फुटेकै हुन त देवदासका आँखा ?
जती नै कठोरमनको मान्छेपनि सुन्दरताको अगाडी पग्लन्छरे भन्ने सुनेको थियो यो देवदासले । पृथ्वीमा बस्ने हामी मान्छेहरु मात्र हैन आकाशमा (खै कुन ठाउँमा हो कुनी ) बस्ने भनवानहरु पनि सुन्दरताको अगाडी आफुलाइ रोक्न सक्दैनन रे । भगवान इन्द्र हुन या महादेव , कृष्ण हुन या अरुकोहि राम्रा राम्रा सुन्दरीलाइ देखेपछी आँफैलाइ बिर्सन्थे रे । त्यै भएर होला देसको राजनिती जताबाट जतातीर जाओस , ब्यापार ब्यबसाय जति नै ओरालो लागोस , महामारी हवस या सुनामी, भुइचालो नै आओस तर सुन्दरताको प्रदशन गर्नभने रोकिएको छैन र रोकिनेवाला पनि छैन । सबैभन्दा सुन्दरी को हो भनेर भन्नुपर्दा व्रमाण्ड सुन्दरीलाइ नै लिइन्छ तर यो देवदासको आँखा फुटेको हो कि क्याहो उस्लाइ व्रमाण्ड सुन्दरी भन्दा किन किन अरुनै सुन्दरी राम्रो लाग्छ । भारतबाट व्रमाण्ड सुन्दरी भएकी सुस्मीता भन्दा विश्व सुन्दरी भएकि ऐश्वर्या राए नै राम्रो लाग्यो र अहिले प्रस्तुत गरेका दुइ फोटामा पनि व्रमाण्ड सुन्दरीको लागी प्रतिश्पर्धी सुन्दरी भन्दा भारतको एउटा प्रान्त भोपालमा भएकी मीस भोपाल नै राम्रो लाग्यो । अब तपाँइलाइ को राम्रो लाग्यो त्यो त तपाँइको हेराइको कुरा हो । देवदासका आँखा फुटेका हुन भने चाँही फुटेकै सहि तर उसलाई मीस भोपाल नै राम्रो लाग्यो ।

क्यालीफोर्निया स्थित पचपन्नौ मिस युनिभर्सको लागी फोटो खिचाउँदै मिस युनिभर्सका प्रतिद्दन्दीहरु । हेरौ आउँदो २३ जुलाइमा कस्को शिरमा टल्कने हो युनिभर्सको ताज ?

बिहीबार भारतको भोपालमा भएको मिस भोपालका विजेताहरुमा क्रमश मिस भोपाल प्रज्ञा बदकुल (विचमा) , प्रथम रनर अप स्वेता दोदेजा (बाँया ) र द्दित्तीय रनरअप कंचन (दाँया )


गएका महिनाहरु:
