.... ....UCC

26,June , 2006

चाँडै अर्को भीषण विद्रोह

Filed under: समाचार

माओवादीका अध्यक्ष प्रचण्डले संविधानसभा बिथोल्न काठमाडौंमा गम्भीर षड्यन्त्रका तानाबाना भइरहेको जनाउँदै चाँडै तेस्रो जनबिद्रोह थालिने चेतावनी दिनुभएको छ । संविधानसभामाथि षड्यन्त्रकारीले कुनै पनि भाँजो हालेमा माओवादी चुप लागेर नबस्ने, तत्कालै तेस्रो जनव्रि्रोहको नेतृत्वमा ओर्लने चेतावनीसमेत माओवादी नेता प्रचण्डले दिनुभएको छ । सुदूरपश्चिमको कैलालीबाट राजधानीका षड्यन्त्र सूक्ष्म निगरानी गरिरहेका प्रचण्डले कडा शब्दमा भन्नुभयो, ‘षड्यन्त्र भए अर्को सशस्त्र बिद्रोह गरी काठमाडौं कब्जा गर्छ ।’
आफूहरू अत्यधिक लचकतासाथ युद्धविराम गरी शान्तिवार्तामा आएको पनि प्रचण्डले दोहोर्‍याउनुभएको छ । अन्तरिम सरकारमा जान र हतियार व्यवस्थापन गर्न माओवादी तम्तयार हालतमा रहेको जनाउँदै प्रचण्डले भरपर्दा अन्तराष्ट्रिय समुदायको अनुगमन र सहयोगमा जतिबेला पनि सेनाको व्यवस्थापन गर्न तयार रहेको बताउनुभयो । एकीकृत सेनाभित्र भविष्यमा ठूलो व्रि्रोह हुन सक्ने सम्भावना रहेकाले राष्ट्रिय सेनाको नेतृत्व जसले गरे पनि उसमा गणतान्त्रिक चेतना हुनुपर्ने प्रचण्डले बताउनुभयो । प्रचण्डले पुनर्स्थापित संसद्ले जनताको म्यान्डेटअनुसार काम नगरेकाले नै आफू शिखर वार्ताका लागि काठमाडौं गएको तर आफू अझै भूमिगत नै रहेको बताउनुभयो । प्रचण्डले माओवादी अन्तरिम सरकारमा जानुअघि नै दुवैतर्फा सेना अनुगमनमा राख्नुपर्ने बताउँदै संविधानसभाअघि नै सेना र हतियार व्यवस्थापन गर्न आफू तयार रहेको बताउनुभयो । उहाँले अन्तरिम सरकारमा माओवादीको केन्द्रीय जनसरकार क्रान्तिकारी जनपरिषद् नेपालकै केही वरिष्ठ नेता सहभागी हुने पनि जानकारी दिनुभयो । अन्तरिम सरकारमा प्रचण्ड सहप्रधानमन्त्री बन्ने चर्चामा आए पनि उहाँ क्रान्तिकारी जनपरिषद्मा हुनुहुन्न, जसको नेतृत्व डा. बाबुराम भट्टर्राईले गरिरहनुभएको छ । संविधानसभा अवरुद्ध हुनासाथ काठमाडौँमा उत्पातै मच्चाएर आन्दोलनको भरमा राज्यसत्ता कब्जा गर्ने माओवादीको भित्री योजना रहेको पनि प्रचण्डले खुलासा गर्नुभयो । काठमाडौंमा अनेक षड्यन्त्र भइरहेको प्रति संकेत गर्दै उहाँले भन्नुभएको छ, ‘जनतालाई हामीले अर्काे जनव्रि्रोहका निम्ति तयार रहन प्रशिक्षण दिइरहेका छौँ ।’ प्रचण्डले अर्का जनव्रि्रोह १९ दिन, २९ दिन, ५९ दिन वा आवश्यक परे जतिसुकै दिनसम्म पनि हुनसक्ने भन्दै सोहीअनुसार जनतालाई तयार पारिएको बताउनुभएको छ । माओवादीका सेनाप्रमुखसमेत रहेका प्रचण्डलाई अर्का जनव्रि्रोहको स्वभावबारे राखिएको प्रश्नमा उहाँले त्यो सरकारको व्यवहारमा भरपर्ने बताउनुभएको छ । सुरुमा हालैको लोकतान्त्रिक आन्दोलनकै स्वभावमा शान्तिपूर्ण बिद्रोह गर्ने, तर सरकारले अनाहकमा जनता मार्न थाले जनमुक्ति सेना चुप लागेर नबस्ने उहाँको चेतावनी थियो । ‘जनताको कत्लेआम हेरेर बस्दैनौँ, जनसेनाले अन्तिम हतियारबन्द युद्ध छेड्छ ।’ शिखर वार्ताको सम्झौतामा हस्ताक्षर गरी काठमाडौँबाट र्सुखेत हुँदै डोटी पुग्नुभएका प्रचण्डले कैलालीको अत्तरियास्थित माओवादी नेता लेखराज भट्टको घरमा विशेष पत्रकार सम्मेलन आयोजना गर्नुभएको थियो । प्रधानमन्त्री निवासमा माइक र प्रकाशबिना कठिन परिस्थितिमा पत्रकारका जिज्ञासाको सामना गरेका प्रचण्डको आफ्नै पार्टी व्यवस्थापनमा भएको उक्त पत्रकार सम्मेलन भने प्रविधियुक्त रहेको बताइएको छ । त्यहाँ उहाँले समाचारपत्रका लागि झलक गैरेलाई अन्तर्वार्तासमेत दिनुभएको थियो ।यता, नागरिक समाजका एक नेताले तेस्रो जनआन्दोलन अवश्यंभावी भएको बताउँदै त्यसका निम्ति तयार रहन निर्देशन दिनुभएको खबर छ । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले नेताहरूले जनभावनाविपरीत काम गर्न थालिसकेको आरोप लगाउँदै अर्का भीषण जनआन्दोलन गरी आमूल परिवर्तन गरिने बताउनुभएको छ ।खोजतलास

Comments »

The URI to TrackBack this entry is: http://ratnapark.blogsome.com/2006/06/26/p283/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here