जे देखियो सबै झुठो देखियो

कहिलेकाँही हामीहरु नभएको कुरो पनि साँच्चै भएजस्तो अनुभव गर्र्छौं त कहिले भएको कुरोमा पनि बिश्वास गर्दैनौ । अरु जे जे मा बिश्वास गरेपनि मलाइ किन हो किन नेताहरुले भनेको कुरामा बिश्वास गर्न साह्रै गाह्रो लाग्छ । नेताहरु बाहीर जो भन्छन त्यो गर्दैनन् र जो गर्छन त्यो भन्दैनन् । आज केही तस्वीरहरु हात पर्यो जुन नेताको गुँणहरुसँग हुबहू मिल्छ , नपत्याए हेर्नुस त । यि तश्वीरहरु चलीरहेको जस्तो देखिन्छ तर यथार्थमा चलीरहेका छैनन् ।
हामीहरु भ्रममा परेको हो यि तश्वीरलाइ देखेर । ठिक त्यस्तै हाम्रा नेताहरु पनि । आन्दोलनताका बहुत ठुलाठुला भाषण दिएर देसलाइनै पुरै परिवर्तन गर्ने कुरा गरे तर जब कामगर्ने बेला आयो तब साना साना कुरामानै दिन बिताइरहेका छन । खै कैले घोषणा गरिन्छ त संबिधानसभाको मिती ? कहिले कार्वाही हुन्छ त साहीसेनाका कमाण्डरलाइ ? अनि तुसली गीरीलाइ ज्वाँइ मानेर कहिले सम्म राख्ने हो ? कि कसो ………..?


गएका महिनाहरु:

Tapai le gareko jasto kam arule garna sakdaina Devdas Jee. Sarai ramro lagyo. Dhanyabad.
Comment by suman dahal — 1,June , 2006 @ 9:40 am