म त ७१ वर्ष बाँच्छु अरे तपाँइ नि ?
ज्योतिषीहरुमाथी मेरो खासै रुची पनि छैन र विश्वास पनि छैन तर कसैको करकापले कतै हात देखायो भने भविश्यमा हुने कुरा जे जस्तो भनेपनि भुतमा भएका कुराहरु चाँही लगभग असी प्रतिशत मिलाएको देख्दा दोधार उत्पन्न हुन्छ विश्वास गरौं कि नगरौं भन्ने । फेरी रत्नपार्कका पेटीतीर पाँच रुपैंयामा हात हेर्न बसेका हरुको हालत देख्दा अचम्म लाग्छ । अरुहरुको बिबाह, जागीर, पर्ढाई, बिदेश आदी इत्यादीको बारेमा टिभीमा समाचार बाचकले भने जसरी नरोकीइकन धाराप्रवाह दिनेले आफ्नो हात चाँही हेर्दैनन् कि क्या हो ? या उनिहरुको हस्तरेखामा सँधै रत्नपार्कमा अरुको हात हेरेर बस्ने भन्ने लेखीएको हुन्छ ?। जे होस मैले गर्न खोजेको कुरा हस्तरेखा हेर्नै ज्योतिषीको हैन , मैले इन्टरनेटको कुरा गर्न खोजेको हो । घुम्दै जानेक्रममा मान्छेको मृत्युको भविश्यवाँणी गर्ने यौटा साइट फेला पर्यो र आफु कतीवर्ष बाँच्छु भनेर चेक गरेको उस्ले तुरुन्तै भनिहाल्यो “देवदास तँ ७१ वर्ष बाँच्छस “। सरदर आयु ५४ वर्षभएको यो देशमा एकहत्तर वर्ष बाँच्नु भनेको चानचुने कुरा त हैन नि कि कसो ? कुनबेला कताबाट गोलीचल्छ केहि थाहा छैन, कुनबेला कुन कृष्णभिर बग्ने हो थाहा छैन, कुनबेला सडकको गाडीले अलीकती ठक्कर दिएर फेरी ब्याक गरेर किचेर मार्ने हो थाहा छैन , कुनबेला आफु चढेको बसलाइ त्रिसुली प्यारो हुने हो थाहा छैन ,नेपालमै बस्दा गरिवीले मार्नै हो कि , पैसा कमाउन बिदेश जाँदा इराक र कश्मीरको जसरी मर्नुपर्ने हो थाहा छैन तैपनि उक्त साइटले निसँकोच एकहत्तर वर्ष भनिदिएको देख्दा एकपटक त हाँस पनि उठ्यो । तर उक्त साइटले भनेको पनि छ , यो बैज्ञानीक आधारमा तयार पारीएको भएपनि तोकेकै उमेरमै ठ्याक्कै मर्ने भन्ने हुदैन । यो एक सरदर आयु हो र यो आयुभन्दा तपाँइ केहि बर्षबढी बाँच्न पनि सक्नुहुन्छ अथवा भोली नै एउटा गाडीले ठक्कर दिएर तत्काल मर्नपनि सक्नुहुन्छ ।तथापी त्यस्तो कुनै दुघटना भएन भने र तपाँइको स्वस्थ्यमा आएको परिवर्तनलाइ उक्त साइटमा अपडेट गर्दै जानुभयो भने यो भविश्यवाँणी अबश्य मिल्न सक्छ । लौ त यदी देवदासको भविश्यवाँणी हेर्ने हो भने यहाँ क्लिक गर्नुहोला र यदी आफ्नै एकपटक चेक गर्ने हो भने यहाँ क्लिक गरेर खुल्ने पेजमा रहेका सम्पूर्ण प्रश्नको सहि जवाफ दिनुहोला अनि हेर्नुहोला तपाँइ कति बर्ष बाँच्नु हुन्छ ।


गएका महिनाहरु:

http://www.youtube.com/watch?v=G2geBTm6Da0
Comment by kiran — 4,July , 2006 @ 11:12 am
बियोगको म्युजिक भिडियो कमेन्टमा सो गर्नको लागि होइन तपाइको साइडमा न आएको हुनाले यो राख्नुस् भनेको हो
Comment by kiran — 5,July , 2006 @ 2:44 am