गायक प्रकाश ओझा जेलमुक्त हुने
चर्चित गायक प्रकाश ओझा पन्ध्र महिनापछि जेलमुक्त हुने भएका छन्। उनीमाथि अश्लिल तस्बिर खिचेर जीउ मास्ने बेच्ने कार्य गरेको, बेश्यावृत्ति गराएको र बालबालिकासम्बन्धी तीनवटा अभियोग थिए। तीमध्ये जीउ मास्ने बेच्ने र बेश्यावृत्तिसम्बन्धी दुई मुद्दामा सुनसरी जिल्ला अदालतबाट १० जेठमा सफाई पाएपछि उनी जेलमुक्त हुने पक्का भएको हो।२५ माघ २०६१ काठमाडौंबाट पक्राउ गायक ओझाले बालबालिकासम्बन्धी मुद्दामा अदालतले तोकेको छ महिना कैद सजाय पूरा गरिसकेको उनका कानुनी सल्लाहकार मोहन कोइरालाले बताए। गायक ओझा मोरङ कारागार विराटनगरमा राखिएका छन्। अधिवक्ता कोइरालाले भने, “प्रकाश जेलमुक्त हुन अझै दुई–तीन लाग्नसक्छ।” अदालतको फैसलापछि गायक ओझाकी पत्नी लक्ष्मीले पत्रकार कमल रिमालसँग भनिन्– “उहाँले सफाई पाउँदा पूरै परिवार खुशी भएका छौ। अदालतको निर्णयले गर्दा उहाँको जेल बसाईलाई मैले सजायँ मानिन।” हिमाल खबर


गएका महिनाहरु:
