बिवादीत अबस्थामा १८ सदस्य मन्त्री परिषद बिस्तार
सरकारले सात सदस्यीय मन्त्री मण्डललाई बिस्तार गरी १८ पुर्याएको छ । जसमा १२ मन्त्री र ६ राज्यमन्त्री रहेका छन् । सातराजनीतिक दलको सहभागिता रहने भनीए पनि जनमोर्चा नेपाल , नेपाल मजदुर किसान पार्टी सद्भावना पार्टी आनन्दीदेवी मन्त्री मण्डलमा सहभागिता छैनन् । ती मध्य मजदुर किसान पार्टी सरकारमा नजाने घोषणा गरेको थियो भने अन्य दुइ पार्टीलाई मन्त्री परिषद बिस्तारमा थाहै नदिइएको बताइएको छ । बिस्तारीत मन्त्री परिषदमा नेपाली कांग्रेसबाट प्रधानमन्त्री सहित सात सदस्यीय , नेकपा एमालेबाट उपप्रधानमन्त्री सहित छ सदस्यीय , नेपाली कांग्रेस प्रजातान्त्रिकबाट चार सदस्यीय सहभागि छन् । उनीहरुमध्य कांग्रेसले तीन राज्यमन्त्री तथा एमालेर नेपाली कांग्रेसले दुइ दुइ राज्यमन्त्री सँहालेका छन् । नेपाली काग्रेसले मन्त्री परिषद सदस्य संख्या बाहेक रक्षा मन्त्री , राजदरवार सम्बन्धी र स्वास्थ्य मन्त्रीको जिम्मोवारी आफैले लिएकेा छ । ८३ बषिर्य वृद्ध प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाले रक्षा , राजदरवार सम्बन्धी र स्वास्थ्य मन्त्रीको जिम्मेवारी आफैले लिनुभएको छ ।
मन्त्री परिषदको बिस्तारमा भएको ढीलाई सँगै सातदल र दलिय आन्तरिक बिवाद भने यथाबत रहेको छ । आनतरिक छलफल र निर्णय बिनानै मन्त्रीमन्डल बिसतारको सिफारीस गरीएको प्रजातान्त्रीक काँग्रेस र नेपाली काँग्रेसका सदस्यहरुले आरोप लगाएका छन् ।प्रजातान्त्रीक काँग्रेसकी नेतृ एवं उपसभामुख चित्रलेखा यादवले आफु मन्त्री मन्डलमा हभागी नहुने बताउदा बताउदै आफुलाइ मन्त्री बनाइएको भन्दै मन्त्री पदने अस्वीकार गर्नु भएको छ । जलश्रोत मन्त्री बनाइनु भएकी यादब पद अस्वीकार गर्दै सपथ ग्रहणमा समेत अनुपस्थीत हुनुभयो । सातदल मध्यको एक घटक जनमोर्चा नेपालले मन्त्री परिषद बिस्तारमा आफ्नो दललाई जानकारी नै नगराइएको बताएको छ । जनमोर्चा नेपालका अध्यक्ष अमिक सेरचनले मन्त्री परिषद बिस्तार गरिदा आफ्नो पार्टी बाट नाम नमागीएको बताउनु भएको हो ।सञ्चारकर्मीसँग सोमवार मन्त्री परिषद बिस्तार पछि प्रतिक्रिया दिदै सेरचनले मन्त्री परिषद बिस्तारको जानकारी आफूले सञ्चार माध्यमबाट थाहा पाएको बताउनु भयो । उहाँले बिस्तारीत मन्त्री मण्डलमा आफ्नो पार्टी बाट सहभागिता जनाउने निर्णय पार्टीको यस अघिनै गरिसकेको उल्लेख गर्नुभयो । सद्भावना आ.ले पनि आफूलाइ थाहै नदिइ मन्त्री मन्डल बिस्तार गरिएको बताएको छ । बिस्तारीत मन्त्री मण्डलमा गिरीजाप्रसाद कोइराला प्रधानमन्त्री , रक्षा , राजरवार सम्बन्धी र स्वास्थ्य मन्त्री हुनुहुन्छ । त्यसैगरी के.पी शर्मा ओली उप तथा परराष्टू मन्त्री , गोपालमान श्रेष्ट भौतिक योजना तथा निर्माण , महन्त ठाकुर कृषि तथा सहकारी , डा. रामशरण महत अर्थ , नरेन्द्र व्रि्रम नेम्वाङ कानुन न्याय तथा संसदीय ब्यवस्था , कृष्ण सिटौला गृह , प्रभुनारायण चौधरी भुमि सुधार तथा व्यवस्था , चित्रलेखा यादव जलश्रोत - अस्वीकार ) , राजेन्द्र प्रसाद पाण्डे स्थानिय विकाश रहनुभएको छ । त्यसैगरी प्रदीप ज्ञवाली संस्कुत पर्यटन तथा नागरिक उड्यन , मंगलसिद्धि मानन्धर शिक्षा तथा खेलकुद हुनुहुन्छ । राज्यमन्त्री हुनेहरुमा उर्मीला अर्याल महिला बालबालिका तथा समाज कल्याण , डिलेन्द्र प्रसाद बडु सुचना तथा सञ्चार , गोपाल र्राई वन तथा भुसरंक्षण , मानबहादुर विक वातावरण बिज्ञान तथा प्रबिधि , धर्मनाथ शाह सामान्य प्रशासन र रमेश लेखक श्रम तथा यातायात व्यवस्था राज्यमन्त्री हुनुभएको छ । मन्त्री मण्डलमा सहभागी अनुहार मध्य प्रभुनारायण चौधरी र मानवहादुर बिक सांसद होइनन् । सोमवारै प्रधानमन्त्री कोइरालाले नव नियूक्त मन्त्री तथा राज्यमन्त्रीहरुलाई राष्टिय योजना आयोगको सभाकक्ष सिंहदरवारमा सपथग्रहण गराउनुभएको थियो । सपथग्रहणमा जलश्रोत मन्त्री चित्रलेखा यादवको अनुपस्थित रहेको थियो । नव नियूक्त मन्त्रीहरुले सोमवारै कार्यभार संहाल्नुभएको छ । । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पहिलो चरणको वार्ता पछि आफैले माओवादी अध्यक्ष प्रचण्डसँग निर्णायक वार्ता गर्ने बताउनु भएको छ ।नवनियूक्त मन्त्रीहरुलाई सपथग्रहण गराएपछि सोमवार छोटो कुराकानी गर्दै सो जानकारी गराउनु भएको हो । मन्त्री परिषदको बिस्तारसँग अब सरकार वार्ताको चरणमा प्रवेश गरेको प्रधानमन्त्रीको भनाई थियो । छिट्टैनै वार्ता सुरु हुने जानकारी गराउदै उहाँले माओवादीसँग वार्ता गर्नु महत्वपूर्ण चरण हुने बताउनु भयो । देश राजाको नामबाट नभई नेपालको नामवाट चिनाउने एउटा अध्याय सकिएको बताउदै प्रधानमन्त्री कोइरालाले मूलुकमा शान्ति स्थापना गर्नका लागि हालको वार्ता टोलीबिच पहिलो चरणको वार्ता प्रारम्भ हुने उल्लेख गर्नुभयो । उहाँले निर्ण्ाायक वार्तामा आफै सहभागिता हुने बताउनु भयो ।बुटुस


गएका महिनाहरु:
