सेनाले नटेक्ने, आयोगले नछोड्ने
जनआन्दोलन दबाउनेमाथि छानविन गरी कारबाहीको सिफारिस गर्न गठित उच्चस्तरीय न्यायिक आयोगले आइतबार वयानका लागि बोलाइएका प्रधानसेनापति प्याराजंग थापा विभिन्न बहानामा आयोगमा उपस्थित नभएपछि शंकाउपशंका उत्पन्न भएको छ । आयोगमा बोलाइएको ११ बजेको समयभन्दा ५ मिनेटपछि रक्षा मन्त्रालयबाट प्रधानसेनापति उपस्थित हुन नसक्ने बेहोराको पत्र फ्याक्समार्फ् पठाएपछि आयोगमा केहीबेर हल्लाखल्ला मच्चिएको थियो ।बयानका लागि तयारी अवस्थामा रहेका आयोगका सदस्यहरू र व्यवस्थित ढंगले आयोग परिसरमा रहेका पत्रकारहरूबीच डेढघन्टा विभिन्न शंकायुक्त कुरा भइरहेको थिए । सेनाप्रमुख आयोगमा अनुपस्थित रहेको थाहा पाउने वित्तिकै संसद्मा समेत कानेखुसी बढेको थियो । प्रधानसेनापति थापा आयोगमा नगएकाले बाँकी चार जना सेनाका जर्नेलसहित पाँच जना पनि वयान दिन नजाने स्रोतले बताएको छ । वयानका लागि निम्त्याइएका मध्येकै एक उच्च सैनिक अधिकृतले भने, ‘टाउको नगएपछि पुच्छर गएर के काम - त्यसैले हामी जाँदैनौं ।’ उनले १५ हजार जनता मार्ने प्रचण्डभन्दा हामीलाई अपराधी देखाउन खोज्ने हो - हामीले त राष्ट्र बचाउन खोजेका हौं, उनको भनाई थियो ।उता, आयोगका अध्यक्ष कृष्णजंग रायमाझीले सेनाले अटेर गरे त्यसै नछोडिने बताउनुभएको छ । सेना आयोगमा उपस्थित नभएको विषय गम्भीर भएको भन्दै रायमाझीले त्यसको जवाफ सरकारले दिनुपर्ने बताउनुभएको छ । आयोगमा वयानका लागि बोलाइएका प्रधानसेनापति हिजो दिनभर पोखरा, गोरखालगायत पश्चिम क्षेत्र घुमेर फर्केका छन् । प्रधानसेनापतिको घुमाइको तौरतारिका हेदा पूव निर्धारित कार्यक्रम नभएको जस्तो देखिन्छ । अध्यक्ष रायमाझीले सरकारतर्फकेन्द्रित गर्दै सरकारको कारण सेनापति आयोगमा नआएको हो भने आफूहरू जनतासमक्ष जाने बताए । आजको लागि आयोगले बलाधिकृत रुक्मांगत कटुवाल र भोलिको लागि सेनाका तीन जर्नेलसहित चारजनालाई बोलाइएको थियो तर, सेनाका प्रमुख नै नगएकाले अरु अधिकारी नजाने बताइएको छ ।
शुक्रबार मध्यरातमा नारायणहिटी सामुन्य रहेको प्रहरी चौकीमाथि सेनाको एक समुहले गरेको काण्डले पनि प्रधानसेनापतिलाई बयानका लागि आयोग जान असजिलो भएको बताइन्छ । वयानका क्रममा आयोग पुग्दा पत्रकारले सोधेर हैरानै पार्ने सम्भावना एकातिर थियो भने अर्काेतिर जनआन्दोलन दबाउने मुख्य मतियारको आरोप खेपिरहेको सेनाका प्रमुखमाथि आयोगले कारवाही गर्ने निश्चित भए पनि आजसम्म कारवाही नगरिएको अवस्थामा त्यस्तैखालका प्रश्न तेर्स्याइने सम्भावनालाई ख्याल गर्दै सेनापतिले आयोगमाथि नै चुनौति दिने काम गर्दै अर्थहिन भ्रमण गरेको बताइएको छ । सेनाले आयोग नटेक्ने र आयोगले नछाड्ने भएपछि दुबै शक्ति बाझिएको छ । दुइ मध्ये एक शक्तिले जित्नै पर्ने अवस्थामा कुन शक्ति पछारिने हो त्यो समयले नै देखाउला । निरंकुशतन्त्र नै पर्छार्न सफल जनताको प्रत्यक्ष साथ र सहयोग प्राप्त आयोगका अगाडि निरंकुशतन्त्रको मतियारको आरोप खेपिरहेको सेनाले अन्ततः घुँडा टेक्नु पर्ने निश्चित छ ।उता, हिजो सर्वोच्च अदालतले प्रधानसेनापति प्याराजंग थापा, कामु सशस्त्र प्रहरी महानिरीक्षक बासुदेव ओली र सशस्त्र डीआईजी दिलिप श्रेष्ठलाई निलम्बनको माग गर्दै परेको रिटमा फैसला गर्दै तत्काल निलम्बन गर्न अन्तरिम आदेश दिनुनपर्ने फैसलापछि सेनाको आत्मबल बढेको पाइएको छ ।स्मरणीय छ, यसअघि जनआन्दोलन दबाउन गठीत आयोगले आरोपितहरुले प्रमाण नष्ट गर्न सक्ने भन्दै चारै सुरक्षा निकायका प्रमुख तथा अन्य सुरक्षाअधिकारीमाथि निलम्वन गर्न सिफारिस गरेकै आधारमा तीन सुरक्षा निकायका नौं अधिकारीमाथि निलम्वन गरे पनि सेनामाथि भने छुने आँट अझैसम्म गरेको छैन । सेनामाथि कारवाही गर्न सरकारले त्यतीबेला राष्ट्रिय सुरक्षा परिषदलाई निर्देशन दिएलगत्तै प्रधानसेनापति र उनीपछिका रोलक्रममा दोस्रो दर्जामा रहेका बलाधिकृत रुक्मांगत कटुवालसहितको हतियारधारी दलबल प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सरकारी निवासमा गएर सेनामाथि हात नहाल्न धम्क्याएको चर्चा चलेको थियो । ‘तपाईंले पनि होस् गर्नुपर्छ कि मेरो अंगरक्षक पनि सेना नै छ भन्ने’ भन्दै उनीहरुले प्रधानमन्त्रीलाई धम्क्याएको स्रोतलाई उद्यृत गर्दै त्यतीबेलै र्सार्वजनिक भएको थियो । तर यसबारे सेनाले भने त्यतीबेला पनि मुख खोलेन ।खोजतलास


गएका महिनाहरु:
