.... ....UCC

30,August , 2006

एकजना नागरिकको सुझाव

मितिः- २०६३/०५/१४

श्री पेट्रोलियम पदार्थ आपूर्ति, मूल्य तथा बजार व्यवस्थापन समिति
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, सिंहदरबार, काठमाडौं
इमेलः- psp@moics.gov.np

विषयः- सुझाव पठाएको बारे ।

उपरोक्त सम्बन्धमा त्यस समितिले नेपालमा पेट्रोलियम पदार्थ आपूर्ति, मूल्य निर्धारण तथा बजार व्यवस्थापनमा अपनाउनु पर्ने नीति तथा रणनीति बारे सुझाव माग गरी र्सार्वजनिक सूचना प्रकाशित गरेको हुंदा एक जना सचेत एवं जिम्मेवार नागरिकको हैसियतले नेपाली जनताको उच्चतम हितलाई ध्यानमा राखी निम्न सुझावहरु पेश गर्दछु ।त्यस समितिको अधिकार क्षेत्रबारे यस सुझावका प्रेषकलाई विस्तृत जानकारी छैन । समितिले मागेको सुझावमा आयात सम्बन्धी विषय नै नपरेको हुँदा त्यसको अधिकार एवं कार्यक्षेत्र नेपाल भित्री सकेको पेट्रोलियम पदार्थको आन्तरिक आपूर्ति, मूल्य तथा बजार व्यवस्थापन भन्ने मात्र बुझिन्छ । त्यसैले समितिले पेट्रोलियम पदार्थको कारोवार सम्बन्धमा समग्र रुपमा अध्ययन गर्न पाउँछ भन्ने कुरामा नै शंका छ । हुन त नेपालमा पेट्रोलियम पदार्थ आयात गर्ने विषय र अन्तराष्ट्रिय भाउ सम्बन्धमा सरकार वा आयल निगमले फैलाउँदै आएको भ्रम तथा फरेबी कुरा सम्बन्धमा मैले २०६१ सालदेखि संचार माध्यम मार्फ र्सार्वजनिक आवाज उठाउँदै आएको आएको हुँ र त्यस सम्बन्धी पछिल्लो लेख केहि दिन अघि त्यस समितिलाई पनि उपलब्ध गराइसकेकै छु । तर पनि पहिलेका ‘सुझाव समिति’ हरुले जस्तै त्यस समितिले पनि सरकारको बनिबनाउ जनतामारा कुराहरुलाई नै “विस्तृत अध्ययन पछिको प्रतिवेदन” भनी लाचार घोषणा गर्न नपरोस्/नगरोस् भन्ने कामना सहित आफ्ना सुझावहरु पेश गर्दछु । (more…)

28,August , 2006

राजा अचेल इन्टरनेटमा जुवा खेल्न थालेका छन

प्रस्तुत भनाईहरु हुन सयपत्री साहित्यिक ब्लगका ब्लगर चहल सयपत्रीको । मोति जयन्तीको अवसरमा भएको एक साहित्यिक वाचन कार्यक्रमा वाचन गरिएको एक गजलको भिडियोलाई यहाँ प्रस्तुत गरेको छु । गजल पूर्णरुपमा माइलादाईको सेरोफेरोमा घुमेको छ । हुन त यो गजल गजलकारले आफ्नै ब्लग सयपत्रीमा प्रकाशन गर्नुपर्ने हो तर भन्नेहरुले देवदास र चहल सयपत्रीमा केहि फरक छैन भनेको हुदा रत्नपार्कमा प्रकाशन गरेको हो , उक्त कार्यक्रमका अन्य भिडियोहरु हेर्न चाँही साहित्यिक ब्लग सयपत्रीमै जानुपर्ने हुन्छ । यदि तपाँइको कम्प्युटरमा यो भिडियो प्ले भएन भने पढेर चित्त बुझाउनु होला ।


गजल पढ्नको लागी भित्र जानुहोला (more…)

27,August , 2006

कोमल वलीले लोग्ने पाउने सम्भावना घटेर गयो


नेपालमा यसै त पुरुषको भन्दा महिलाको जनसख्या बढी छ । साँच्चे भन्ने हो भने एक पुरुशले एक महिलालाई विवाह गर्ने हो भने धेरै महिलाहरु बुढीकन्या भएरै बस्नु पर्ने अबस्था छ दोस्रो विहे गर्यो भने पनि कानुनी सजाय भोग्नु पर्छ । यतीखेर कोमल वलीको चर्चा छ बजारमा । उनि बुढीकन्या भैसकेकि छीन तर आफुले चाहेजस्तो लोग्ने उनलाई जुरेको छैन । महिलाहरुको महान चाडको मौका छोपेर उनले पोइला जान पाम् भन्दै शिव भगवानलाई गुहार्दै सडक गल्ली जताततै भजन गाउँदै हिंडेकी छिन । कोमल वली जस्ती शिक्षीत , आत्मनिर्भर युवतीले लोग्नेको लागी यसरी लोकगीतको सहारा लिएर विज्ञापन गरेको देख्दा उनलाई छिटै लोग्ने मिलोस भन्ने देवदासले प्रार्थना गरेको थियो । कमसेकम यसपाली उनको विहे भयो भने अर्को तिजमा नेपाली महिलाहरुले इज्जतका साथ पशुपतीको दर्शन गर्ने थिएकी भन्ने देवदासको सोचाई थियो तर अफसोच आज देवदासले यौटा फोटो देखेपछी भने कोमल वलीको बिहेको चान्स अलीकती भएपनि घटेको हो कि जस्तो लाग्यो । कुरा के भने यसै त महिला भन्दा पुरुश बढी भएको हाम्रो देशमा आज काठमाण्डोको लाजिम्पाटमा केटाले केटासँगै विवाह गरेको समाचार देखेँ । यदी ति दुइ युवकले केटीसँग विवाह गरेको भए कमसेकम अरु दुइजना युवतीले लोग्ने त पाउँथे । आज भएको केटै केटाको विवाहले गर्दा दुइजना केटिले लोग्ने नपाउने भए कतै यि दुइजना लोग्ने नपाउने युवतीहरुमा कोमल ओली पर्ने त हैनन ?
यो पनि हेर्नुहोला –कोमल वलीले ‘पोइल जानु’ ठीक कि बेठीक

26,August , 2006

लौ परमेश्वरी यसपाली कोमल वलीलाई लोग्ने मिलोस

Filed under: समाचार


नारी स्वतन्त्रताको वकालत गर्ने परम्परागत महान् पर्व तीज आज । मुलुकभर र मुलुकबाहिर नेपाली महिलामात्रले आज हरितालिका अर्थात् तीज पर्व धुमधामका साथ मनाउँदैछन् । तीज पर्वको सांस्कृतिक, राजनीतिक एवम् धार्मिक एउटा बेग्लै परम्परागत महत्व, मान्यता र आदर्श छ । तर बिडम्बना ! नेपाली मौलिक संस्कृतिमाथि पाश्चात्य संस्कृतिले घोडा चढिरहेको वर्तमान युगमा तीजले पनि आफ्नो वास्तविक लक्ष्य, पहिचान र आदर्श क्रमशः गुमाउँदैछ ।नारी एउटा परिवारको चुलोचौकोभित्र मात्र सीमित रहेको, उसको वैयक्तिक स्वतन्त्रता पुरुषप्रधान समाजको कब्जामा रहेको एवम् नारीलाई आफैं केही गर्न नसक्ने दोस्रो वर्गको मानिसका रुपमा हेरिने परिवेश र सोही कारण नारीवर्ग समाजमा अत्यन्त पछाडि परेको सर्न्दर्भमा तीज पर्वको गरिमा उच्च रहेकोमा द्विविधा छैन । जन्मघर माइत गएर मीठो खाने, राम्रो लगाउने र वर्षरिका पीडाव्यथा साथीसंगीबीच बाँड्ने उपयुक्त अवसरका रुपमा मात्र होइन, एउटी विवाहित नारीले आफ्नो सुहागको दीघायु र स्वस्थ जीवनको कामना गर्दै निराहार व्रत बस्ने, अविवाहित नारीले असल पति पाउने कामनाका साथ उपवास बस्ने पर्वको रुपमा समेत तीजले समाजमा अत्यन्त ठूलो महत्व पाउँदै आएको हो । (more…)

आन्दोलनकी आमा छायाँदेवीको निधन

Filed under: समाचार

शाही निरंकुशताविरुद्ध संचालित जनआन्दोलन भाग-२ की बयोवृद्ध नेतृ छायाँदेवी पराजुलीको ८८ वर्षको उमेरमा आज निधन भएको छ। आज बिहान करिब ५.३० बजे शौचालय गएर र्फकने क्रममा लडेर बेहोस भएको केही समयपछि नै उहाँको निधन भएको बताइएको छ। करिब १ महिनाअघि मोटरसाइकलको ठक्करबाट घाइते हुनु भएकी पराजुलीको वीर अस्पतालमा उपचार भइरहेको थियो । २०५९ साल असोज १८ देखि सक्रिय रुपमा शाही निरंकुशताविरोधी आन्दोलनमा सहभागी बयोवृद्ध नेतृ पराजुलीले आन्दोलन सफल नभई गाउँ नर्फकने कसम खानु भएको थियो । राजाले २०६० असोज १८ गते लादेको निरंकुशताको अन्त्य नगरेसम्म घर नजाने भन्दै सुनसरी जिल्लाबाट झण्डै चार वर्षअघि आन्दोलनमा सहभागी हुन राजधानी आउनुभएको थियो । आन्दोलन सफल भएपछि सरकारले बेवास्ता गरेको आवाज प्रतिनिधिसभामा व्यापक मात्रामा उठेछि सरकारले साउन २९ गते १ लाख सहयोग गर्ने निर्णय गरेको थियो । तर, उहाँले देशमा शान्ति स्थापनाभन्दा अर्को आफ्नो कुनै इच्छा नरहेको बताउनुभएको थियो । (more…)

23,August , 2006

जनताको प्रचण्ड विरोधका सामु सरकार पराजित

सर्न्दर्भ - पेट्रोलियम पदार्थमा हालै गरिएको मूल्यबृद्धि

जनआन्दोलन-२ को अभूतपूर्व बलमा बनेको ‘लोकतान्त्रिक’ सरकारले २०६३।४।२ गते शुक्रबारदेखि लागु हुने गरी सम्पूर्ण पेट्रोलयिम पदार्थको मूल्यमा भारी बृद्धि गरी नेपाली जनतालाई पहिलो आर्थिक उपहार प्रदान गर्न खोजेको थियो । नयाँ मूल्य अनुसार र्सवसाधारणले प्रयोग गर्ने प्रति लिटर पेट्रोलमा २५.३२% ले मटितेलमा २३.३५% र खाना पकाउने ग्यासमा प्रति सिलिण्डर ११.११% ले मूल्यबृद्धि गरिएको थियो । मूल्यबृद्धि सम्बन्धमा पेट्रोलियम पदार्थको एकलौटी व्यापार गर्ने अधिकार प्राप्त सरकारी व्यापारिक संस्था नेपाल आयल निगमले जारी गरेको विज्ञप्तिमा यस अघि उसले मासिक ८३ करोड रुपिया घाटा खाँदै आएकोमा हालै गरिएको मूल्यबृद्धिले त्यसलाई मासिक २१ करोड ६६ लाखमा झारेको भनेको थियो । अर्थात सरकारले जुन दरमा मूल्यबृद्धि गरेको थियो त्यो कम थियो र उसको घाटा पूर्ति गर्न मात्र पनि उक्त दर भन्दा कम्तीमा २५% बढी दरले मूल्यबृद्धि हुनु पथ्र्यो । उसले सधैं झैं यस पटक पनि मूल्यबृद्धि गर्नु पर्नाको एक मात्र कारण ‘अन्तराष्ट्रिय बजारमै पेट्रोलियम पदार्थको भाउ अत्याधिक बढेकोले..’ भन्ने सदाबहार साविक वाक्याँशलाई अघि सारेको थियो । तर देशव्यापी रुपमा उठेको जनविरोधका सामु उक्त मूल्यबृद्धिको निर्णय टिक्न सकेन र सोमबार नै सरकारले त्यसलाई फिर्ता लिन वाध्य हुनु पर्यो । (more…)

20,August , 2006

लोडसेडिङ अन्त्यका लागि प्राधिकरण विघटन !

बर्षायाममा समेत नेपाल विद्युत् प्राधिकरणले मागअनुसार विद्युत् वितरण गर्न नसकी छिमेकी मुलुकबाट विद्युत् आयात गरी वितरण गर्ने प्रक्रियामा छ । वर्षोनी ६०/७० मेगावाट विद्युत्को माग बढ्दै गएको छ तर विद्युत् उत्पादन गर्र्छौं भन्ने निजी लगानीकर्तासँग प्राधिकरणले पीपीए गरेको छैनर्/गर्न चाहेको छैन । एडीबीले छिमेकी मुलुक भारतमा भन्दा पहिला विद्युत्को क्षेत्रमा नेपालमा हात हालेको/भारतमा अहिले विद्युत् उत्पादन क्षमता ९० हजार मेगावाट पुग्दा जलस्रोतको धनी मानिएको हाम्रो देशको विद्युत् उत्पादन क्षमता बर्षायाममा ६ सय र हिउँद याममा ४ सय मेगावाट छ । तथ्यांकले नै नेपालको निरिहता प्रष्ट्याउँछ । विद्युत् खरिद गर्ने नेपालको एक मात्र संस्था नेपाल विद्युत् प्राधिकरण निजी क्षेत्रले आफूसँग विद्युत् खरिदको सम्झौता मात्र गर्ने गरेको, समयमा विद्युत् उत्पादन गर्नै नसकेको आरोप लगाउँछ । तर, प्राधिकरण आफैंले निर्माण प्रारम्भ गरेको मध्यमर्स्याङ्दी समयमै पूरा गर्न ऊ किन असक्षम भयो - यसको जवाफ ऊसँग छैन । हिंसात्मक द्वन्द्वका कारण प्राधिकरणले समयमै मध्यमर्स्याङ्दी पूरा गर्न नसकेको हो भने द्वन्द्वको मार निजी क्षेत्रलाई चाहिं पर्दैन त - मर्स्याङ्दी नै पूरा भइसक्दा पनि त्यसबाट विद्युत् उत्पादन जम्माजम्मी ७० मेगावाट हुने हो । नेपालमा वर्षोनी ६०/७० मेगावाट विद्युत् माग बढ्दै गएकाले मध्यमर्स्याङ्दी उत्पादन दिंदा पनि लोडसेडिङ हट्ने छैन । नेपालमा उत्पादित विद्युत्मध्ये १ सय पचास मेगावाट विद्युत् भारतलाई दिने सहमति नेपाल-भारतका बीच भएकै अवस्थामा नेपालको लोडसेडिङ हटाउन नेपालले तुरुन्तै भारतसँग घाटा व्यहोर्ने गरी विद्युत् खरिद गर्दैछ । नेपालका लागि योभन्दा लाजमर्दो अरू केही हुनै सक्दैन । (more…)

19,August , 2006

राजधानीका तीनै शहर तनावग्रस्त,

Filed under: समाचार

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा आज बिहानैदेखि राजधानीमा जताततै जुलुस निस्किएको छ । सवारीचालक स्वयमले सवारी तेर्स्याएर चक्काजाम गरेपछि चक्रपथ क्षेत्र पूर्ण अवरुद्ध बनेको छ । महारागन्ज, सामाखुसीलगायत क्षेत्रमा आन्दोलनकारीले दर्जनौँ सवारीसाधन तथा केही पेट्रोल पम्पसमेत तोडफोडसमेत गरेका छन् । आक्रोसित जुलुसले कोटेश्वरस्थित एमाले महासचिव माधव कुमार नेपालका दाजुभाईकै घर तोडफोड गरेका छन् भने प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका भतिजा डा. शशांक कोइरालाको महाराजगन्जस्थित घर तोडफोड गर्न गएको आक्रोसित समुहलाई सुरक्षाकर्मीले हस्तक्षेप गरी फर्काएको थियो । नयाँ बानेश्वरमा उत्तेजित भिडलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले तीन राउन्ड अश्रृग्यास फायर गर्नु परेको थियो भने अन्य विभिन्न स्थानमा सुरक्षा हस्तक्षेप भएको स्रोतले बतायो । एमाले महासचिवको घर तोडफोड गर्न गएको समुहमाथि प्रहरीले व्यापक लाठी चार्ज गर्नु परेको थियो ।रत्नपार्कमा पनि बिहानैदेखि प्रदशन भएको जुलुस दिउँसोसम्म पनि जारी नै छ । चावहील, बौद्ध, जोरपाटी, थली रुट पनि ठप्प बनेको छ भने कोटेश्वर, तीनकुने क्षेत्रमा पनि टायर बालेर प्रदर्शन सुरु गरिएको छ । बल्खु, कलंकी, नयाँबसपार्क, गोंगबु क्षेत्र पनि विरोध प्रदर्शनले राजधानी पूर्ण रुपमा तनावग्रस्त बनेको छ । मैतीदेवीमा एक पेट्रोल पम्पमाथि तोडफोड गरी ध्वस्त पारिएको छ । कुपण्डोलदेखि जावलाखेल, लगनखेल सडकका दर्जनौं स्थानमा टायर बालेर यातायात अवरुद्ध पारिएको छ भने भक्तपुरका सडक पनि अवरुद्ध पारिएको छ । यस्तै जुलुसले माइतीघरमा दुइ वटा वस र अनामनगरमा एउटा ट्याक्सी तोडफोड गरेका छन् । (more…)

