.... ....UCC

26,May , 2006

आचार संहिता पारित गर्दै पहिलो वार्ता सम्पन्न

Filed under: समाचार

शुक्रबार, २६ मे २००६
सरकार–माओवादीबीच १२ जेठमा भएको साढे पाँच घण्टा लामो पहिलो प्रारम्भिक वार्ता युद्धविराम आचार संहिता पारित गर्दै सकिएको छ। अपरान्ह साढे ४ बजे काठमाडौको उत्तरपूर्वी भेकमा रहेको गोकर्ण रिसोर्टमा शुरु भएको वार्ता राती १० बजे सकिएको थियो।
२५ बुँदे युद्धविराम आचार संहितामा दुबै वार्ताटोलीका संयोजकले हस्ताक्षर गरेका छन्। त्यसमा एकअर्कालाई उत्तेजित पार्ने बक्तव्य नदिने, सेनामा नयाँ भर्ना नगर्ने, हातहतियार र सैनिक पोशाकमा सार्वजनिक नहुने, कसैको इच्छा विपरित चन्दा, आर्थिक सहयोग, जिन्सि आदि नउठाउने, बन्द, हडताल नगर्ने आदि छन्। संहितामा थपघट गर्नुपरे आपसी सहमतिमा समाधान खोजिने उल्लेख छ। पहिलो वार्ता संहिता निर्माणमै कन्द्रित रह्यो। वार्ता पछि संचारकर्मीहरुसंग गृहमन्त्रि कृष्ण सिटौलाले समस्या समाधान हुनेमा विश्वास व्यक्त गर्दै भने, “जनतालाई कहिल्यै युद्ध नहुने विश्वास दिलाउन चाहन्छौ।” उनले आचार संहिताले जनभावनाको प्रतिनिधित्व गर्ने पनि बताए। माओवादी टोली प्रमुख कृष्णबहादुर महराले संविधानसभाको चुनाव वारे अघिनै सरकारले संकल्प गरिसकेकोले त्यसको प्रकृयाबारे छलफल शुरु भएको जनाए। वार्ताको आधार जनआन्दोलनको भावना र सातदलसंगको १२ बुँदे समझदारी हुने बताउदै महराले आफुहरु अघिल्ला वार्तामा भन्दा गम्भिर भएर आएको जानकारी दिए। “यसपटक हाम्रो प्रमुख माग संविधानसभालाई सरकारले पहिले नै स्विकार गरिसकेको छ।” अघिल्ला वार्ता भन्दा यसपटकको वार्ता भिन्न रहेको बताउँदै महराले भने, “अघिल्ला वार्तामा पनि हामी इमान्दारी साथ प्रस्तुत भएका थियौ। यसपटक त्यो भन्दा बढी इमान्दार र गम्भिर भएका छौ।” युद्धविराम आचार संहिताले ‘वार्ताको सफलताप्रति विश्वस्त हुने आधारलाई पूर्णता दिएको’ उनको भनाई थियो। दाश्रो वार्ताको मिति र स्थान आपसी सहमतिमा तोकिने महराले बताए। पत्रकारहरुले फोटो खिचेपछि वार्ता शुरुभएको थियो। आफ्ना दुई सदस्यलाई दायाँबाँया राखेर आमने–सामने बसेका थिए, दुबै पक्षका संयोजकहरु। प्रदीप ज्ञवालीको सामुन्ने देव गुरूङ र रमेश लेखकको सामुन्ने दिनानाथ शर्मा बसेका थिए। सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री कृष्ण सिटौला साढे ३ बजे र ५ मिनेट पछि सदस्य प्रदीप ज्ञवाली रिसोर्ट पुगेका थिए। ३ः५५ बजे माओवादी टोली ल्याण्डक्रुजर गाडीमा पुगेको थियो। सरकारी वार्ता टोलीका सदस्य रमेश लेखक भने ४ः१० मा पुगेका हुन्। वार्ता टोली संयोजक कृष्णबहादुर महरा तथा सदस्यद्धय दिनानाथ शर्मा र देव गुरुङ गाडीबाट ओर्लिए लगत्तै माइक्रोबसमा पछिपछि आएका कार्यकर्ताहरुले उनीहरुलाई वरिपरि घेरेर वार्ता स्थल पुर्‍याएका थिए। सादा पोशाकको उक्त टोली सम्भवतः माओवादी छापामारहरुको थियो। हिमाल खबर

Comments »

The URI to TrackBack this entry is: http://ratnapark.blogsome.com/2006/05/26/p250/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here