‘माने’ आर्थात गणेशमान बराबर प्रचण्ड
अब त राजनिती प्रति जिज्ञासा राख्ने हरकोहिले नेकपा माओबादीका अध्यक्ष प्रचण्ड ले कान्तीपुर टेलीभिजनलाइ दिएको अन्तर्वार्ता हेरीसकेका छन । प्रचण्ड प्रती रहेको जनताको शंका आशंकाको अन्त्य भएको छ । केहि महिना पहिले सम्म प्रचण्ड भन्ने मान्छे छ कि छैन्ा भन्ने कुरा चल्थ्यो । कतै प्रचण्डको नाम मात्र हो तर राजनिती अरुलेनै गरिरहेका छन भन्ने कुराहरु चल्थ्यो । तर बीबीसी लाई जब प्रचण्डले अन्तर्वार्ता दिए तब रातारात प्रचण्डका तस्वीरहरु बजारमा आउन थाले , प्रचण्डका अडियो तथा भिडीयो बार्ता आउन थालेपछी नेपाली जनताहरुले प्रचण्डलाइ अली नजीक बाट चिन्न थालेका छन । अन्तिम पटक कान्तीपुर टेलीभिजनलाइ दिएको अन्तर्वार्ता पछी अब नेपाली जनताहरु प्रधानमन्त्री गिरीजा प्रसाद कोइराला भन्दा प्रचण्ड प्रती केही आशाबादी भएका छन । हुनु पनि स्वभाबीकै हो किनकी गिरीजा प्रसादले नेपाली जनतालाइ विगतमा बारम्बार धोका दिएका छन तर प्रचण्डबाट आजसम्म जे जति भएको छ काम गर्ने मौका पाएभने केहि गर्छन कि भन्ने आशा अन्तस्करणमा जिवितै छ । यदी सान्तीको लागी चाहेपनि गिरीजा प्रसादको हात बाट केहि हुनेवाला छैन तर प्रचण्डले चाहेभने तत्काल सान्ती बहाल हुने कुरामा दुइमत छैन । कान्तीपुरलाई दिएको अन्तर्वार्ता हेदा प्रचण्डको बारेमा धेरैकुरा हरु बुdm्ने मौका मिलेको छ । भारतमा बसेपनि, रोल्पाको जंगलमा बसेपनि , पच्चिसबर्षभुमीगत भएपनि , दुनियाको नजरमा आतंकवादी देखिए पनि प्रचण्डको भुँडी हेदा लाग्दैन कि उनि साह्रै दुखीत र कस्टकर जिन्दगी बिताइ रहेका छन । हृस्टपुस्ट शरीरका धनी प्रचण्डलाइ धोका दिएको दाह्रीले मात्र हो । उनका दाह्री फुल्ने भन्दा अरु कुनै संकेतहरु देखिदैनन कि उनि कमजोर हुदै गइरहेका छन । रत्नपार्कका धेरै सुभचिन्तकाहरुले प्रचण्डको अन्तर्वार्तालाइ किन नराखेको भन्दै इमेलमा गाली गर्न थालेपनि बाध्य भएर कान्तीपुरको अनलाइन संस्करणमा राखेको अन्तर्वार्तालाइ रत्नपार्कमा राखेको छु । हर कोहि को आ आफ्नै बोल्ने तरिका हुन्छ , आ आफ्नो थेगो हुन्छ । छयालीस लासपछि गणेशमान को माने भन्ने थेगोले खुबै चर्चा पाएको थियो । माने भन्ने बित्तिकै गणेशमानलाइ चिनिन्थ्यो त्यो बेलामा । लोकतन्त्रको पुनवहाली पश्चात फेरी माने भन्ने थेगो दोहोरिएको छ र त्यो दोहोर्याउने अरुकोहि हैनन तिनै प्रचण्ड हुन जो सरकारमा जानलाइ अत्ताल्लिरहेका छन । प्रचण्डको अन्तर्वार्ता हेदा अरु कुरा भन्दा मलाइ माने भन्ने थेगोले बारम्बार गणेशमानको याद दिलायो । यदी उक्त अन्तर्वार्ता हेन छुटेको भए कान्तीपुरको साइटमा राखेका यो अन्तर्वार्तालाइ यहाँ क्लिक गरेर हेर्न सकिन्छ । यो अन्तर्वार्तालाइ हेरेपछि तपाँइनै गन्नुस प्रंचण्डले कति पटक ‘माने’ भन्ने थेगो निकाल्छन भन्ने । यस अर्थमा मेरो निर्स्कर्श छ , ‘माने’ आर्थात गणेशमान बराबर प्रचण्ड ।


गएका महिनाहरु:
