लौ हेर्नुहोस चौबीस बर्षपछीको नेपाल
सन २०३० को नेपाल

परिवर्तन दुनियाको रित हो । बिकास बिनास भन्नेकुरो पनि देश र अबस्था हेरेर भइरहन्छ । कुनै देशले दिन दुइगुणा रात चारगुणा को हिसाबले बिकास गरिरहेको छ त कुनै देश त्यस्को ठिक बिपरीत दिशामा हुँइकीरहेका छन । हाम्रो देश नेपालमा बिकाश निर्माणका कामहरु नभए पनि बिनासका काममा चाँही अरु धेरैदेशलाइ पछि पार्न सफल भएको छ । परिवर्तनको हिसाबले पछिल्ला समयहरुमा नेपालमा साह्रै ठुला ठुला परिवर्तनहरु भएका छन । अन्तिम परिवर्तनलाइ लिने हो भने २३७ बर्षपुरानो राजाको सक्तीलाइ अहिले जनताको सक्तीले चिडीयाघरमा थुनेको जंगली जनवार बाघ , हात्ती, र सिंहको जस्तो बनाइदिएका छन । अबको परिवर्तन पश्चात हाम्रो देश विकाश निर्माणका कार्यमा कती अघि बढ्ला त्यो त भबिश्यले देखाउने नै छ । बिगतमा पनि किशुनजीले भन्ने गर्थे अब नेपाल लाइ सिंगापुर बनाउने छु भनेर तर अफसोच झिंगापुर बनाएर छोडे । पि एल सिंहले काठमाण्डौलाइ हरीयाली नै हरीयाली बनाउँछु भन्थे अन्तत हरीयाली देख्नको लागी हरियो चस्मा लगाउनु पर्ने नै बनाए अब संघारमै रहेको गणतान्त्रीक नेपालकालागी देश हाँक्न कम्मर कसेर लाग्ने तिनै पुराना (सायद नया पनि आउछन कि ) अनुहार हरुले देशलाइ कहाँ पुराउने हुन त्यो हेर्दै गरौला । केहि दिन पहिले देवदासलाइ एकजना ब्लगर मित्रले सन २०३० को नेपाल यस्तो हुनेछ भनेर केहि तस्वीरहरु मेल गर्नु भएको थियो आज तिनै तस्वीरहरुलाइ यहाँ अपलोड गराउँदै छु । पहिला त ति तस्वीरहरु हेरेर आँफै हाँसे किनकी धेरै समय पछी फेरी एउटा चुट्कीला देख्न पाइएको थियो अनि फेरी यो आजभन्दा लगभग २४ बर्षपछाडीको काल्पनिक नेपाललाइ रत्नपार्कमा र्सार्वजनीक गर्ने निधो गरें । लौ हेर्नुहोस चौवीस वर्षपछाडीको हाम्रो नेपाल ।

यो हो बुटवल चोक हा….हा…..हा………..

यो हो चितवन हा….हा…..हा……….

यो हो दामन हा….हा…..हा………..

यो हो इटहरी बजार हा….हा…..हा………..

यो हो कर्ण्ााली हा….हा…..हा………..

यो हो रत्नपार्कको छेउछाउ हा….हा…..हा………..

यो हो अब बन्ने नेपालको अनाम एक शहर हा….हा…..हा……….

यो हो पोखरा हा….हा…..हा………..

यो हो रिङरोडको रेलको लीग हा….हा…..हा………..
आशा गरौं यस्तो चाँही देख्नु नपरोस अबको चौबिस वर्षपछाडी …


गएका महिनाहरु:

Very good Devdas! but last one is very painful
Comment by suman dahal — 22,May , 2006 @ 9:56 am
कसरी यस्तो(बिकाशको) कुरा सोच्नु भयो देवदास ज्यु !! यो कुरा त गोप्य राख्नु पो पर्छ किनकी माओवादीले थाहा पाए भने सब भत्काउछन् सानो काठको पुल त नछाड्ने बादरले येती राम्रो कुरा छोड्लान र??
Comment by प्रकाश — 23,May , 2006 @ 1:30 am
मित्र,
तपाईले राखेको “चौवीस वर्षपछाडीको हाम्रो नेपाल ।”
भन्ने चित्रहरु सारै मन छुने खाल्को बनाउनुभयको रहेछ। यदि रिसाउनुहुन्न भने म तपाईलाई अनुरोध गर्दछु कि यो तस्बिर हरुलाई त सिङ्गदरबार अगादि भित्तामा राखेर नेताहरुलाई देखाउनुपर्ने हो। लौ हेर्नुहोस चौवीस वर्षपछाडीको हाम्रो नेपाल ।भनेर.
Comment by Mahesh Chandra Dhakal — 23,May , 2006 @ 5:49 am