.... ....UCC

12,May , 2006

४ सुरक्षा प्रमुख निलम्बन, ३ पूर्व मन्त्रीहरु पक्राउ

Filed under: समाचार

शुक्रबार, १२ मे २००६
सरकारले ४ वटै सुरक्षा निकायका प्रमुखहरुलाई निलम्बन गरेको छ भने राजाको प्रत्यक्ष शासनकालका तीन मन्त्रीहरुलाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार २९ वैशाख अपरान्ह बसेको मन्त्रिपरिषदको वैठकले मुलुकका चारवटै सुरक्षा अंगहरु शाही नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग प्रमुखलाई तिनको आ–आफ्नो जिम्मेवारीबाट मुक्त (निलम्बन) गरेको हो। आ–आफ्नो जिम्मेवारीबाट मुक्त हुनेहरुमा प्रधान सेनापति प्यारजङ्ग थापा, शसस्त्र प्रहरी महानिरीक्षक सहविर थापा, नेपाल प्रहरी महानिरीक्षक श्यामभक्त थापा र अनुसन्धान विभाग प्रमुख देवीराम शर्मा छन्। यस्तै राजाको प्रत्यक्ष शासनकालका गृहमन्त्रीकमल थापा, परराष्ट्र मन्त्रीरमेशनाथ पाण्डे तथा सूचना तथा सञ्चार मन्त्रीश्रीस शम्शेर राणालाई आजै पक्राउ गरिएको छ। स्रोतका अनुसार जन आन्दोलनमा भएको दमनहरुको सत्य तथ्य पत्ता लगाएर दोषिमाथी कार्वाही गर्नकालागी बनेको कृष्णजंग रायमाझी आयोगले दिएको सिफारिशका आधारमा पछिल्लो कार्वाहीहरु भएका हुन्। हिमाल खबर

1 Comment »

The URI to TrackBack this entry is: http://ratnapark.blogsome.com/2006/05/12/char/trackback/

  1. khoi pyar jung thapa lai ta kei gareko chaina kyare. karbahi ko sifaris chai bhayeko thiyo jasto lagyo. Ani pradhan mantri lai bhetera alikati tharkayo bhanne po hall cha ho.

    Comment by LL — 13,May , 2006 @ 10:18 pm

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here