.... ....UCC

1,July , 2006

राजा पन्ध्र दिनपछि नांगिने

Filed under: समाचार

लोकतान्त्रिक आन्दोलनमार्फत उठेको जनताको सबैभन्दा महत्वपूर्ण माग पूरा हुने चरणमा प्रवेश गरेको छ । दुइ करोड पचास लाख गरिब नेपाली जनताका राजा संसारकै र्सवाधिक धनी एवम् भोगविलासी राजामध्ये पर्दछन् । इतिहासमा देशबासीका धुरीमा धुवाँ नआएसम्म खानासमेत नखाने राजाले शासन गरेको यही भूमिमा शाही राजाहरू भने जनताकै हाडछाला लुछेर अत्यधिक धनवान् एवम् विलासिताको जिन्दगी बिताइरहेका छन् ।राजतन्त्रको सम्भावित पतनको कारणमध्ये एक मानिएको दरबारको अकुत सम्पत्ति विवरण र्सार्वजनिक गर्न लोकतान्त्रिक सरकार बाध्य हुने भएको छ । सरकारलाई प्रतिनिधिसभाले पन्ध्र दिनभित्र राजाको सबै सम्पत्तिको विवरण र्सार्वजनिक गर्न निर्देशन दिएपछि सरकार यो बाध्यतामा परेको हो । यसअघि, प्रधानमन्त्री र मन्त्रीहरूको मात्रै सम्पत्ति विवरण र्सार्वजनिक गर्ने र सोही विवरणअनुसार कर तिर्ने प्रचलन रहेकोमा राजाको सम्पत्ति पहिलोपटक र्सार्वजनिक हुने सम्भावना बढेको हो ।प्रतिनिधिसभा र्सार्वजानिक लेखा समितिले राजासहित मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण र्सार्वजनिक गर्न माग गरेको छ । समितिका सभापति चित्रबहादुर केसीको अध्यक्षतामा हिजो बसेको समितिको बैठकले राजा र राजपरिवारका सदस्यहरूको नाममा रहेको चल-अचल सम्पत्ति, बैंकमा राखिएको बचत र सेयरको विवरणसहित मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण माग गरेको हो । समितिले त्यसका निम्ति सरकारलाई पन्ध्र दिन म्याद दिएको छ । विवरण प्राप्त हुनासाथ र्सार्वजनिक गरी राजाको सम्पत्तिको चिरफार गर्ने समितिका एक सदस्यले खोजतलासलाई बताए । राजाको सम्पत्ति र्सार्वजनिक गर्न र हजारौँ रोपनी जमिन खोसेर भूमिहीनलाई बाँड्न कडा दबाब बढिरहेको बेला दरबारले सम्पत्तिको लेखाजोखा गर्न सहयोग गर्ने हो वा होइन, त्यो भने हेन बाँकी नै छ ।
यता, एक अज्ञात व्यक्तिले र्सार्वजनिक लेखा समितिका सभापति चित्रबहादुर केसीलाई बिहीबार बिहान २ बजे फोनबाट धम्की दिएको समाचार छ । दिउँसो समितिको बैठक बस्ने र त्यसले राजाका निम्ति कष्टकर निर्णय गर्ने थाहा पाएको दरबारियाले उक्त धम्की दिएको आशंका गरिएको छ । केसीलाई अज्ञात व्यक्तिले बारम्बार उनको मोबाइलमा फोन गरेर धम्की दिएको बताइएको छ ।खोजतलास

1 Comment »

The URI to TrackBack this entry is: http://ratnapark.blogsome.com/2006/07/01/286/trackback/

  1. This is very great News…
    May King won’t be longer in Nepal…
    thank you Devdas for good News
    Best Wishes
    Surendra

    Comment by Surendra — 4,July , 2006 @ 1:21 pm

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here