शाहीश्रीपेच धुलोमा खसेको गौरवशाली क्षण
२०६३ जेठ १७
बडेबडे पहाडहरू पनि जनताका खुन पसिनाले धुलीधुसर हुन्छन् भन्ने चेत ज्ञानेन्द्रको धुन्धुकारी मथिङ्गलमा घुसेन सायद । राजा भनेको तिनै जनताको खुनपसिनाका पाइपाइमा बाँचिरहेको संस्था हो भन्ने ज्ञानेन्द्रको खोपडीमा सुझेन सायद । जब सिङ्गो देश हतभागी वीरेन्द्रको अकल्पनीय अवसानमा स्तब्ध थियो नासलचोक दरबारमा भाइराजा ज्ञानेन्द्रको अनुहार मुस्कानले लतपत थियो । बन्दबेपारले चलिरहेको सान श्रीपेचप्राप्तिको महङ्खवाकांक्षाले शाहीदरबार रक्तआहालमा डुबाएर महाराज हुनुको आनन्दातिरेकमा ज्ञानेन्द्रको जब बग्गी चल्यो बुज्रुगहरू भन्ने गर्थे- यो अशिष्ट मुस्कान स्थिरता र कल्याणका लागि किमार्थ होइन, बरू अलच्छिनको उद्घोष हो । पाच वर्षनपुग्दै अनुभव गरिरहेछौं- बुज्रुगहरू जे भन्छन् सोचेर र सम्झेर भन्दा रहेछन् । इतिहासले पनि पुष्टि गरिदिएको छ- बन्दुकप्रायोजित रक्तआहालमा फक्रेको सत्ता दीघजीवनका लागि नहुदो रहेछ । ज्ञानेन्द्रलाई लाग्थ्यो- स्वर्गीय पिताश्री महेन्द्रका कृत्य र्सार्वकालिक छन् र महेन्द्रपथ नै यस राज्यका रैतीको ढाड खुस्काउने अचूक अस्त्र हो । जनताको दर्ुदशा टुलुटुलु नहेर्ने, सुन्ने मात्र होइन आखाले पनि हेर्ने राजा हुँ भन्ने अभिमानी जोकको पहिरो चलाए इतिहासका यी खल महाराजले ।
यिनले के ठाने कुन्नि जनतालाई, असोज १८ र माघ १९ ले मुलुक एक्काइसौं शताब्दीबाट सोझै सत्रौं शताब्दीमा प्रवेश गर्न सक्नेछ । सारा रैतीहरू रोमका दासझैं लमतन्न तिनका पाउमा पसारिन्छन् र उनको निरंकुश बेलगाम बग्गी रैतीका छाती कुल्चिँदै निर्बिघ्न अगाडि बढिरहनेछ । जमानाको जोडघटाउ गर्ने गणित कमजोर थियो ज्ञानेन्द्रको सायद । यसैले वीरेन्द्रलाई खटाइदिएको संवैधानिक राजतन्त्र पनि नसहने असहिष्णु यी महाराजसहित उनका शाखा सन्तानलाई जनताको शक्तिले अब खोपीको निर्जीव मूर्ति बनाइदिएको छ । नेपालको राजनीतिक दस्तावेजले अबउप्रान्त राजाको सर्वोच्चता इतिहासभित्र पढिने पाठमात्रै भएको छ ।राजालाई दाम चढाएर उनैका पाउमा दासताको लालमोहर थाप्ने मध्ययुगको पटाक्षेप २०६३ साल जेष्ठ ४ गतेको संसद घोषणापत्र -नेपाली म्याग्नाकार्टर्ााले स्पष्ट ठहर गरेको छ । यो मुलुक अब कुनै श्री ५ को सरकारबाट निर्देशित छैन बरू र्ढाई करोड नेपालीको नेपाल सरकारबाट गत्योन्मुख छ । इतिहासमा ज्ञानेन्द्रजस्ता बिल्कुल दम्भी सम्राट्हरू फेरि पनि आउन सक्ने खतराको पूवानुमान गर्न जनताले कसर बाँकी राखेका छैनन् यसैले अब राजाको उत्तराधिकारसम्बन्धी निर्ण्र्ााकुनै शाहीदासहरू वा शाहीखान्दानबाट होइन बरू जनताका सांसद्हरूले गर्नेछन् । जनताका छोरा भतिजालाई आफ्ना नामका शाही नोकर गराएर जनता भुट्नका निम्ति बन्दुक भिराइएका शाही सेनाहरू सामन्ती दरबारको होइन अब नेपाली सेना भएर जनताको सेवा गर्नेछन् ।
महत्वाकांक्षी पृथ्वीनारायणले कीर्तिपुरेहरूको नाक र कान काटेर सुरू गरेको शाही निरंकुशताको एकछत्र राजले २३८ वर्षो यात्रा पार गरेको छ । यस यात्रामा नेपालको इतिहासअध्ययनको परम्परा शाहीखलकसँग जोडेर हेर्ने गरिएको छ । जनताको रगत र पसिनाले ठडिएको राज्यको गौरवलाई शाह र तिनका दरबारिया आसेपासेको कहानी बनाएर हेर्नु सामन्ती राज्यव्यवस्थाको परम्परा कस्तो हुन्छ भन्ने प्रमाण हो । यतिमात्र होइन मुलुकका बाटाघाटा, पुलपुलेसा, अस्पताल-स्कुल एवं संघसंस्थासमेत दरबारिया नामसित जोडेर स्थापना गरिएको पाइन्छ । एउटा परिवार विशेष जो राज्यको उन्नति र उत्थानका लागि जहिले पनि बाधक छ त्यसैका नाममा देशका संघसंस्था र निर्माणका काम हुनु हाम्रो लाचारीपर्ूण्ा इतिहासको गवाही हो । तर जनताले अब यस कुरालाई राम्ररी पहिचान गरेका छन् । आन्दोलनका क्रममा जनताको आक्रोश राजपरिवारसित संबन्धित होर्डिङ बोर्डहरूमा बज्रिनुको मूलकारण राजतन्त्रप्रतिको अथाह घृणाको अभिव्यक्ति थियो । महान् दिन जेष्ठ ४ ले नेपाली राजतन्त्रको यस विरासतलाई गर्लामगुर्लुम ढलाइदिएको छ । यही २३८ वर्षो इतिहास अब अप्राकृतिक ढंगले श्रीपेच पहिरिने ज्ञानेन्द्रको दम्भी र सनकपर्ूण्ा शासनआरोहणसँगै समाप्त भएको छ ।
राजा र उनका खलकले जे गरे पनि हुने र जनताले उनीहरूको व्यभिचारलाई चुपचाप सहिदिनुपर्ने कस्तो जंगली कानुन हो - ज्ञानेन्द्र र उनका मतियारहरू नेपाल निजामती सेवाका वरिष्ठ कर्मचारीका छोरीहरू-नमिता र सुनीतालाई बलात्कार गरेर सेती नदीमा बगाइदिन्छन् तर कानुनले दरबारका दोषीलाई कार्वाही गर्ने आँट गर्दैन । भक्तपुर र पाटनबाट पटकपटक ऐतिहासिक मूल्यका मूर्तिहरू क्रेन लगाएर चोरी हुन्छन् तर सुरक्षामा खटिएका पुलिस वरैबाट फर्किन्छन् । अधिराजकुमारको सुपुत्र आधारातमा भट्टीबाट निस्की राष्ट्रको होनहार गायनप्रतिभामाथि गाडी चढाएर प्राणहरण गर्छ तर यसको सुनुवाई कतै हुँदैन । राजा वीरेन्द्रलाई ६ करोडले पुग्ने बजेट ज्ञानेन्द्रकालमा ६० करोड पुग्छ । उनीहरूका भ्रमण र भोजमा कति खर्च हुन्छ त्यसको त हिसाब किताब नै छैन । जनताहरू भोकमरी र कुपोषणले मरिरहेका छन् तर शाही दरबारमा भोज र मोजको अखण्ड विलास चलिरहेको हुन्छ । हाम्रो खुनपसिनाबाट कमाएको धन शाहीदरबारलाई मनपरि खर्च गर्ने छुट किन - तर फिराद गर्ने ठाउँ छैन । आखिर कोही मरिमरी काम गर्दा पनि अभावले अकालमा जीवनत्याग गर्नु पर्ने र कोही विशाल दरबारमा बसेर जनताकै हाडछाला चपाइरहने, एक्काइसौं शताब्दीका जनतालाई यो सह्य भएन । जनताको समवेत व्रि्रोहले राजसिंहासन डग्मगायो र अनि मात्र मुलुकमा वैशाख ११ हुँदै जेष्ठ ४ ओल्र्यो ।
अहिले राजाको स्थिति भनेको जेष्ठ ४ ले लुछिएका दाहा र नङ्ग्राविहीन राजतन्त्रको संक्रमणता हो । हुन त सम्विधानसभाका लागि मुलुक अगाडि बढ्दै छ । त्यस सभाले राजतन्त्रविहीन नेपालको निर्ण्र्ाासुनाउन सक्ने कुरामा विमती राख्नुपर्ने आवश्यकता छैन । तर वर्तमानमा देखिएको नेपाली राजतन्त्र सिंग फुक्लेर रगतपच्छे हुँदै गिंजामात्र देखाएर नङ्ग्राविहीन हात हेर्दै टोलाइरहेको स्थिति हो । मान्छे समस्या र तनावका बेला मनोवैज्ञानिक रूपमा दृढनिश्चयी हुँदै आफ्नो अन्तिम शक्ति प्रयोग गर्न सक्ने हुन्छ । जनताको खबरदारी र नेताहरूको इमानमा अलिकति पनि सुस्ती देखापर्यो भने यो घाइते बाघ भयानक रूपमा प्रस्तुत पनि हुन सक्छ । आफू नरहने स्थितिमा कसैले अरू रहनुको अस्तित्व स्वीकार गर्नुपर्ने बाध्यता रहँदैन । तर्सथ जनआन्दोलन -२ ) ले नेपाली राजतन्त्रको मटियामेट गर्न आतुर भइरहेको छ भन्ने कुराको प्रमाण यस बीचमा उर्लिरहेको जनविरोधबाट प्रस्ट हुन्छ । यस्तो स्थितिमा दरबार र उसलाई बचाई आफ्नो कुत्सित् उद्देश्य पूरा गर्न चाहने देशी विदेशी शक्तिले राजतन्त्रको पुनरूत्थानका लागि आफ्नो अन्तिम बल प्रयोग गर्न सक्ने खतरा थाती छ । होसियारीको सानो तन्तु पनि निदाउन पुग्यो भने घाइते बाघले बस्तीलाई स्वाहा नपार्ला भनेर भन्न सकिन्न
।मुरारि पराजुली (वुटुस)


गएका महिनाहरु:
