सर्न्दर्भः राजधानीमा सशस्त्र डकैतिको श्रृंखला
राजधानी काठमाडौंमा सशस्त्र डकैती श्रृंखला डरलाग्दो किसिमले बढिरहेको छ । जेठ १४ गते आइतबार दिउँसो नेपाल बैंक लिमिटेडको क्षेत्रपाटी शाखाबाट पाँच जनाको सशस्त्र डाँका समूहले करीब ११ लाख रुपिया लुटे । जेठ १५ गते सोमबार राती शान्तिनगरका डिम पासाङ शेर्पाको घरबाट आठ जनाको सशस्त्र डाँका समूहले परिवारलाई नियन्त्रणमा लिई झण्डै २५ लाख रुपियाँ बराबरको धनमाल लुटे । त्यहि रात ललितपुर भैंसेपाटी स्थित शैलेश प्रधानको घरमा चारजनाको डाँका समूहले परिवारलाई नियन्त्रणमा लिई नगद र गहना सहित डेढ लाख रुपियाँको धनमाल लुटे । जेठ १७ गते बुधबार दिनको ११ बजे माइक्रोबस र ट्याक्सीमा आएको १६ जनाको सशस्त्र डाँका समूहले बौद्ध स्थित नेबिल बैंकको शाखामा गरेको असफल डकैती प्रयासमा सुरक्षागार्ड प्रेम तामाङ र तेजबहादुर थापा डाँकाहरुको गोली प्रहारबाट मृत्युस प्रहरी र डाँका बीच दोहोरो गोली हानाहानमा डाँका दलका सदस्य र माइक्रोबस चालक छेवाङ तामाङको पनि मृत्युस स्थानीय जनताको सहयोगमा डाँकाहरु मध्ये कथित पूर्व माओवादी प्लाटून कमाण्डर अजय राई र भगोडा सशस्त्र प्रहरी देवराज भट्टराई पक्राउस पक्राउ परेकाहरुबाट विभिन्न हातहतियार, थुप्रै गोली र लुटेको साढे पच्चीस लाख नगद बरामद । डकैतीका यी श्रृंखला माथि गौर गर्दै जाँदा मलाई आजभन्दा करिब २ वर्षअघि देशमा घटेको दुखद घटनाको सम्झना भइरहेको छ । राजाबाट असंबैधानिक किसिमले असक्षमताको आरोप लागेर बर्खास्तीमा परेका शेरबहादुर देउवालाई पुनः कठपुतली प्रधानमन्त्री बनाइएको थियो । आफूलाई अब्बल दर्जाको क्रान्तिकारी भन्न रुचाउने नेकपा एमाले पनि प्रतिगमन सच्चियो भन्दै राजाको असिम कृपाबाट बनेको कठपुतली सरकारमा सामेल भएको थियो । राजाले गरेको खुल्लमखुल्ला अपराधलाई पनि वाध्यात्मक परिस्थितिको उपज भन्दै त्यसलाई ढाकछोप गर्नमा आफ्नो कल्याण देख्ने राप्रपा र सम्पूर्ण उत्पीडत मधिसेहरुलाई उल्लु बनाएर राजाको चाकडी गर्नमै आफ्नो जीवन सार्थक भएको सम्झने मण्डल सदभावना पार्टी पनि उक्त कठपुतली सरकारमा थिए । ब्वाँसोले पहिले गाईको कण्डो कन्याउँदै पछि घाँटी अँठ्याएर रगत चुसे जस्तै जनभावना र लोकसम्मतिको आधारमा चल्ने शाहवंशको परम्परा भन्दै ती नै जनताको रगतमा होली खेल्न र जनताकै पसिनामा पौडी खेल्न रुचाउने कथित सिर्जनात्मक राजतन्त्रका हिमायती राजा ज्ञानेन्द्र भने त्यस कठपुतली सरकारको पर्दा पछाडिबाट सैनिक शक्तिको आडमा प्रतिगमन मच्चाइरहेका थिए ।
२०६१ साल भदौ १५ गते नेपालीहरुको लागि एउटा दुर्भाग्यको दिन थियो । त्यस दिन इराकमा १२ निर्दोष नेपाली कामदारहरु त्यहाँको एक आतंककारी समूहबाट क्रूरतापूर्वक मारिएका थिए । त्यसको भोलीपल्ट उक्त हत्याको विरोधमा जसरि देशभर तोडफोड, लुटपाट र आगजनी मच्चाइयो र जसरि सुरक्षाकर्मीहरुले त्यसलाई नियन्त्रण गर्न मुख खोलेर नभने पनि व्यवहारमा पूर्णतस् अस्वीकार गरे, त्यसबाट त्यस बेलाका लुटेराहरु र हालका लुटेराहरुमा केही न केही सम्बन्ध छ भन्ने कुरा प्रमाणित हुन बाकी भए पनि त्यस्तो शंका गर्ने प्रशस्त आधारहरु देखिन थालेका छन् । त्यस बेलाको इतिहासलाई खोतल्ने नै हो भने प्रतिगमन विरुद्ध आन्दोलनरत दलहरु नेपाली काँग्रेस, जनमोर्चा नेपाल र नेपाल मजदुर किसान पार्टी इराकमा १२ जना निर्दोष नेपाली कामदारहरुको पाशविक हत्या भएको विरोध प्रदर्शनको क्रममा भदौ १६ गते राजधानी लगायत देशका विभिन्न भागमा भएको तोडफोड, लुटपाट एवं आगजनी सरकार आफैले सैनिक, गुप्तचर र मण्डलेहरु लगाएर गराएको ठहर गरेको भदौ २१ गते प्रकाशित समाचारले देशमा सनसनी फैलाएको थियो । उक्त दिनको विध्वंशमा राजदरबारका कर्मचारी समेत आधिकारिक परिचय सहित संलग्न रहेको भनी दावी गरिएको थियो ।
त्यसै गरी समय साप्ताहिकको वर्ष१, अंक-२१ मा प्रकाशित ुधमिलो पानीमा माछा मार्नेहरुु शीर्षक घटना विवरणमा अतिवादी हिन्दूहरुको संगठन ुपशुपति सेना नेपालु नामक संस्थाले विहिवार नेपाल बन्द घोषणा गरेको, पशुपति सेना नेपाल र हिन्दु स्वयम्सेवक संघसंग आवद्ध कार्यकर्ता नेपाली मुसलमान विरुद्ध नारा लगाई रहेको अवस्थामा भेटिएको र यसै क्रममा रत्नपार्क नजिकैको जामे मस्जिदमा तोडफोड भएको उल्लेख छ । उक्त घटना विवरणमा धार्मिक दङ्गा बढ्ने देखिएपछि सरकारले भारतको राष्ट्रिय स्वयम्सेवक संघको नेपाल शाखाको रुपमा रहेको हिन्दू स्वयम्सेवक संघका जिम्मेवार व्यक्तिहरुलाई यस्ता कार्यमा सरिक नहुन आग्रह गरेको, आग्रह स्वीकार नगरिएमा उक्त संघ र त्यससंग आवद्ध शिवसेना नेपालका दुई समूह र पशुपति सेना नेपालको दर्ता खारेज गर्ने चेतावनी दिएको उल्लेख भएबाट विदेशको दानापानी खाएर रामनामी ओढ्ने र शंखघण्ट बजाउनेहरु समेत त्यस तोडफोड, लुटपाट र आगजनीमा सक्रिय थिए भनी स्पष्ट हुन्छ ।
एउटा अत्यन्तै आर्श्चर्यको कुरा, त्यस दिन राजधानी शहरमा दिनदहाडै ६र६ घण्टासम्म तोडफोड, आगजनी र लुटपाट भइरह“दा पनि सुरक्षाकर्मीहरु परिचालित भएनन् । सुरक्षाकर्मीहरु आफ्ना सुरक्षा कवच सहित घटना ठाउँ ठाउँमा तैनात नै थिए । म्यानपावर कम्पनीलाई आफ्नो घरमा बहालमा राखेकै कारण पीडित बन्न पुगेका घरधनीहरुले सुरक्षाका लागि पटक पटक अनुनय विनय गर्दा पनि उनीहरुले माथिको आदेश छैन भनी वास्तै गरेनन्, फगत तमासे बनेर विध्वंशको ताण्डव हेरिरहे । म्यानपावर कम्पनीसंग कुनै सम्बन्ध नै नभएका नीजि संचार गृहहरु र मुस्लिम नाम भएकै कारण एयरलाइन कम्पनी र बयुटीपार्लरहरु समेत शिकार बनाइए । केही अश्रुग्यास वा हवाई फायर मात्र गरेको भए ती प्रदर्शनकारीहरुलाई तितरवितर गर्न र विध्वंशलाई उल्लेख्यरुपमा रोक्न सकिन्थ्यो भन्ने कुरा कर्फ्यु लागु भएपछि कुनै अप्रिय घटना नघटेबाट स्पष्ट हुन्छ । सुरक्षाकर्मीहरुको त्यस्तो अकल्पनीय गैरजिम्मेवार व्यवहार देख्दा लाग्थ्यो मानौं उनीहरु जनताको जीउधनको सुरक्षाका लागि होइन तिनै आततायी लुटेराहरुलाई सुरक्षा गर्न र तिनीहरुलाई निर्विघ्न तोडफोड, आगजनी र लुटपाट गर्नदिन खटिआएका हुन् । भाद्र १६ गते विहान ८स्०० बजेदेखि मध्यान्ह २स्०० बजेसम्म वास्तवमा राजधानीमा तिनै विध्वंशकारी लुटेराहरुको शासन चल्यो । सरकारको कुनै अस्तित्व वा उपस्थिति नै रहेन ।
भनिन्छ उच्च स्तरका अपराधी तथा दुष्टहरुले भावी परिणाम बारे सोचेरै आफ्ना अपराधिक योजनाहरु कार्यान्वयन गर्छन् । २०५८ साल जेठ १९ गते राजा वीरेन्द्रको वंश विनास र २०५९ साल असोज १९ गते देशमा भएको सिमित प्रजातन्त्र समेत समाप्त गरेर सत्तासीन भएको प्रतिगमनकारीहरुलाई धेरै दिन सत्तामा टिकिरहन सकिन्न भन्ने कुरा पहिल्यै थाहा थियो । सैनिक बलमा आएका प्रतिगमनकारीहरुले जुनसुकै मूल्यमा सैनिक शक्तिको विस्तारमै आफ्नो सुरक्षा, कल्याण र सत्ता लम्बिने सपना देख्नु अस्वाभाविक थिएन । त्यसैले देशको अर्थतन्त्रले धान्न नसक्ने थाहा हुँदाहुँदै सेनाको दरबन्दी भरमार रुपमा बढाउने र भर्ती गर्ने काम थालियो । तिनै रिकुटेहरुको कथित आत्मबल विकास गर्न, प्रतिगमन विरोधी जनतालाई आतंकित पार्न, आन्दोलनकारीहरुको आत्मबल गिराउन र प्रतिगमन परास्त भएमा ती रिकुटेहरु, सुराकीहरु र धार्मिक दंगाकारीहरुले लखनउ लूट गरेर भए पनि जीविकोपार्जन गर्न सिकून्, देशमा दीर्घकालसम्म अस्थिरता भइरहोस् र सके आफू पुनः सत्तामा र्फकन सकियोस् भन्ने उद्देश्यले २०६१ साल भदौ १६ गते तोडफोड, लुटपाट र आगजनीको वास्तविक रियाज ९एक्चुअल रिहर्सल० गरिएको भन्ने जानकारहरुको विश्लेषण प्रतिगमनको पराजय पश्चात राजधानीमा हालै भएका डकैतीका श्रृंखला हेर्दा सत्यको धेरै निकै नजिक भएको महसुस हुन्छ ।
मुलुकमा अहिले जनताको राज छ । तर यस अघिका आन्दोलनहरुपछि जनताका दुश्मनहरुले दण्डहीनताको फाइदा उठाए जस्तै अहिलेका जनदुश्मनहरुले पनि जनअदालतको कठघरामा उभिन नपरेको, भूमिगत रुपमा जोडतोडका साथ चलखेल गरिरहेको अवस्थामा सुगौली सन्धिपछि देशको सिमाना रक्षा गर्नमा कुनै दायित्व नभएका, शोषक सत्ताधारीहरुको सुरक्षा र न्यायपूर्ण जनविद्रोह दमन गर्न मात्र प्रयोग हुँदै आएका साविक ुशाही नेपाली सेनाु हालको नेपाली सेनाले उनीहरुले हिजोसम्म निरंकुश राजतन्त्रको गुलामी, सलामी र मलामी मात्र गर्दै आएको स्वीकारोक्ति सहित अब आइन्दा देश र जनताको सेवामा समर्पित रहने घोषणा गरिसकेका छन् । त्यसै गरी जनताको जिउधनको सुरक्षा प्रतिको जिम्मेवारी महसुस गर्दै हिजो बौद्धमा भएको बैंक डकैती काण्ड असफल पार्नमा नेपाल प्रहरीले जुन कर्तव्य पालन गरेको छ त्यसले अपराध नियन्त्रणको नाममा अपराधीहरुसंगै साँठगाँठ गर्ने, सिधा सोझा निमुखा र्सवसाधारण जनतालाई उल्टो तर्साउने धम्क्याउने आतंकित पार्ने लगायत अनियमितता र अकर्मण्यताको आरोप लाग्दै आएको सम्पूर्ण प्रहरी संगठनकै छवि उजिल्याउने काम गरेको छ । यी दुबै कुराहरुलाई सुरक्षा निकायहरुमा आउन लागेको सुखद परिवर्तनको शुभसंकेत मान्नु पर्छ । अब कोही पनि सुरक्षाकर्मीमा करोडौं रुपिया स्वाहा पारेर छोरीको बिहे गर्ने, पार्टी नेताहरुलाई भ्रष्टाचार गरी ुकमाएकोु मोटो रकम नजराना चढाएर राजदूत सांसदको पद खरिद गर्ने सपना नपलाओस् । उनीहरुले मुलुक र जनतालाई पुर्याउने सेवा राजदूत र मन्त्रीले पुर्याउने सेवाभन्दा कुनै पनि अर्थमा कति पनि कम महत्वको छैन भनी गौरव गर्न सिकून् । हिजो जनतालाई दमन गर्नमा प्रयोग भएका भिजिलान्ते तथा प्रतिगमनका अन्य प्यादाहरुलाई सुरक्षाकर्मीहरुले नै बढी चिन्दछन् । उनीहरुले ती तत्वहरुलाई पक्रेर न्यायिक कार्वाहीका लागि सरकार समक्ष प्रस्तुत गरी देशप्रतिको अर्को महत्वपूर्ण दायित्व इमान्दारी साथ निर्वाह गरुन् । परिवर्तित अवस्थामा नेपाली जनताले सुरक्षाकर्मीहरुबाट यहि अपेक्षा गरेका छन् ।
- महेश्वर श्रेष्ठ
२००६ जुन ०१


गएका महिनाहरु:
