सम्पूर्ण सत्ता हस्तान्तरण गराउन आन्दोलन
काठमाडौं, जेठ १५
जनआन्दोलनबाट पुनः स्थापित प्रतिनिधिसभा र वर्तमान सरकारको विघटनको माग राख्दै “सम्पूर्ण सत्ता हस्तान्तरण गराउन आन्दोलन सत्ता बृहद लोकतान्त्रिकले राजनीतिक सम्मेलनलाई हस्तान्तरण गर” भन्ने माग राखेर नेकपा माओवादी व्यापक जनआन्दोलनमा उत्रने भएका छन् । संयुक्त क्रान्तिकारी जनपरिषद, नेपाल बृहद राष्ट्रिय राजनीतिक सम्मेलन र आयोजक समितिका संयोजक बाबुराम भट्टर्राईद्वारा आज प्रकाशमा ल्याइएको विज्ञप्तिमा यो कुरा जनाइएको छ । विज्ञप्तिले देशमा “लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु र राज्यको अग्रगामी पुनसंरचना गर्नु तत्कालको महत्वपुर्ण काम हो भनेर भनिएको छ । यसका निम्ति सेनाको पुनसंरचना, जातीय तथा क्षेत्रीय आत्म निर्णयको अधिकार र स्वायत्त शासन, महिला तथा दलितहरुका निम्ति विशेषाधिकार, क्रान्तिकारी भूमिसुधार आदिको सुनिश्चितता अनिवार्य छ भनेर विज्ञप्तिमा भनिएको छ । निश्पक्ष र स्वतन्त्र संविधान सभाको चुनाव जतिसक्दो चाँडो गर्न पुरानो राजनीतिक तथा वर्गीय सन्तुलनको आधारमा बनेको संसद, संविधान र सरकारको विघटन गरी नयाँ धरातलीय यथार्थलाई प्रतिनिधित्व गर्ने गरी ” अन्तरिम जन प्रतिनिधि संस्था” ” अन्तरिम विधान” र “अन्तरिम सरकार” को निर्माण गर्न पनि विज्ञप्तिमा जोड दिएको छ । यो कामका निम्ति विभिन्न पार्टी जातीय तथा क्षेत्रीय मोर्चाहरु र नागरिक आन्दोलनकारीहरु बीचमा बृहद लोकतान्त्रिक गणतान्त्रिक मोर्चा निर्माण गर्ने कामको जिम्मा बाबुराम भट्टर्राई, देवगुरुङ्ग र खिमलाल देवकोटालाई दिइएको पनि जनाइएको छ ।स्वससे


गएका महिनाहरु:
