मन्त्रीको सपथ र नियुक्ती
नेपालमा २३७ वर्षेखि निकृष्ट जालझेल र षडयन्त्र गरी नेपाली जनताको टाउकोमा गीर खेल्दै असहृय शोषण, विभेद र उत्पीडनको एकछत्र कुचक्र चलाउँदै आएको निरंकुश र दमनकारी राजतन्त्रबाट सदाका लागि मुक्त हुने प्रमुख उद्देश्य सहित चलाइएको नेपाली जनताको बलिदानी आन्दोलनका अगाडि २०६३ बैशाख ११ गते मध्यरात राजा ज्ञानेन्द्रले घुँडा टेकेर एक कदम पछाडि हटे पछि उत्साहित भएका जनताले जनआन्दोलनको शक्तिबाट बन्ने सरकारका मन्त्रीहरुले जनहत्यारा राजा बस्ने राजदरबारमा होइन टुंडिखेलको शहिद मञ्चमा, जसको विरुद्ध आन्दोलन गरिएको हो त्यसैका अगाडि टाउको झुकाएर होइन जनआन्दोलनमा आफ्नो प्राणको आहुति दिने वीर शहिदहरुको फोटा अगाडि श्रद्धाका साथ शीर निहुराएर, गोपनीयताको होइनसबैले सुन्ने र बुझने गरी पारदर्शिताको सपथ खान माग गर्दै आएका थिए ।
तर अपसोच, नेपाली जनताको त्यो अत्यन्त जायज माग पूरा हुन सकेन । जनआन्दोलनको शक्तिबाट प्रधानमन्त्री बन्नु भएका गिरिजाप्रसाद कोइरालाले आज राजदरबार गएर, जनआन्दोलन दबाउन सकृय भूमिका खेल्नेहरु मध्येका एक अपराधी कथित राजपरिषद स्थायी समितिका सभापति परशुनारायण चौधरीलाई र हिजो मात्र जनताको रगतपसिना काढेर तिरेको राजस्व लुटेर किनिएको मोटर जथाभावी हाँकेर विवाहमा हिंडिरहेको गाडीलाई ठक्कर दिई उल्टै सम्पर्ूण्ा जन्तीलाई पुलिस चौकीमा थुन्न लगाउने उद्दण्ड युवराज पारसलाई साक्षी राखेर राजाको अगाडि पद र गोपनीयताको सपथ लिनुभयो । अरु मन्त्रीहरुले भोली प्रधानमन्त्री समक्ष पद र गोपनीयताको सपथ खाने समाचारमा जनाइएको छ ।
ठूला पार्टर्ीी ठूला नेताहरुले राजनीतिको अर्को नाम असिमित सम्भावनाहरुको खेल हो भन्ने गरेको कुरा यो पंक्तिकारले धेरै पटक सुनेको छ । तर उ यस परिभाषाबाट पटक्कै सन्तुष्ट छैन । उसलाई के लाग्छ भने राजनीति भनेको असिमित सम्भावनाहरुको खेल मात्र होइन, असिमित चलखेलहरुको सम्भावना पनि हो । राजनीतिमा कहिले काहीं जे हुनु पर्ने हो त्यो हुँदैन, जे नहुनु पर्ने हो त्यो भइदिन्छ । तर नेपालमा यस्तो बढी नै हुने गर्छ । त्यसैले नेपाली जनताले अत्याचारी र दमनकारी राजतन्त्र विरद्धको लर्डाईंमा पटक पटक धोका खाँदै आउनु परेको छ । होसियार, नरभक्षी बाघले थाकेर आफ्नो तीखो दाँत र नंग्रा लुकाएको मात्र हो, मौका पाउना साथ त्यसले कुनै पनि बेला हामी माथि साँघातिक आक्रमण गर्न सक्छ । जनताको संयुक्त आन्दोलन सशक्त रुपमा जारी रहोस् ।
साठी वर्षेखि प्रजातन्त्रका लागि लड्दै आएको भनिएका, यत्रो जनआन्दोलन हाँकेका, संविधानसभा मार्फ अग्रगामी जनसंविधान बनाई मुलुकमा पर्ूण्ा लोकतन्त्र ल्याउने कसम खाएर हिंडेका नेताहरु माथि धेरै शंका गर्नू, उनीहरुको मानमर्दन गरी जनताका शत्रुहरुलाई हँसाउने काम गर्नु उचित हुँदैन । त्यसैले सपथ ग्रहण सम्बन्धी गनगन यत्तिकै छोडौं । तर जाँदा जाँदै प्रिय पाठकहरु समक्ष एउटा जिज्ञासा राख्न चाहन्छु । के तपाईंहरुले राजाले नियुक्त गरेका प्रधानमन्त्री, मन्त्रीहरुको नियुक्ति पत्रमा के लेखिएको हुन्छ कहिल्यै पढ्नु भएको छ - मलाई पक्का विश्वास छ तपाईंहरु मध्ये अधिकाँशले पढ्नु भएको छैन । २०४६ सालको जनआन्दोलनको शक्तिबाट कृष्णप्रसाद भट्टर्राईको नेतृत्वमा बनेको अन्तरिम सरकारमा मैले नजिकबाट चिनेको एकजना नेता पनि मन्त्री बनेका थिए । पाठकहरुलाई जनआन्दोलनबाट आएका मन्त्रीहरुलाई समेत सामन्तका नाइकेहरु कस्तो अहंकारी भाषा प्रयोग गर्छन् र त्यस बेलाका मन्त्रीहरुको प्रमुख जवाफदेहिता कता थियो भन्ने जानकारी दिन ति मन्त्रीको नाम बाहेक उनलाई दिइएको नियुक्ति पत्रको व्यहोरा तल जस्ताको तस्तै दिइएको छ ।
अहिले राजा ज्ञानेन्द्रले नियुक्त गरेका प्रधानमन्त्री र मन्त्रीहरुको नियुक्ति पत्रमा के व्यहोरा लेखिएको होला - पारदर्शीताका लागि र्सार्वजनिक गर्न माग गर्ने कि ?
महेश्वर श्रेष्ठ


गएका महिनाहरु:
