.... ....UCC

27,June , 2006

प्रचण्ड–देउवा भेटमा हत्या प्रयासको चर्चा

Filed under: समाचार

मंगलबार, २७ जुन ,
“मेरो निवासमा तपाईहरूलाई स्वागत छ,” १३ असारको विहान आफ्नो दैलोमा आईपुगेका माओवादी अध्यक्ष प्रचण्डसँग हात मिलाउँदै नेका प्रजातान्त्रिकका सभापति तथा पूर्व प्रधानमन्त्री देउवाले आत्मियता देखाए। सुदूरपश्चिमको कार्यक्रम सकेर शनिवार राजधानी फर्किएका प्रचण्डले आईतवारदेखि थालेको राजनीतिक भेटघाटको सिलसिलामा देउवालाई भेट्न बुढानिलकण्ठस्थित उनकै निवास पुगेका थिए। अध्यक्ष प्रचण्ड र नेता डा.बाबुराम भट्टराई बसेको नीजि नम्बर प्लेटको गाडीको अगाडी महिन्द्रा गाडी र पछाडी एउटा मोटरसाईकल थियो। उनीहरुको सुरक्षाको नेतृत्व गरेका थिए, विशेष केन्द्रीय कमाण्डका इन्चार्ज तथा डेपुटी कमाण्डर वर्षमान पुन (अनन्त) ले। माओवादी नेताद्वयका साथ प्रवक्ता कृष्णबहादुर महरा र देउवाका साथ उहाँको दलका महामन्त्री विमलेन्द्र निधि थिए। निधिका अनुसार, चिया–कफि सकेर कुरा थाल्नु अघि ‘पहिले एउटा कुरा क्लियर गरौ’ भन्दै प्रचण्डले देउवासँग सफाई दिए, “हत्या गर्ने नियतले तपाईमाथि गरिएको हमलामा हाम्रो हात थिएन।” (more…)

हनुमान कि मान्छे ?


अगाडी बाट हेर्दा उनि साधारण मान्छे देखिन्छन तर पछाडी बाट हेर्दा सबैले हनुमान भन्छन । कसैले उनलाइ प्रंकृतीको गडबडी भन्छन त कसैले भगवानको देन । पश्चिम बंगालको उत्तरी भाग जलपाइगुडीको बानरहाट क्षेत्रको गेन्दापाडा चिया बगानमा काम गर्ने मजदुर चन्द्र उरावको चर्चा दिनदीनै बढ्दै छ उनको तेह्र इन्च लामो पुच्छरको कारणले गर्दा । आजभन्दा सत्ताइस बर्षअगाडी राम नवमीको दिन जन्मेका चन्द्रलाइ पुच्छरले फाइदाको साथसाथै बेफाइदा पनि दिएको छ । उनि भन्छन ‘उनको पुच्छर छोएर जस्ले भाकल गर्छ उस्को भाकल पनि पुरा हुन्छ र रोगीहरु ठिक पनि हुन्छन’ । यहि भनाइका कारण उनको दर्शन गर्ने मान्छेहरु दिनदिनै बढ्दै गइरहेका छन । उनि आफ्नो काम सकेर घर फर्केपछी भक्तजनहरुको इच्छा पुरागर्न पुच्छर तेर्साएर बस्छन र अरुबेला चाँही पुच्छरलाइ पाइन्ट भित्र राख्छन । यसले उनलाइ आम्दानी त भएको छ तर दुखको कुरा यहि पुच्छरको कारणले बीसजना भन्दा बढी युवतीहरुले उनको बिबाहको प्रस्तावलाइ लत्याइदिएका छन । उनको भनाइ अनुसार ‘यदी कोहि केटीले म सँग पुच्छर सहित बिबाह गर्न राजी हुन्छ भने मात्र म बिहे गर्छु हैन भने आजीवन हनुमानझै अविवाहीत नै बस्छु ।’ स्थानीय चिकित्सकका अनुसार उनको पुच्छरको बारेमा पूर्ण जाँच गरेर यसलाई काट्नुनै उपयुक्त हुने जानकारी गराए पनि चन्द्रले चाँही कुनै पनि हालतमा आफ्नो पुच्छर नकाट्नै अठोट गरेका छन । काटुन पनि कसरी त , सुनको अण्डा पार्ने कुखुरीलाई कस्ले पो काटेर मासु खाला र , कि कसो ? म यसो बिचार गर्छु हाम्रा नेताहरुको पनि यस्तै पुच्छर भए जब जब गलत काम गर्न थाल्दथे त्यतीबेला उनिहरुको पुच्छर तान्नु हुन्थ्यो कि कसो ?

26,June , 2006

चाँडै अर्को भीषण विद्रोह

Filed under: समाचार

माओवादीका अध्यक्ष प्रचण्डले संविधानसभा बिथोल्न काठमाडौंमा गम्भीर षड्यन्त्रका तानाबाना भइरहेको जनाउँदै चाँडै तेस्रो जनबिद्रोह थालिने चेतावनी दिनुभएको छ । संविधानसभामाथि षड्यन्त्रकारीले कुनै पनि भाँजो हालेमा माओवादी चुप लागेर नबस्ने, तत्कालै तेस्रो जनव्रि्रोहको नेतृत्वमा ओर्लने चेतावनीसमेत माओवादी नेता प्रचण्डले दिनुभएको छ । सुदूरपश्चिमको कैलालीबाट राजधानीका षड्यन्त्र सूक्ष्म निगरानी गरिरहेका प्रचण्डले कडा शब्दमा भन्नुभयो, ‘षड्यन्त्र भए अर्को सशस्त्र बिद्रोह गरी काठमाडौं कब्जा गर्छ ।’
आफूहरू अत्यधिक लचकतासाथ युद्धविराम गरी शान्तिवार्तामा आएको पनि प्रचण्डले दोहोर्‍याउनुभएको छ । अन्तरिम सरकारमा जान र हतियार व्यवस्थापन गर्न माओवादी तम्तयार हालतमा रहेको जनाउँदै प्रचण्डले भरपर्दा अन्तराष्ट्रिय समुदायको अनुगमन र सहयोगमा जतिबेला पनि सेनाको व्यवस्थापन गर्न तयार रहेको बताउनुभयो । (more…)

24,June , 2006

जलश्रोत मन्त्री बेपत्ता ,पुजा अर्चना जारी

जनताहरु जलस्रोत मन्त्री को खोजीमा छन तर जलस्रोत मन्त्री कहाँ छन के गर्दै छन केहि थाहा छैन । असारको पन्ध्र हुन लागीसक्यो पानीको कुनै अत्तोपतो छैन । रोपाइ गर्न ढिला भइसक्यो तर पानी बिना कसरी रोपाई गर्ने ? त्यै भएर जनताहरु जलस्रोत मन्त्रीको पुजा अर्चना गरी फकाउन थालेका छन । नझुक्कीनु होला मैले नेपाल सरकारका जलस्रोत मन्त्री चित्रलेखा यादबाको कुरा गरेको हैन मैलेत सारा पृथ्वी सन्चालन गरीरहेका देवलोकका जलस्रोत मन्त्री महादेव इन्द्र को कुरा गरेको हो । देवताहरुको मन्त्रालयको बाँडफाँडको क्रममा उनलाइ जलस्रोत मन्त्रालय परेको छ तर्सथ हाम्रो धर्मग्रन्थअनुसार पानी पार्ने नपार्ने जिम्मा उनै इन्द्रको हो रे । असारको दस गते भैसक्यो रोपाइँ गर्न ढिला भइसक्यो तर इन्द्रजीले चाँही पानी पार्ने छाँटकाँट नगरेपछि कैलालीका जनताहरु इन्द्रको पुजा गरी इन्द्रलाई फकाउन तिर लागेका छन । आजको स्वतन्त्र समाचार सेवाले “पानीका लागि इन्द्रलाई खुशी पार्न प्रयास”
शिर्षकमा लेखेको समाचार अनुसार “असार पन्ध्र लाग्न लाग्दा पनि बर्षातको कुनै सुरसार नदेखेपछि कैलाली र कञ्चनपुरका किसानहरु अहिले वषर्ाका देवता इन्द्रलाई खुशी पार्ने प्रयासमा लागेका छन् ।सम्भावित खडेरी प्रति त्रस्त देखिएका किसानहरु बर्षातका देवता इन्द्रको मूर्ति बनाई टोलटोल घुमाइराखेका छन् । “हरहर महादेव पानी पारिदेऊ” भन्दै गाउँ परिक्रमा गर्दा भगवान प्रशन्न भएर बर्षा हुने धार्मिक विश्वास रहेको त्रिभुवनबस्ती ५ कन्चनपुरका स्थानीय बासिन्दाहरु बताउँछन् । यसैगरी सोही गाविसको ३ नम्बरका स्थानीय कृषकहरुले एक जोडी भ्यागुतोको विवाह गराएर पानी मागेका छन् ।कैलालीको चौमाला-३का स्थानीय कृषकहरु राती-राती १५-२०को समूहमा घरघर गई पानी माग्ने परम्पारालाई निरन्तरता दिईरहेका छन् । शरिर निर्वस्त्र पारेर घरको आँगनमा लडीबुडी गर्दै पानी-पानी भन्दै पानी माग्नाले देउता खुशी भई पानी पारिदिन्छन् भन्ने उनीहरुको विश्वास रही आएको छ ।कैलालीका आदिवासी थारु समुदायहरुले खेत जोत्ने हलो जुवालाई खेतमा ठाडो पारेर गाडी पानि मागीरहेकाछन् । बर्षातको अभावको कारण धानको बीउ सुक्दै गइरहेको,पेट्रोलियम पदार्थको मूल्य वृद्धिको कारण मेशिनबाट पनि रोपाई र सिँचाई गर्न नसकिने भएकोले आफूहरु निकै मर्कामा परेको स्थानीय किसानहरु बताउँछन् ।”

20,June , 2006

हण्डी पाउनेहरुको सूचि सार्वजनिक

सूचना विभागमार्फत् सञ्चार मन्त्रालयले एकद्वार विज्ञापन प्रणालीको नाममा बाँडेको रकमको सूचि सूचना तथा सञ्चार मन्त्रालयले मंगलबार सार्वजनिक गरेको छ। सूचिमा १५ सयदेखि एक करोडभन्दा बढी रकम पाउनेहरुसम्मको नाम रहेको छ। यसअघि मन्त्रालयले दशैं खर्चको नाममा बाँडिएको रकम सार्वजनिक गर्दा त्यसले पत्रकारिता क्षेत्रमा ठूलै हंगामा मच्चिएको थियो। त्यसरी रकम लिनेको नाम सार्वजनिक भएपछि कतिपय संस्थाले रकम बुझ्नेहरुलाई निलम्बित गरिसकेको छ भने कतिले राजीनामा दिइसकेका छन्। मंगलबार गोरखापत्रमा सूचना प्रकाशित गरी सार्वजनिक गरिएको सूचि यस प्रकार रहेको छ-
1. गोरखापत्र दैनिकले विभिन्न समयमा एक करोड ४६ लाख ४१ हजार आठ सय ३७ रुपैयाँ,
2. रेडियो नेपाल ३० लाख २५ हजार आठ सय ५३,
3. नेपाल टेलिभिजन ६ लाख ६३ हजार आठ सय ५५,
4. नेपाल समाचारपत्र दैनिक विभिन्न समयमा ५८ लाख ६ हजार एकसय ९९,
5. राजधानी दैनिकले विभिन्न समयमा १५ लाख ७३ हजार एक सय ९२,
6. हिमालय टाइम्सले विभिन्न समयमा १३ लाख ५४ हजार दुई सय ५३ रुपैयाँ
7. ३५ औं शुभजन्मोत्सव मूल समारोह समितिका नाममा पाँच हजार,
8. रौतहट टाइम्स साप्ताहिकले आठ हजार,
9. राजपथ साप्ताहिकले दुई पटकमा ७५ सय,
10. राष्ट्रवाणी साप्ताहिकले पाँचपटकमा गरी ५७ हजार पाँच सय,
11. समता साप्ताहिकले पाँचपटकमा गरी ५१ हजार पाँच सय रुपैयाँ,
12. राष्ट्रिय जनमञ्च साप्ताहिकले छपटकमा ५१ हजार पाँच सय,
13. राष्ट्रियपथ साप्ताहिकले पाँचपटकमा ४२ हजार पाँच सय,
14. रहस्य साप्ताहिकले छपटकमा ५१ हजार पाँच सय
15. स्पटलाइट साप्ताहिकले पाँचपटकमा ५७ हजार पाँच सय,
16. सुनौलो नेपालले एकमुस्ठ १५ सय,
17. सम्पूर्ण समाचारले २ पटकमा सात हजार पाँच सय,
18. साँझको समाचार दैनिकले चारपटकमा ३३ हजार,
19. साप्ताहिक आवाजले छपटकमा ५१ हजार पाँच सय,
20. साप्ताहिक नेपाली आवाजले दुई पटकमा सात हजार पाँच सय,
21. सुनौलो र्स्वर्ग नेपालले तीनपटकमा २९ हजार,
22. सुगन्धले एकमुष्ठ पाँच हजार,
23. रुपरेखा साप्ताहिकले पाँचपटकमा ५७ हजार पाँच सय,
24. श्रमबुलेटिनले एकमुष्ठ १४ हजार,
25. घटनाचक्र साप्ताहिकले पाँचपटकमा ३४ हजार,
26. छलाङ पत्रिकाले १५ सय,
27. छहरा साप्ताहिकले पाँचपटकमा ५० हजार पाँच सय,
28. टेलिग्राफ साप्ताहिकले पाँचपटक गरी ४६ हजार पाँच सय,
29. ठमेल बजारले १५ सय,
30. वाणी पाक्षिकले पाँच हजार,
31. वनिता मासिकले पाँच हजार,
32. बगर मासिकले पाँच हजार,
33. देशप्रेमले पाँचपटकमा ३७ हजार पाँच सय,
34. अपरान्ह दैनिकले दुई पटकमा १५ हजार
35. काठमाडौं टुडेले १० हजार रुपैयाँ
36. अर्पण साप्ताहिकले पाँचपटकमा ४० हजार पाँच सय,
37. अस्तित्व साप्ताहिकले एकमुष्ठ १४ हजार,
38. मधेशवाणी पाक्षिकले पाँच हजार,
39. मार्गदर्शन मासिक दुई पटक ३० हजार
40. ,मध्यान्ह दैनिकले चारपटकमा २४ हजार पाँच सय,
41. भूमिका साप्ताहिकले पाँचपटकमा २५ हजार पाँच सय,
42. नेपालभूमि साप्ताहिकले छपटकमा ४१ हजार पाँच सय,
43. नेपाल न्युज साप्ताहिकले पाँचपटकमा ३७ हजार पाँच सय,
44. नेपालीपत्र साप्ताहिकले चारपटकमा २७ हजार पाँच सय,
45. नेसनल न्यूज साप्ताहिकले छपटकमा ५१ हजार पाँच सय,
46. नवस्वतन्त्रता साप्ताहिकले पाँचपटकमा ३९ हजार
47. नव जनप्रहार साप्ताहिकले एकमुष्ठ १० हजार,
48. नवप्रतिपक्ष साप्ताहिकले तीनपटकमा ३२ हजार पाँच सय,
49. नवशक्ति साप्ताहिकले तीनपटकमा १८ हजार,
50. नवरस साप्ताहिकले छपटकमा ५० हजार पाँच सय,
51. नयाँ रुपरेखाले एकमुष्ठ ८ हजार,
52. नयाँकिरण साप्ताहिकले पाँचपटकमा ४६ हजार पाँच सय,
53. नयाँ करेन्ट साप्ताहिकले छपटकमा ५७ हजार पाँच सय,
54. जानकारी साप्ताहिक छपटकमा ६१ हजार पाँच सय,
55. जनर्समर्थन साप्ताहिकले एकमुष्ठ १५ सय,
56. जनसत्ता साप्ताहिकले तीनपटकमा ३४ हजार,
57. चण्डेश्वरी प्रकाशनले दुई पटकमा ७५ सय,
58. जनभावना साप्ताहिकले पाँचपटकमा ५२ हजार पाँच सय,
59. जनधारणा साप्ताहिकले छपटकमा ६२ हजार पाँच सय,
60. प्रवर्द्धन साप्ताहिकले तीनपटकमा १८ हजार,
61. प्रतिस्पर्धा साप्ताहिकले पाँचपटकमा ४६ हजार पाँच सय
62. प्रतिपत्र साप्ताहिकले चारपटकमा ३५ हजार,
63. पुनर्जागरणले पाँचपटकमा ५१ हजार पाँच सय,
64. फूलबारी साप्ताहिकले तीनपटकमा १८ हजार,
65. दिव्यदर्शन साप्ताहिकले छपटकमा ५७ हजार पाँच सय,
66. दिव्यचक्षु साप्ताहिकले पाँचपटकमा ३९ हजार पाँच सय,
67. निस्पक्ष साप्ताहिकले छपटकमा ५१ हजार पाँच सय,
68. विक्ली मिररले एकमुस्ट १० हजार,
69. विश्वआवाज साप्ताहिकले पाँचपटकमा ४१ हजार पाँच सय,
70. विश्वदीप साप्ताहिकले तीनपटकमा नौ हजार,
71. पिपुल्स रिभ्यु साप्ताहिकले सातपटकमा ६७ हजार पाँच सय,
72. चित्रण साप्ताहिकले पाँचपटकमा २५ हजार पाँचसय,
73. हिन्दु साप्ताहिकले पाँचपटकमा ५१ हजार पाँच सय,
74. इन्द्रेणी साप्ताहिकले एकमुष्ठ १४ हजार,
75. युगसंवाद साप्ताहिकले छपटकमा ५७ हजार पाँच सय,
76. युगआस्था मासिकले एकमुष्ठ २० हजार,
77. क्रसचेकले एकमुष्ठ पाँच हजार,
78. अजेन्डा साप्ताहिकले एकमुष्ठ १४ हजार,
79. चम्पकले एकमुष्ठ पाँच हजार,
80. चर्चा साप्ताहिकले छपटकमा ५७ हजार पाँच सय,
81. कान्तिपुर टुडेले तीनपटकमा १० हजार,
82. कान्तिपुर डायरीले चारपटकमा १२ हजार पाँच सय,
83. तलास साप्ताहिकले दुई पटकमा ७५ सय,
84. गोलमेच साप्ताहिकले पाँचपटकमा २६ हजार पाँच सय,
85. गोरखाएक्सप्रेसले चारपटकमा ५५ हजार,
86. खानतलास साप्ताहिकले छपटकमा ४९ हजार,
87. धरहरा टाइम्सले पाँचपटकमा ५१ हजार पाँच सय,
88. शब्दसंयोजनले एकमुष्ठ ५ हजार,
89. शक्ति -निजामति कर्मचारी) संघले १० हजार लिएका छन् ।
कूल बाँडिएको रकम दुई करोड ९४ लाख ५९ हजार दुई सय ९१ रुपैयाँ ३८ पैसा
स्रोत:परेवा डट कम

नयाँ मुलुक बनाउने चाहना

नेत्र पन्थी/कपिलबस्तु
करिब पचास जनाको समूहमा प्रायः सबैको करिब एउटै उमेर छ । सबैको एउटै पोशाक छ । बोलीचाली, भाषा र खानपिन त झनै एउटै छ । महिला र पुरुषको संख्या बराबरी देखिन्थ्यो । तर त्यस समूहमा सहभागी महिलाहरु आम नेपाली महिलाभन्दा फरक देखिन्थे । त्यो समूहमा सहभागी महिला देख्दा लाग्दथ्यो मुलुक बदल्ने जिम्मा यिनैको काँधमा छ । यो दृष्य गत जेठको अन्तिमसाता पश्चिम दाङको बाघमारे गाउँमा देखिएको थियो । बाघमारे घोराही बजारबाट करिब चालीस किलोमिटर पश्चिम पर्दछ । जुन ठाउँमा नेपाल सरकारको नामोनिसान भेटिँदैन अहिले । सरकार र ब्रि्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बीच युद्धबिराम भएको करिब एक महिनापछि जनसेनाको एउटा टोली यहाँ देखिएको थियो । जुन सेनालाई माओवादीले पश्चिम सैन्य कमाण्ड, पाँचौ डभिजन, दीघस्मृति ब्रि्रेडको पाँचौ बटालियन भनेर परिभाषित गरेको छ । एक बटालियन अर्न्तर्गत माओवादी जनसेनामा २०० देखि २५० सम्म छापामार रहने गरेका छन् । (more…)

19,June , 2006

संविधानसभाको संरचना कस्तो हुनु पर्छ _५

-दलितहरु बारे
संविधानसभामा प्रतिनिधित्व गर्ने सवालमा ३० लाखभन्दा बढी संख्यामा रहेका दलितहरुको प्रतिनिधित्व बारे नसोचिएमा ठूलो भूल हुनेछ । दलितहरु पनि पहाडिया र तर्राईवासी गरी दुई थरी छन् । पहाडिया दलितहरुको जनसंख्या १६१५५३७ छ भने तर्राईवासी दलितहरुको संख्या १४०५८४९ छ । यी दलितहरुमा पनि कतिपय जातजातिहरु छन् । पहाडिया दलितहरुमा कामी, दमाई, सार्की, गाइने र बादी जातका छन् । उनीहरुको जनसंख्या क्रमसः ८९५९५४, ३९०३०५, ३१८९८९, ५८८७ र ४४४२ छ । तर्राईका दलितहरुमा पनि १७ जात पाइएको छ जसमध्ये चमार ९हरिजन, राम०-२६९६६१, मुसहर-१७२४३४, दुसाध ९पासवान०-१५८५२५, धोबी-७३४१३, खत्वे-७४९७२, तात्मा- ७६५१२, सतार ९संथाल०-४२६९८, झाँगड ९धाँगड०-४१७६४, बाँतर-३५८३९, कहार-३४५३१, माली-११३९०, डोम-८९३१, हलखोर-३६२१, पत्थरकट्टा ९कुशवाडिया०-५२२, राज्यले दलित भनी परिभाष्ति नभएका अन्य सम्भावित दलितहरुमा सोनार-१४५०८८, लोहार-८२६३७ र जात नखुलेका अन्य दलितहरु १७३४०१ संख्यामा पाइएका छन् । ९यी जातजातिहरुलाई दलित भन्ने परिभाषा श्री हीरा विश्वकर्माको दलितहरु को हुन र उनीहरुको पहिचान के हो शीर्षक कार्यपत्रबाट साभार गरिएको हो ।०

जातिय, भाषिक, साँस्कृतिक एवं भोगोलिक भिन्नताका कारण पहाड र तर्राईका दलितहरु बीचको सहकार्य तत्काल सम्भव देखिन्न । तर्सथ उनीहरुले स्पष्ट रुपमा पहाडे र तर्राई दलितको रुपमा अलग अलग सहकार्य गर्दा नै उचित हुने देखिन्छ । पहाडे दलितमा कामी, दमाई र सार्कीहरुले आआफ्नो प्रतिनिधि उठाउन सक्ने संख्यामा छन् । तर गाइने र बादीको संख्या अति कम भएकोले कामी, दमाई र सार्की मध्ये भावनात्मक रुपले नजिक जातका दलितसंग सहकार्य गर्दा बेस हुन्छ । तर्राईका दलितहरुमा कोही छूत जातजातिका छन्, कोही अछूत जातजातिका छन् । हुन त छुवाछूतको कुप्रथालाई कानूनत ४२ वर्षअघि नै अन्त्य गरिसकिएको हो र हालै मात्र पनि नेपाललाई छूवाछूत रहित मुलुक घोषणा गरिएको छ । तर कानून बनाउँदैमा वा घोषणा गर्दैमा व्यवहारमा यो कुप्रथा एकै पटक उन्मूलन हुने होइन । यसलाई त दर्ीघकालीन साँस्कृतिक क्रान्तिले मात्र समाधान गर्न सक्छ । छुवाछूतको सवालमा तर्राईवासीहरु अझ बढी कट्टर देखिएको सर्न्दर्भमा तर्राईका दलितहरुले पनि छूत र अछूत समूह बनाई सहकार्य गरेमा बढीया हुने देखिन्छ । आफै संगठित हुन नसकिरहेका तर्राईका यी दलितहरुलाई गोलबन्द गरी सहकार्य गर्ने गराउने काम भने एउटा कठीन चुनौति नै हो । यसका लागि सम्बन्धित दलितहरु बीच सिघ्रातिशिघ्र सर्म्पर्क, सम्बन्ध, अन्तरकृया, समझदारी को गृहकार्य हुनु जरुरी छ ।

मधिसेहरु बारे
मधिसे भन्नाले तर्राई मूलका सबै जातजातिका मानिसहरु पर्छन् । नेपालको पूरा जनसंख्याबाट पहाडे जातजाति, पहाडे दलित, मधेसका जनजाति, मधिसे दलितहरु र जातजाति नखुलेकाको जनसंख्या घटाउँदा बाकी मधिसे जातजातिको संख्या ३३०८०१८ हुन आउँछ । त्यसमा यादव-८९५४२३, तेली-३०४५३६, कोइरी-२५१२७४, कर्ुर्मी-२१२८४२, संन्यासी-१९९१२७, केवट-१३६९५३, तर्राई ब्राम्हण-१३४४९६, बानिया-१२६९७१, मल्लाह-११५९८६, कलवार-११५६०६, हजाम ९ठाकुर०-९८१६९, कानु-९५८२६, सुढी-८९८४६, नुनिया-६६८७३, कुम्हार-५४४१३, हलवाई-५०५८३, राजपूत-४८४५४, कायस्थ-४६०७१, बर्ढइ-४५९७५, मारवाडी-४३९७१, बर्रइ-३५४३४, लोधा-२४७३८, राजभर-२४२६३, बिण्डा-१८७२०, भेडियार ९गडेरी०-१७७२९, नुराङ-१७५२२, चिडीमार-१२२९६, बंगाली-९८६०, कमार-८७६१, पंजावी-३०५४, धुनियाँ-१२३१, जैन-१०१५ रहेका छन् । यिनीहरुमा पनि १ लाख जनसंख्या नपुगेकाहरुले आपसी सहकार्य गरी साझा प्रतिनिधि चयन गर्नु पर्ने अनिवार्य छ ।

मुसलमान बारे
हुन त मुसलमानहरु धार्मिक समुह नै हुन् । ९७१०५६ संख्यामा रहेका मुसलमानहरुमा विविध जातजातिका मानिसहरु नभएका होइनन् । तर अन्य धर्मका मानिसहरु जस्तै मुसलमानहरु आआफ्नो पहिचान सहित अन्य धर्मावलम्वीहरुसंग नबस्ने प्रकृतिको भएको हुँदा २०५८ सालको राष्ट्रिय जनगणनामा मुसलमानहरुलाई एउटा जात वा जातिकै रुपमा लिइएको हुन सक्छ । संविधानसभाको निर्वाचनमा यिनीहरुलाई धार्मिक रूपमा नभई जातिगत रुपमै उठाउन पर्ने देखिन्छ ।

महिला बारे
महिला भनेको मानव समाजको आधा हिस्सा हो । जनआन्दोलन-२ ले स्थापित गरेको वर्तमान संसदले राज्य व्यवस्थामा महिलाहरुका लागि ३३ प्रतिशत सहभागिता वा प्रतिनिधित्वको संकल्प प्रस्ताव पारित गरेको छ । यस प्रस्तावले महिलाहरुको समानताको हकलाई अझै पूर्ण रुपले स्वीकार्न सकेको छैन । आधा आकाश ढाक्ने महिलाहरुलाई ३३ प्रतिशत मात्र किन रु आधै हिस्सा दिनु पर्छ । त्यसैले संविधानसभामा महिलाहरुको ५० प्रतिशत नै प्रतिनिधित्व हुनु पर्दछ । सबै जात, जाति, दलित, मधिसे र मुसलमानले प्रतिनिधि उठाउँदा आधा पुरुष आधा महिला उठाउनु पर्छ । क्रमसः
२००६ जुन १९
- महेश्वर श्रेष्ठ

18,June , 2006

शाही सत्ताका निरंकुश मन्त्रीद्वय रिहा, खुमबहादुरलाई सफाई

Filed under: समाचार

सर्वोच्च अदालतको आदेशमा तत्कालिन निरंकुश शाही सरकारका गृहमन्त्री कमल थापा र स्थानीय विकास मन्त्री टंक ढकाल आज रिहा गरिएको छ भने नेपाली कांग्रेसका नेता तथा पूवर्् गृहमन्त्री खुमबहादुर खड्काले बक्राह नदी नियन्त्रण प्रकरणमा सफाइ पाएका छन् ।निरंकुश सत्ताका थापा र ढकाललाई सर्वोच्च अदालतका न्यायाधीशहरु शारदाप्रसाद पण्डित र बद्रीकुमार वस्नेतको संयुक्त इजलासले दिएको आदेशमा आइतबार तीन बजे जिल्ला अदालत काठमाडौंको रोहबारमा रिहा गरेको हो । जनआन्दोलन दबाउन सक्रिय रहेको आरोपमा थुनामा परेका पर्ूव मन्त्रीहरु थापा र ढकालले आफूहरुलाई गैरकानूनीरुपमा थुनामा राखिएको दाबी गरी सर्वोच्च अदालतमा गत जेठ २२ गते छुट्टाछुट्टै वन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । रिटमा पूव मन्त्रीद्वयले आफूहरुले शान्ति सुरक्षामा खलल पुग्ने कुनै काम नगरेको जनाउँदै सरकारको दाबी झुट्टा भएकोले आफूहरुलाई थुनामुक्त गर्नुपर्ने माग गरेका थिए । शाही सरकारका मन्त्रीद्वय थापा र ढकाललाई सरकारले शान्ति सुरक्षा खल्बलाउन गोप्य बैठक गरेको, जनआन्दोलनमा दमन गरेको भन्दै उनीहरुलाई गएको बैशाख २९ गते गिरफ्तार गरी ३ महिनाको थुनुवा पूर्जी दिएको थियो । उनीहरुलाई नेपाल प्रहरीको २ नम्वर गण महाराजगञ्ज राखिंदै आएको थियो ।यसैबीच, अख्तियार दूरुपयोग अनुसन्धान आयोगले बक्राहा नदी नियन्त्रणका नाममा तत्कालिन निर्माण तथा यातायात मन्त्री रहेको बखत नदि नियन्त्रणका क्रममा व्यापक भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा दायर गरेको मुद्दामा आज सफाइ मिलेको छ ।खोजतलास

17,June , 2006

संविधानसभाको संरचना कस्तो हुनु पर्छ (४)

अस्तित्वको समानता र सांख्यीक समानुपातिकता

अस्तित्वको सवालमा संख्या र आकारको अर्थ रहँदैन । ३०-३५ हजार जनसंख्या भएको मुलुक माल्दिभ्स र सवा अरबभन्दा बढी जनसंख्या भएको चीन अस्त्िवका हिसाबले समान छन् । आकारको हिसाबले माल्दिभ्स र रुसबीच अथवा एउटा कमिला र हात्तिबीच तुलना गर्नु हास्यास्पद काम होला तर अस्तित्वका हिसाबले माल्दिभ्स र रुस अथवा कमिला र हात्ति पनि समान छन् । यही कुरा नेपालका सबै जातजातिको सम्बन्धमा पनि लागु हुन्छ । तर्सथ यहि अवधारणामा आधारित भएर यो पंक्तिकार नेपालको राज्यव्यवस्थाका सबै अंगहरुमा सबै जातजातिको समान पहुँच हुनु पर्छ अथवा सबै जातजातिको समान अस्तित्वलाई स्वीकार गरिनु पर्छ भन्ने मान्यता राख्दछ ।साना र ठूला, बहुसंख्यक र अल्पसंख्यकको समान अस्तित्वको कुरा भनेको आधारभूत समानताको कुरा हो । त्यसको अर्को पाटो अथवा उनीहरुको संख्यालाई बिर्सिएमा वा महत्व नदिएमा समान अस्तित्वको अवधारणा स्वयम् लंगडो, अव्यावहारिक, अस्वीकार्य र असफल हुनेछ । किनकि निरपेक्ष समानता व्यवहार लागु हुनै सक्तैन । (more…)

16,June , 2006

संविधानसभाको निर्वाचनको लागि महिना दिनमा अन्तरिम संविधान-सरकार बनाउने निर्णय

Filed under: समाचार

prachanda
वर्षदिनमा संविधान सभाको चुनाव गर्न महिना दिन भित्र अन्तरिम संविधान र सरकार निर्माण गर्ने लगायत ८ बुँदे महत्वपुर्ण निर्णय गर्दै सातदल र माओवादीका नेताहरु बिच २ असारमा भएको शिखर वार्ता सम्पन्न भएको छ। प्रधानमन्त्री निवास वालुवाटारमा मध्यान्ह करिव १२ बजे शुरु भएको उक्त वार्ता बेलुकी करिव ७ बजे सकिएको थियो।
शिखर वार्ता लगत्तै दुईपक्षिय वार्ता टोलीको बैठकले १५ दिन भित्र अन्तरिम संविधानको मस्यौदा गर्न ६ सदस्यीय समिती गठन गरेको छ। सर्वोच्च अदालतका पुर्व न्यायाधीश लक्ष्मणप्रसाद अर्यालको संयोजकत्वमा रहेको उक्त समितिका अन्य सदस्यमा नेपाल वार एसोसियसनका पुर्व अध्यक्षहरु हरिहर दाहाल र सिन्धुनाथ प्याकुरेल वर्तमान अध्यक्ष शम्भु थापा, पुर्व महान्याधिवक्ता महादेव यादव र अधिवक्ता खिमलाल देबकोटा हुनहुन्छ। संयोजक अर्याल लोकतान्त्रिक आन्दोलनमा सक्रिय सहभागि हुनुहुन्थ्यो। दाहाल नेपाली काँग्रेस, प्याकुरेल पुर्व माओवादी, थापा एमाले र यादब प्रजातान्त्रिक काँग्रेस समर्थक तथा दाहाल माओवादी जनयुद्धमा सरिक कानुनविद् हुनुहुन्छ।
baburam and prachanda सतिमितले १५ दिन भित्र वार्ताटोलीलाई बुझाइएको मस्यौदा वार्ताटोलीले शिखर वार्तामा प्रस्तुत गर्ने छ। सहमतिको पहिलो बुँदामा सातदल-माओवादी विचको १२ बुँदे सहमति तथा युद्धविराम आचार संहिताको इमान्दारि पुर्वक पालना गर्ने दृढता छ भने दोश्रो बुँदामा प्रतिष्पर्धात्मक बहुदलिय शासन, नागरिक स्वतन्त्रता, मौलिक हक, मानवअधिकार, प्रेस स्वतन्त्रता तथा कानुनी राज्यको अवधारणा लगायत लोकतान्त्रिक मुल्यप्रति प्रतिवद्धता व्यक्त गर्दै शान्तिपुर्ण गतिविधि सञ्चालन गर्ने उल्लेख छ। संविधानसभाको स्वतन्त्र तथा निष्पक्ष निर्वाचनको लागि दुबै पक्षको सेना र हतियारको व्यवस्थापनमा सहयोग र अनुगमन गर्न संयुक्त राष्ट्रसंघलाई अनुरोध गर्ने निर्णय पनि गरिएको छ। चौथो बुँदामा ‘विद्यमान लोकतान्त्रिक अधिकारको प्रत्याभुति र १२ बुँदे समझदारी तथा आचार संहिताको प्रतिवद्धता पुर्वक अन्तरिम संविधान-सरकारको निर्माण र संविधानसभा चुनावको मिति घोषणा, सहमतिद्वाारा अर्को व्यवस्था गरी प्रतिनिधिसभा र माओवादीको जनकारकारहरु विघट्न गर्ने’ उल्लेख छ। माओवादी अध्यक्ष प्रचण्डले महिना दिनमा निर्माण हुने अन्तरिम संविधान-सरकारसंगै प्रतिनिधि सभा र जनसरकार बिघट्न गरिने बताउनु भयो। त्यसैगरी शिखर वार्ताले संविधान सभाको निर्वाचनको आवश्यकता अनुसार पर्यवेक्षण र अनुगमन गराउने र उक्त निर्वाचनमार्फत राज्यको सहभागितामुलक अग्रमागि पुर्नसंरचना गर्ने, युद्धविरामलाई स्थाई शान्तिमा परिणत गर्ने तथा वार्ताको माध्यमबाटै समस्यको समाधान गर्ने लगायतका निर्णय गरेको छ। baburam, prachanda and madhab वार्तापछि आयोजित पत्रकार सम्मेलनमा माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एमालेका महासचिव माधवकुमार नेपाल तथा नेका प्रजातान्त्रिकका अध्यक्ष शेरबहादुर देउवाले शान्तिप्रतिको प्रतिवद्धता प्रकट गर्नुभएको थियो। दिनभरी जसो चलेको वार्ताको क्रममा निशस्त्र रुपमा सरकारी र माओवादी सुरक्षाकर्मीहरु प्रधानमन्त्री निवासमा सक्रिय थिए। वार्ता सकिए पछि प्रधानमन्त्री निवासबाट नेताहरु निस्किदा पत्रकार सम्मेलनस्थलसम्म दुबैतिरका सुरक्षाकर्मी दुईतिर लाईन लागेर बसेका थिए। उनीहरुले संयुक्त रुपमै सम्मेलनस्थलको व्यवस्थापन गरेका थिए। माओवादीका विशेष केन्द्रीय कमाण्डका प्रमुख डेपुटी कमाण्डर वर्षमान पुन (अनन्त) र त्यस अन्तर्गतको डिभिजन कमाण्डर विविधले माओवादी सुरक्षाकर्मीको नेतृत्व गरेका थिए।
prachanda, madhab and serbahadur प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले हालै व्यक्त गर्नुभएको ‘सेरोमोनियल किंग’ राख्ने धारणा वारे प्रचण्डले आफुहरु लोकतान्त्रिक गणतन्त्रको मुद्दा लिएर संविधानसभामा जाने बताउनु भयो र भन्नुभयो, “कसैलाई ‘सेरोमोनियल किंग’ राख्ने इच्छा भए संविधानसभामा त्यो धारणा व्यक्त गर्न पाउँछ।” पत्रकार सम्मेलनमा प्रधानमन्त्री कोइराला भने स्वास्थ्यका कारण अनुपस्थित भएको जानकारी दिइएको थियो। (more…)

सफल रहोस आजको शिखर बार्ता

शुक्रबार आसार २
बाह्र वर्षम्म चलेको असान्ती हिंसा हत्या र अन्यौललाइ समाप्त पार्नको लागी आज शिखर वार्ता हुदैछ नेपाल सरकारका प्रधानमन्त्री र नेकपा माओबादीका अध्यक्ष प्रचण्ड बिच । छलफल हुने कुराहरु भैसके , सहमतीमा आउने बुदाहरु लेखिइसके, आफुहरु कुन बिन्दु सम्म ओर्लन सक्नेहुन माओबादीहरुले तोकिसके , आफुहरु कुन बिन्दु सम्म उक्लन सक्ने हो तोकिसके नेपाल सरकारका प्रतिनीधी हरुले । प्रचण्ड सकेसम्म राजनितीक मुलधारमा आउन आँतुर छन र गिरीजालाइ जनताको भावना भन्दा पाटीको निती , राजाको खुसी , भारतको चहना, आफ्नो हठ सबै पुरा गर्नु परेको छ । आज नेपालका दुबै ठुला हस्तीको औपचारीक भेट हुँदै छ । प्रचण्ड आफ्नो अडान भन्दा एक कित्त पनि तल नझर्ने पनि निश्चित छ यदी गिरीजा पनि आफ्नै हठमा लागे भने आजको वार्ता पुन क्रमश हुन्छ र बिस्तारै सान्तीको बाटोमा काला बादलका धब्बाहरु देखिन थाल्नेछन र उहि प्रक्रिया अगाडी बढ्ने छ जसरी बिगतमा भएका बार्ताहरुमा भएका थिए । आशा गरौं आजको शिखर बार्ताले नेपाली जनताको खुसीलाइ बार लगाउने काम नगरोस र नेपाली जनताले फेरी कुनै शासक र शासनका बिरुद्दमा युद्दको विगुल फुक्नु नपरोस ।

सुध्र बाबु सुध्र ….

धेरै भएको थियो उनको पुत्ला नजलाएको , धेरै दिन भएको थियो उनको बिरुद्दमा जुलुस ननिस्कीएको , धेरै दिन भएको थियो उनलाई जनताहरुले गाली नगरेको , नसरापेको , अनि धेरै दिन भएको थियो उनि बिबादमा नपरेको । तर पुरानो बानी त्यती छिटै कहाँ छुट्थ्यो र ? अरुले सरापे भने सराप लाग्नुको बदला आयु बढ्छ भन्ठानेर हो कि के हो उनलाइ जनताको गाली असाध्यै मन पर्छ । हिसाबै गर्ने हो भने यो देशमा उनका जती पुत्ला कसैका जलेनन् । त्यै पुत्ला जलाएको उल्टो असर भएर हो कि के हो उनि त झन झन दिर्घाजीबी हुदै गइरहेका छन । रेकर्ड माथी रेकर्ड तोड्दै गइरहेका छन । शाही सरकारको पालामा लामो समय सम्म जनताको वाह वाह र ताली पाउँदै आएका उनलाइ अब ताली र वाह वाह प्रति कुनै मोह छैन । उनलाई त त्यही घृँणा , गाली, बहिस्कार नै मन पर्छ । एक्काइस जनाको वलिदान र हजारौंले पाएको असिम पिडा र क्षतीबाट आएको लोकतान्त्रीक गणतन्त्रको हावालाइ छेक्ने जुन प्रयास गरे जसकारण आजको साइतमा पुन उनको पुत्ला जल्यो र जनताको नजरमा म उहि हुँ जो पहिला थिँए भन्ने देखाउन खोजे । शाही सरकारको पालामा लोकतन्त्रको बिरुद्दमा कुनैपनि सम्झौत गर्दिन भन्दै अटल रहेका उनले त्यो बेला राजाले भनेको कुनै कुरा पनि मानेनन्, आफुले भनेको नटेरे पछि भारतिय राजदुत मार्फ पुन दवाब दिइयो त्यो हुदा पनि टेरेनन् , त्यसपछी सिधै नयादिल्लीबाट फोन गर्न लागाए त्यस्ले पनि कुनै असर नगरेपछि अन्तत भारतिय दुत आएर राजालाइनै घुँडा टेक्नुनै उत्तम हुने सल्लाह दिएर गएपछी राजालेनै घुँडा टेके । तर राजाले के र्सतमा घुडा टेके त्यो भने अहिले सम्म थाहा भएको छैन । त्यतिबेला लाग्थ्यो उनि साँच्चै परिवर्तन भएछन , अब भने जनताको नेता भएछन , बिगतमा गरेका सम्पूर्ण पाप पखाल्ने भए भन्ने तर के यस्तो हुन्थ्यो , बाह् बर्ष कुकुरको पुच्छर ढुंग्रामा राखेपनि घुम्रिएको घुम्रिएकै बस्छ भनेझै उनि फेरि उहि पुरानो पारामा फर्किइ हाले ।अस्ति सम्म जरा उखेलेर फाल्ने भाषण दिने उनि हिजो देखी फेरी उसलाइ पुजा गर्नुपर्छ भनेर भन्न थालेका छन । राजा भएन भने झन संकट उत्पन्न हुन्छ भन्दै फेरि संबैधानिक राजतन्त्रको कुरा गर्न थालेका छन । हुन त सबैलाइ थाहा छ , जब जब उनि भारत जान्छन तब तब केहि न केहि उल्टा सुल्टा काम गरिहाल्छन । यसपाली पनि भारत बाट आउना साथै उनि परिवर्तन भएका हुन । हैन यो भारत के चाहन्छ ?यतापनि ठिक्क उता पनि ठिक्क ।यो त दहिचिउरे पारा भएन र ? त्यसैले उनलाइ म भन्छु सुध्र बाबु सुध्र यो बेलामा सुध्रिएनौ भने अब धेरै दिन बाँकि छैन सुध्रिनको लागी ।
नोट — उनि अर्थात …..रिजा बाबु
…रिजा बाबु अर्थात नेपाल सरकारका ….धानमन्त्री

15,June , 2006

दोस्रो वार्ता सम्पन्न

Filed under: समाचार

कृष्ण ढुंगाना/काठमाडौं
युद्धविराम राष्ट्रिय अनुगमन समिति गठन गर्ने लगायतका तीन महत्वपूर्ण निर्णय गर्दै सरकार-माओवादी दोस्रो वार्ता बिहीबार सम्पन्न भएको छ। ललितपुरको होटल हिमालयमा भएको वार्तामा मानवअधिकारको अनुगमन गर्न संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयलाई अनुरोध गर्न दुवै पक्ष सहमत भएका छन्।पहिलो वार्ताको २० दिनपछि भएको बिहीबारको वार्ताले डा. देवेन्द्रराज पाण्डेको स‍ंयोजकत्वमा ३१ सदस्यीय युद्धविराम राष्ट्रिय अनुगमन समितिको गठन गरेको छ। समाजका विभिन्न क्षेत्रका व्यक्तित्वहरु सो समितिमा परे पनि शाही सरकारले मनोनित गरेका पदाधिकारी रहेको राष्ट्रिय मानवअधिकार आयोगलाई भने कुनै जिम्मेवारी दिइएको छैन। यसैगरी सरकार-माओवादीबीच हुने वार्ताको पर्यवेक्षण गर्न पाँच सदस्यीय टोली गठन गरिएको छ। वार्ता पर्यवेक्षकहरुमा पूर्व न्यायाधीश लक्ष्मणप्रसाद अर्याल, नागरिक समाजका देवेन्द्रराज पाण्डे, मथुराप्रसाद श्रेष्ठ एवं यसअघिको वार्तामा सहजकर्ता रहिसक्नुभएका पद्मरत्न तुलाधर र दमननाथ ढुंगाना रहनुभएको छ।दुई घण्टा लामो वार्तापछि आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै सरकारी वार्ता टोलीका संयोजक एवं गृहमन्त्री कृष्णप्रसाद सिटौलाले शान्ति र अग्रगमन जनताको चाहना भएकाले वार्ताले अत्यन्त सकारात्मक परिस्थितिको सिर्जना गरेको बताउनुभयो। ‘हामी परस्परमा विश्वासका साथ अघि बढेका छौ, यसमा शंका गर्न आवश्क छैन।’ सिटौलाले भन्नुभयो। अत्यन्त प्रसन्न मुद्रामा पेश हुनुभएका सिटौलाले चाँडै नै शिखर वार्ता हुने जानकारी सञ्चारकर्मीहरुलाई दिनुभयो। तर उहाँले मिति भने तोक्नु भएन। पत्रकार सम्मेलनमा करिब ७ मिनेट बोलेर ‘मलाई हतार छ म र देव गुरुङ जान्छौं’ भन्दै उहाँ निस्कनु भएको थियो। ‘तपाइँहरु कहाँ जान लागेको’ भन्ने पत्रकारको प्रशनमा सिटौलाको जवाफ थियो- ‘हामी काममा जान लागेको।’पत्रकार सम्मेलनमा माओवादी वार्ता टोली संयोजक कृष्णबहादुर महराले शीर्षस्थ नेताहरुबीच हुने शिखर वार्ताको वातावरण बन्दै गएको बताउनुभयो। ‘अहिले देखिएको आशंका शिखर वार्ताले निवारण गर्नेछ’ महराले भन्नुभयो।
प्रधानमन्त्री कोइरालाले बुधबार विराटनगरमा सेरेमोनियल किंग राख्नुपर्छ भनेर दिएको अभिव्यक्तिप्रति महराले भन्नुयो- ‘सबै कुराको निर्णय संविधानसभाबाट गरिनुपर्छ। जनता कुनै पनि किसिमको राजतन्त्रको पक्षमा छैनन्।’ आफूहरु अहिले देखिएका सबै कुरा लिएर जनतामा जाने महराले बताउनुभयो। पहिलो वार्तापछिका २० दिनको बीचमा भएको गृहकार्य निकै उपलब्धिपूर्ण भएको उहाँको कथन थियो।वार्ता शान्तिमा केन्द्रित भइरहेको भन्दै दुवै तर्फका वार्ता टोली संयोजकले सञ्चारकर्मीहरुलाई संविधानसभाको वातावरण बनाउन सहयोग गर्न आह्वान गरे।
२:१५ देखि सुरु भएको वार्ता ४:१० सम्म चलेको थियो। होटलको तेस्रो तल्लाको उत्तर दक्षिण लम्बाई भएको हलमा भएको वार्तामा सरकारी वार्ता टोली पश्चिमतर्फ थियो भने (more…)

दोस्रो चरणको वार्ता आज

Filed under: समाचार

बिहिबार, असार,१
सरकार–माओवादीबीच दोस्रो चरणको वार्ता आज (१ असार) अपरान्ह दुई बजेदेखि हिमालयन होटेल कोपुन्डोलमा हुँदैछ।सरकारी तथा माओवादी वार्ताकारहरुबीच आज बिहान बसेको बैठकपछि यो निर्णय भएको थियो। आजको वार्तामा विशेषगरी अन्तरिम विधान, अन्तरिम सरकार, १२ जेठमा सम्पन्न पहिलो चरणको वार्ताले पारित गरेका आचार–संहिताको अनुगमन, संविधानसभाको निर्वाचन अगाडि नै हतियारको व्यवस्थापन, शीर्ष नेताहरुबीचको भेटघाटलगायतका विषयमा छलफल हुने बताइएको छ। आजको वार्ताका निर्णयहरुलाई प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्डबीच हुने शिखर वार्ताले अनुमोदन गर्ने बुझिएको छ।

13,June , 2006

पत्रकार जगतमा आएको यो भूकम्प …

आजले ठ्याक्कै दुई हप्ता भयो ढाडको समस्याले यो पंक्तिकार आछ्यान परेको । वर्तमान नेपालको अत्यन्त तरल राजनीतिक स्थिति र नेपाली जनताको भविष्य बारे चासो र चिन्ता राख्ने, विविध प्रकारका मानिसहरुसंग भेटघाट र गफसफ गर्नु पर्ने यो मान्छेलाई घरको बिछौनामा कुञ्जिएर बस्नु जस्तो उराठ लाग्दो काम के हुन सक्ला - एफएम सुनेर र पत्रिकाहरु पढेर दिक्दार भएको बेला समवेत विचारका शुभचिन्तक तथा इष्टमित्रहरु फोन गर्छन् । सहानुभूति व्यक्त गर्छन् । सिघ्र स्वास्थ्य लाभको कामना गर्छन् । कतिपय अत्यन्त नजिकका साथीहरु घरमै आउँछन् । सुती सुती खाने भाग्य जुरेछ भनी ठट्टा गर्छन् । शरीरमा पीडा भए पनि साथीहरुको त्यस व्यंगलाई मप्रति उनीहरुको आत्मीयताको प्रदर्शन हो भन्ने बुझेर ुहो त नि । मेरो अलिकति भाग्य तिमीहरुलाई पनि बाँडेर दिउँ कि - भनी प्रतिव्यंग गर्छु । अरु दिन जस्तै हिजो बिहान पनि एफएम रेडियोबाट विभिन्न समाचारपत्रहरुबाट उधृत गरेर दिइने ुसमाचार सारु सुन्दै थिएं । त्यसै क्रममा नेपाल समाचारपत्रको हवाला दिंदै शान्तिका लागि प्रचार प्रसार गरी योगदान पुर्‍याए वापत विगतको निरंकुस शाही सरकारबाट आर्थिक लाभ गर्ने कान्तिपुर र अन्नपूर्ण पोष्ट लगायतका गरी ८४ पत्रकारहरुको पर्दाफास शीर्षक समाचार सुन्दा मन असाध्य अमिलो भयो । कान्तिपुर दैनिकको त म वाषिर्क ग्राहक नै हुँ । तर उक्त समाचार सारमा कान्तिपुरकै पत्रकारहरुलाई समेत मुछिएको हुँदा त्यसमा निरंकुस शाही सरकारको हण्डी खाने पत्रकारहरुको नाम छापिन्न कि भन्ने आशंकाले छोरालाई नेपाल समाचापत्र किनेर ल्याउन दौडाएँ । फर्केर आउँदा छोराले दुबै पत्रिका एकै साथ ल्याइदियो । आरोपित पत्रकारहरुको नामावली थाहा पाउन आतुर हुँदै पत्रिका पल्टाएर पढ्न थाल्दा छाँगोबाट खसे झैं भयो । बुझिलिएको रकम कलम हेर्दा २ हजारदेखि १० लाख रुपियासम्म लिनेको नाम छापिएको छ । अविश्वासले केही क्षण त मेरा दुबै आँखा विस्फारित रहे । (more…)

12,June , 2006

शाही सरकारबाट रकम बुझ्ने पत्रकारहरू

Filed under: समाचार

कास
शाही सरकारले निरंकुशततन्त्र मजबुत बनाउन विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार/संस्थालाई रकम उपलब्ध गराएको पाइएको छ । शान्तिका लागि प्रचारप्रसार गरिदिन सञ्चार मन्त्रालयले ८४ पत्रकारलाई दशैंअघि गत असोजमा र शाही मन्त्रिपरिषद्ले माघ १३ गते निर्णय गरी ७५ लाख रुपैयाँ दिएको हो । रकम लिने नाममा परेका पत्रकारमध्ये तीर्थ कोइराला, बबिता बस्नेत र अर्जुन खड्काले रकम नलिएको दाबी गर्दै बद्नाम गराउने षड्यन्त्र भएको बताए । ‘यसलाई मैले कानुनी अपराधभन्दा पनि नैतिक विषयका रूपमा लिएको छु । आफूले लिएको प्रमाणित गर्न मेरो हस्ताक्ष्ार रहेछ भने जाँच गर्न चुनौती र माग गर्छु,’ कोइरालाले भने ।


वितरित रकम विवरण

१. राष्ट्रिय पत्रकार महासंघ -जसोधा प्रधान) १,२६,०००
२. राष्ट्रिय पत्रकार महासंघ -जसोधा प्रधान) ४,९५,०००
३. राष्ट्रिय पत्रकार महासंघ -निरोधराज पाण्डे) १०,०००००
४. नेपाल केवुल टेलिभिजन संघ -हरिशरण लामिछाने) २,००,०००
५. राष्ट्रिय पत्रकार संघ काठमाडौं -यज्ञ ढकाल) २०,०००
६. रिपोटर्स क्लब -ऋषि धमला) २०,०००
७. सम्पादक/प्रकाशक महासंघ -देवेन्द्र गौतम) १,८०,०००
८. साहित्यिक पत्रकार संघ -राधेश्याम लेकाली) २,००,०००
९. नेपाल चलचित्र कलाकार संघ -रमेश बुढाथोकी) ३,००,०००
१०. राष्ट्रिय प्रेस क्लब नेपाल -रामकृष्ण कर्माचार्य) २०,०००
११. आर्थिक तथा सामाजिक सचेतनाको लागि सञ्चार
-ओजश्वी गौतम) ३०,०००
१२. सूचना विभाग १,२५,०००
१३. राष्ट्रिय समाचार समिति ६,००,०००
१४. सम्पादक समाज नेपाल -देवेन्द्र गौतम) १,८०,०००
१५. नेपाल बुद्धिजीवी एवं सम्पर्क मञ्च -श्रीकृष्ण पौडेल) ६०,०००
१६. जयन्त केसी जनकपुर १०,०००
सञ्चार राज्यमन्त्रीको निजी सचिवमार्फत
१७. मनोज सिंह जलेश्वर १०,०००
१८. रामकिसुन यादव -राजविराज) १०,०००
१९. सुमन कार्की, इटहरी १०,०००
२०. विष्णुकुमार दास १०,०००
२१. शम्भु दाहाल, रामकोट, काठमाडौं १०,०००
२२. महेन्द्र थापा, भोजपुर १३,०००
२३. मोहन श्रेष्ठ, गोरखा १७,०००
जम्मा रु. ३६,४६,०००
शान्तिको प्रसार गरी योगदान पुर्‍याउने’ नाममा रकम बुझ्नेहरू
१. खगेन्द्रराज सिटौला, युग सम्वाद ६,०००
२. अनारसिंह कार्की, काठमाडौं १०,०००
३. सुरेश शर्मा, इमेज टीभी च्यानल ६,०००
४. गोकर्णदेव पाण्डे, वरिष्ठ पत्रकार १०,०००
५. केवि मरहठा, जनभावना ६,०००
६. युवराज विद्रोही, काठमाडौं १०,०००
७. शरदचन्द्र वस्ती, कान्तिपुर टिभि ८,०००
८. तीर्थ कोइराला, कान्तिपुर टिभि ८,०००
९. नरेन्द्र उपाध्याय, द. टेलिग्राफ ८,०००
१०. मोहन दाहाल, स्वतन्त्र ७,०००
११. जीवराम भण्डारी, राजधानी १०,०००
१२. रामहरि चौलागाईं, सञ्चार समूह १०,०००
१३. सूर्य खड्का, नवप्रतिपक्ष ५,०००
१४. मदनकुमार श्रेष्ठ, मध्यान्ह ५,०००
१५. शम्भू श्रेष्ठ, दृष्टि साप्ताहिक ५०,०००
१६. प्रहृलाद रिजाल, साँझको समाचार ५,०००
१७. घनश्याम अधिकारी, अन्तर्राष्ट्रिय मञ्च ४,०००
१८. सुदर्शन आचार्य, रुपरेखा ५,०००
१९. यादव देवकोटा, युग सम्वाद ५,०००
२०. पूर्ण कार्की, जनभावना ५,०००
२१. कुमार यात्रु, राजधानी ५,०००
२२. युवराज गौतम, गोरखापत्र १५,०००
२३. केदार आचार्य, स्वतन्त्र ५,०००
२४. रामचन्द्र न्यौपाने, जनसत्ता ७,०००
२५. निरोधराज पाण्डे, जनभावना १०,०००
२६. सोमनाथ घिमिरे, युग सम्वाद १०,०००
२७. प्रज्ज्वल घिमिरे, स्वतन्त्र ३,०००
२८. दीपक पाठक, मार्गदर्शन खबर ६,०००
२९. देवेन्द्र चुडाल, वानेश्वर ५,०००
३०. रेमशराज पौडेल, घटना विचार ३,०००
३१. लेखनाथ कोइराला, काठमाडौं ५,०००
३२. सुदर्शनराज पाण्डे, उत्थान साप्ताहिक, पर्सा ५,०००
३३. भद्रनाथ अधिकारी, ग्रामीण समाचार, पर्सा ५,०००
३४. गोविन्द पोखरेल, स्वतन्त्र ५,०००
३५. नरेन्द्रविलास पाण्डे, काठमाडौं ८,०००
३६. कर्णप्रखर धिताल, घटना विचार ३,०००
३७. केशव अर्याल, नेपाली पत्र ४,०००
३८. वासुदेव दाहाल, घटना विचार ३,०००
३९. सन्तोष न्यौपाने, इमेज टिभी ४,०००
४०. विश्वराज खनाल, अन्नपूर्ण पोस्ट ४,०००
४१. भगवान त्रिपाठी, काठमाडौं ५,०००
४२. झा ४,०००
४३. हरि लम्साल, काठमाडौं ५,०००
४४. डिल्लीराम निर्भिक, काठमाडौं ५,०००
४५. राजेश मिश्र, जी न्यूज ७,०००
४६. यादव थपलिया, नेपाल आवाज ५,०००
४७. मुकुन्द दाहाल, नेपाल-१ ५,०००
४८. बालकुमार नेपाल, अन्नपूर्ण पोष्ट ४,०००
४९. देवराज अर्याल, युग सम्वाद ४,०००
५०. ज्ञानहरि अधिकारी, युग सम्वाद ४,०००
५१. अर्जुन खड्का, कान्तिपुर टिभी ४,०००
५२. जसुदा प्रधान, पिपल्स रिभ्यु ५,०००
५३. पूर्णलाल चुके, बाँके ५,०००
५४. रेवतिरमण सुवेदी, श्रमजीवी ५,०००
५५. नकुल काजी, विवेचना ५,०००
५६. जगदिश शर्मा, प्रतिक दैनिक ५,०००
५७. केशव पौडेल, काठमाडौं ४,०००
५८. महेशचन्द्र गौतम, सिमाना साप्ताहिक ५,०००
५९. अनिलकुमार अनल, राजविराज ५,०००
६०. शिशुप्रसाद देवकोटा, राजविराज ५,०००
६१. हरि मण्डल, महोत्तरी ५,०००
६२. वविता बस्नेत, घटना विचार साप्ताहिक ५,०००
६३. कृष्णराज पाण्डे, स्वतन्त्र ७,०००
६४. उद्धव सिलवाल, राजधानी ३,०००
६५. दीपक पुडासैनी, जनसत्ता ५,०००
६६. विकल श्रेष्ठ, नेपाल न्यूज ५,०००
६७. कृष्ण खोजु, भक्तपुर ३,०००
६८. जयप्रसाद दाहाल, काठमाडौं ५,०००
६९. पवन थापा, हिन्दु साप्ताहिक ५,०००
७०. रमेश खड्का, धरहरा टाइम्स ५,०००
७१. मोहन श्रेष्ठ, घटना विचार ५,०००
७२. मोहन ढुंगेल, घटना विचार ४,०००
७३. नारायण न्यौपाने, काठमाडौं ४,०००
७४. यज्ञ ढकाल, साप्ताहिक आवाज ५,०००
७५. ईश्वर खनाल, हिमालय टाइम्स ४,०००
७६. पूर्णबहादुर थापा, स्वतन्त्र ३,५००
७७. विशाल खत्री, स्वतन्त्र ३,०००
७८. यदुनाथ अधिकारी, स्वतन्त्र ५,०००
७९. अम्मर भुजु, दलव साप्ताहिक ३,५००
८०. डिल्ली वसेल, च्यानल नेपाल ४,०००
८१. रामचन्द्र तिवारी, दिव्य दर्शन ५,०००
८२. श्याम निरौला, रासस २,०००
८३. विश्व वि. मोहन श्रेष्ठ, प्रेस काउन्सिल ५,०००
८४. गोपिकृष्ण खनाल, नयाँ कामना, झापा ५,०००

सरकार-माओवादी शिखर वार्ता चाँडै हुने

Filed under: समाचार

काठमाडौं, जेठ २९
नेकपा माओवादीका प्रवक्ता तथा माओवादी वार्ता टोलीका संयोजक कृष्णबहादुर महराले अबको एक-दुइ दिनमै सरकार र माओवादीबीच शिखर वार्ता हुने खुलासा गर्नुभएको छ ।उहाँले सरकारसँगको वार्ता छिट्टै निष्कर्षा पुग्न लागेको जानकारीसमेत दिनुभयो ।सोमबार रिपोर्टस् क्लवमा आयोजित साक्षात्कार कार्यक्रममा प्रवक्ता महराले सात दल संसदलाई निष्कृय बनाउन सहमत भएपछि सरकारसँगको द्वन्द्व कम भएको बताउनुभयो । उहाँले सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री कृष्णप्रसाद सिटौला र माओवादी अध्यक्ष प्रचण्डबीच आइतबार कास्कीको सिक्लेसमा भएको तीन घण्टा लामो वार्ताले आपसी आशंका हटाएको दाबी गर्नुभयो । ‘वार्ता अत्यन्तै सफल र सकारात्मक रहृयो, सरकारले गरेको प्रतिवद्धतालाई हामीले सहीरुपमा लिएका छौ’- महराले भन्नुभयो- ‘सरकारले संसद विघटन गर्न र स्वदेश तथा विदेशमा बन्दी जीवन बिताइरहेका हाम्रा कार्यकर्ता छुटाउन आश्वासन दिएको छ ।’प्रचण्डसँगको औपचारिक वार्तामा नेपालमा बन्दी जीवन बिताइरहेका तीन सयभन्दा बढी आफ्ना कार्यकर्ताहरुलाई छोड्न सरकार सहमत भएको महराले जानकारी दिनुभयो । मुलुकमा छ महिनाभित्र संबिधानसभाको निवार्चन गराएर दिगो शान्ति स्थापनाको मार्गमा आफूहरु अघि बढिरहेको जानकार ििददै महराले दुबै पक्ष लचकताका साथ प्रस्तुत भएकोले वार्ता निस्कर्षा पुग्ने विश्वास पनि व्यक्त गर्नुभयो ।महराले अब हुने वार्तामा संसदलाई निरन्तरता दिनुपर्ने सात दलको निस्कर्षर बृहत राजनीतिक सम्मेलन गर्ने माओवादीको मागका बारेमा छलफल हुने जानकारी दिनुभयो ।
राजनीतिक दलहरुसँग वैचारिक द्वन्द्व कायम रहेको स्वीकार गर्दै महराले राजनीतिक निर्ण्र्ााा आधारमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो । राजनीतिक निर्ण्र्ाागरेर अघि बढ्नुपर्नेमा कानूनी प्रयोगबाट अलमल गर्न खोजिएकाले माओवादीले संसद विघटनको माग राखेको उहाँको भनाइ थियो ।महराले प्रधानमन्त्रीको भारत भ्रमणलाई आफ्नो पार्टर्ीी शंकाको दृष्टिकोणले नहेरेको बताउँदै आर्थिक क्षेत्रमा प्रधानमन्त्रीको भ्रमण उपलब्धिमूलक रहेको आफूहरुले विश्वास लिएको बताउनुभयो । बृहत राष्ट्रिय सम्मेलन गरी अन्तरिम शासन विधान बनाएपछि आफूहरु अन्तरिम सरकारमा सहभागी हुने जानकारी दिंदै महराले संसदको निष्त्रिmयताले संविधानसभाको एजेण्डालाई कार्यान्वयन गर्न बल पुग्ने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा महराले आफूहरुले चन्दा उठाएको स्वीकार गर्दै तर कसैसँग पनि जवर्जस्ती नगरिएको दावी गर्नुभयो । साथै उहाँले माओवादीले जनसेनामा नयाँ भर्ना नगरेको दावी गदै सरकारको तर्फाट सैन्य भर्ना कायमै राखिएकोमा आपत्ति जनाउनुभयो ।स्वससे

दण्ड हीनता अन्त्यका लागि जोड

Filed under: समाचार

वासिंगटन डि.सी.
संयुक्तराष्ट संघ एशोशियसन यु.एस.ए को डि.सी. मा जुन १० मा आयोजित अन्तराष्टीय कन्भेन्सनमा अधिवक्ता दिनेश त्रिपाठीले नेपालको समसामयिक अवश्थाका वारेमा वोल्नु भएको थियो ।त्यस क्रममा अधिवक्ता त्रिपाठीे नेपाली जनताको बहादुरीपर्ूण्ा संर्घष्ामा राजा नतमस्तक भएर झुक्न वाध्य भएको र नेपालमा अहिले युगान्तकारी परिवर्तन भएको चर्चा गर्दै थप भन्नु भयो , यस अवश्थामा नेपालमा दिगो शान्ती, लोकतान्त्रीक एवं आर्थिक, सामाजिक र न्यायीक प्रकृयालाई स्तायीत्व प्रदान गर्न संयुक्त राष्टसंघ तथा अन्तराष्टीय समुदायले आवश्यक सहयोग गर्नु जरुरी छ ।नेपालमा नंया संविधान निर्माण प्रकृया, युद्ध पीडित, आन्तरीक विस्थापीत, व्रि्रोही सेना व्यवस्थापन र भौतिक संरचना निर्माण प्रकृयाका लागि समेत संयुक्त राष्टसंघ र अन्तराष्टीय समुददायको सहयोग आवश्यक भएको चर्चा गर्दै अधिवक्ता त्रिपाठीले मानवता विरुद्धका सबै अपराधीलाई ती जो सुकै भएपनि दण्ड उन्मुक्ति हुन नहुने र तीनलाई न्यायको कठघरामा उभ्याउनुपर्ने कुरामा जोड दिनु भयो । नेपालमा शान्ती र स्थीरता ब्रि्रीयो भने क्षत्रीय अश्थिरता पनि सृजना हुने खतरा तर्फ संकेत गर्दै उहाले नेपालको दिगो शान्ती निर्माण प्रकृयामा संयुक्त राष्टसंघको भूमीका महत्वपर्ूण्ा हुने वताउनु भएको थियोे । अधिवक्ता त्रिपाठीले संयुक्त राष्टसंघका सदस्य राष्टहरुले मानव अधिकारको पालना गर्नुपर्ने प्रतिवद्धता जनाएको चर्चा गर्दै अन्तराष्टीय फौजदारी अदालतलाई नेपालले तत्काल अनुमोदन गरी विधमान दण्ड हीनताको अन्त्यका लागि पनि अन्तराष्टीय दवाव हुनुपर्ने बताउनु भएको थियो । कार्यक्रममा उहालाई अतिथी वक्ताका रुपमा नेपाल टुडे विषयक मन्तव्यका लागि निम्त्याईएको थियो ।

11,June , 2006

‘माने’ आर्थात गणेशमान बराबर प्रचण्ड

अब त राजनिती प्रति जिज्ञासा राख्ने हरकोहिले नेकपा माओबादीका अध्यक्ष प्रचण्ड ले कान्तीपुर टेलीभिजनलाइ दिएको अन्तर्वार्ता हेरीसकेका छन । प्रचण्ड प्रती रहेको जनताको शंका आशंकाको अन्त्य भएको छ । केहि महिना पहिले सम्म प्रचण्ड भन्ने मान्छे छ कि छैन्ा भन्ने कुरा चल्थ्यो । कतै प्रचण्डको नाम मात्र हो तर राजनिती अरुलेनै गरिरहेका छन भन्ने कुराहरु चल्थ्यो । तर बीबीसी लाई जब प्रचण्डले अन्तर्वार्ता दिए तब रातारात प्रचण्डका तस्वीरहरु बजारमा आउन थाले , प्रचण्डका अडियो तथा भिडीयो बार्ता आउन थालेपछी नेपाली जनताहरुले प्रचण्डलाइ अली नजीक बाट चिन्न थालेका छन । अन्तिम पटक कान्तीपुर टेलीभिजनलाइ दिएको अन्तर्वार्ता पछी अब नेपाली जनताहरु प्रधानमन्त्री गिरीजा प्रसाद कोइराला भन्दा प्रचण्ड प्रती केही आशाबादी भएका छन । हुनु पनि स्वभाबीकै हो किनकी गिरीजा प्रसादले नेपाली जनतालाइ विगतमा बारम्बार धोका दिएका छन तर प्रचण्डबाट आजसम्म जे जति भएको छ काम गर्ने मौका पाएभने केहि गर्छन कि भन्ने आशा अन्तस्करणमा जिवितै छ । यदी सान्तीको लागी चाहेपनि गिरीजा प्रसादको हात बाट केहि हुनेवाला छैन तर प्रचण्डले चाहेभने तत्काल सान्ती बहाल हुने कुरामा दुइमत छैन । कान्तीपुरलाई दिएको अन्तर्वार्ता हेदा प्रचण्डको बारेमा धेरैकुरा हरु बुdm्ने मौका मिलेको छ । भारतमा बसेपनि, रोल्पाको जंगलमा बसेपनि , पच्चिसबर्षभुमीगत भएपनि , दुनियाको नजरमा आतंकवादी देखिए पनि प्रचण्डको भुँडी हेदा लाग्दैन कि उनि साह्रै दुखीत र कस्टकर जिन्दगी बिताइ रहेका छन । हृस्टपुस्ट शरीरका धनी प्रचण्डलाइ धोका दिएको दाह्रीले मात्र हो । उनका दाह्री फुल्ने भन्दा अरु कुनै संकेतहरु देखिदैनन कि उनि कमजोर हुदै गइरहेका छन । रत्नपार्कका धेरै सुभचिन्तकाहरुले प्रचण्डको अन्तर्वार्तालाइ किन नराखेको भन्दै इमेलमा गाली गर्न थालेपनि बाध्य भएर कान्तीपुरको अनलाइन संस्करणमा राखेको अन्तर्वार्तालाइ रत्नपार्कमा राखेको छु । हर कोहि को आ आफ्नै बोल्ने तरिका हुन्छ , आ आफ्नो थेगो हुन्छ । छयालीस लासपछि गणेशमान को माने भन्ने थेगोले खुबै चर्चा पाएको थियो । माने भन्ने बित्तिकै गणेशमानलाइ चिनिन्थ्यो त्यो बेलामा । लोकतन्त्रको पुनवहाली पश्चात फेरी माने भन्ने थेगो दोहोरिएको छ र त्यो दोहोर्‍याउने अरुकोहि हैनन तिनै प्रचण्ड हुन जो सरकारमा जानलाइ अत्ताल्लिरहेका छन । प्रचण्डको अन्तर्वार्ता हेदा अरु कुरा भन्दा मलाइ माने भन्ने थेगोले बारम्बार गणेशमानको याद दिलायो । यदी उक्त अन्तर्वार्ता हेन छुटेको भए कान्तीपुरको साइटमा राखेका यो अन्तर्वार्तालाइ यहाँ क्लिक गरेर हेर्न सकिन्छ । यो अन्तर्वार्तालाइ हेरेपछि तपाँइनै गन्नुस प्रंचण्डले कति पटक ‘माने’ भन्ने थेगो निकाल्छन भन्ने । यस अर्थमा मेरो निर्स्कर्श छ , ‘माने’ आर्थात गणेशमान बराबर प्रचण्ड ।

9,June , 2006

न्यायाधीशहरुबिच संसदमा गई सपथ नखाने सहमति

Filed under: समाचार

शुक्रबार
सर्वोच्च अदालतका न्यायाधीशहरुबिच प्रतिनिधि सभामा गएर सपथ ग्रहण नगर्ने अनौपचारीक सहमति भएको थाहा भएको छ। प्रधानन्यायाधीश दिलिपकुमार पौडेलको कार्यकक्षमासबै न्यायाधीशहरुबिच २६ जेठमा भएको छलफलमा उक्त सहमति भएको बताइएको छ। तर शुक्रवार ३ बजे विदा भैसकेपनि छलफल जारी रहेकोले आधिकारीका रुपमा यसको पुष्टि भैसकेको छैन्। ४ जेठको प्रतिनिधि सभा कार्यान्वय गर्न तयार गरिएको नियमावली मस्यौदामा प्रधानन्यायाधीश र न्यायाधीशहरुले पनि प्रतिनिधि सभामा ‘प्रतिनिधि सभा घोषणा कार्यान्वय विशेष समिति’ सामु सपथ लिने प्रावधान छ। नियमावली मस्यौदामाथी प्रतिनिधि सभाको छलफल जारी छ। उक्त प्रावधान बारे सर्वोच्च अदालतमा २५ जेठदेखि अनौपचारीक छलफल भइरहेको छ। न्यायाधीशहरु बिच दोश्रो दिनको छलफल लम्बिएकोले दिनभरी कुनै पनि मुद्दाहरुमा बहस पैरवी भएनन्। २५ जेठमा राजधानीमा आयोजित एक सार्वजनिक कार्यक्रममा प्रभावशाली न्यायाधीश अनुपराज शर्माले घुमाउरो पाराले ‘प्रतिनिधि सभामा गई सपथ लिनुपरे आफुले राजिनामा दिने’ मनशाय ब्यक्त गर्नुभएको थियो। प्रतिनिधि सभामा सपथ लिन नहुने धारणा राख्नेहरुले त्यसो भएमा न्यायिक स्वतन्त्रता अन्त्य भई संसदको निरंकुशता आरम्भ हुने तर्क राख्छन्। सर्वोच्च अदालतका प्रभावशाली न्यायाधीशहरु प्रतिनिधि सभामा सपथ लिनु पर्ने प्रावधानको विपक्षमा देखिएको बेला नेपाल वार एशोसियसन पनि उनीहरुकै पक्षमा देखिएको छ। यद्यपी केही न्यायाधीशहरु प्रतिनिधि सभामा सपथ लिने पक्षमा रहेको बताइएको छ।हिमाल खबर

सरकारलाई माओवादी नेताहरुको चेतावनी

Filed under: समाचार

कान्तिपुर टेलीभिजनलाई दिनुभएको एउटा अन्तरवार्तामा श्री प्रचण्डले यदि सरकारले संसदलाई सर्वशक्तिमान संस्थाको रुपमा स्थापित गरेमा देशमा अरू वढि रक्तपात हुने चेतावनी दिनु भयो। उहाँले नवगठित सरकारले शान्ति प्रक्रियाको मुख्य मुद्दालाई बेवास्ता गरेको बताउनुभयो।उता नेपालगन्जमा आयोजीत एउटा आमसभामा बोल्दै माओवादीका डेप्यूटी सैन्य कमाण्डर प्रभाकरले श्री कोइरालाले भारत भ्रमणको क्रममा उहाँले यदि संसदीय राजतन्त्र वचाउने संझौता गर्नुभयो भने त्यसबाट दलहरूको अवसान हुने चेतावनी दिनुभयो।प्रभाकरले युद्ध थोपार्न खोज्ने पक्षहरूवाट होशियार रहनु पर्ने वताउनुभयो।सरकार र माओवादी विद्रोहीहरूले शान्ति वार्ताकालागि तीन-तीन सदस्यीय वार्ताटोली गठन गरि पहिलो चरणको छलफल गरिसकेका छन्।तर माओवादी पक्षले सरकारले शान्ति प्रक्रिया भन्दा संसदीय प्रक्रियामा वढि केन्द्रित भएर उनीहरूकै शब्दमा यथास्थितिलाई प्रश्रय दिएको आरोप लगाउने गरेका छन्। माओवादी नेताहरूले वर्तमान संसद २०४७ सालको संविधानमा उभिएको र आफुहरू नयाँ संविधान निर्माणको लागि संसदीय दलहरूसित सहमतिमा पुगेको वताउँदै आएका छन्।तर दलहरूले पुनर्स्थापित संसद जस्तो जनप्रतिनिधित्व गर्ने निकाय नबनिन्जेल प्रतिनिधि सभा रहिरहनु पर्नेमा जोड दिँदै आएका छन्।बीबीसी नेपाली

6,June , 2006

प्रतिनिधिसभा नियमावली बुधवार पेश हुने

Filed under: समाचार

कठमाडौं,जेठ २३/प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको मंगलबार बसेको बैठकले नियमावलीलाई अन्तिम रुप दिएको छ । संशोधित प्रतिनिधिसभा नियमावलीलाई बुधवार बस्ने प्रतिनिधिसभाको बैठकमा पेश गरी पारित गरिने बताइएको छ । सो प्रस्ताव पारित भएपछि राजाका अधिकारहरुलाई व्यापक कटौती गर्दै प्रतिनिधिसभाले जारी गरेको घोषणापत्र- ०६३ लाई विधिवतरुपमा कार्यान्वयनमा ल्याउन सजिलो हुने बताइएको छ । नियमावलीमा राजाले संसदमा प्रस्तुत गर्ने गरेको वाषिर्क नीति तथा कार्यक्रम प्रधानमन्त्रीले प्रस्तुत गर्ने, यसअघि ऐन नियमहरुमा राजाबाट लालमोहर लगाइँदै आएकोमा अबदेखि प्रतिनिधिसभाका सभामुखले प्रमाणित गरेपछि राजपत्रमा प्रकाशित हुने, नयाँ राजाको घोषणा प्रतिनिधिसभाको विशेष समितिले गर्ने व्यवस्था नियमावलीमा राखिएको बताइएको छ ।यसअघि आइतवार संसद सचिवालय सिंहदरबारमा बसेको वैठकमा संवैधानिक तथा कुटनीतिक नियोगको नियुक्ति र राजगद्दी उत्तराधिकारी घोषणा गर्ने विशेष समितिको अध्यक्ष को हुने भन्ने विषयमा दलहरुबीच विवाद बढेपछि वैठक बिनानिष्कर्षटुङ्गएिको थियो । नेपाल मजदूर किसान पार्टर्ीी अध्यक्ष नारायणमान बिजुक्छेको संयोजकत्वमा गठित १३ सदस्यीय समितिले विशेष समितिको अध्यक्षता सभामुखले गर्ने प्राबधान समावेश गरी नियमावली तयार गरेको थियो ।बैठकमा नेपाली कांग्रेसले सो समितिको अध्यक्ष सभामुख हुने व्यवस्थामा असहमति जनाएपछि बैठक बिनानिष्कर्षटुङ्गएिको थियो ।स्वससे

5,June , 2006

साँच्चैने रीस उठ्यो हिजो त

सँधैभरी हाँसोमजाक गरीरहने म हिजो दिनभर रिसै रिसमा बित्यो । रिसाउँदिन भन्दाभन्दै पनि रिसाउनलाइ बाध्य बनायो हिजोको दिनले । बिहानै देखी हरेक कुरा बिपरीत हँदै गइरहेको थियो हिजो । सुरुमा त ब्लगमा केहि लेखौं कि भनेर ब्लग खोल्न लागेको तर असफल भएँ । खै कारण थियो दिनभर कुनै ब्लग खुलेन मेरो कम्प्युटरमा । ब्लगसम बाट सन्चालीत नेपाली ब्लगहरु मध्ये भर्खरै सन्चालनमा आएको खुल्लामन्च ब्लगमात्र खुल्यो । मेरोमा मात्र हो कि सबैतिर हो भनेर बेलायतमा नमस्ते ब्लगका ब्लगरमीत्र शेखर सँग अनलाइनमा कुरा गरे तर उहाँको तिर त खुलीरहेको छ भन्ने जानकारी पाएँ तर आफ्नो कम्प्युटरले चाँही धोका दिइरह्यो । फेरी अर्को समाचार कानमा पर्यो कि साही मन्त्रीहरुलाइ सर्वोच्चले छोडीदियो तब फेरी रिसको सिमा dmन बढ्न थाल्यो र धेरैलाइ मनमनै सरापी रहें । जब सुत्नेबेला तिर फेरी केहि राम्रो कुरा सुन्न पाइन्छ कि भनेर अनलइनमा प्रवेश गरेको त एउटा वेवसाइटले जो यो साइटमा आउँछ त्यो अबश्य रिसाउँछ भन्ने ग्यारेन्टी दिएको देखेर उक्त साइटमा प्रवेश गरें । सुरुमा त उक्त साइट देखेर बहुत हाँसो उठ्यो तर बिस्तार बिस्तार रिस उठ्न थाल्यो र अन्तमा त रिसको सिमा चरम भयो । यति सम्म रिस उठ्यो कि हुदा हुदा पछीत कम्प्युटरनै बन्द गरेर सुतौं जस्तो लाग्यो । मैले ढाँटेको हैन यदि तपाँइ पनि रिसाउन चाहनुहून्छ भने एक पटक उक्त साइटको भ्रमण गरेर हेर्नुहोला र रिस उठ्यो उठेन मलाइ जानकारी दिनुहोला ।रिस उठ्ने साइटहरुमध्ये हिन्दी भाषाको साइटमा जाने हो भने यहाँ क्लिक गरेहुन्छ
र अँग्रेजी साइटमा गएर रिसाउने हो भने यहाँ क्लिक गरेर जान सकिन्छ । लौ त प्रतिकृया दिन नभुल्नु होला ।

3,June , 2006

चाट गर्ने हो त रत्नपार्कमा

यदी तपाइलाइ नयाँ स्थानमा चाट गर्न मनलागेमा रत्नपार्कमा पनि चाट गर्न सक्नुहुन्छ ।निशुल्क प्राप्त गरेको यो चाट रुमले कति काम गर्छ त्यो त मलाई थाहा छैन तथापी प्रयोगको लागी यहाँ राखेको छु एकपटक कोशिस गरिहेर्नुस भयो भने ठिकै छ भएन भनेपनि तपाईको आफ्नै चाटरुम त छँदैछनि कि कसो ?लौ त आफ्नो मनपरेको नाम राखेर चाट गर्न सुरु गर्नुहोस यदी म सँग पनि चाट गर्ने हो भने हरेक दिन साँझ सवा छ बजेदेखी आठ बजेसम्म कोशीस गर्नुहोस म पनि अनलाइनमानै हुन्छु तर कुन युजर नेम बाट हुन्छु त्यो पत्तालगाउने जिम्माचाँही तपाइको है त ?

2,June , 2006

यो जादु हो फोटोसपको

यो जादु हो फोटोसपको फोटोसपका पण्डीतहरुले यसैको भरमा दैनिक गुजारा गरीरहेका छन । चाहीने र नचाहीने सबै कामहरु यही फोटोसपका भरमा गरीरहेका छन । धेरै मान्छेलाइ बर्बाद गर्न पनि सफल भएको छ यो फोटो सप ।तर आफु त फोटोसपको फ पनि चलाउन आउँदैन र सिक्ने कोशीस पनि गरीएन सायद आबश्यकता नभएर पनि होला । रत्नपार्कको लागी साधारण हेडिङ बनाउँदा पेन्ट बाट नै काम चलाउँदै आइरहेको छु । आज मलाइ अपरिचीत एक मित्रले दुइ तस्वीर मेल गर्नुभएको थियो । फोटोमा त्यस्तो खास त केहि कुरा छैन तर फोटोसपको जादुले बनाएका तस्वीर हेदा लाग्छ आजै फोटोसप सिकीहालुँ नपत्याए तपाँइ पनि हेर्नुस त यी दुइ तस्वीर ।
यो जादु हो फोटोसपको






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here