.... ....UCC

2,May , 2006

चुरोट छाड्नु पर्‍यो पीएम्

प्रधानमन्त्रीको पदका लागि सपथग्रहण गर्न राजदरबार गएका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई राजाबाट सपथ खुवाउँदै भनिस्येचः “चुरोट छोड्नुपर्‍यो पीएम ।” उता भावी महाराजले जन्ती लिएर गएको गाडीलाई आफ्नो गाडीले ठोक्काइस्सेच । भावी महाराजलाई कानुन लाग्ने कुरै भएन, मौसूफ घर गइस्सेच । जन्ती विचराले “राजगाडी”को ठक्कर त खाए नै, प्रितिभोज खानेबेलामा हिरासतको हावा खाए । गाडीबाट ठोक्किनु पनि छ, उल्टै हिरासतमा जाक्किनु पनि छ । यस्तै छ भरखरै जनआन्दोलनले राजतन्त्रलाई फतक्कै गलाएर, घुँडा टेकाएर ल्याएको लोकतन्त्रको स्वरूप । यही स्वरूपलाई हामी लोकतन्त्र भनेर मख्ख परेका छौं ।
राजाबाट गिरिजाप्रसाद कोइरालाले सपथग्रहण गर्दा चुरोट छाड्न सुझाव दिइयो । सुभाव दिनु रामै्र हो । तर, अलिकति के हो भने पीएम्लाई यस्तो सुझाव दिने राजाले आफ्नो छोरालाई गाडी सुस्तरी चलाउ, गाडी ड्राइभरलाई चलाउन देउ, गाडी चलाउँदा नशालाग्ने चिज नखाउ बाबु भनेर सुझाव दिएको भए प्रितीभोजमा जाने जन्ती हिरासतमा जानुपर्ने त थिएन । आफ्नो भतिजाले नाम थाहा नभएको कालो पदार्थ खाँदा नखाउ बाबु भनेर सुझाव दिएको भए दर्ुदान्त दरबार हत्याकाण्ड हुनेथिएन कि - त्यसैले अर्ति उपदेश दिँदा पनि यसभित्र केही रहश्य छ कि भनेर आशंका उठ्तोरहेछ । मानिसले भन्छन् अर्ति लिनु बुढाको, आगो ताप्नु मुढाको । तर, दिनेमान्छे घामले पाकेको बुढोमात्र भएर हुँदैन । ब्यबहारले पाकेको हुनुपर्छ । इज्जत र इमानले भरिएको हुनुपर्छ । जोगाउने कुरा नजोगाउने, त्यत्तिकै अर्ति उपदेश दिन थालियो भने मानिसले एक लाख मुसा खाएर विरालो काँसीबास गयो भनेर भन्छन् । एकजना बुढा थिए गाउँमा- उनले कतै खसी काट्ने कुरा गरेको सुने भने कान थुन्दै भन्थेः राम, राम, यो कानले के सुन्नुपर्‍यो - अगति परिने भइयो, अर्काको ज्यान खाने कुरा नगर बाबु हो । नर्कमा परिन्छ । तर, तिनै बुढालाई राम्रोसँग चिन्नेले भन्छन् यो मान्छे जमानामा यति मांसाहारी थियो कि यसले हातमा मासु खेलाएर नाप गथ्र्यो, तौल्दा रौं बराबर पनि फरक पर्थेन । एउटै बसाइमा एउटा पाठो तुथ्र्यो । अहिले आफूले मासु खान छाडेपछि अरूलाई नखान अर्ति दिन्छ । त्यो पनि घुटुक्क थुक निल्दै । त्यस्तो लाछी अर्ति उपदेश मानिसले ब्यंग्य ठान्छ । त्यसैले यस्तो अर्ति उपदेश दिने हो भने महाराजले पनि यसो श्लेषमान्तकतिर उक्लेर यो जनमकोमात्र होइन, परत्रमा पाइने भन्ने गरिएको राज्यको पनि मोह त्यागेर जोगी जालन्धरीजस्तो बनी अर्ति उपदेशको पाठशाला खोल्यो भने आधुनिक बुद्ध पो भइन्छ कि - प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले चुरोट खानुहुन्छ । उहाँको यो नानीबाटै लागेको बानी हो । यही चुरोटको धुवाँले नै १५ कम सय वर्षबचाएको छ । चुरोट नखाएर राजषर्ी खाना खान थालेका हुन्थे भने आजसम्म उहाँलाई नेपाली जनताले देख्न पाउने थिएनन् । उत्तरकुमार पराजुलीले हालै अक्षय तृतीया शर्ीष्ाकको एउटा लेखमा लेख्नुभएको थियोः युधिष्ठिरको उपस्थिति भएको बेलामा एकजना जोगीलाई एकजना किसानले सुख्खा रोटी खानको लागि लगिदिएछ । त्यसको लगत्तै अर्को एकजना महाजनले पनि चौरासी ब्यञ्जन लगिदिएछ । तर जोगीले किसानले लगिदिएको रोटी खान थालेछ । युधिष्ठिरले त्यो देखेर जोगीलाई किसानको खाना खाएको रहश्यबारे सोध्दा जोगीले दुबै खानालाई मुठीमा लिएर निचोरेछ । चौरासी ब्यञ्जनबाट रगत निस्केछ रे । किसानको रोटीबाट मीठो रस निस्केछ रे । जोगीले ब्याख्या गरेछ रोटी मेहनतको कमाई हो भने चौरासी ब्यञ्जन अरूको रगत पसिना चुसेर बनाइएको हो । युधिष्ठिर दंग परेछन् । गिरिजाप्रसाद कोइलालाको कुरा पनि यस्तै हो । चौरासी ब्यञ्जनमा