.... ....UCC

16,June , 2006

सफल रहोस आजको शिखर बार्ता

शुक्रबार आसार २
बाह्र वर्षम्म चलेको असान्ती हिंसा हत्या र अन्यौललाइ समाप्त पार्नको लागी आज शिखर वार्ता हुदैछ नेपाल सरकारका प्रधानमन्त्री र नेकपा माओबादीका अध्यक्ष प्रचण्ड बिच । छलफल हुने कुराहरु भैसके , सहमतीमा आउने बुदाहरु लेखिइसके, आफुहरु कुन बिन्दु सम्म ओर्लन सक्नेहुन माओबादीहरुले तोकिसके , आफुहरु कुन बिन्दु सम्म उक्लन सक्ने हो तोकिसके नेपाल सरकारका प्रतिनीधी हरुले । प्रचण्ड सकेसम्म राजनितीक मुलधारमा आउन आँतुर छन र गिरीजालाइ जनताको भावना भन्दा पाटीको निती , राजाको खुसी , भारतको चहना, आफ्नो हठ सबै पुरा गर्नु परेको छ । आज नेपालका दुबै ठुला हस्तीको औपचारीक भेट हुँदै छ । प्रचण्ड आफ्नो अडान भन्दा एक कित्त पनि तल नझर्ने पनि निश्चित छ यदी गिरीजा पनि आफ्नै हठमा लागे भने आजको वार्ता पुन क्रमश हुन्छ र बिस्तारै सान्तीको बाटोमा काला बादलका धब्बाहरु देखिन थाल्नेछन र उहि प्रक्रिया अगाडी बढ्ने छ जसरी बिगतमा भएका बार्ताहरुमा भएका थिए । आशा गरौं आजको शिखर बार्ताले नेपाली जनताको खुसीलाइ बार लगाउने काम नगरोस र नेपाली जनताले फेरी कुनै शासक र शासनका बिरुद्दमा युद्दको विगुल फुक्नु नपरोस ।

1 Comment »

The URI to TrackBack this entry is: http://ratnapark.blogsome.com/2006/06/16/p274/trackback/

  1. के लेख्ने खै? सर्बप्रथम त तपाईंलाई मुरी मुरी धन्यवाद यो अवस्मर्णिय समाचार दिनु भएकोमा सांच्चै सांचो भएर पनि बिश्वास गर्न डर लागिरहेछ ,के साच्चै नै हाम्रा शिसर्ष नेताहरु वार्ता टेबलमा बसेकै हुन भनेर्,जे होस् देर से आए दुरुस्त आए ।यत्रो रक्तपातपछी,यत्रोबर्ष पस्चात नेपाली ले यि नेताहरु लाई वार्ताको टेवालामा पाउनु कम खुशीको कुरो होईन तर यो खुशी तबमात्र वास्तविक्तामा परिणित हुनेछ जब यि नेताहरुले आफ्नो बैमनस्यता बिर्सिएर्,आफ्नो स्वार्थ बिर्सिएर समिस्टी रुपमा सिङो नेपाल्र र सम्पूर्ण नेपाली सुख र समबृदिलाई ध्यान मा राखेर वार्तालाई सफलतापुर्बक टुङों लगाउने छन ,पशुपतिनाथले सब नेतालाइ सद्बबुद्धी दिउन।

    Comment by sagrika — 16,June , 2006 @ 9:29 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here