प्रचण्ड र रामचन्द्र राजदरबारमा ?
आइतबार असार ३२
अपडेट - रत्नपार्कमा यो फोटो छापीएको भोलीपल्ट अर्थात आज आइतबार उक्त गल्ती सच्याइएको छ । देवदास
शनिबार असार ३१
तपाँइ विश्वास गर्न सक्नुहुन्छ माओबादी अध्यक्ष प्रचण्ड राजाको जन्मदिनको उपलक्षमा शुभकामना दिन राजदरवार गएका थिए ? र रामचन्द्र चाँही उक्त अबसरमा झाँकी लिएर प्रस्तुत भएका थिए ? नपत्याएर के गर्नु हिमाल खबर डटकमले लेखेअनुसार यो साँचो हो । नपत्याए तलका दुइ फोटोमा क्लिक गरेर हिमाल खबरको साइटमा गएर हेर्नुहोला ।
प्रस्तुत दुइ तश्वीरहरु मीन बज्राचार्य ले खिच्नुभएको हो हिमाल खबरको लागी तर फोटोको बारेमा लेखीए अनुसार पहिलो फोटो अर्थात प्रचण्डको फोटोमा चाँही राजाको जन्मोत्सवमा शुभ कामना व्यक्त गर्न नारायणहिटि राजदरवार पुगेका मानिसहरु भनेर लेखिएको छ र दोस्रो रामचन्द्र पौडेलको फोटोलाइ चाँही राजाको जन्मोत्सवमा शुभ कामना व्यक्त गर्न नारायणहिटि राजदरवार अगाडी झाँकी भनेर लेखिएको छ । हिमालखबर डटकम जस्तो प्रतिष्ठीत र तथ्यपूर्ण समचार संप्रेशण गर्ने मिडीयाले गरेको यस्तो गल्ती लाई पाठकहरुले के भनेर सोच्ने ?


गएका महिनाहरु:
