.... ....UCC

16,June , 2006

संविधानसभाको निर्वाचनको लागि महिना दिनमा अन्तरिम संविधान-सरकार बनाउने निर्णय

Filed under: समाचार

prachanda
वर्षदिनमा संविधान सभाको चुनाव गर्न महिना दिन भित्र अन्तरिम संविधान र सरकार निर्माण गर्ने लगायत ८ बुँदे महत्वपुर्ण निर्णय गर्दै सातदल र माओवादीका नेताहरु बिच २ असारमा भएको शिखर वार्ता सम्पन्न भएको छ। प्रधानमन्त्री निवास वालुवाटारमा मध्यान्ह करिव १२ बजे शुरु भएको उक्त वार्ता बेलुकी करिव ७ बजे सकिएको थियो।
शिखर वार्ता लगत्तै दुईपक्षिय वार्ता टोलीको बैठकले १५ दिन भित्र अन्तरिम संविधानको मस्यौदा गर्न ६ सदस्यीय समिती गठन गरेको छ। सर्वोच्च अदालतका पुर्व न्यायाधीश लक्ष्मणप्रसाद अर्यालको संयोजकत्वमा रहेको उक्त समितिका अन्य सदस्यमा नेपाल वार एसोसियसनका पुर्व अध्यक्षहरु हरिहर दाहाल र सिन्धुनाथ प्याकुरेल वर्तमान अध्यक्ष शम्भु थापा, पुर्व महान्याधिवक्ता महादेव यादव र अधिवक्ता खिमलाल देबकोटा हुनहुन्छ। संयोजक अर्याल लोकतान्त्रिक आन्दोलनमा सक्रिय सहभागि हुनुहुन्थ्यो। दाहाल नेपाली काँग्रेस, प्याकुरेल पुर्व माओवादी, थापा एमाले र यादब प्रजातान्त्रिक काँग्रेस समर्थक तथा दाहाल माओवादी जनयुद्धमा सरिक कानुनविद् हुनुहुन्छ।
baburam and prachanda सतिमितले १५ दिन भित्र वार्ताटोलीलाई बुझाइएको मस्यौदा वार्ताटोलीले शिखर वार्तामा प्रस्तुत गर्ने छ। सहमतिको पहिलो बुँदामा सातदल-माओवादी विचको १२ बुँदे सहमति तथा युद्धविराम आचार संहिताको इमान्दारि पुर्वक पालना गर्ने दृढता छ भने दोश्रो बुँदामा प्रतिष्पर्धात्मक बहुदलिय शासन, नागरिक स्वतन्त्रता, मौलिक हक, मानवअधिकार, प्रेस स्वतन्त्रता तथा कानुनी राज्यको अवधारणा लगायत लोकतान्त्रिक मुल्यप्रति प्रतिवद्धता व्यक्त गर्दै शान्तिपुर्ण गतिविधि सञ्चालन गर्ने उल्लेख छ। संविधानसभाको स्वतन्त्र तथा निष्पक्ष निर्वाचनको लागि दुबै पक्षको सेना र हतियारको व्यवस्थापनमा सहयोग र अनुगमन गर्न संयुक्त राष्ट्रसंघलाई अनुरोध गर्ने निर्णय पनि गरिएको छ। चौथो बुँदामा ‘विद्यमान लोकतान्त्रिक अधिकारको प्रत्याभुति र १२ बुँदे समझदारी तथा आचार संहिताको प्रतिवद्धता पुर्वक अन्तरिम संविधान-सरकारको निर्माण र संविधानसभा चुनावको मिति घोषणा, सहमतिद्वाारा अर्को व्यवस्था गरी प्रतिनिधिसभा र माओवादीको जनकारकारहरु विघट्न गर्ने’ उल्लेख छ। माओवादी अध्यक्ष प्रचण्डले महिना दिनमा निर्माण हुने अन्तरिम संविधान-सरकारसंगै प्रतिनिधि सभा र जनसरकार बिघट्न गरिने बताउनु भयो। त्यसैगरी शिखर वार्ताले संविधान सभाको निर्वाचनको आवश्यकता अनुसार पर्यवेक्षण र अनुगमन गराउने र उक्त निर्वाचनमार्फत राज्यको सहभागितामुलक अग्रमागि पुर्नसंरचना गर्ने, युद्धविरामलाई स्थाई शान्तिमा परिणत गर्ने तथा वार्ताको माध्यमबाटै समस्यको समाधान गर्ने लगायतका निर्णय गरेको छ। baburam, prachanda and madhab वार्तापछि आयोजित पत्रकार सम्मेलनमा माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एमालेका महासचिव माधवकुमार नेपाल तथा नेका प्रजातान्त्रिकका अध्यक्ष शेरबहादुर देउवाले शान्तिप्रतिको प्रतिवद्धता प्रकट गर्नुभएको थियो। दिनभरी जसो चलेको वार्ताको क्रममा निशस्त्र रुपमा सरकारी र माओवादी सुरक्षाकर्मीहरु प्रधानमन्त्री निवासमा सक्रिय थिए। वार्ता सकिए पछि प्रधानमन्त्री निवासबाट नेताहरु निस्किदा पत्रकार सम्मेलनस्थलसम्म दुबैतिरका सुरक्षाकर्मी दुईतिर लाईन लागेर बसेका थिए। उनीहरुले संयुक्त रुपमै सम्मेलनस्थलको व्यवस्थापन गरेका थिए। माओवादीका विशेष केन्द्रीय कमाण्डका प्रमुख डेपुटी कमाण्डर वर्षमान पुन (अनन्त) र त्यस अन्तर्गतको डिभिजन कमाण्डर विविधले माओवादी सुरक्षाकर्मीको नेतृत्व गरेका थिए।
prachanda, madhab and serbahadur प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले हालै व्यक्त गर्नुभएको ‘सेरोमोनियल किंग’ राख्ने धारणा वारे प्रचण्डले आफुहरु लोकतान्त्रिक गणतन्त्रको मुद्दा लिएर संविधानसभामा जाने बताउनु भयो र भन्नुभयो, “कसैलाई ‘सेरोमोनियल किंग’ राख्ने इच्छा भए संविधानसभामा त्यो धारणा व्यक्त गर्न पाउँछ।” पत्रकार सम्मेलनमा प्रधानमन्त्री कोइराला भने स्वास्थ्यका कारण अनुपस्थित भएको जानकारी दिइएको थियो। उहाँ स्वास्थोपचारको निम्ति ३ असारमा बैङकक जाँदै हुनुहुन्छ।
फोटो : सागर श्रेष्ठ: परेवा डट कम , समाचार : हिमाल खबर

Comments »

The URI to TrackBack this entry is: http://ratnapark.blogsome.com/2006/06/16/p275/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here