.... ....UCC

30,April , 2006

जिउँदो सहिद शिव बिँडारी


काठमाडौं, वैशाख १६ - ‘को होला ऊ ?’ देशका सहरहरूका भित्तामा रगतपिच्छे युवकको तस्बिरसहित पोस्टरमा यो प्रश्न सोधिएको छ । जनआन्दोलनमा वैशाख ७ गते कलंकीमा प्रहरीले चलाएको गोली लागेर ढलेका युवकको यो तस्बिर धेरै राष्ट्रिय स्तरका सञ्चारमाध्यममा प्रकाशन/ प्रसारण भए- नाम नखुलेका मृतक भनेरसमेत । पोस्टरको तस्बिर हेर्दा ती घाइते पक्कै पनि मारिए होलान् भन्ने लाग्छ । तर खुसीका साथ भन्नुपर्छ- उनी जीवित छन् । स्वस्थ हुँदै छन्- धादिङ महादेवबेसी स्थायी घर भएका ती १८ वषर्ीय शिव बिँडारी । बिँडारी थानकोटमा बस्छन् । उनी गाडीका खलासी हुन् ।
वैशाख ७ गते थानकोटबाट जुलुसमा हिँडेर कलंकी पुगेका उनी सर्वप्रथम पेटमा गोली लागेर ढले । त्यसमाथि प्रहरीले लाठी बर्सायो । पाखुरामा टाटु खोपेका उनको दायाँ हातमा लाठी प्रहारबाट भएका तीनवटा गहिरो घाउ निको भएको छैन । लाठीले हानेर फुटाएको टाउकोमा पट्टी बाँधिरहेका छन् ।अर्धचेतका उनी मरेतुल्य भएर जमिनमा ढले । आफ्नै रगतको आहालमा डुबे । ‘सपनाजस्तै भएको थियो, उठ्ने कोसिस पनि गरिनँ । फेरि हान्ला भनेर मरेजस्तै लम्पसार परें,’ बिँडारी भन्छन् ।मर्‍यो भनी प्रहरीले छाडेपछि आन्दोलनकारीले उनलाई उठाएर केही पर खेतमा लगे । केही बेरपछि उठेर हिँड्न लाग्दा उनी लडे । ‘ब्युँझिदा त शिक्षण अस्पतालमा पो रहेछु,’ उनी भन्छन् ।सञ्चारमाध्यमहरूमा नाम थाहा नभएका मृतक भनी उनको तस्बिर प्रकाशित/प्रसारित भए । ‘साँझ अस्पतालमै टीभीमा समाचार त हेरेको थिएँ तर आफैंलाई चिनिनछु,’ बिँडारी भन्छन्- ‘भोलिपल्ट बिहान दाजुलाई फोन गरें । त्यसपछि कलंकीसम्म माइक्रोबसले ल्याइदियो, त्यहाँबाट हिँडेरै डेरा आएँ ।’ शिवका दाजु रविन भन्छन्- ‘टीभीमा मरेको समाचारमा हेरेको भाइले अस्पतालबाट फोन गरेको भन्दा त विश्वास गर्नै गाह्रो भो ।’ बिँडारीले वैशाख १२ गते कलंकीचोकमा आयोजित विजय सभामा आफ्नै फोटो छापिएको उक्त पोस्टर पनि बोकेका थिए । तर उनलाई आफू नै बेपत्ता भएको भनेर पोस्टरमा छापिएको चाहिँ दुई दिनपछि मात्र थाहा भएछ ।अहिले थानकोटमा सबैले उनलाई चिन्छन् । ‘बूढापाकाले यसको आयु बढ्यो भन्छन् । कतिपयले त मान्छे कि प्रेतात्मा हो भनेर पनि जिस्काउँछन्,’ उनी भन्छन् । मरेको भनिएका भाइ जीवित पाएकोमा दाजु रविन खुसी छन् नै, आफू बाँचेकोमा शिव पनि कम खुसी छैनन् । भन्छन्- ‘अहिले मलाई सबैले जिउँदो सहिद भन्दा भने अत्यन्त खुसी लाग्छ ।तस्वीर स्रोत, मेरोसंसार :: समाचार , कान्तिपुर -माधव ढुंगेल

आफू बेपत्ता भएको पोस्टर देखाउँदै शिव बिँडारी ।
(तस्वीर : विमल शर्मा )

Comments »

The URI to TrackBack this entry is: http://ratnapark.blogsome.com/2006/04/30/bindari/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here