.... ....UCC

27,July , 2006

राजतन्त्रलाई पूर्णरुपमा नष्ट गर्नुपर्छ - बादल

Filed under: समाचार

रामकृष्ण भण्डारी/स्वससे
बुटवल, साउन ११/नेकपा माओवादीका नेता रामबहादुर थापा (बादल)ले संघीय गणतन्त्र स्थापनाका लागि राजतन्त्रलाई पूर्णरुपमा नष्ट गर्नुपर्ने बताउनुभएको छ ।माओवादीको भातृ संगठन मगराँत मुक्ति मोर्चाको प्रथम राष्ट्रिय सम्मेलनको बिहीवार पाल्पाको तानसेनमा उद्घाटन गर्दै माओवादी नेता बादलले संघीय गणतन्त्र स्थापनाका लागि गणतान्त्रिक मोर्चा गठन हुनुपर्नेमा पनि जोड दिनुभयो । ‘वार्तावाट समस्या समाधान गरी लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न माओवादी तयार छ’- नेता बादलले भन्नुभयो- ‘लोकतान्त्रिक गणतन्त्र स्थापना हुन नदिन षडयन्त्र शुरु भएको छ, त्यसैले गणतान्त्रिक मोर्चा बनाएर षडयन्त्रविरुद्ध जाइलाग्नुपर्छ ।’
शान्ति स्थापना गर्ने दिशामा दबाब सिर्जना गर्नका लागि वार्तासँगै सडक र्सर्घष पनि जारी राख्नुपर्नेमा बादलको जोड थियो । सोही अवसरमा बोल्दै किराँत स्वायत्त गणतन्त्र प्रदेशका प्रमुख गोपाल किराँतीले संसद विघटन गरी अन्तरिम सरकार नबनाए फेरि हतियार उठाउने चेतावनी दिनुभयो ।आउँदो १५ गतेसम्म चल्ने सम्मेलनको उद्घाटन समारोहमा तमु राष्ट्रिय मुक्ति मोर्चाका महासचिव राजकाजी गुरुङ, हर्क गुरुङ, सन्तोष बुढा मगर, जयपुरी र्घर्ती, वसन्त र्घर्ती मगर लगायतले बोल्नुभएको थियो ।मातृका यादव, लेखराज भट्ट लगायतका माओवादी नेताहरुको उपस्थिति रहेको समारोहमा पूर्वी कमाण्ड, उपत्यका कमाण्ड, राप्ती, पाल्पा, सल्यान लगायतका क्षेत्रका जातीय झाँकीहरु प्रदशन गरिएको थियो । सम्मेलनले नयाँ नेतत्व चयन गर्नेछ ।

Comments »

The URI to TrackBack this entry is: http://ratnapark.blogsome.com/2006/07/27/p312/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here