16,August , 2006

आज कृष्ण जन्माष्टमी

आज कृष्ण जन्माष्टमी तर्सथ यी वालकहरु कृष्णको भेष धारण गर्दै कृष्ण जन्माष्टमी मनाइरहेका छन

14,August , 2006

मधेसीको नागरिकता समस्या र ढल्केबरको घाम तपाई -१

- महेश्वर श्रेष्ठ
नेपाल मण्डल फोरमको विशेष कार्यक्रम अर्न्तर्गत झापा जिल्लाको भ्रमण सक्याएर २०६३ साल साउन १७ गते बिहानको बस चढी दमकबाट काठमाडौंका लागि प्रस्थान गरेको यो पंक्तिकार १० बजे धनुषा जिल्लाको ढलकेबर पुग्दा सयौं यात्रुबस र मालबाहक ट्रकहरु सडकमा अलपत्र पडिरहेको देखे पछि कुनै पनि निहुँमा चक्काजाम गर्ने संस्कारका पारखी नेपालीहरुले त्यहाँ पनि चक्काजाम नै गरेका होलान् भन्ने लख काट्न कुनै समस्या परेन । खास कारण बुझदा नागरिकता पाउनबाट बञ्चित मधिसे समुदायका व्यक्तिहरुले आफ्ना माग पूरा गराउन त्यस दिन बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म राजमार्गमा बेञ्ची र ढाट तेर्स्याएर अनि तीन चार सय जनाले धर्ना दिएर साइकल समेत चल्न नदिने जोरदारको चक्काजाम कार्यक्रम राखेका रहेछन् ।ढल्केबर गोलचक्करको दुबै तर्फसयौंको संख्यामा यात्रुबाहक बस र मालबाहक ट्रक रोकिएका थिए । आकाशमा बादलको नामो निसाना थिएन । मध्यान्हको बेला भएर होला बतास पनि टक्क रोकिएको थियो । तर र्सूय भने आफ्नो प्रचण्ड तापलाई निर्वाध प्रवाह गरिरहेका थिए । त्यस माथि राजमार्गको अलकत्रे सतहले र्सूयको तापलाई परावर्तन गरी वातावरणलाई अझ बढी तताउन मद्दत गरिरहेको थियो । तापक्रम सायद ४० ड्रि्री सेल्सियस भन्दा कम थिएन । (more…)

13,August , 2006

काठमाण्डौमा बाह्र भारतीय प्रहरीहरु …..?

Filed under: समाचार

हाम्रा बिरामी प्रधानमन्त्री हिजो भन्दैथिए “म कसैको धम्की र उक्साहटबाट कुनै निर्णय गर्दिन , जे जती निर्णय गर्छु , आफ्नो स्वविबेकले गर्छु र देशको माटोले जे भन्छ त्यै गर्छु ” तर अचम्म त मलाइ त्यतीखेर लाग्यो जब नवभारत टाइम्सको अनलाइन संसकण पढें । हिजोको नवभारत टाइम्सका अनुसार यतीबेला बाह्रजना भारतीय प्रहरीहरु काठमाण्डौमा डेरा जमाएर बसेका छन रे । पन्ध्र अगस्ट अर्थात भारतीय स्वतन्त्राको दिन दिल्लीमा अतंकवादी हमला गर्न छ सालदेखी फरार आतंकवादी इरफान अहमद काठमाण्डौमा छन र उनले केहि आतंकवादी दिल्ली पठाएक छन भन्ने सुचनाका आधारमा उनिहरु काठमाण्डौ आएका हुन रे । यसरी एक देशका प्रहरीहरु अपराधी खोज्दै अर्काको देशमा जान मिल्दैन तर उनिहरुको भनाइअनुसार नेपालका अधीकारीहरु लाइ विस्वासमा लिएर उनिहरु नेपालमा आएका हुन रे । हुन त यो भन्दा पहिला पनि भारतीय प्रहरीहरु काठमाण्डौ आएर यस्ता कृयाकलापहरु नगरेका भने होइनन् । देशमा चलीरहेको यो संकटको घडीमा बिभिन्न बहानामा भारतीय प्रहरीहरुलाई देशको राजधानीमा राखेर तिमीहरुको आतंकवादी तिमीहरुनै खोज भन्नु कहाँसम्मको राष्टियता हो ? के हाम्रा बिरामी प्रधानमन्त्रीलाइ आन्दोलनले दिएको म्यान्डेड यहि हो ? र उहाँलाइ देशको माटोले यहि भन्छ ?
नवभारत टाइम्समा उक्त समाचार पढ्ने हो भने यहाँ क्लिक गर्नुहोस, यदी साभार हेर्ने हो भने भित्र आउनु होला । (more…)

12,August , 2006

ठण्डा मतलव कोकाकोला

कोककोलाको बहिस्कार गर्दै घोडा लाई कोककोला पिलाउदै भारतीय जनताहरु
भरतिय अभिनेता अमीर खानले कोकाकोलाको लागी खेलेको यौटा बिज्ञापन ठण्डा मतलव कोकाकोला कुनै बेला चर्चित भएको थियो तर त्यही भारतका बासिन्दा हरुले उनले बोलेको बुझिरहेका थिएनन् । भारतको एक राज्य केरेलका धेरै जसो जनताहरुले हिन्दी भाषा बुझदैनन् । उनिहरुको आफ्नै भाषा छ , संस्कृती छ , परम्परा छ । उनिहरु फिल्म पनि आफ्नै भाषामा बन्दछन र कलाकारहरु पनि बलीउडका भन्दा भिन्न अनुहारका छन । कोहि कलाकार भने केरेला र मुम्बैमा दुवैतिरका फिल्ममा अभीनय गर्छन । केहि दिन अगडी केरेल सरकारले कोकाकोला र पेप्सीमाथी उक्त राज्यमा प्रतिबन्ध लगाएको छ र दुवै कोला कम्पनिहरुलाइ केरेल राज्यमा उक्त शीतल पेए पदार्थ उत्पादन र बितरण नगर्न सुचना जारी गरेको छ । सोडा आधारीत यो पेए पदार्थमा किटनासक को मात्रा अत्यधीक पाइएकोले यो निर्णय गरिएको हो । अब केरलमा कोला बजारमा नआउने र त्यहाँ कोलाको ब्यपार ठण्डा हुने भइपछी पक्कैपनि त्यहाँका जनताले अमीरखानले बिज्ञापनमा बोलेको कुरा अबश्य बुझ्नेछन अर्थात ठण्डा मतलब कोकाकोला

11,August , 2006

फरक फरक परिभाषा

चुरोट __ कागजमा बेरेको एक चिम्टी सुर्ती जसको एउटा छेउमा आगो जलीरहेको हून्छ र अर्को छेउमा एक मुर्ख मान्छे हून्छ
बिबाह ___ यो एक सम्झौता हो जसमा पुरुषले आफ्नो ब्यचलरको डिग्री गुमाउँछ तर महिलाले मास्टरको डिग्री प्राप्त गर्छे
डिस्नरी ___एक एस्तो स्थान जहाँ बिबाह (marriage) भन्दा छोटपत्र (divorce) अगाडी आउँछ ।
क्लासिक ___एक यस्तो किताब जस्को तारीफ सबैले गर्छन तर कसैले पढ्दैनन्
एटम बम ___एक यस्तो खोज हो जसले आजसम्म गरेका सबै खोजलाइ समाप्त गर्न सक्छ ।
कन्जुस ___ एक यस्तो ब्यक्ती जो मरेपछी धनी कहलाउनलाइ जिन्दगीभर गरीब भएर बाँच्दछ
बाबु ___ प्रकृती द्दारा दिएको बैकको सुविधा
हाकीम ___ त्यो दिन अफीस समय भित्र आइपुग्छ जुनदिन हामीहरु अफीस पुग्न ढिलो हुन्छौ र त्यो दिन अफीस आउन ढिलो गर्छ जुनदिन हामीहरु समयमै अफिस पुगेका हुन्छौं ।
नेता ___एक यस्तो ब्यक्ती जो चुनाव भन्दा अगाडी हाम्रो अगाडी हात जोड्दै आउँछ र चुनाब पछी हामीले हात जोड्दै जानुपर्छ

10,August , 2006

लौ खोज्नुस तपाइँको घर कहाँनेर छ

संसारका नाम चलेका एकसय शहरहरु

आकाशबाट काठमाण्डौको दृष्य एकपटक प्लेन चढ्दा हेर्ने सौभाग्य मिलेको थियो र आज दोस्रोपटक wikimapiaको सहायताले गर्दा हेर्ने मौका मिल्यो तर यसपाली चाँही काठमाण्डौ मात्र हैन आफुलाइ हेर्नेमन लागेका संसारका हरेक कुना कुना हेरें । wikimapia म्यापले दिएको स्याटलाइटबाट खिचेको तस्वीरहरु खै किन हो अन्य स्थानको भन्दा नेपालको केहि धमीले छ तर जुम गरेर हेर्दै गयोभने आफ्नो घर पनि पत्तालगाउन खासै गाह्रो नपर्ने रहेछ । लगभग पन्ध्र मिनेटको खोजीकार्य पश्चात मैले आफ्नो घर पत्ता लगाएँ र उक्त घरलाइ देवदासको घर भनेर लेखीपनि हाँले तर यसरी ब्यक्तीगत घर हरुलाइ wikimapiaले चाँही नलेख्न भनेको छ । यदी तपाइँलाइ आफ्नो घर अथवा कुनै स्थाको तस्वीर हेर्ने मन छ भने wikimapia मा क्लिक गरेर खोज्नसक्नुहुन्छ । आफ्नो घर तथा वरीपरीका कुनै प्रसीद्द स्थानहरु छन भने तपाँइ आफैले उक्त स्थानलाइ सो म्यापमा थप्न सक्नुहुन्छ र उक्त म्यापलाई आफ्नो ब्लग तथा वेभसाइटमा राख्नपनि सक्नुहुन्छ ।

बाँकी अरुकेही तस्वीरहरु भित्र छन । हेर्ने हो भने अलीकती प्रतिक्षा चाँही गर्नुपर्छ नि कीनकी यो पेज खुल्न केहि समय लाग्छ । । (more…)

7,August , 2006

गिरिजाबाबुलाइ देवदासको खुल्ला पत्र

नेपालको इतीहासमा लगातार पाँचौपटक प्रधानमन्त्रीको कुर्सी कब्जागर्न सफल तथा नयाँ नेपालको पहिलो प्रधानमन्त्री भइ राजाको भन्दापनि उच्च स्थानमा पुग्न सफल तपाँइ श्री गिरीजा प्रसाद कोइराला ज्यु लाइ यो कान्छो ब्लगर देवदासको तर्फाट कोटी कोटी नमस्कार छ ।
श्री ५ गिरीजा बाबु (पाँचपटक प्रधानमन्त्री भएको हुँदा श्री ५ भनेको ) ,
हुन त तपाँइ र मेरो आजको दिनसम्म कहि कतै भेट भएको कुरा इतिहाँसका पानाहरुमा मैले भेटाएको छैन र मलाइ पूर्ण बिश्वास छ भबिश्यमा पनि हाम्रो भेट हुने सम्भावना दुर्लभ नै छ । यर्सथमा तपाँइले मलाइ चिन्ने त कुरै आउँदैन तर तपाँइलाइ भने म बिर्सीन चाहेर पनि बिर्सन नसक्नेगरी यो दिलमा राखीसकेको छु । तर्सथ चाहेर पनि अहिले तपाँइलाइ म यो दिलबाट निकाल्न सक्दीन । हुन त तपाँइले मलाइ चिन्नुपर्ने कारण पनि केहि छैन । यदी म कुनै जर्मनी , बंगाली अथवा भारतिय नागरीक भएको भए तपाँइले चिन्नुहुने थियो । म एक नेपाली गरीब किसानको छोरोले तपाँइलाइ आफ्नो परिचय खै कसरी पो दिन सक्छु र ? यदी म कुनै ठुलो ब्यापारी भैदीएको भए मैले परिचय दिनुनै पर्ने थीएन तपाँइले अनुहार हेरेकै भरमा चिन्नुहुन्थ्यो । यदी राजनितीक कार्यकर्ता भएको भए झण्डा बोकेको फोटो देखाएर भएपनि आफ्नो परिचय दिने थिँए । सरकारी कर्मचारी भएको भए परिचयपत्र देखाउने थिएँ । डाक्टर भएको भए तपाँइ बिरामी हुदा उपचारमा संलग्न हुने थिएँ । इन्जीनिएर भैदीएको भए तपाँइको पुरा हुन नसकेको पार्टिकार्यालयको बिल्डीगं बनाउन आउने थिएँ । यि मध्ये म कुनैमा पनि सामेल नभएको हुँदा तपाँइले एक गरीब कीसानको छोरालाइ चिन्ने त कुरै भएननी कि कसो ? हिजोको तपाँइको अभिब्यक्ती सुनेर मलाइ ज्यादै खुसीलागेको हुँदा यो गरीब नेपालीको छोराले यो चिठी लेख्ने जमर्को गरेको हो । आफ्नो हैसीयतले तपाँइलाइ चिठी लेखेर खाममा हालेर बाहीरबाट टिकट टाँसेर पठाउन नसकेको हुँदा हामी जस्ता गरीबहरुको लागी भनेर ब्लगसमले दिएको निसुल्क वेभपेज मार्फत यो खुल्ला चिठी पठाएको हो । चिठी खुल्ला भयो भनेर चित्त नदुखाउनु होला किनकी यतीबेला केनैपो गोप्य छ र तपाँइ र गरीब नेपालीहरुबिच । हिजो तपाँइले दिएको अभिब्यक्ती अनुसार सबैले धेरथोर स्पेश पाउनु पर्छ भन्नुभएको थियो । चौरासी बर्षो उमेरमा आएर अहिले चँही साँचो र सबैलाइ चित्त बुझने कुरा गनुभयो तपाँइले । साँच्चै तपाँइ धेरै महान हुनुहुन्छ ।यही महानताको अगाडी राजा, प्रजा , सात दल, माओबादी , भारत ,अमेरीका , संयुक्त राष्ट्रसंघ सबै नतमस्तक भएका छन । मैले आजसम्म कुनै पार्टीको सदस्यता नलिएपनि र कसैको अन्धभक्त कार्यकर्ता नभए पनि तपाँइको यो भनाइलाइ चाँही कदर गर्छु । अखीर तपाँइ जस्ता महापुरुशले नराम्रो सोच्ने र गर्ने त कुरै आउँदैननी । बालककाल देखी यही राजनितीमा लागेर चौरासी बर्षो जिन्दगी पार गरिसक्नु भयो । न त आफ्नो भन्ने कोहि बाँकी नै छ परिवारमा । एउटी छोरीलाइ पनि जर्मनी तिर पठाउनु भयो र अहिले आएर नातीनीलाइ पनि बंगलादेश तिर पठाउनु भयो । अब तपाँइले सोच्ने भनेको टोल, गाउँ , समाज र जनताका लागी मात्र त हो । तपाँइले त पैसा कमाए पनि खर्चगर्ने ठाउँ नै छैन नि त्यै भएर सबैलाइ पाखा लगाएर एकलौटी राज्य चलाउनु भन्दा सबैलाइ स्पेस दिने कुरा गर्नु भएको होला । तपाँइको भनाइमा म सतप्रतीशत सहमत छु । अतीतमा जे भयो भयो तर अब भने यो देश नेपाल नेपालीहरुको हो चाहे राजा ज्ञानेँन्द्र हुन या सुकुम्बासी टोलमा बस्ने सुकुम्बासीहरु । चाहे दलीत हुन या चाहे साना साना पार्टी तर्सथ यो देश नेपालीको भएको नाताले यो देशलाइ सबैले बाँडीचुँडी खान पाउनु पर्छ । यो प्रजातन्त्रमा सबैले स्पेस पाउनुपर्छ ।जनमोर्चा जस्तो सानो पार्टीले त उपप्रधानमन्त्रीको स्पेस पाउँछ भने देशको राजा जस्तो मान्छेलाइ स्पेसलेस त गर्नै भएननी हैन त ? पहिला पहिला बुद्दी अली कलीलै थियो त्यै भएर टनकपुर सुटुक्क एक्लै खानुभयो । लाउडा छोरीलाइ दाइजो दिनुभयो तर अहिले आएर बाँडीचुडी खाने भनेको देख्दा साँच्चै बुद्दी फीरेजस्तो लाग्यो र तपाईको कार्यको स्रहाना गर्दै यो चिठी लेखेको हो । पहिला त भारत र जर्मनीलाइ मात्र हेर्नु हुन्थ्यो तर अब त बंगालादेशको पनि भार थपीएको छ तपाँइको काँधमा । बंगाली खुसी भयो भने नातीनी खुसी हुने हो, नातीनी खुसी भइ भने छोरी खुसी हुने हो र छोरी खुसी भइन भने पो तपाँइ खुसी हुने हो त्यै भएर अलीकती स्पेस बंगालीलाइ , पुरानै भएपनि अलीकती जर्मनीलाइ , अनि तपाँइका प्रिय राजालाइ , त्यसपछी नजीकका नातेदारहरुलाइ , त्यसपछी पार्टीका आफ्ना अन्धभक्तहरुलाइ , र बाँकी रहेको सात दल र माओबादीलाइ दिनुपर्यो । अब सबैले धेरथोर स्पेस त पाउने भए तर म जस्तो एक गरीब किसानको छोरो , एक कान्छो ब्लगरले के पाउने हो थाहा छैन । मलाइ त खासै ठुलोकुराको आबश्यकता पनि थिएन स्पेस नै दिनेहो भने यो ब्लग प्रकाशन गर्नको लागी अलिकती स्पेस किनीदिए आभारी हुनेथिएं । आखीर ब्लगरहरुपनि त नेपालीनै हुन, उनिहरुले पनि त केहि न केहि पाउनु पर्छ राज्यको तर्फाट । लौ त अरु धेरै गन्थन के लेखौ आगामी मन्त्रीमण्डलको बैठकमा ब्लगरहरुको बारेमा पनि केहि निर्णय गर्नुहुने छ भन्दै आजलाइ बिदा ।
उहि कान्छो ब्लगर देवदास

कमेन्ट पठाउन चाहनेहरुको लागी दुखद खबर ।
कारण पत्ता नलागेको एक आन्तरीक रोगका कारण अहिले रत्नपार्कमा सायद कमेन्ट प्रेशण गर्न सकिंदैन आशा गरौं छिटै कमेन्ट बक्सले काम गर्ने छ ।

6,August , 2006

फेरी नदोहोरीयोस हिरोसीमा र नागासाकीको कथा

भबिश्यमा कुनैपनि देशले हिरोसीमा र नागासाकीको नियती भोग्नु नपरोस भन्दै सान्तीको कामना गर्दै भारतमा निकालीएको एक सान्ती जुलुसका सहभागीहरु ।

६१ बर्षअघी आजकै दिनमा हो अमेरिकाको घमण्डले गर्दा दुइलाख बीसहजार मान्छेको एउटै चिहान भएको । सन १९४५ अगष्ट ६ तारीखमा अमेरीकाको वमबर्षक बिमान वी - २९ ले जापानको हिरोसीमामा परमाणु बम बर्षा गराएको थियो र त्यस्को तीनदिन पछी पुन अर्को शहर नागासाकीमा फेरी परमाणु बम बर्षा गराएको थियो र अन्तमा त्यस्को छ दिनपछाडी जापानले आत्मर्समर्पण गरेको थियो । आज उक्त नरसंहार भएको एकसाठीऔं बर्षदनको सर्न्दर्भमा बिभिन्न देशमा संसारलाइ परमाणु मुक्त बनाउने घोषणा गरियो । यसै अवसरमा जापनी प्रधानमन्त्री जूनीचीरो कोईजूमी ले जापान सँधै शान्ती र परमाणु निसस्त्रीकरणको पक्षमा रहेको प्रतिबद्दता ब्यक्त गरे । उनको भनाइ थियो ‘जापान संसारको एकमात्र देश हो जसले परमाणुबमको बिभिसीकालाई झेलेको छ तर्सथ जापान अब कुनै पनि देशलाइ हिरोसीमा र नागासाकी भएको देख्न चाँहदैन । यसै संकल्पका कारण जापानले ६१ बर्षसम्म कसैको बिरुद्दमा युद्दको बिगुल फुकेको छैन ।’ लौ त हामी पनि सान्तीको कामना गरौं, भबिस्यमा कुनै देश कुनै शहर अनि कुनै गाउँले यो दुर्गती भोग्नु नपरोस ।

5,August , 2006

कमजोर मुटु हुनेहरुका लागी साबधान ( अपडेट )

काट्नको लागी तयार पारीएको मान्छे
केहि दिन देखी इमेल आतंक बढेको छ मेरो इमेल ठेगानामा । चिन्नु न जान्नुका इमेलहरु को बाढी लागेको छ । कहिले डिभी लोटरी पर्यो भनेर आउँछ त कहिले विबाहको प्रस्ताव आउँछ । कहिले साझेदारी ब्यापारको लागी त कहिले मिलीएन डलर जितेको हँदा उक्त रकम कहाँ पठाउँ भनेर सोध्छ । यस्ता मेलहरुलाइ जती पाखा लगाउन खोज्यो झन झन बढी आउँछन । स्पाममा पठाउँदा पनि ब्लक गर्दा पनि आउन छोड्दैन । पहिला याहुमा धेरै आएको हँदा जीमेल खोलें जीमेलमा त त्यो भन्दा पनि झन पो धेरै आउन थाले । ब्यस्त भएको बेला इमेल मात्र चेक गनुपर्यो भनेर कम्प्युटरमा बस्यो भने इनबक्समा असंख्य मेल देखाउँछ र भित्र गएर हेर्यो एउटै कामलाग्ने हुदैन । यस्तै मेला आतंकको विचमा आएको यौटा मेलका केहि फोटाहरुलाइ यहाँ राखेको छु । एउटा मान्छेको सम्पूर्ण भित्री अंगहरु काटेर देखाएको हुँदा पहिला त आँफैलाइ डर लाग्यो । यो फोटोमा देखाइएको मान्छेलाइ के प्रयोजनको लागी काटीएको हो त्यो त थाहा छैन मलाई तर हाम्रो सरीरका भित्रीअंगहरुलाइ हेर्ने रहर छ भने यी फोटोहरु हेरेपछी पुरा हुन्छ । यदी डर लाग्छ भने भित्र नछिर्नु नै जाती होला । (more…)

3,August , 2006

कमजोर मुटु हुनेहरुका लागी साबधान

अन्दाज गर्दै गर्नुहोला यो कस्को तस्वीर हो ? समय मिल्यो भने भरेबेलुका सम्म अन्य तस्वीर अपलोड गर्ने छु तर मुटु दह्रो बनाएर मात्र यी तस्वीर हरु हेर्नुहोला । कमजोर मुटु हुनेहरुका लागी अहिलेनै साबधान …….
________

2,August , 2006

सेनापति पुत्रीले छाडिन्

Filed under: समाचार

जनआन्दोलन दमनमा प्रमुख भूमिका निभाएको भन्दै प्रधानसेनापति प्यारजङ्ग थापाले राजीनामा दिनुपर्ने वा बर्खास्त गर्नुपर्ने माग उठिरहेका बेला थापाकी छोरी प्रज्ञाश्रीले सेनाबाट राजीनामा दिएकी छन् । सेनाको क्याप्टेन रहेकी डा. थापाको राजीनामा जङ्गी अड्डाले स्वीकृत गरिदिएको जानकारी सैनिक स्रोतले दिएको छ । एकजना भारतीय व्यापारीस“ग विवाह हुने भएपछि वीरेन्द्र सैनिक अस्पताल छाउनीमा कार्यरत डा. प्रज्ञाश्रीले वैशाखको तेस्रो हप्ता राजीनामा दिएकी थिइन् । सो राजीनामा वैशाख २७ गतेदेखि नै लागू हुनेगरी जङ्गी अड्डाले हालै स्वीकृत गरिदिएको छ । राजीनामा स्वीकृत हुनका लागि प्रधानसेनापतिकी छोरीले सेनालाई १५-१६ लाख रुपिया“ क्षतिपूर्तिबापत तिर्नुपरेको छ । (more…)

राजधानी दैनिकमा तालाबन्दी

Filed under: समाचार

श्रमजीवी पत्रकार संर्घष समितिले राजधानी दैनिकको प्रकाशन उर्त्र्सग प्रकाशन प्रा.लि.को चावहिलस्थित प्रधान कार्यालयमा तालाबन्दी गर्‍यो ।पत्रकार तथा श्रमजीवी पत्रकार संर्घष समितिका संयोजक विन्दुकान्त घिमिरेका अनुसार १४ असारमा राजधानी दैनिकको व्यवस्थापन पक्ष र समितिबीच भएको चार बुँदे सहमति तोकिएको समयभित्र पूरा नगरी कार्यान्वयनका लागि पटक-पटक आग्रह गर्दा पनि बेवास्था गरेकाले वाध्य भएर समितिले तालाबन्दी गर्नु परेको जानकारी दिए । १४ असारमा राजधानी व्यवस्थापनले असार अन्तिम साताभित्र १९ माघपछि राजनीतिक कारणले हटाइएका चार पत्रकारको पुनर्वहाली गर्ने, साउन पहिलो साताभित्र बाँकी पारिश्रमिक भुक्तानी गर्ने र १ साउनदेखि श्रमजीवी पत्रकार ऐन लागू गर्ने लिखित सहमति जनाएको थियो ।तालाबन्दीको सूचना एक साताअघि नै पत्रिका व्यवस्थापनलाई गराइए पनि निर्धारित कार्यक्रमअनुसार तालाबन्दी गरी र्फकन लागेका श्रमजीवी पत्रकारहरुको समुहमाथि राजधानी दैनिकको व्यवस्थापनद्धारा संरक्षित गुण्डाहरुले हातपात गर्नुका साथै तालासमेत तोडेको संयोजक घिमिरेले बताए । (more…)

1,August , 2006

पानीनै पानी छ जताततै ..

फोटो आफैं बोल्छ

भारतको बिभिन्न भागमा परेको अविरल बर्षाको कारण बिभिन्न भागहरु जलमग्न भएको हुँदा जनजिबन अस्तब्यस्त भएको छ ।

बाँकी फोटोहरु भित्र छन (more…)

यो कस्तो प्रतिकृया ????

यदी तपाँइ दिनको तीन चार बजे सम्म सुतिरहनु भयो भने तपाँइलाई के भन्छन घरका अन्य सदस्यले ? पक्कै पनि गाली गर्छन, राँवणको उपमा दिन्छन , ओच्छ्यानमै पानी खन्याउँछन , अल्छे भन्छन, आदी आदी । तर सबैको घरमा यस्तै गर्छन भन्ने चाँही छैन । कुम्भकर्ण्रजस्तै दिनको तीन चार बजेसम्म सुत्दा गाली खानुको सट्टा उल्टै परिवारका अन्य सदस्यले निद पुग्नेगरी सुत्नु पनि भन्न सक्छन । कुन परिवार होला त्यस्तो छोरो चार बजे सम्म सुतेकोमा आमाले गाली गर्नुको सट्टा अझै निन्द्रा पुग्नेगरी सुत बाबु भन्दै प्रतिकृया दिन्छीन । विस्तृत बिबरणको लागी भित्र आउनु होला । (more…)






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here