज्छन तर सक्दैनन् अन्तत आमालेनै भन्छिन । “सुत बाबु सुत निँद पुग्ने गरी सुत , भरेरातभरी इन्टरनेटमा जुवा खेल्नुपर्छ । आज तिम्रो ग्रहदशाको बारेमा ज्योतिषीलाइ देखाएको आजरातीको साइत बहुत राम्रो छ रे, आजको राषीफलमा पनि धनलाभ लेखेको रहेछ । पक्कै भरेको जुवामा तिमीले अस्तीनै हारेको हजारौं डलर फिर्ता ल्याउनेछौ । अब तलब र भत्तामा मात्र भर पर्नु पनि त भएननी , के थाहा कहिले देखी त्यो तलब र भत्ता पनि आउन बन्द हुनेछ र यो घर पनि लिलामी हुने छ ” माइलो छोरो गहभरी आँशुपार्दै भन्न चाहीरहेको थियो “मुमाहजुर यो के भयो एकाएक ? ” तर भन्न सकेन तथापी माइलो छोराले भन्न खोजेको कुरा मुमाहजुरले बुझिसकेकि थिइन त्यै भएर कुनै प्रतिकृया नजनाइ कोठाबाट सरासर बाहीर गइन ।
प्रस्तुत सर्न्दर्भ कसैको दैनिकी सँग मिल्न गएमा एक संयोग मात्र हुनेछ ।


गएका महिनाहरु:
