शाही सत्ताका निरंकुश मन्त्रीद्वय रिहा, खुमबहादुरलाई सफाई
सर्वोच्च अदालतको आदेशमा तत्कालिन निरंकुश शाही सरकारका गृहमन्त्री कमल थापा र स्थानीय विकास मन्त्री टंक ढकाल आज रिहा गरिएको छ भने नेपाली कांग्रेसका नेता तथा पूवर्् गृहमन्त्री खुमबहादुर खड्काले बक्राह नदी नियन्त्रण प्रकरणमा सफाइ पाएका छन् ।निरंकुश सत्ताका थापा र ढकाललाई सर्वोच्च अदालतका न्यायाधीशहरु शारदाप्रसाद पण्डित र बद्रीकुमार वस्नेतको संयुक्त इजलासले दिएको आदेशमा आइतबार तीन बजे जिल्ला अदालत काठमाडौंको रोहबारमा रिहा गरेको हो । जनआन्दोलन दबाउन सक्रिय रहेको आरोपमा थुनामा परेका पर्ूव मन्त्रीहरु थापा र ढकालले आफूहरुलाई गैरकानूनीरुपमा थुनामा राखिएको दाबी गरी सर्वोच्च अदालतमा गत जेठ २२ गते छुट्टाछुट्टै वन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । रिटमा पूव मन्त्रीद्वयले आफूहरुले शान्ति सुरक्षामा खलल पुग्ने कुनै काम नगरेको जनाउँदै सरकारको दाबी झुट्टा भएकोले आफूहरुलाई थुनामुक्त गर्नुपर्ने माग गरेका थिए । शाही सरकारका मन्त्रीद्वय थापा र ढकाललाई सरकारले शान्ति सुरक्षा खल्बलाउन गोप्य बैठक गरेको, जनआन्दोलनमा दमन गरेको भन्दै उनीहरुलाई गएको बैशाख २९ गते गिरफ्तार गरी ३ महिनाको थुनुवा पूर्जी दिएको थियो । उनीहरुलाई नेपाल प्रहरीको २ नम्वर गण महाराजगञ्ज राखिंदै आएको थियो ।यसैबीच, अख्तियार दूरुपयोग अनुसन्धान आयोगले बक्राहा नदी नियन्त्रणका नाममा तत्कालिन निर्माण तथा यातायात मन्त्री रहेको बखत नदि नियन्त्रणका क्रममा व्यापक भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा दायर गरेको मुद्दामा आज सफाइ मिलेको छ ।खोजतलास

गएका महिनाहरु:

छुटै प्रसंग ,करिब २ साल अगाडि इराकमा भयको १२ नेपालिको दुखद हत्त्यामा देशका नागरिक समाज ,राजनितिक पार्टि, र जनताले निकै चासो देखायका थिय , उस्तै प्रकारको काश्मिर हत्या कान्डमा सबै किन चुप । इराक कान्डमा त क्षतिपुर्ति पायका थिय क्यार ,(प्रति ब्यक्ति १० लाख) यसपालि के भो? क्षतिपुर्तिको लागि टोड फोड नै गर्नु पर्ने? जनताको सरकार भयको ले हो ? कि काश्मिर जानेहरु म्यान पावोर मार्फत नभयकोले हो? देशको लागि नागरिक सब उहि हैन कि लोकतन्त्रनै यस्तो हो? कुरा के हो ?
Comment by saudi ka nepali haru — 19,June , 2006 @ 12:53 pm
छुटै प्रसंग ,करिब २ साल अगाडि इराकमा भयको १२ नेपालिको दुखद हत्त्यामा देशका नागरिक समाज ,राजनितिक पार्टि, र जनताले निकै चासो देखायका थिय , उस्तै प्रकारको काश्मिर हत्या कान्डमा सबै किन चुप । इराक कान्डमा त क्षतिपुर्ति पायका थिय क्यार ,(प्रति ब्यक्ति १० लाख) यसपालि के भो? क्षतिपुर्तिको लागि टोड फोड नै गर्नु पर्ने? जनताको सरकार भयको ले हो ? कि काश्मिर जानेहरु म्यान पावोर मार्फत नभयकोले हो? देशको लागि नागरिक सब उहि हैन कि लोकतन्त्रनै यस्तो हो? कुरा के हो ?
Comment by saudi ka nepali haru — 19,June , 2006 @ 12:54 pm
छुटै प्रसंग ,करिब २ साल अगाडि इराकमा भयको १२ नेपालिको दुखद हत्त्यामा देशका नागरिक समाज ,राजनितिक पार्टि, र जनताले निकै चासो देखायका थिय , उस्तै प्रकारको काश्मिर हत्या कान्डमा सबै किन चुप । इराक कान्डमा त क्षतिपुर्ति पायका थिय क्यार ,(प्रति ब्यक्ति १० लाख) यसपालि के भो? क्षतिपुर्तिको लागि टोड फोड नै गर्नु पर्ने? जनताको सरकार भयको ले हो ? कि काश्मिर जानेहरु म्यान पावोर मार्फत नभयकोले हो? देशको लागि नागरिक सब उहि हैन कि लोकतन्त्रनै यस्तो हो? कुरा के हो ?
Comment by saudi ka nepali haru — 19,June , 2006 @ 12:55 pm