रगत देखियो । यस्तै चुरोट सुरोट, जनताको घर दैलोमा गएर जे दिन्छन् त्यही खाएर संतुष्टीमा रहेको मानिसको नाम हो गिरिजाप्रसाद कोइराला । चुरोट स्वास्थ्यको लागि निश्चय नै हानिकारक हो । यो लाटाले पनि जानेको छ । तर, महाराजको राज्यमा क्यान्सर, दमा, खपटेको खानी बनेको धुवाँबाहेक यत्रो २३७ वर्षम्म नेपाली जनतालाई के नै पो दिइयो र - र्सर्ूय चुरोट पनि महाराजकै हो क्या रे १ चुरोट, रक्सी, कालोपदार्थ यीबाहेक मुलुकलाई केही दिइएकै छैन । गास, बास कपास माग्ने जनतालाई आजसम्म गोली, संगीन, जेल, यातना, मृत्युको उपहार दिइयो । गिरिजाप्रसाद कोइरालाले पाएको पाहुर पनि त्यही नै हो । त्यसैले उहाँले चुरोट खानुभएको हो । यो चुरोट अरू कसैको नभएर महाराजकै प्रसादी खानुभएको हो । कुनै नौलो अरूको उत्पादन खानुभएको होइन । तै पनि महाराजले चुरोट छाड्नुपर्‍यो पीएम् भनेपछि पीएम्ले छाड्न पनि सक्नुहुन्छ । राजाले भनेको आज्ञा कसले पो उल्लंघन गरेको छ र - राजाबाट पीएम्लाई चुरोट छाड्ने उपदेश त वक्स भयो । तर, ८५ वर्षो पाको मानिसले महाराजलाई अर्ति उपदेश दिन मिल्ने हो कि नमिल्ने हो कोन्नी - बुढापाकाहरू स्वभाविकै रूपमा अर्तिमुखी हुन्छन् । गिरिजाप्रसाद कोइराला पनि अर्तिमुखी हुनु स्वभाविकै हो । तर, राजा महाराजालाई अर्ति उपदेश दिंदा साधुलाई सुली पनि हुनसक्छ र पो त । नत्र गिरिजाप्रसाद कोइरालाले दिनुपर्ने अर्ति उपदेश थोरै छन् र भन्या - तात्कालीक, दीघकालीन उपदेशको एक चाङ अर्ति उपदेश छन् । केही हेरीहालौं तः
- महाराज, राजतन्त्र अब पुरानो भयो । बैज्ञानिक युग शुरूभयो । सामन्तवादी संस्कार त्यागीस्योस् । जनतालाई रैती बनाएर खुट्ट नढोगाइस्योस् ।- महाराज, नेपालीको आज प्रतिब्यक्ति आय विश्वकै कम विकसित मुलुकसरह पर्छ । तर, राजदरबारको आय भने विश्वकै धनी मुलुकको हिसावमा पर्छ । त्यसरी जनताको कर राजदरबारमा ओसार्ने काम त्यागिस्योस् ।
- महाराज, नेपाली जनताको सम्मान गर्न सिकिस्योस् । उनीहरूले जे रूचाउँछन् त्यसैमा आफू अटाउने वानी वसाइस्योस् ।
- महाराज, आफ्नो नाममा कुनै सम्पति नराखिस्योस्, आफ्ना नातेदारलाई पनि करको दायरामा रहन भनिस्योस् ।
- महाराज, आफ्ना अगाडि जनतालाई झुकाउने होइन, आफू जनताको अगाडि झुकिस्योस् ।
- महाराज, पर्ुखाको दुहाई नदिस्योस्, आफ्नो योगदान के रह्यो त्यो हेरिस्योस् ।
- महाराज, मेरो नेतृत्वको आन्दोलनले एकपटक महाराजको गद्दीको रक्षा गरेको छ । अब अरूको नेतृत्वमा आन्दोलन हुने नौवत आयो भने के हुन्छ भन्न सक्तैन । त्यसैले आन्दोलन आउने पृष्ठभूमि बनाउने काम छाडिस्योस् । गिरिजाप्रसाद कोइरालाले दिने अर्तिहरू यस्तै हुन् । उमेरले दिने अधिकार त राख्छ । तर, जसलाई दिन खोजिएको हो त्यसले लिने दायित्व नराख्न सक्छ । किनभने दूध नखाएस् भनेर विरालोले मान्दैन । विन बजाएर भैंसी नाच्दैन ।
ऋतुराज स्रोत बुटवल टूडे

2 Comments »

The URI to TrackBack this entry is: http://ratnapark.blogsome.com/2006/05/02/churot/trackback/

  1. Dear, Editor
    Thank for latest news.We fore- *New York living nepalese are always looking your news,subject/site.Thanx again.
    Hari Chettri
    New York.

    Comment by Hari Chettri — 7,May , 2006 @ 11:29 am

  2. हेल्लो सर तपाइले यसमा किन हिन्दी सिनेमाको हिरोइन को फोटो राख्नु भएको मैले बुझ्न सकिन कृपया बुझाइ दिनुहुन्छ कि ?

    बिबिध कारणले दिक्क भएर रत्नपार्कमा आइपुगेका हरुको लागी बिश्वसुन्दरीको मिठो मुस्कानले मुड फ्रेस गर्छकी भनेर राखेको नि अनन्त जी, ठिक छैन र ?। देवदास

    Comment by अनन्त — 24,May , 2006 @ 7:23 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here